"मौरिसस" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Bot: Fixing redirects
सा r2.6.5) (रोबोट ले थप्दै: or:ମରିସସ
पङ्क्ति २२४: पङ्क्ति २२४:
[[nso:Mauritius]]
[[nso:Mauritius]]
[[oc:Maurici]]
[[oc:Maurici]]
[[or:ମରିସସ]]
[[os:Маврикий]]
[[os:Маврикий]]
[[pam:Mauritius]]
[[pam:Mauritius]]

१७:२४, १ फेब्रुअरी २०१२ जस्तै गरी पुनरावलोकन

Republic of Mauritius
गणतान्त्रिक मौरिटियस
Republik Moris
République de Maurice
Mauritiusको झन्डा
झन्डा
Mauritiusको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: हिन्द महासागरको सितारा अनि कुञ्जि "Stella Clavisque Maris Indici"  (Latin)
"Star and Key of the Indian Ocean"
राष्ट्रिय गान: मातृभूमि Motherland
Mauritius
राजधानीपोर्ट लुईस
आधिकारिक भाषाहरूअङ्ग्रेजी
अन्य भाषाहरुमौरिटियन क्रुअल, फ्रेँच, अङ्ग्रेजी
रैथाने(हरू)मौरिटियन
सरकारसंबैधानिक गणतान्त्रिक
सर अनिरुद्द जगनाथ
नविन रामगुलाम
स्वतन्त्र 
• तारिख
१२ मार्च १९६८
• गणतन्त्र घोषित
१२ मार्च १९९२
क्षेत्रफल
• जम्मा
२,०४० किमी (७९० वर्ग माइल) (१७ औं)
• पानी (%)
०.०५
जनसङ्ख्या
• 2008 अनुमानित
1,288,000 (151st)
• 2000 जनगणना
1,179,137
• घनत्व
६३१.४ /किमी2 (१,६३५.३ /वर्ग माइल) (18th)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)2009 लगत
• जम्मा
$15.273 billion
मुद्रामौरिटियन रुपैयाँ
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+4
टेलिफोन कोड230
इन्टरनेट डोमेन.mu

मौरिटियस गणराज्य( अङ्ग्रेजी: Republic of Mauritius, फ्रांसीसी : République de Maurice), अफ्रीकी महाद्वीप तटको दक्षिणपश्चिममा लगभग ९०० किलोमीटरको दूरीमा हिन्द महासागर मा र मेडागास्करको पूर्वमा स्थित एक द्वीपीय देश हो। मौरिटियस द्वीपको अतिरिक्त यस गणराज्यमा, सेंट ब्रेंडन, रड्रीगजअगालेगा द्वीप पनि शामिल छन. दक्षिणपश्चिममा २००० किलोमीटरमा स्थित फ्रांसीसी रीयूनियन द्वीप र ५७० किलोमीटर उत्तर पूर्वमा स्थित रड्रीगज द्वीप सङ्गै मौरिटियस मस्कारेने द्वीप समूहको भाग छ। मौरिटियसको संस्कृति, मिश्रित संस्कृति छ, किन भनें पहिला यो फ्रान्सको आधीन थियो तथा पछि ब्रिटिश स्वामित्वमा आयो। मौरिटियस द्वीप विलुप्त भै सकेको डोडो पक्षीको अन्तिम र एकमात्र घरको रूपमा पनि विख्यात छ।

