किम जोङ उन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
किम जोङ उन
김정은
उत्तर कोरियाका तेस्रा प्रमुख नेता
पद बहाली
१७ डिसेम्बर २०११
राष्ट्रपतिकिम योङ् नाम
प्रमुखचो योङ् रिम
पाक पोङ् जु
पूर्वाधिकारीकिम जोङ् इल
कोरियाको मजदुर पार्टीका अध्यक्ष
पद बहाली
९ मे २०१६
प्रथम महासचिव: ११ अप्रिल २०१२ – ९ मे २०१६
पूर्वाधिकारीकिम जोङ् इल (महासचिव)
राज्य मामला आयोगको अध्यक्ष
पद बहाली
३० जुन २०१६
सहायकह्वाङ प्योङ सु
चो र्योङ् हाइ
पाक पोङ् जु
पूर्वाधिकारीकार्यालय स्थापना
कार्यकाल
१३ अप्रिल २०१२ – ३० जुन २०१६
राष्ट्रिय सुरक्षा आयोग
सहायककिम योङ् चुङ
रि योङ् मु
जाङ सोङ थाइक
ओ कुक र्योल
चो र्योङ् हाइ
ह्वाङ प्योङ सु
पूर्वाधिकारीकिम जोङ् इल
उतराधिकारीकार्यालय खारेजी
केन्द्रीय सैन्य आयोगका अध्यक्ष
पद बहाली
११ अप्रिल २०१२
कार्यवाहक: १७ डिसेम्बर २०११ – ११ अप्रिल २०१२
सहायकचो र्योङ् हाइ
रि योङ् हो
ह्वाङ प्योङ सु
पूर्वाधिकारीकिम जोङ् इल
कोरियाको मजदुर पार्टीको पोलिटब्युरो अध्यक्ष
पद बहाली
११ अप्रिल २०१२
कार्यवाहक: १७ डिसेम्बर २०११ – ११ अप्रिल २०१२
पूर्वाधिकारीकिम जोङ् इल
कोरियाली जनसेना प्रमुख
पद बहाली
३० डिसेम्बर २०११
पूर्वाधिकारीकिम जोङ् इल
व्यक्तिगत विवरण
जन्म (1983-01-08) ८ जनवरी १९८३ (उमेर ४१)
(दक्षिण कोरियाली अभिलेख)[२]
(1984-01-08) ८ जनवरी १९८४ (उमेर ४०)
(अमेरिकन अभिलेख)[३][४]
जीवन साथी
(
वि २००९)
सन्तान(हरू)किम जु इ र अन्य दुई जना(सम्भावना)
मातृ शिक्षाप्रतिष्ठानकिम इल सङ विश्वविद्यालय
किम इल सङ सैन्य विश्वविद्यालय
हस्ताक्षर
सैन्य सेवा
निष्ठा उत्तर कोरिया
शाखा/सेवा कोरियाली जनसेना
सेवाको वर्षहरू२०१०–हाल
श्रेणी गणतन्त्रका मार्सल
आदेशहरू सर्वोच्च कमाण्डर
केन्द्रीय संस्था सदस्यता
  • 2012–present: Member, Presidium of the Political Bureau of the 7th Central Committee of the Workers' Party of Korea
  • 2012–present: Member, Political Bureau of the 6th, 7th Central Committee of the Workers' Party of Korea
  • 2010–present: Member, 6th, 7th Central Committee of the Workers' Party of Korea
  • 2014–present: Deputy, 13th Supreme People's Assembly

प्रजातान्त्रिक गणतन्त्र कोरियाका
नेता

किम जोङ उन (चोसङ्गुल김정은, Korean: [kim.dʑʌŋ.ɯn]; जन्म ८ जनवरी १९८३)[४] उत्तर कोरियाका प्रमुख नेता हुन् तथा सन् २०१२ देखि कोरियाको मजदुर पार्टीका नेता हुन् । किम किम जोङ् इल (१९४१–२०११) र को योङ हुई (१९५२–२००४) का दोस्रा सन्तान[५] तथा उत्तर कोरिया स्थापना भएपछि (१९४८ देखि १९९४[६] सम्म)का प्रथम नेता किम इल-सुङ का नाति हुन् ।.[७] उत्तर कोरियाले जनवरी ८ मा राष्ट्रिय बिदा दिने गरेकाले उनको बर्थ–डे जनवरी ८ हो भन्ने अनुमान गरिएको छ ।[८]

