बङ्गलादेश राष्ट्रिय क्रिकेट टोली
बङ्गलादेश | |
---|---|
टेस्ट मान्यता | सन् २००० |
पहिलो टेस्ट म्याच | शेरे बंगला नेसनल स्टेडियम, मा भारत बिरुद्ध |
कप्तान | मुस्फिकर रहिम |
कोच | शेन जुर्गेनसन |
आधिकारिक आइसीसी टेस्ट, ओडिआई र ट्वान्टी ट्वान्टी क्रम | १०औ (टेस्ट) ९औ (ओडिआई) १०औ (टि-ट्वान्टी) |
टेस्ट म्याच – यस बर्ष खेलेको टेस्ट म्याच | ८३ २ |
गत टेस्ट म्याच | बिरुद्ध न्युजिल्यान्ड |
टेस्ट म्याचमा जित/हार – यस बर्ष जित/हार | ४/६८[१] ०/१ |
मिती १६ मार्च २०१४ सम्मको |
बङ्गलादेशको राष्ट्रिय क्रिकेट टोली (बङ्गाली : বাংলাদেশ জাতীয় ক্রিকেট দল) बङ्गलादेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय क्रिकेट टिम हो । यसको सञ्चालन तथा समन्वय बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबि) द्वारा गर्ने गरिन्छ । बङ्गलादेश एउटा पूर्ण परीक्षण पश्चात (अईसिसी) को सदस्य हुनुका साथै एकदिवसीय अन्तर्राष्ट्रिय तथा टेस्ट खेल्ने दशौ राष्ट्र हो । बङ्गलादेशले आफ्नो पहिलो टेस्ट म्याच भारतको बिरुद्ध ढाकामा सन् २००० मा खेलेको थियो । सन् १९७९ मा इंग्ल्याण्डमा भएको आइसीसी ट्रफीमा बङ्गलादेशले आफ्नो वनडेमा सुरुअवात गरेको थियो जसमा उसले २ जित र २ हारको नतिजा निकालेको थियो । बङ्गलादेशले सन् १९८६ मा भएको एसिया कपको मार्फत अन्तर्राष्ट्रिय क्रिकेटको आधिकारिक सुरुवात गरेको थियो ।
सन् १९८६ मार्च ३१ मा बांग्लादेशले एसिया कपमा पाकिस्तान बिरुद्ध आफ्नो पहिलो वनडे म्याच खेलेको थियो । बङ्गलादेशले क्रिकेटमा थोर-थोरै देशको शहरी क्षेत्रहरूमा आफ्नो लोकप्रियतालाई कायम गरेको छ । फुटबल बङ्गलादेशमा लामो समय सम्म लोकप्रिय खेलको रूपमा रहेको थियो । क्रिकेट बङ्गलादेशले सन् १९९७ मा मलेसियामा भएको आइसिसी ट्रफी जितेर सन् १९९९ को आइसिसी वर्ल्डकपको लागि छनौट भएको थियो । त्यसपछि बङ्गलादेशमा क्रिकेटको स्तर बढ्दै गएको छ र हाल सम्म कायम रहेको छ , बङ्गलादेशले सन् १९९९ को क्रिकेट बिश्वकपमा शानदार प्रदर्शन गर्दै अप्रत्यासित रूपमा पाकिस्तानलाई हराएको थियो र स्कटल्याण्डलाई पनि पाखा लगाएको थियो । सन् १९९७ मा बङ्गलादेशले वनडे खेल्ने आधिकारिक मान्याता पाएको थियो भने टेस्ट खेल्ने मान्यता सन् २००० जुन २६ मा पाएको थियो ।
इतिहास
[सम्पादन गर्नुहोस्]रेकर्ड
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "रेकर्ड्स / टेस्ट म्याच / टिम रेकर्ड्स / नतिजा", espncricinfo.com।