होन्डा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
होन्डा मोटर कम्पनी लिमिटेड
मौलिक नाम
本田技研工業株式会社
रोमन लिपिमा नाम
Honda Giken Kōgyō Kabushiki-gaisha
व्यवसाय प्रकार
सार्वजनिक
आइएसआइएनJP3854600008 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगम्यानुफ्याक्चरिङ
स्थापितहामामात्सु, जापान (अक्टोबर १९४६ (1946-10), स्थापित २४ सेप्टेम्बर १९४८; ७५ वर्ष पहिले (१९४८-०९-24))
स्थापनाकर्तासोइचिरो होन्डा
केन्द्रीय कार्यालय,
जापान
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
  • सेइजी कुराइसी
    (अध्यक्ष)
  • तोसिहिरो मिबे
    (प्रमुख​ र कार्यकारी अधिकृत)
उत्पादनहरू
राजश्ववृद्धि ¥१४.९५ खर्ब (सन् २०२२)[१]
परिचालन आय
वृद्धि ¥८७१.२ अर्ब (सन् २०२२)[१]
वृद्धि ¥७०७.० अर्ब (सन् २०२२)[१]
कुल सम्पत्तिवृद्धि ¥२३.९७ खर्ब (सन् २०२१)[१]
कुल इक्विटीवृद्धि ¥१०.७७ खर्ब (सन् २०२२)[१]
मालिकहरू
कर्मचारी सङ्ख्या
२,०४,०३५ (सन् २०२२)[२]
विभाग
सहायक कम्पनीहरू
List
वेबसाइटglobal.honda

होन्डा मोटर कम्पनी लिमिटेड (जापानी: 本田技研工業株式会社) एक जापानी सार्वजनिक बहुराष्ट्रिय बहु-उद्योग निर्माता कम्पनी हो जसले मोटरगाडी, मोटरसाइकल, र ऊर्जा औजार जस्ता उत्पादनहरूको निर्माण गर्दछ। कम्पनीको प्रधान कार्यालय मिनातो, टोकियोमा रहेको छ।

होन्डा सन् १९५९ देखि विश्वको सबैभन्दा ठूलो मोटरसाइकल निर्माता कम्पनी हो।[३][४] सन् २०१९ को अन्त्यसम्ममा यसको उत्पादनको सङ्ख्या ४० करोड पुगेको थियो।[५] यो आयतनद्वारा मापन गरिएको आन्तरिक दहन इन्जिनहरूको विश्वको सबैभन्दा ठूलो निर्माता पनि हो, जसले प्रत्येक वर्ष १.४ करोड भन्दा बढी आन्तरिक दहन इन्जिन उत्पादन गर्दछ।[६] होन्डा सन् २००१ मा दोस्रो सबैभन्दा ठूलो जापानी अटोमोबाइल निर्माता कम्पनी बनेको थियो।[७][८] सन् २०१५ मा, होन्डा विश्वको आठौँ ठूलो मोटरगाडी निर्माता कम्पनीको रूपमा रहेको थियो।[९]

होन्डा सन् १९८६ मा एक समर्पित विलासी ब्रान्ड अकुरा जारी गर्ने पहिलो जापानी अटोमोबाइल निर्माता कम्पनी थियो। आफ्नो मुख्य अटोमोबाइल र मोटरसाइकल व्यवसायहरू बाहेक, होन्डाले बगैँचा उपकरणहरू, समुद्री इन्जिन, व्यक्तिगत जलयान, पावर जेनेरेटरहरू र अन्य उत्पादनहरू पनि निर्माण गर्दछ। सन् १९८६ देखि होन्डा कृत्रिम बौद्धिकता/यन्त्रमानव अनुसन्धानमा संलग्न छ र कम्पनीले सन् २००० मा आफ्नो एएसआइएमओ यन्त्रमानव सार्वजनिक गरेको थियो।

सन् २०१३ मा, होन्डाले आफ्नो राजस्वको लगभग ५.७% (६.८ अर्ब अमेरिकी डलर) अनुसन्धान र विकासमा लगानी गरेको थियो।[१०] सन् २०१३ मा, होन्डा संयुक्त राज्य अमेरिकाबाट शुद्ध निर्यातकर्ता बन्ने पहिलो जापानी कम्पनी बनेको थियो, जसले १०८,७०५ होन्डा र अकुरा मोडेलहरू निर्यात गरेको थियो, जबकि यसले केवल ८८,३५७ आयात गरेको थियो।[११]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ "2022 Fiscal Year Consolidated Financial Results", Honda IR (अङ्ग्रेजीमा), मे १३, २०२२, मूलबाट ६ सेप्टेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ५, २०२२  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर ६, २०२२ मिति
  2. "2022 Financial Results (Form 20-F)", Honda IR (अङ्ग्रेजीमा), जुन २२, २०२२, मूलबाट २२ जुलाई २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ५, २०२२  वेब्याक मेसिन अभिलेखिकरण जुलाई २२, २०२२ मिति
  3. Grant, Robert M.; Neupert, Kent E. (२००३), Cases in contemporary strategy analysis (3rd संस्करण), Wiley-Blackwell, आइएसबिएन 1-4051-1180-1 
  4. Johnson, Richard Alan (२००५), Six men who built the modern auto industry, MotorBooks International, पृ: ५२, आइएसबिएन 0-7603-1958-8 
  5. "Honda is celebrating the production of 400 million motorcycles", hondanews.eu, अन्तिम पहुँच २९ मे २०२० 
  6. Miller, Edward (१८ अप्रिल २००८), "First Motorcycle Airbag Earns Takata and Honda 2008 Automotive News Pace Innovation Partnership Award", Honda.com, मूलबाट ८ मार्च २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुलाई २००९  वेब्याक मेसिन अभिलेखिकरण १७ मे २०१३ मिति
  7. "Harga Honda Mobilio", Mobilio, मूलबाट १० सेप्टेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ नोभेम्बर २००९  वेब्याक मेसिन अभिलेखिकरण १० सेप्टेम्बर २०१४ मिति
  8. "The History of Honda", Cars-directory.net, अन्तिम पहुँच २२ नोभेम्बर २००९ 
  9. "World motor vehicle production OICA correspondents survey without double counts world ranking of manufacturers year 2011", अन्तिम पहुँच २९ मे २०२० 
  10. Le top 20 des entreprises les plus innovantes du monde, Challenges, 22 October 2013
  11. Ross, Jeffrey N. (२९ जनवरी २०१४), "Honda is first Japanese carmaker to be a net-exporter from US", autoblog, अन्तिम पहुँच २५ जुलाई २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]