उनी संसारकै कान्छा राष्ट्रप्रमुख हुन् । उनी २८ वर्षको उमेरमा राष्ट्रप्रमुख बनेका थिए ।[८]

उनले उत्तर कोरियामा कम्प्युटर साइन्स पढेका थिए । कोरियाको किम इल सुङ युनिभर्सिटीबाट भौतिकशास्त्र र किम इल सुङ मिलिटेरी एकेडेमीबाट सैन्य शास्त्रमा गरी दुई विषयमा स्नातकोत्तर गरेका छन् ।[८]

नेता उनसँग हुने कोरियाली सैनिकको हातमा बन्दुक नभई डायरी र कलम हुने गरेको छ । उनका साथमा रहने सैनिकहरू सबैले उनले बोलेका कुरा डायरीमा अनिवार्य रूपमा टिप्नुपर्छ ।[८]

स्वीटजरल्याण्डमा अध्ययन[सम्पादन गर्नुहोस्]

किम जोङ उनले स्वीटजरल्याण्डको जर्मन स्कुलमा अध्ययन गरेका हुन् ।  सन् १९९६बाट २००० सम्म किमको पढाइ यूरोपमा भएको थियो । सुरूवातबाटै उनी आफ्नी आमाकी बहिनीका साथ रहेका थिए । सन् १९९८ मा उनी अमेरीका गइन् र नाम परिवर्तन गरिन् ।

द वाशिंगटन पोस्टसँगको अन्तरवार्तामा उनकी सानी आमा को यंग सकले भनेकी छिन्,  “किम समस्या उत्पन्न गर्ने बालक त थिएनन् तर उनी चकचके र  सहनशील थिएन ।’’

किमसँगै पढ्नेहरूले उनलाई दूतावासमा काम गर्ने कुनै कर्मचारीको छोरा भएको अड्कल गरेका थिए ।  

सत्तामा प्रवेश[सम्पादन गर्नुहोस्]

दिवङ्गत भएका ती निरङ्कुश शासकका छोरा एवम् उत्तराधिकारी किम जङ-अन कार सँगसँगै पैदल हिँड्दै थिए। सत्ताइस वर्षीय किम भावविह्वल देखिन्थे। अन्तिम संस्कारको समारोहमा उनी पटकपटक रोएका थिए।

किमको पछाडि उनका फुपाजु एवम् उत्तर कोरियामा दोस्रो शक्तिशाली व्यक्ति मानिने च्याङ सङ-थेइक थिए। अर्कोपट्टि सेनाप्रमुख रि यङ-हो र रक्षामन्त्री किम यङ-चन थिए।

तिनै पाका व्यक्तिहरूको हातमा प्योङ्याङको शक्ति जाने अनुमान त्यति बेला धेरैले गरेका।

सन् १९५० को दशकमा किम जङ-अनका हजुरबुवा किम इल-सङले कम्युनिस्ट विश्वमा नौलो परम्परा स्थापित गरे - आफ्नै वंशमा उत्तर कोरियाको नेतृत्व जाने।

झन्डै दुई दशकसम्म किमले आफ्ना जेठा छोरो किम जङ-इललाई उत्तराधिकारीका रूपमा प्रशिक्षित गरे। जहाँ जाँदा पनि 'युवराज' उनीसँगै हुन्थे। सन् १९९४ मा बुवाको मृत्यु भएपछि किम जङ-इलले तुरुन्तै शासनसत्ता सम्हाले। तर सन् २०११ मा उनको आकस्मिक मृत्यु हुँदा उनका छोराले उत्तर कोरियाको तेस्रो सर्वोच्च नेता बन्न प्रशिक्षण लिन थालेकै थिएनन्। धेरै विशेषज्ञहरूले अब 'एकव्यक्ति शासन' अन्त्य हुने भविष्यवाणी गरे। तर त्यसो भएन।

डिसेम्बर २०१३ मा किम जङ-अनले सबभन्दा नाटकीय कदम चाले। पार्टीको बैठकबाट उनका फुपाजु च्याङ सङ-थेइकलाई निकालेर लगियो। राजद्रोहको आरोप लगाएर उनलाई मृत्युदण्ड दिइयो। केही अपुष्ट विवरणहरूका अनुसार उनलाई मृत्युदण्ड दिन विमानभेदी तोप हानिएको थियो।