इतिहास

मौरिटियसको सबै भन्दा पुरानो अभिलेख लगभग १० औँ शताब्दीको शुरुवातको छ जुन द्रविड ( तमिल ) र औस्ट्रोनेशी नाविकहरुको सन्दंर्भबाट आउद छ। पोर्चुगली नाविकहरु पहिला पहिला यहाँ १५०७मा आये र उन्हिहरुले यस निर्जन द्वीपमा एक यात्रा अड्डा स्थापित गरे र फेरी यस द्वीपलाई छोडेर गई हाले। सन् १५९८ मा हलैंडको तीन पोत जुन मसला द्वीप (स्पाइस आइलैंड)को यात्रामा निकलेको थियो एक चक्रवातको समयमा रास्ता भुलेर यहाँ पुगी हाले। उन्हिहरुले यस द्वीपको नाम आफ्नो नासाओको युवराज मौरिसको सम्मानमा मौरिटियस राखि दिये। सन् १६३८ मा, डचहरुले यहाँ पहिलो स्थायी बस्ती बसाए। चक्रवात भएको कठोर जलवायु परिस्थिति र बस्तीलाई हुने लगातार नुक्सानले गर्दा डचहरुले केही दशकपछि यस द्वीपलाई छाडी दिये। फ्रान्स, जसलाई पहिलेदेखि नै यसको पडोसी आइल बरबोन (अब रीयूनियन) द्वीपमाथि नियन्त्रण थियो सन् १७१५मा मौरिटियसमाथि कब्जा गर्‍यो र यसको नाम बदलिएर – आइल दे फ्रान्स (फ्रांसको द्वीप) राखियो। फ्रांसको शासन हुदा, यो द्वीप एक समृद्ध अर्थव्यवस्थाको रूपमा विकसित भयो जुन चीनी उत्पादनमा आधारित थियो। यो आर्थिक परिवर्तन गवर्नर (राज्यपाल) फ्रेङ्कएस माहे दे लेबर्डनाइस द्वारा शुरू गरियो।

ग्रेट ब्रिटेनसित आफ्नो कयौँ सैन्य सङ्घर्षहरुको समयमा, फ्रांसले गैरकानूनी घोषित जलदस्युहरु "कोर्सेर्स" लाई शरण दियो, जुन धरै ब्रिटिश जहाजहरु, जुनमा मूल्यवान व्यापारको माल लादिएको हुन्थ्यो लाई उनिहरुको भारत र ब्रिटेनको मध्य हुने यात्राहरुको समयमा लूटथे। सन् १८०३-१८१५ समयमा भएको नेपोलियन युद्धमा ब्रिटिश यस द्वीपमाथि नियन्त्रण पाउनमा सफल भए। ग्रांड पोर्टको लडाई जीतेपछि, जुनकि नेपोलियनको ब्रिटिशहरुमाथि एकमात्र समुद्री विजय थियो, फ्रांसीसी, तीन महीनापछि, केप मैलह्युर (Malheureux) मा ब्रिटेनसित हारी हाले। उन्हिहरुले औपचारिक रूपले ३ डिसेम्बर १८१०को दिन केही शर्तहरु साथ समर्पण गरिदियो, यो शर्तहरु थियोकि, द्वीपमाथि फ्रांसीसी भाषाको प्रयोग जारी रहने छ र आपराधिक मामिलाहरुमा नागरिकहरुमाथि फ्रांसको कानून लागू हुने छ। ब्रिटिश शासनको अन्तर्गत, यस द्वीपको नाम बदलिएर फेरी मौरिटियस गरि दिईयेको थियो।

सन् १९६५ मा, ब्रिटेन (यूनाइटेड किङ्गडम) ले छागोस द्वीपसमूहलाई मरीशसदेखि अलग गरि दिईयो। उनिहरुले यस्तो ब्रिटिश हिन्द महासागर क्षेत्र स्थापित गर्नलाई गर्‍यो जसलाई उनिले सामरिक महत्वको द्वीपहरुको प्रयोग संयुक्त राज्य अमेरिका साथ रक्षा सहयोगको विभिन्न प्रयोजनहरुको लागि गर्न सके। हालाँकि मौरिटियसको तत्कालीन सरकार उनको यस बातबाट सहमत थिए तर पछिको सरकारहरुले उनको यस बातको अन्तरराष्ट्रीय कानून तहत अवैध बताईयेको छ [तथ्य वांछित] र यस द्वीप समूहहरुमाथि आफ्नो अधिकार देखायेको छ. उनको यस दावालाई, संयुक्त राष्ट्रद्वारा पनि मान्यता दिईयेको छ [तथ्य वांछित]

मौरिटियसले १९६८मा स्वतन्त्रता प्राप्त गर्‍यो र देश राष्ट्रमंडल अन्तर्गत, सन् १९९२मा एक गणतन्त्र बन्यो। मौरिटियस एक स्थिर लोकतन्त्र हो जहाँ नियमित रूपले स्वतन्त्र चुनाव हुन्छ र मानवाधिकारहरुको मामिलामा पनि देशको छवि राम्रो छ, यसले गर्दा यहाँ धेरै विदेशी निवेश भएको छ र यो देश अफ्रीकामा सबैभन्दा धेरै प्रति व्यक्ति आय भएको देशहरु मध्ये एउटा हो।

