२०१८ उत्तर कोरिया- संयुक्त राज्य शिखर सम्मेलन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१८ उत्तर कोरिया- संयुक्त राज्य शिखर सम्मेलन
DPRK–USA Singapore Summit

सिङ्गापुरद्वारा प्रयोग गरिएको लोगो

अमेरिकाद्वारा प्रयोग गरिएको लोगो

शिखर सम्मेलन पूर्व किम जोङ उन तथा डोनाल्ड ट्रम्प हात मिलाउँदै
आयोजक राष्ट्र सिङ्गापुर
मितिजुन १२, २०१८
०९:०० (सिङ्गापुर समय)
स्थानक्यापेला होटल[१]
प्रतिभागी राष्ट्रहरू

२०१८ उत्तर कोरिया- संयुक्त राज्य शिखर सम्मेलन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोङ उन बीच सन् २०१८ जुन १२ मा सिङ्गापुर स्थित भएको पहिलो शिखर सम्मेलन हो ।[२][३][४]शिखर सम्मेलन सकिए लगत्तै, ट्रम्पले अमेरिकाद्वारा कोरियाली प्रायद्वीप छेउछाउ गरिने आफ्नो सैन्य अभ्यास बन्द गर्ने घोषणा गरे भने किमले परमाणु निशस्त्रीकरणको दिशामा काम गर्ने प्रति आफ्नो प्रतिबद्धतालाई दोहराए ।

दुवै पक्षद्वारा राजनीतिक रूपले शान्त क्षेत्र मानिने सिङ्गापुरलाई शिखर सम्मेलनको लागि उपयुक्त ठानेर यस शिखर सम्मेलनको आयोजनको तयारी गर्न सिङ्गापुरका प्रधानमन्त्री ली हिसेन लुङलाई प्रस्ताव गरेका थिए । पछि वार्ताको लागि सेन्टोसा टापुस्थित क्यापेला होटललाई छानिएको थियो ।[५] सिङ्गापुरका प्रधानमन्त्री ली हिसेन लुङका अनुसार, शिखर सम्मेलनका लागि सिङ्गापुर सरकारलाई सिङ्गापुरी २० मिलियन डलर (युएस$ १५ मिलियन) खर्च भएको थियो, जसमध्ये लगभग आधा भाग सुरक्षा व्यवस्थाको लागि मात्र खर्च गरिएको थियो ।[६][५] प्रत्येक नेताले शिखर सम्मेलनको बैठक हुनुपूर्व प्रधानमन्त्री ली सँग भेट गरेका थिए ।

बैठकको लागि आवश्यक तयारी तथा वार्ताको लागि वातावरण तयार पार्न दुवै पक्षहरू बीच उच्च स्तरीय आदान-प्रदान बैठक भएको थियो, जसमा सिआइएका निर्देशक माइक पोम्पेओको प्योङयाङ यात्रा र उत्तर कोरियाको श्रमिक पार्टीका उपाध्यक्ष किम योङ चोलको ह्वाइट हाउसको यात्रा सामेल रहेको छ । दुवै पक्षले अमेरिकादक्षिण कोरियाद्वारा गरिएको संयुक्त सैन्य अभ्यास पछि शिखर सम्मेलन रद्द गर्ने धम्की समेत दिए तर पछि ट्रम्पले लिखित रूपमा किमलाई बैठकमा सहभागी हुन औपचारिक पत्र पठाए । त्यसको फलस्वरूप अन्ततः दुवै पक्ष वार्ताको लागि सहमत भए ।[७]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

घोषणा[सम्पादन गर्नुहोस्]

तयारी[सम्पादन गर्नुहोस्]

सम्मेलन स्थान[सम्पादन गर्नुहोस्]

प्रतिक्रिया[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Sarah Sanders [@PressSec] (जुन ४, २०१८), "Sarah Sanders on Twitter: "UPDATE: The venue for the Singapore summit between @POTUS and Leader Kim Jong Un will be the Capella Hotel on Sentosa Island. We thank our great Singaporean hosts for their hospitality."" (ट्विट) – ट्विटरद्वारा। 
  2. "नक्कली ट्रम्प र किमले सिङ्गापुरमा गरे वार्ता", अन्तिम पहुँच २०१८-०६-१३ 
  3. "किम-ट्रम्प भेट: सबैतिरबाट सकारात्मक प्रतिक्रिया" (नेपालीमा), २०१८-०६-१२, अन्तिम पहुँच २०१८-०६-१३ 
  4. Nakamura, David; Wagner, John (मे १०, २०१८), "Trump announces June 12 summit in Singapore with North Korean leader", The Washington Post, अन्तिम पहुँच मे १०, २०१८ 
  5. ५.० ५.१ "ट्रम्प–किम शिखर वार्तामा २ करोड अमेरिकी डलर खर्च हुने", setopati.com, अन्तिम पहुँच २०१८-०६-१३ 
  6. "गोरखाली सेनाको सुरक्षामा" (नेपालीमा), अन्तिम पहुँच २०१८-०६-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-०९ मिति
  7. "Trump leaves open possibility of Jun 12 Singapore summit with North Korea", Channel NewsAsia, मे २५, २०१८, अन्तिम पहुँच मे २५, २०१८  वेब्याक मेसिन अभिलेखिकरण मे २५, २०१८ मिति