उत्कृष्ट फिफा फुटबल अवार्ड २०१६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उत्कृष्ट फिफा फुटबल अवार्ड
मिति९ जनवरी २०१७ (2017-01-09)
स्थानजुरिक,स्वीजर्ल्याण
वेबसाइटfifa.com

The Best FIFA Football Awards 2016 एक फिफाले प्रदान गरेको सबैभन्दा ठूलो र महत्त्वपूर्ण फुटबल अवार्ड हो। आफ्नो कट्टर प्रतिद्धन्द्धी बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेस्सीलाई पछि पार्दै क्रिस्टियानो रोनाल्डोले फिफा वर्ष खेलाडीको सम्मान प्राप्त गरेका थिए। रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकरलाई सन् २०१६ को सिजनमा उनले गरेको उत्कृष्ट प्रदर्शनका लागि विश्व फुटबलको उच्च निकाय फिफाले २०१७ जनवरी ०९ सोमबार राती स्विट्जरल्यान्डको ज्युरिचमा आयोजित विशेष कार्यक्रममा सम्मान गरेको थियो। गत वर्ष आफ्नो क्लब म्याड्रिडलाई च्याम्पियन्स लिग र आफ्नो देश पोर्चुगललाई पहिलो पल्ट युरो कपको उपाधि दिलाउन उनले गरेको योगदानको फिफाले उच्च मूल्याङ्कन गरेको थियो। ६ वर्ष फ्रान्सको फुटबल पत्रिकासँग सहकार्य गरेको फिफाले बालोन डि’ओरलाई नै फिफा वर्ष खेलाडीको रूपमा प्रदान गर्दै आइरहेको थियो। तर, यस वर्षदेखि फ्रेन्च पत्रिकासँग सम्झौता भंग गरेको फिफाले आफैले वर्ष खेलाडी चयन गरेर ज्युरिचमा सम्मान गरेको हो। रोनाल्डोले वर्ष खेलाडीको रूपमा सम्मान पाउदा कूल ३४ दशमलव ५४ मत प्राप्त गरेका थिए। जुन मेसीभन्दा करिब ८ प्रतिशत बढि थियो। मेसीले २६ दशमलव ४२ प्रतिशत मत प्राप्त गरे। यस्तै, रोनाल्डो र मेसीपछि वर्ष खेलाडीको दौडमा रहेका फ्रेन्च स्ट्राइकर एथलेटिको म्याड्रिडका एन्टोन ग्रेजम्यानले ७ दशमलव ५३ मत प्राप्त गरेका थिए।

उत्कृष्ट पुरूष खेलाडी[सम्पादन गर्नुहोस्]

बरियता नाम क्लब राष्ट्रिय टिम प्रतिशत
अन्तिम तीन उत्कृष्ट खेलाडीहरू
क्रिस्टियानो रोनाल्डो स्पेन रियल म्याड्रिड  पोर्तगाल ३४.५४%
लियोनेल मेस्सी स्पेन एफसी बार्सिलोना  अर्जेन्टिना २६.४२%
एन्टोनी ग्रीजम्यान स्पेन एथ्लेटिको म्याड्रिड  फ्रान्स ७.५३%

उत्कृष्ट महिला खेलाडी[सम्पादन गर्नुहोस्]

वर्षको सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड अमेरिकाकी कार्ली लोयडले जितिन् । ३४ वर्षीया लोयडले यो पुरस्कार पाएको लगातार दोस्रो पटक हो । सन् २०१५ मा पनि

लोयड नै सर्वोत्कृष्ट महिला खेलाडी घोषित
भएकी थिइन् । अमेरिकी राष्ट्रिय टोली र
आफूले व्यावसायिक फुटबल खेल्ने क्लब हस्टन

