होमराई
होमराई | |
---|---|
अपरिपक्व भाले | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | A. nipalensis
|
वैज्ञानिक नाम | |
Aceros nipalensis (Hodgson, 1829) |
होमराई वा हङरायो नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा रफस-नेक्ड हर्नबिल (Rufous-necked Hornbill) भनिन्छ ।
शारीरिक विबरण
[सम्पादन गर्नुहोस्]होमराई मुख्यतया सेतो अन्तिमपेटी भएको कालो पुच्छर र पखेटाका टुप्पा सेता हुन्छन् । यसको घाँटीमा सेतो थैली हुन्छ । भाले र अल्पवयस्ककको टाउको कर घाँटी कैलो हुन्छ ।
भौगोलिक अवस्थिति
[सम्पादन गर्नुहोस्]होमराई नेपाल लगायत भुटान, चिन, भारत, लाओस, म्यानमार, थाइल्याण्ड र भियतनाममा पाइने गर्छ । यो चरा १५० मी. देखि उच्चतम २९०० मी. सम्म पाइएको अभिलेखमा छ ।
वासस्थान
[सम्पादन गर्नुहोस्]होमराई उपोष्ण प्राथमिक सदाबहार तथा पतझड वनमा बस्दछ । अत्याधिक मात्रामा रूखका फलहरु खाने र केही मात्रामा गङ्गटा, सर्प, उभयचर पनि खाने गर्छ । यसको अप्रिल महिनामा गुँड लगाउने समय हो । यो चराले प्रजननका लागि अग्ला, फराकिला काण्ड भएका रूखहरू प्रयोग गर्छ । खासगरी प्रजाती आफ्नो निश्चित क्षेत्र ओगटेर बसेको हुन्छ ।
खतराहरू तथा संरक्षण अवस्था
[सम्पादन गर्नुहोस्]विश्वमै दुर्लभ मानिने यो प्रजाती संरक्षणका हिसाबले संवेदनशील अवस्थामा रहेको छ । नेपालको सन्दर्भमा यस प्रजातीको लोप भइसकेको अनुमान गरिएको छ । वन विनास र वासस्थान विनास, अवैध शिकारको कारणले गर्दा यसको प्रजाति लोप हुँदै गएको छ ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ BirdLife International (२०१२), "Aceros nipalensis", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच १६ जुलाई २०१२।