२०१८ अन्डर-१९ क्रिकेट विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१८ अन्डर-१९ क्रिकेट विश्वकप
मिति१२ जनवरी – ४ फेब्रुअरी २०१८
प्रशासक(हरू)अन्तर्राष्ट्रिय क्रिकेट परिषद
क्रिकेटको प्रकार५० ओभर
टुर्नामेन्टको प्रकारराउण्ड रोबिन
आयोजक(हरू) न्युजिल्यान्ड
सहभागीहरू१६

२०१८ अन्डर-१९ क्रिकेट विश्वकप एक सिमित ओभरको क्रिकेट प्रतियोगिता हो जुन जनवरी १२ देखि फेब्रुअरी ४ सम्म न्युजिल्यान्डमा हुन गइरहेको छ । [१] यो आइसिसी अन्डर-१९ क्रिकेट विश्वकपको बार्हौ संस्करण हो, र न्युजिल्यान्डमा यो प्रतियोगिता पहिलोपटक हुन लागेको हो । यो भन्दा अगाडि सन् २०१६को संस्करण बङ्गलादेशमा भएको थियो । आइसिसीका सदस्यहरू मध्ये छनौट भएका १६ राष्ट्रहरूले यो प्रतियोगिता खेल्नेछन्, र यस प्रतियोगितामा खेलिने सम्पूर्ण खेलहरूले अन्डर-१९ ओडिआइ को मान्यता प्राप्त गर्नेछन् । आइसीसीका पूर्ण सदस्यको मान्यता पाएका १० राष्ट्रहरू यस प्रतियोगिताको लागि स्वत छनौट भएका छन् भने अन्य ५ राष्ट्र क्षेत्रीय छनौट प्रतियोगिता जित्नुपर्नेछ र बाकी एउटा टिम २०१६ अन्डर-१९ क्रिकेट विश्वकप छनौट प्रतियोगिता जितेर छनौट भएको हो । [२]

छनौट प्रकृया[सम्पादन गर्नुहोस्]

राष्ट्र छनौट प्रकृया
 अस्ट्रेलिया आइसिसी पुर्ण सदस्य राष्ट्र
 बङ्गलादेश आइसिसी पुर्ण सदस्य राष्ट्र
 इङ्ल्यान्ड आइसिसी पुर्ण सदस्य राष्ट्र
 भारत आइसिसी पुर्ण सदस्य राष्ट्र
 न्युजिल्यान्ड आइसिसी पुर्ण सदस्य राष्ट्र
 पाकिस्तान आइसिसी पुर्ण सदस्य राष्ट्र
 दक्षिण अफ्रिका आइसिसी पुर्ण सदस्य राष्ट्र
 श्रीलङ्का आइसिसी पुर्ण सदस्य राष्ट्र
 वेस्ट इन्डिज आइसिसी पुर्ण सदस्य राष्ट्र
 जिम्बाब्वे आइसिसी पुर्ण सदस्य राष्ट्र
 नामिबिया २०१६ यु-१९ विश्वकपबाट सिधै छानिएको
पछि छनौट हुने एसिसी अन्डर नाइन्टिन-१९ प्रीमियर लिग
पछि छनौट हुने अफ्रिका अन्डर-१९ च्याम्पियनसिप
पछि छनौट हुने अमेरिकाज अन्डर-१९ च्याम्पियनसिप
पछि छनौट हुने इएपि अन्डर-१९ ट्रफी
पछि छनौट हुने युरोप अन्डर-१९ च्याम्पियनसिप

[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. (4 February 2016). "Outcomes from ICC Board and committee meetings" वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-१० मिति – International Cricket Council. Retrieved 14 February 2016.
  2. (10 January 2016). "BACK TO THE FUTURE - History of ICC U19 Cricket World Cup" वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-१० मिति – International Cricket Council. Retrieved 14 February 2016.
  3. Andrew Nixon (11 February 2016). "Namibia beat Nepal – secure 2018 qualification" – CricketEurope. Retrieved 14 February 2016.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]