सन् २०१२ देखि २०१६ सम्म किमले उत्तर कोरियामा आफ्ना हजुरबुवाको पालादेखि कै सबभन्दा ठूलो पजनी गरे। दक्षिण कोरियाको इन्स्टिट्युट फर नेश्नल सेक्युरिटी स्ट्र्याटेजीका अनुसार १४० सैन्य अधिकृतहरूको हत्या भएको र अन्य २०० जनालाई कारागारमा राखिएको वा पदमुक्त गरिएको थियो।

आफ्नो बाटोमा तगारोका रूपमा देखा पर्ने सबैलाई हटाएर किमले तिनको स्थानमा आफूप्रति बफादार कनिष्ठ कार्यकर्तालाइ ल्याएका छन्। किमकी बहिनी किम यो-अनले उनीहरूको नेतृत्व गर्छिन्। गतवर्ष उनी ३० वर्षकै उमेरमा पोलिटब्युरोमा नियुक्त भएकी छन्।

प्योङ्याङको सत्ताको नेतृत्व कोसँग छ भन्ने अहिले कुनै सन्देह छैन। किम जङ-अन नै त्यहाँका सर्वोच्च नेता हुन्।

बाल्यबस्था[सम्पादन गर्नुहोस्]

सन् १९९२ को कुरा हो। प्योङ्याङस्थित एउटा विलासी निवासमा एक आठ वर्षीय बालकको जन्मोत्सवमा विशेष भोज आयोजना गरिएको थियो। उनले पाएका उपहारमध्ये एउटा विशेष थियो।

त्यो जनरलको पोसाक थियो। सक्कली नै। सानो आकारको भए पनि कोरियाली जनसेनाका जनरलले लगाउने औपचारिक पोसाक।

उक्त भोजमा वरिष्ठ जनरलहरू पनि उपस्थित थिए। उनीहरूले ती बालकलाई अभिवादन गरे। उनी किम जङ‍-अन थिए।

ती बालक कसरी 'जनरल किम' बने भन्ने वृत्तान्त सन् २०१६ द वाशिङ्टन पोस्टमा प्रकाशित किमकी सानीमाको अन्तर्वार्तामा उल्लिखित छ। झन्डै दुई दशकअघि गो यङ-सुक र उनका श्रीमान् पाश्चात्य देशको शरणमा पुगेका थिए। उनीहरू अहिले न्यू योर्कबाहिर कतै गुप्तवासमा छन्।

उक्त जन्मोत्सवदेखि नै किम जङ-अनलाई किम जङ-इलको उत्तराधिकारीका रूपमा छानिएको आफूलाई लागेको उनले अन्तर्वार्तामा बताएकी छन्।

"सबैबाट त्यस्तो व्यवहार पाएका हुनाले उनलाई सामान्य मानिसजसरी हुर्कन असम्भव थियो," गोले बताइन्।[९]

किम जङ-अनले पछि सत्ता सम्हाल्ने पूर्वानुमान सबैभन्दा पहिले केन्जी फुजिमोतो भनेर चिनिने एक जना जापानी सुशी शेफले गरेका हुन्।

सन् १९९० को दशकमा फुजिमोतो किमका विश्वासपात्रहरूको समूहमा सदस्यजस्तै बन्न पुगेका थिए। उनी किम जङ-इलका लागि जापानी परिकार बनाउँथे। फुजिमोतोका अनुसार बालक किम जङ-अन उनीसँग खेल्ने गर्थे।

सन् २००१ मा फुजिमोतो स्वदेश फर्किए र एउटा पुस्तक लेखे। त्यसमा उनले किम जङ-अन र उनका दाजु किम जङ-चलसँगको आफ्नो पहिलो भेटबारे वर्णन गरेका छन्।

''पहिलोचोटि मैले यी दुई तन्नेरी राजकुमारहरूलाई भेट्दा उनीहरू दुवै जना सैन्य पोसाकमा थिए। उनीहरूले पालैपालो सबै कर्मचारीसँग हात मिलाए। मसँग हात मिलाउने पालो आउँदा राजकुमार किम जङ-अनले मलाई एकटकले हेरे। त्यो 'तिमीजस्ता जापानीलाई हामी घृणा गर्छौँ' भन्न खोजिएजस्तो थियो। सातवर्षे बालकको त्यो बिझाउने हेराइ म कहिल्यै बिर्सिन्नँ।''

