सामग्रीमा जानुहोस्

स्वर्गचरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्वर्गचरी
भाले
पोथी
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Monarch flycatcher
वंश: Paradise flycatcher
(लिनियस, १७५८)
प्रजाति:
T. paradisi
वैज्ञानिक नाम
Terpsiphone paradisi
(लिनियस, १७५८)
उपप्रजाति

पाठ हेर्नुहोस्

पर्याय
  • Muscicapa paradisi Linnaeus, 1766,
  • Corvus paradisi Linnaeus, 1758
  • Tchitrea paradisi (Linnaeus, 1758)
ढाका बङ्गलादेशमा पाइएको स्वर्गचरी

स्वर्गचरी एसियाको मूल निवासी चरा हो। यो मध्यम आकारको प्यासियोफर्मिस चरा हो। विश्वको जनसङ्ख्या स्थिर मानिएकाले सन् २००४ देखि यसलाई आइयुसिएनको रातो सूचीमा कम चासोको सूचीमा राखिएको छ। यो भारतीय उपमहाद्वीप, मध्य एसिया र म्यानमारको मूल निवासी हो।[१] यो चरा मध्य प्रदेशको राज्य पन्छी हो। यसलाई स्थानीय रूपमा दूधराज भनिन्छ।[२]

भालेको पुच्छरको प्वाँख लामो हुन्छ, र केहीमा कालो र खैरो प्वाँख हुन्छ, जबकि अन्यमा सेतो पनि हुन्छ। पोथीहरू पुच्छर छोटो हुन्छन् भने पखेटा र टाउको कालो हुन्छ।[३]

व्यवहार[सम्पादन गर्नुहोस्]

गुँडमा रहेको पोथी
आन्ध्र प्रदेशमा पाइएको भाले

स्वर्गचरीको प्रजननको मौसम मे देखि जुलाई सम्म रहन्छ।[४] भाले र पोथी दुवैले गुँड बनाउने, ओथारो बस्ने, कोरल्ने र बच्चाहरूलाई खुवाउने काममा गर्छन्। ओथारो अवधि १४ देखि १६ दिन र गुँड बनाउने अवधि ९ देखि १२ दिनसम्म रहन्छ।[५] गुँड कहिलेकाहीँ चिबेको प्रजनन जोडीको आसपासमा निर्माण गरिन्छ, जसले शिकारीहरूलाई टाढा राख्न मद्दत गर्दछ।[६] पोथीले सानो हाँगाको अन्त्यमा हाँगा र माकुराको जालोले बनेको सफा कचौराको गुँडमा चार वटासम्म अण्डा पार्छ। करिब २१ देखि २३ दिनमा चल्ला जन्मिन्छ।

वितरण र बासस्थान[सम्पादन गर्नुहोस्]

श्रीलङ्कामा पाइएको वयस्क भाले

स्वर्गचरी एक प्रवासी चरा हो। यसले उष्णकटिबन्धीय एसियामा जाडो मौसम बिताउँदछ। दक्षिणी भारत र श्रीलङ्कामा विशेष गरी श्रीलङ्काको उच्च भूमि र पश्चिमी भागहरूमा, स्थानीय प्रजनन जनसङ्ख्या र आप्रवासीहरू दुवै जाडोमा पाइन्छन्।[७][८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ बर्डलाइफ इन्टरनेसनल (२०१९), "Terpsiphone paradisi", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2019: e.T१०३७१५९९२A१५५६२८१८४, डिओआई:10.2305/IUCN.UK.2017-3.RLTS.T103715992A155628184.en, अन्तिम पहुँच १९ नोभेम्बर २०२१ 
  2. Economics Of Protected Areas And Effect On Biodiversity वेब्याक मेसिन अभिलेखिकरण १ जनवरी २०१४ मिति, Ram Bir Singh Kushwah, Dr. Vijay Kumar, pp. 348, APH Publishing, 2001, ISBN 978-81-7648-209-7, ... The paradise flycatcher (Doodhraj) is the state bird ...
  3. Owen, D. F. (१९६३), "The rufous and white forms of an Asiatic paradise flycatcher, Terpsiphone paradisi", Ardea 51: 230–236, मूलबाट २०११-०७-२४-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-२४ मिति
  4. Hume, A.O. (१८९०), The nests and eggs of Indian birds. Volume 2, London: R. H. Porter, पृ: 22–26। 
  5. Mizuta, T.; Satoshi Yamagishi (१९९८), "Breeding biology of monogamous Asian Paradise Flycatcher Terpsiphone paradisi (Aves: Monarchinae): A special reference to colour dimorphism and exaggerated long tails in male", Raffles Bulletin of Zoology 46 (1): 101–112, मूलबाट २०११-०६-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०८-२४  वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-०६ मिति
  6. Rashid, S.M.A.; Khan, A.; Ahmed, R. (१९८९), "Some observations on the breeding of Paradise Flycatcher, Terpsiphone paradisi (Linnaeus) (Monarchinae)", Journal of the Bombay Natural History Society 86 (1): 103–105। 
  7. Whistler, H. (१९३३), "The migration of the Paradise Flycatcher, (Tchitrea paradisi)", Journal of the Bombay Natural History Society 36 (2): 498–499। 
  8. Bates, R. S. P. (१९३२), "Migration of the Paradise Flycatcher Tchitrea paradisi", Journal of the Bombay Natural History Society 35 (4): 896–897।