सुनौलो लङ्गुर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सुनौलो लङ्गुर[१]
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण edit
Unrecognized taxon (fix): Trachypithecus
प्रजाति: Template:Taxonomy/TrachypithecusT. geei
वैज्ञानिक नाम
Template:Taxonomy/TrachypithecusTrachypithecus geei
(Khajuria, 1956)
Subspecies
सुनौलो लङ्गुरको बासस्थान दायरा

सुनौलो लङ्गुर वा गिको सुनौलो लङ्गुर, पूर्व जगतको बाँदर प्रजातिको एक सदस्य हो जुन भारतको पश्चिमी आसाम तथा भुटानका केही भूभागहरूमा पाइन्छन्।[३][४] यस प्रजातिको लङ्गुर भारतमा बाँदर प्रजातिको सबैभन्दा सङ्कटापन्न जीवको रूपमा रहेको छ।[५][६] धेरै हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूका लागि लामो समयदेखि पवित्र मानिने सुनौलो लङ्गुर प्रकृतिवादी एडवर्ड गिजले सन् १९५० को दशकमा पश्चिमी विश्वको पहिलो पटक ध्यानमा ल्याएका थिए।[७][८]

शारीरिक विवरण[सम्पादन गर्ने]

सुनौलो लङ्गुरको शरीरमा रहेका भुत्लाको रङ्ग सुनौलो देखि हल्का पहेँलो रङ्गको हुन्छ।[९][१०] यस प्रजातिको लङ्गुरको शरीको छेउछाउको भाग तथा भुत्ला रङ्ग खिया रङ्गको हुन्छ।[११] यस प्रजातिको लङ्गुरको सानो बच्चा तथा पोथी लङ्गुरको भने भालेको जस्तो गाढा रङ्ग हुँदैन। सुनौलो लङ्गुरको अनुहारको रङ्ग कालो हुन्छ भने यसको पुच्छरको लम्बाई ५० सेमी (१९.६९ इञ्च) लामो हुन्छ। यस प्रजातिको लङ्गुरको रङ्ग मौसम अनुसारसँगै परिवर्तन हुने गरेको तथ्याङ्क रहेको छ।[१२]

वितरण[सम्पादन गर्ने]

यस प्रजातिको लङ्गुरको बासस्थान दायरा लामो क्षेत्रमा फैलिएको छैन। सुनौलो लङ्गुरको प्रमुख बासस्थान दायरा ६० वर्ग माइलको क्षेत्रफलमा फैलिएको छ जसको दक्षिणमा आसामका ब्रह्मपुत्र नदी, पूर्वमा मानस नदी, पश्चिममा सुनकोसी नदी देखि भुटानको कालो हिमाल श्रृङ्खला भित्र पर्दछ। सुनौलो लङ्गुरको दोस्रो बासस्थान दायरा २०० माइल क्षेत्रफलमा फैलिएको छ जसमा दक्षिण-दक्षिणपूर्वी क्षेत्रहरू समावेश छन्। यस प्रजातिका लङ्गुरहरू भारतको त्रिपुरा राज्यको दक्षिणपश्चिमी भूभागमा पाइन्छन्।

व्यवहार[सम्पादन गर्ने]

यस प्रजातिका लङ्गुरहरू यसको बासस्थान दायरा अन्तर्गत धेरै जसो भागमा उच्च रूखहरूमा सीमित हुन्छन् जहाँ यसको लामो पुच्छर सन्तुलितको बनाइराख्ने काम गर्दछ। यस प्रजातिको लङ्गुरहरू हाँगाबाट अर्को रूखको हाँगामा छलाङ लगाउने गर्दछन्। सुनौलो लङ्गुर मुख्यतया रूखमानै बस्ने भएकाले यी प्राणीहरू विरलै जमिनमा अोर्लिन्छन्। वर्षा ऋतुमा यसले शीत र पानीले भिजेका पातहरूबाट पानी प्राप्त पिउने गर्दछ। यस प्रजातिका लङ्गुरहरू साकाहारी हुन्छन् भने यी लङ्गुुरले।मुख्यतया फलफूल, रूखका पात, बीउ, फुल आदी खाने गर्दछन्। यस प्रजातिको लङ्गुर सामान्यतया एक समुदायमा बस्ने गर्दछन् जसमा लगभग ८ सदस्यहरू (कहिलेकाँही ५० सदस्य सम्म पनि) हुन्छन् जसमा केही पोथी तथा अधिक भाले लङ्गुरहरू हुन्छन्। यस प्रजातिको लङ्गुरको सानो समूह चार सदस्यहरू मिलेर बनेका हुन्छन् भने सबैभन्दा ठूलो समूहमा २२ सदस्यहरू हुन्छन्।

संरक्षण[सम्पादन गर्ने]

यस प्रजातिका लङ्गुरहरू बन्यजन्तु संरक्षण परियोजना सन् १९८२ को अन्तर्गत सूचीकृत गरिएको छ। सुनौलो लङ्गुर हाल सङ्कटापन्न बन्यजन्तुको सूचीमा सूचीकृत गरिएको छ जसको भारतमा कुल सङ्ख्या १५०० रहेको छ भने भटानमा यसको सङ्ख्या ४००० रहेको छ। सन् १९८८ मा सुनौलो लङ्गुरको दुई बन्धक समूहलाई भारतको त्रिपुरा राज्यको पश्चिमी क्षेत्रको दुई संरक्षित क्षेत्रमा मुक्त गरिएको थियो भने सन् २००० सम्म, यी समूहहरू मध्ये एक लङ्गुरले सेपहिजाला वन्यजन्तु आरक्षमा ८ सदस्य सहित एक समूहको निर्माण गरेको पाइएको थियो।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Groves, C. (2005). Wilson, D. E., & Reeder, D. M, eds. ed. Mammal Species of the World (3rd संस्करण). Baltimore: Johns Hopkins University Press. pp. 176. OCLC 62265494. ISBN 0-801-88221-4. http://www.bucknell.edu/msw3/browse.asp?id=12100716. 
  2. Das, J.; Medhi, R. & Molur, S. (२००८), "Trachypithecus geei", The IUCN Red List of Threatened Species 2008: e.T२२०३७A९३४८९४०, डिओआई:10.2305/IUCN.UK.2008.RLTS.T22037A9348940.en 
  3. Gee 1955.
  4. Gee 1961.
  5. Choudhury 1990.
  6. Srivastava et al. 2001, pp. 15–23.
  7. Choudhury 1988a.
  8. Coudhury 1988b.
  9. Pemberton 1838.
  10. Khajuria 1978.
  11. Prater 1971, p. 42.
  12. Shivani Raval, "Trachypithecus geei golden leaf monkey" 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]