ड्यासबाट उत्कृष्ट प्रदर्शन गरेका आधारमा उनलाई यो अवार्ड प्रदान गरिएको हो । सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड हात पार्ने क्रममा लोयडले चर्चित ब्राजिलियन खेलाडी मार्टा र जर्मन खेलाडी मेलानी बेहरिन्गरलाई पछि पारिन् । लोयडले २०.६८ प्रतिशत मत हात पारिन् । यसैगरी मार्टाले १६.६० प्रतिशत र बेहरिन्गरले १२.३४ प्रतिशत मत पाएका थिए । मार्टाले भने हालसम्म पाँच पटक यो अवार्ड हात पारेकी छन् । उनले सन् २००६ देखि सन् २०१० सम्म सर्वोत्कृष्ट महिला खेलाडी अवार्ड पाएकी थिइन् । बेहरिन्गरले भने जर्मनीलाई ओलम्पिक खेलकुदमा स्वर्ण पदक दिलाए पनि अवार्ड हात पार्न सकिनन् । ‘इमानदार भएर भन्नुपर्दा मैलो यो अवार्ड पाउने कल्पनासम्म गरेकी थिइनँ । यो अवार्ड बेहरिन्गरको भागमा पर्लाजस्तो मलाई लागेको थियो’, अवार्ड वितरण समारोहमा निकै खुसी देखिएकी लोयडले भनिन् । उनले अनपेक्षित रूपमा अवार्ड हात पारेपछि निकै खुसी लागेको धारणा पनि व्यक्त गरिन् ।

सर्वोत्कृष्ट प्रशिक्षक[सम्पादन गर्नुहोस्]

वर्षको सर्वोत्कृष्ट प्रशिक्षकको पुरस्कार भने इङ्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीका क्लाउडियो रेनियरीको पोल्टामा पर्यो । उनले विश्वभरका फुटबलप्रेमीको अनुमानविपरीत

लिचेस्टर सिटीलाई इंग्लिस प्रिमियर लिग उपाधि

दिलाएकाले यो अवार्ड हात पारेका हुन् ।उनकै

प्रशिक्षकत्वमा लेस्टर सिटी युइएफइ च्याम्पियन्स लिगको अन्तिम १६ सम्म पुगेको थियो।

इटालीका ६५ वर्षीय रेनियरीले रियल म्याड्रिडका जिनेदिन जिदानपोर्चुगलको

राष्ट्रिय टोलीका प्रशिक्षक [[फर्नान्डो
सान्तोष]]लाई पछि पार्दै यो अवार्ड हात
पारेका हुन् । जिदानले प्रशिक्षकको
भूमिकामा आफ्नो पहिलो प्रयासमै रियललाई
च्याम्पियन्स लिगको उपाधि चुमाएका थिए
भने सान्तोषले पोर्चुगललाई सन् २०१६ को [[युरो

कप २०१६]] फुटबल प्रतियोगिताको उपाधि

दिलाएका थिए ।

अवार्ड हात पार्ने क्रममा रेनियरीले २२.६ प्रतिशत मत प्राप्त गरे । यसैगरी जिदानले १६.५६

प्रतिशत र सान्तोषले १६.२४ प्रतिशत मत पाए ।

‘मेरा लागि यो अवार्डले ठूलो अर्थ राख्छ, यो अवार्ड मैले बगाएको पसिनाको वास्तविक मूल्य हो’, उनले भने ।

सर्वोत्कृष्ट महिला प्रशिक्षकको अवार्ड भने जर्मनीकी सिल्भिया नेइडले जितिन् । ५२ वर्षीया प्रशिक्षक सिल्भियाले ओलम्पिक फुटबलमा जर्मनीलाई पहिलो पटक स्वर्ण पदक दिलाएकी थिइन् । त्यसलगत्तै उनले ११ वर्ष लामो प्रशिक्षक जीवनबाट सन्न्यास लिएकी थिइन् । सिल्भियाले २९.९९ प्रतिशत मत पाइन् । यसैगरी

अमेरिकाकी प्रशिक्षक जिल एलिसले १६.६८
प्रतिशत र स्विडेनकी पिआ सुन्डागेले १६.४७
प्रतिशत मत पाएकी थिइन् ।

पुस्कास अवार्ड[सम्पादन गर्नुहोस्]

मलेसियन खेलाडी मोहम्मद फाइज सुबरीले ‘पुस्कास अवार्ड’ जिते । वर्षको सर्वोत्कृष्ट गोललाई यो पुरस्कार प्रदान गरिन्छ । पेनाङ फुटबल क्लबबाट मलेसियन सुपर लिग खेल्ने स्ट्राइकर मोहम्मद फाइजले गरेको गोललाई सन्