राजनीति

मौरिटियस एक संसदीय लोकतन्त्र हो जसको संरचना ब्रिटेनको संसदीय प्रणालीमा आधारित छ। राज्यको प्रमुख राष्ट्रपति हुन्छ जसको कार्यकाल पाँच वर्षको हुन्छ र उसको चुनाव राष्ट्रीय सभा, मौरिटियसको एकसदनीय संसदले गर्छ। राष्ट्रीय सभा (नेशनल असेंबली)को ६२ सदस्य जनता द्वारा चुनिन्छन् जबकि चारदेखि आठ सदस्यहरुको नियुक्ति चुनावमा हारेको "श्रेष्ठ पराजित" उम्मीदवारहरुको बीचबाट जातीय अल्पसङ्ख्यकहरुको प्रतिनिधित्व गर्नको लागि तब गरिन्छ जब यस समुदायहरुलाई चुनावबाट उचित प्रतिनिधित्व मिल्दैन। प्रधानमन्त्री र मन्त्री परिषद सरकारको नेतृत्व गर्छन। सरकार पांच साले आधारमा निर्वाचित हन्छ। सबैभन्दा हालको साधारण चुनाव ३ जुलाई २००५मा मुख्य भूमिको सबै २० निर्वाचन क्षेत्रहरुसितै रड्रीगज द्वीपको निर्वाचन क्षेत्रमा पनि गराईयेको थियो।

जिल्ला र अधीन क्षेत्रहरु

मरीशस के जिले
मरीशस के जिले

मौरिटियस द्वीप नौ जिल्लाहरुमा विभाजित छन:

  1. ब्लैक रिवर (राजधानी: बैम्बस)
  2. फ्लाक (राजधानी: सेन्टर दे फ्लाक)
  3. ग्रांड पोर्ट (राजधानी: माहेबर्ग)
  4. मोका (राजधानी: क्वार्टियर मिलिटायरे)
  5. पैम्प्लेमूजेस (राजधानी: ट्रिओलेट)
  6. प्लाईनेस् विल्हेम्स (राजधानी: रोज हिल/ क्यूरेपाईप)
  7. पोर्ट लुई ( मरीशसको राजधानी)
  8. रिवियेरे दु रेम्पार्त (राजधानी: मापाउ)
  9. सवान्ने (राजधानी: सूलेक )

अधीन क्षेत्र

  • रड्रीगज, द्वीप जुन मौरिटियसको उत्तर पूर्वमा ५६० किलोमीटरमा स्थित छ, जस्लाई अक्टूबर २००२मा आंशिक स्वायत्ता प्रदान गरियो, स्वायत्ता पाउनु भन्दा पहिले यो मौरिटियसको १० औँ प्रशासनिक जिल्ला थियो।
  • अगालेगा, मौरिटियसको उत्तरमा ९३३ किलोमीटरमा दुई स्यानो टापू छन्।
  • कार्गादोस काराजोस शोआल्स, जस्लाई सेंट ब्रेन्डन द्वीपको नामबाट पनि चिनिन्छ। मौरिटियसको उत्तरमा ४०२ किलोमीटरमा स्थित छ।

मौरिटियसको अन्य क्षेत्र

मौरिटियस निम्न क्षेत्रहरुमाथि पनि अधिकार देखाउछ:

भूगोल

मौरिटियसको नक्सा

मौरिटियस मास्कारेने द्वीप समूहको हिस्सा हो। यस द्वीप समूहको श्रृङ्खला त्यो अन्त:समुद्री ज्वालामुखीय विस्फोटहरुको कारण बनियेको छ जुन अब सक्रिय छैनन। यो ज्वालामुखीय विस्फोट अफ्रीकी प्लेटको रीयूनियन तप्तबिन्दुको मास्तिर सरकिदै जानुको कारण भयेको थियो। मौरिटियस द्वीप एक केन्द्रीय पठारको चारै तिर बनियेको छ, जसको उच्चतम चोटी पितोन डे ला पेतित रिवियेरे नोएरे ८२८ मीटर (२७१७ फुट) अग्लो छ र यसको दक्षिणमा स्थित छ। पठारको आसपास, मूल गर्त फेरि पनि पहाडहरुदेखि अलग्गै देखन्छ।

