सामग्रीमा जानुहोस्

सेयर बजार क्र्यास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१९२९ को सेयर बजार क्र्यासपछि देखिएको दृश्य

सेयर बजार क्र्यास भनेको सेयर बजारमा स्टकको मूल्यमा अचानक नाटकीय रुपमा गिरावट आएर कागजी धनमा महत्वपूर्ण क्षति पुगेको अवस्था हो । सेयर बजार क्र्यासहरू त्रासमा सेयरको बिक्री र अन्तर्निहित आर्थिक कारकहरूद्वारा हुने गर्छ। सट्टाबाजी र आर्थिक बबल पछी प्राय: सेयर बजार क्र्यास हुन्छ।

सेयर बजार क्र्यास एक सामाजिक प्रक्रिया हो जहाँ बाह्य आर्थिक घटनाहरू भीड मनोविज्ञानसँग मिल्दछन्। केही सेयर कारोबारी (बजार सहभागी)हरूले सेयर बिक्री गर्दा अरु धेरै कारोबारीहरू पनि बिक्री गर्न खोज्छन्। सामान्यतया भन्नुपर्दा क्र्यासहरू सामान्यतया निम्न सर्तहरू अन्तर्गत देखा पर्दछ:

  • सेयर मूल्य बढ्ने (बुल बजार) एक लामो अवधि र अत्यधिक आर्थिक आशावाद,
  • दीर्घकालीन औसत भन्दा मूल्य – आय अनुपात अधिक हुने बजार
  • बजार सहभागीहरूद्वारा मार्जिन ऋण र लिवरेज व्यापक प्रयोग ।

अन्य पक्षहरू जस्तै युद्ध, ठूला व्यापारिक सङ्गठन ह्याक्स, सङ्घीय कानून र नियममा परिवर्तन र आर्थिक विपत्तिजनक क्षेत्रहरूमा प्राकृतिक प्रकोपले पनि स्टकको विस्तृत बजार मूल्यको सेयर बजार मूल्यमा उल्लेख्य गिरावटलाई असर गर्न सक्छ। प्रभावित व्यापारिक सङ्गठनको विरुद्ध प्रतिस्पर्धा गर्ने व्यापारिक सङ्गठनहरूको लागि स्टक मूल्यहरू दुर्घटनाको बाबजूद बढ्न सक्दछ।[]

क्र्यासहरू सामान्यतया अप्रत्याशित हुन्छन्। नियल फर्गुसनले भनेझैं 'दुर्घटना हुनुभन्दा अघि हाम्रो विश्व लगभग स्थिर, भ्रामक र सन्तुलित देखिन्छ। ताकि अन्तमा जब क्र्यास हुन्छ - अनिवार्य रूपमा यो हुनेछ - सबै आश्चर्यचकित देखिन्छ र हाम्रो दिमागले हामीलाई यो क्र्यासको समय होइन भनिरहन्छ।'[]

ट्युलिप मेनिया

[सम्पादन गर्नुहोस्]

ट्युलिप मेनिया प्रायः पहिलो आर्थिक बबल मानिन्छ।

१९२९ को वाल स्ट्रीट दुर्घटना

[सम्पादन गर्नुहोस्]

सन् १९२९ को वाल स्ट्रिट क्र्यास, जसलाई "ग्रेट क्र्यास" पनि भनिन्छ, संयुक्त राज्य अमेरिकाको एउटा प्रमुख स्टक बजार संकट थियो जुन सन् १९२९ को अक्टोबरको अन्त्यमा न्यूयोर्क स्टक एक्सचेन्जको मूल्यमा अचानक गिरावटसँगै सुरु भयो र नोभेम्बर १९२९ को मध्यसम्म जारी रह्यो। यो दुर्घटना अमेरिकी बैंकिङ प्रणालीमा विश्वासको तीव्र गिरावटको सुरुवात थियो र विश्वव्यापी महामन्दीको सुरुवातको संकेत थियो।

