विसं १९९० को महाभूकम्प
(१९९०को महाभूकम्प बाट पठाईएको)
Jump to navigation
Jump to search
मिति | १९९० माघ २ |
---|---|
परिमाण | ८.२ Mw |
गहिराई | ३३.० किलोमिटर (२१ माइल) |
निर्देशाङ्क | पुर्वी नेपाल केन्द्रबिन्दु |
प्रभावित देशहरू | •नेपाल •भारत •चीन |
तीव्रता | ८.२ रेक्टर स्केल |
सुनामी | न आएको |
हताहत | १६८७५ मृत्यु ,३३१९ [१][२] घाइते नेपालमा र बिहारमा ७२५३ |
वि.सं. १९९० साल माघ २ गतेका दिन दिनको २ बजे नेपालको अधिकाङ्स भागमा प्रलयदूत महाभूकम्प गएको थियो , जसमा अधिराज्यभरिको अनुमानित क्षति तीन लाख अठ्ठासी हजार घर भत्की क्षतिग्रस्त ,१६८७५ जनाको मृत्यु र ३३१९ जना गम्भीर रूपमा घाइते भए ।[३] पशुपन्छी के कति भए त्यसको लेखाजोखा सम्भव भएन । प्रधानमन्त्री जुद्ध शमशेरले भूकम्प पिडितोद्वार संस्था र कोषको स्थापना गराइ स्वयंसेवी सेवा , निर्व्याजी ॠण सुबिधा दिई तत्कालीन राष्ट्रिय विप्लवबाट पार पाउने प्रयास गरेका थिए ।
यसबाट काठमाडौ उपत्यकामा आधुनिक किसिमबाट पुननिर्माण भयो । उनले भूकम्पको स्थितिबाट पार पाउन मुलुकीखानाबाट ५० लाखको चादी लिइ डेढ करोड बराबरका मुद्रा गराएका थिए । यसले गर्दा देशमा मुद्रास्फीति चर्केको थियो ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
बाह्य कडी[सम्पादन गर्ने]
- १९३४ Mw ८.१ Bihar/Nepal earthquake १५ January १९३४ — Cooperative Institute for Research in Environmental Sciences
- Intensity Map (Archived) — Amateur Seismic Centre