सामग्रीमा जानुहोस्

होमराई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

होमराई
अपरिपक्व भाले
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
A. nipalensis
वैज्ञानिक नाम
Aceros nipalensis
(Hodgson, 1829)
गुँडतिर जादै गरेको होमराई

होमराई वा हङरायो नेपाल, भुटान, उत्तरपूर्वी भारत, विशेष गरी अरुणाचल प्रदेश , भारतीय उपमहाद्वीप र दक्षिणपूर्वी एसियामा पाइने हर्नबिलको प्रजाति हो । शिकार र बासस्थानको उल्लेखनीय क्षतिका कारण यो नेपालमा स्थानीय रूपमा लोप भइसकेको छ । जंगलमा १०,००० भन्दा कम वयस्कहरू बाँकी छन्। लगभग ११७ सेन्टिमिटर (४६ इन्च) को लम्बाइको साथ, यो सबैभन्दा ठूला बुसेरोटिन हङरायो मध्ये एक हो । भालेमा मुनिको भाग, घाँटी र टाउको धनी रुफसको रूपमा रंगद्रव्ययुक्त हुन्छ , तर पोथीमा कालो हुन्छ।

शारीरिक विबरण

[सम्पादन गर्नुहोस्]

होमराई मुख्यतया सेतो अन्तिमपेटी भएको कालो पुच्छर र पखेटाका टुप्पा सेता हुन्छन् । यसको घाँटीमा सेतो थैली हुन्छ । भाले र अल्पवयस्ककको टाउको कर घाँटी कैलो हुन्छ ।

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

होमराई नेपाल लगायत भुटान, चिन, भारत, लाओस, म्यानमार, थाइल्याण्डभियतनाममा पाइने गर्छ । यो चरा १५० मी. देखि उच्चतम २९०० मी. सम्म पाइएको अभिलेखमा छ ।

होमराई उपोष्ण प्राथमिक सदाबहार तथा पतझड वनमा बस्दछ । अत्याधिक मात्रामा रूखका फलहरु खाने र केही मात्रामा गङ्गटा, सर्प, उभयचर पनि खाने गर्छ । यसको अप्रिल महिनामा गुँड लगाउने समय हो । यो चराले प्रजननका लागि अग्ला, फराकिला काण्ड भएका रूखहरू प्रयोग गर्छ । खासगरी प्रजाती आफ्नो निश्चित क्षेत्र ओगटेर बसेको हुन्छ ।

खतराहरू तथा संरक्षण अवस्था

[सम्पादन गर्नुहोस्]

विश्वमै दुर्लभ मानिने यो प्रजाती संरक्षणका हिसाबले संवेदनशील अवस्थामा रहेको छ । नेपालको सन्दर्भमा यस प्रजातीको लोप भइसकेको अनुमान गरिएको छ । वन विनास र वासस्थान विनास, अवैध शिकारको कारणले गर्दा यसको प्रजाति लोप हुँदै गएको छ ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]