सन् २००३ मा प्रकाशित आफ्नो दोस्रो पुस्तकमा फुजिमोतोले लेखेका छन्:

"किम जङ-चललाई सबैभन्दा सम्भावित उत्तराधिकारीका रूपमा हेरिन्छ। तर त्यसबारे मलाई शङ्का लाग्छ। किम जङ-इल भन्ने गर्थे, 'जङ-चल उपयुक्त छैनन्, उनी केटीजस्ता छन्।' कान्छा छोरा अर्थात् दोस्रा राजकुमार उनका लागि प्रिय छन्। जङ-अन धेरै किसिमले बुवाजस्तै छन्। उनको शारीरिक संरचना पनि बुवाको जस्तै छ। तर उनका बारेमा बाहिर धेरै कुरा बताइएको छैन।"

त्यो एउटा महत्त्वपूर्ण भविष्यवाणी थियो। त्यति बेलासम्म बाहिरी संसारलाई त परै जा‌ओस् किमका बारेमा उत्तर कोरियाली जनतालाई नै थाहा थिएन। उनको अधिकांश बाल्यकाल अझै रहस्यमै थियो।[९]

विदेश सम्बन्ध[सम्पादन गर्नुहोस्]

[[चित्|thumb|left||किम र चिनिया रास्ट्रपति सी जिनपिङ उनको पहिलो विदेश यात्राको दौरान मार्च २०१८ मा बेइजिंग , चीनमा हात मिलाउदै]]

किम र अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरिया -अमेरिका शिखर सम्मेलन , जुन २०१८ को दौरान हात मिलाउदै
किम र दक्षिण कोरियाली रास्ट्रपति मुन जे इनसँग अन्तर कोरियाली सम्मेलन अप्रिल २०१८ को दौरान हात मिलाउदै


बास्केटबल प्रेमी[सम्पादन गर्नुहोस्]

एक समयमा किमका साथ बास्केटबल खेल्ने मार्को इमहाफ भन्छन्, ‘‘उनी अधिकांश समय लजालु स्वाभावकी युवती जस्तै रहन्थे तर बास्केटबल खेल्दा आक्रामक हुन्थे । त्यो आक्रमकता सकारात्मक रुपमै हुन्थ्यो ।’’

किम अमेरीकी बास्केटबल खेलाडी माइकल जार्डनका ठूला प्रशंसक थिए । उत्तर कोरियाको सर्वोच्च नेता भए पछि पनि उनको बास्केटबलप्रतिको लगाव उत्तिकै छ ।[१०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Politics", Naenara.com.kp। 
  2. "Rodman Gives Details on Trip to North Korea", The New York Times, ९ सेप्टेम्बर २०१३, १० सेप्टेम्बर २०१३-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १० सेप्टेम्बर २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "We finally know the age of North Korean dictator Kim Jong Un", www.msn.com, १६ फेब्रुअरी २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २० मे २०१७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. ४.० ४.१ "The secret life of Kim Jong-un's aunt, who has lived in the U.S. since 1998", The Washington Post, २७ मे २०१६, २९ मे २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २८ मे २०१६, "They can reveal, for example, that Kim Jong-un was born in 1984 – not 1982 or 1983, as has been widely believed. The reason they're certain? It was the same year that their first son was born. "He and my son were playmates from birth. I changed both of their diapers", Ko said with a laugh."  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. Moore, Malcolm. Kim Jong-un: a profile of North Korea's next leader वेब्याक मेसिन अभिलेखिकरण ५ जुन २००९ मिति. The Daily Telegraph. 2 June 2009
  6. "ko:김일성, 쿠바의 ‘혁명영웅’ 체게바라를 만난 날", DailyNK (Koreanमा), १५ अप्रिल २००८, २९ अप्रिल २०११-को मूल रूप सङ्ग्रहित  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  7. News, World (५ अप्रिल २०१३), "Who is North Korea's secretive Kim Jong Un? Here is what we know", NBC News, मूलबाट २७ अगस्ट २०१६-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  8. ८.० ८.१ ८.२ ८.३ http://www.rastriyakhabar.com/?p=24997
  9. ९.० ९.१ https://www.bbc.com/nepali/resources/idt-sh/king_of_pyongyang_nepali
  10. http://baahrakhari.com/news-details/53788/2018-04-23

बाह्य कडी[सम्पादन गर्नुहोस्]