अक्टोबर १९, १९८७

[सम्पादन गर्नुहोस्]

२००८ वित्तीय संकट

[सम्पादन गर्नुहोस्]
लेम्यान ब्रदर्स को पतन २००८ को दुर्घटना को एक प्रतीक थियो।

सबप्राइम कर्जा र यी कर्जा को जोखिम बहन गर्न जारी गरिने क्रेडिट स्वाप डिलको पर्दाफास भएपछी २००८ सेप्टेम्बर १५ मा, लेहमन ब्रदर्स टाट पल्टियो (दामासाही भयो) र मेरिल लिन्च धारासायी पतन भयो, अमेरिकन इन्टरनेशनल ग्रुप तरलता संकटको सामना गर्यो। पछि यो द्रुत रूपमा विश्वव्यापी संकटमा परिणत भयो। यसको परिणामस्वरूप युरोपमा धेरै बैंकहरू फेल भए र विश्वव्यापी स्टक र कमोडिटी को मूल्यमा तीव्र गिरावट आयो। आइसल्याण्डमा बैंकहरूको असफलताले आइसल्याण्डको क्रोनाको भारी अवमूल्यन भयो र सरकार टाट पल्टने जोखिम आयो। आइसल्याण्डले नोभेम्बरमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट आपतकालीन ऋण प्राप्त गर्यो।[] २००८ मा संयुक्त राज्यमा, १५ बैंकहरू फेल भए, जबकि अन्य धेरैलाई सरकारी हस्तक्षेप वा अन्य बैंकहरूद्वारा अधिग्रहण मार्फत उद्धार गरियो।[] अक्टोबर ११, २००८ मा, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रमुखले  विश्व वित्तीय प्रणाली "प्रणालीगत मन्दीको निकट छ" भन्ने चेतावनी दिए ।[]

२००८ वित्तीय संकटको समयमा, बम्बई स्टक एक्सचेन्ज सेन्सेक्सले तीव्र गिरावटको सामना गर्यो। यो जनवरी २००८ मा २१,००० बिन्दु रहेको सेन्सेक्स अक्टोबर मा ८,००० बिन्दु भन्दा तल झर्यो।[]

आर्थिक संकटका कारण देशहरूले आफ्ना बजारहरू अस्थायी रूपमा बन्द गरे।

अक्टोबर ८ मा, इन्डोनेसियाको शेयर बजारले एक दिनमा १०% गिरावट पछि कारोबार बन्द गर्‍यो।

२०१० फ्ल्यास क्र्यास

[सम्पादन गर्नुहोस्]

२०११ मार्केट क्र्यास

[सम्पादन गर्नुहोस्]

कोभिड्-१९ महामारी (२०२०)

[सम्पादन गर्नुहोस्]

२०२५ स्टक मार्केट क्र्यास

[सम्पादन गर्नुहोस्]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको विश्वव्यापी ट्यारिफको परिणाम स्वरूप २०२५ स्टक बजार क्र्यास अप्रिल २, २०२५ मा सुरु भयो।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Galbraith, J. The Great Crash 1929, 1988 edition, Houghton Mifflin Co. Boston, p.xii-xvii
  2. Farrell, Paul B. (फेब्रुअरी १९, २०१४), "Crash of 2014: Like 1929, you'll never hear it coming", Marketwatch
  3. "BBC News – Business – IMF approves $2.1bn Iceland loan", BBC News, नोभेम्बर २०, २००८।
  4. Letzing, John (अक्टोबर १०, २००८), "Two banks fold, bringing total to 15 failures this year", MarketWatch
  5. Wroughton, Lesley; Murphy, Francois (अक्टोबर ११, २००८), "IMF warns of financial meltdown", Reuters
  6. "The Sensex journey: From 2008 to 2013", NDTV Profit, १ नोभेम्बर २०१३।[स्थायी मृत कडी]