२०१६ को सर्वोत्कृष्ट गोल ठह¥याउँदै उनलाई
पुस्कास अवार्ड प्रदान गरिएको हो । उनले
मलेसियन सुपर लिगमा करिब ३५ यार्ड
टाढाबाट प्रहार गरेको फ्रिकिक गोलले यो
अवार्ड जितेको हो । मोहम्मद फाइजले ५९.४६
प्रतिशत मत पाए । कोरिन्थियन्सबाट
व्यावसायिक फुटबल खेल्ने ब्राजिलियन
खेलाडी मार्लोनले २२.८६ प्रतिशत र
भेनेजुएलाको महिला फुटबल टोलीकी खेलाडी
डानिउस्का रोड्रिग्वेजले १०.०१ प्रतिशत मत
पाए ।

यसैगरी इङ्लिस क्लब लिभरपुल र जर्मन क्लब

बोरुसिया डर्टमन्डका समर्थकले संयुक्त रूपमा
विश्वको सर्वोत्कृष्ट समर्थकको अवार्ड पाए ।
गत अप्रिलमा भएको युरोपा लिगको

क्वार्टरफाइनलमा यी दुवै टोलीका समर्थकले देखाएको व्यवहारका कारण उनीहरूलाई यो अवार्ड दिइएको हो । लिभरपुल र बोरुसियाका समर्थकले ४५.९२ प्रतिशत तथा आइसल्यान्डका समर्थकले ३१.३७ प्रतिशत मत

पाए।

फेयर प्ले[सम्पादन गर्नुहोस्]

यस वर्षको ‘फेयर प्ले’ अवार्ड भने कोलम्बियन

क्लब एट्लेटिको नासियोनललाई प्रदान
गरियो । एट्लेटिको नासियोनलले देखाएको
खेल भावनाको कदर गर्दै उक्त क्लबलाई यो
अवार्ड प्रदान गरिएको हो । आफूसँग कोपा
सुडामेरिकन फुटबल प्रतियोगिताको फाइनल
खेल्न आउँदै गरेको ब्राजिलियन क्लब
चापेकोन्सका खेलाडी सवार विमान
दुर्घटनामा परी ७१ जनाको मृत्यु भएपछि
एट्लेटिको नासियोनलले कोपा सुडामेरिकन
ट्रफी चापेकोन्सलाई प्रदान गर्ने घोषणा गरेको
थियो । 

सोही खेल भावनाको कदर गर्दै फिफाले एट्लेटिको नासियोनललाई ‘फेयर प्ले’

अवार्ड प्रदान गरेको हो । उक्त विमान

दुर्घटनामा परी चापेकोन्सका १९ जना खेलाडीको ज्यान गएको थियो । फाइनलको पहिलो लेग खेल खेल्न चापेकोन्सको टोली कोलम्बिया जाँदै गर्दा उक्त दुर्घटना भएको थियो ।

विश्व ११[सम्पादन गर्नुहोस्]

गोलकिपर
  • जर्मनी म्यानुएल नेउर (जर्मनी-बायर्न म्युनिख)
डिफेन्डर
  • ब्राजिल डानी आल्भेस (ब्राजिल-बार्सिलोना-युभेन्ट्स)
  • स्पेन सर्जियो रामोस (स्पेन-रियल म्याड्रिड)
  • स्पेन जेरार्ड पिके (स्पेन-बार्सिलोना)
मिडफिल्डर
  • ब्राजिल मार्सेलो (ब्राजिल-रियल म्याड्रिड)
  • जर्मनी टोनी क्रुस(जर्मनी-रियल म्याड्रिड)
  • स्पेन आन्द्रेस इनिएस्टा (स्पेन-बार्सिलोना)
  • क्रोएसिया लुका मोड्रिच (क्रोएसिया-रियल म्याड्रिड)
स्ट्राइकर
  • अर्जेन्टिना लियोनल मेसी (अर्जेन्टिना÷बार्सिलोना)
  • उरुग्वे लुइस स्वारेज (उरुग्वे-बार्सिलोना)
  • पोर्तगाल क्रिस्टियानो रोनाल्डो (पोर्चुगल-रियल म्याड्रिड)

स्रोत[सम्पादन गर्नुहोस्]