स्थानीय जलवायु उष्णकटिबन्धीय छ, जुन दक्षिणपूर्वको हावाहरु द्वारा संशोधित हुन्छ। यहाँ मईदेखि नोभेम्बर सम्म शुष्क जाडो पर्छ र नवम्बरदेखि मई सम्म मौसम तातो, आद्र, र गीलो गर्मीको हुन्छ। विरोधी-चक्रवात देशलाई मईदेखि सितंबरको समयमा प्रभावित गर्छ। चक्रवातहरुको समय नवंबर-अप्रिल हुन्छ। हौलैंडा (१९९४) र दीना (२००२) पछिल्लो दुई चक्रवात हुन जसले द्वीपलाई सबै भन्दा धेरै प्रभावित गरेको छ।

उत्तरपश्चिममा स्थित पोर्ट लुई यस द्वीपको राजधानी र सबै भन्दा ठूलो शहर हो। अन्य महत्वपूर्ण शहरहरुमा क्यूरेपाइप, वकोआस, फीनिक्स, कुआर्ते बोर्नेस, रोज हिलबीयू-बासिन शामिल छन्।

यो द्वीप आफ्नो प्राकृतिक सुन्दरताको लागि जानिन्छ। उदाहरणको लागि, लेखक मार्क ट्वेन, ले आफ्नो निजी यात्रा वृतान्त ‘फलइङ्ग द एक्वेटर’ मा लेखेको छन कि " मरिशसलाई देखेर तपाईंलाई विचार आउछ पहिले मौरिटियस बन्यो र त्यसपछि स्वर्ग, स्वग त मौरिटियसको एक नकल मात्र हो।”

अर्थव्यवस्था

मौरिटियसको राजधानी पोर्ट लुईको एउटा विहङ्गम दृश्य.

सन् १९६८मा आजादीको पछिदेखि, मौरिटियस एक निम्न आय वाला, कृषि उत्पादन आधारित अर्थव्यवस्थाले विकसित भएर एक विविधतापूर्ण मध्यम आय वाला अर्थव्यवस्थामा परिवर्तित भयो जसमा तिब्र गतिमा बढदै गाको औद्योगिक, वित्तीय, र पर्यटन क्षेत्र शामिल छन . अधिकांश अवधिमा वार्षिक वृद्धि दर, ५% देखि ६%को बीच दर्ज गरिएको छ। यो दर बढदै गाको जीवन प्रत्याशा, घटदै गाको शिशु मृत्यु दरबुनियादी ढांचा मा सुधारबाट परिलक्षित हुन्छ।

सन् २००५ मा, अनुमानित १०१५५ अमरीकी डलर, क्रयशक्ति समता ( पीपीपी ),को साथ मौरिटियस अफ्रीकामा प्रति व्यक्ति सकल घरेलू उत्पादको हिसाबले सातौँ स्थानमा छ, यसभन्दा अगाडि छन रीयूनियन (19233 अमरीकी डलर, वास्तविक विनिमय दरहरुमा), सेशल्स ( 13887 अमरीकी डलर, पीपीपी पर) , गैबन (१२७४२ अमरीकी डलर, पीपीपी पर), बोत्सवाना (१२०५७ अमरीकी डालर पीपीपी पर), भूमध्य रेखीय गिनी ( ११९९९ अमरीकी डलर, पीपीपी पर), र लीबिया ( १०७२७ अमरीकी डलर, पीपीपी पर)।

अर्थव्यवस्था मुख्यतः गन्ना बगान, पर्यटन, कपडा, र सेवा क्षेत्रमा निर्भर छ, तर अन्य क्षेत्रहरुमा पनि तिव्र विकास हुँदैछन। मौरिटियस, लीबिया र सेशल्स मात्र तीन यस्तो अफ्रीकी देश छन जसको दर्जा " मानव विकास सूचकाङ्क” को हिसाबले ‘उच्च’ छ। (रीयूनियनलाई फ्रांसको हिस्सा मानदै, संयुक्त राष्ट्रले मानव विकास सूचकाङ्कको वरीयता श्रेणीमा सूचीबद्ध गरेको छैन)

गन्ना 90% कृषि योग्य भूमिमा उत्पादित हुन्छ र जसले कुल निर्यात आयको २५% प्राप्त हुन्छ। तर १९९९मा पडेको भयङ्कर सूखाले उँखुको खेति नराम्ररी क्षतिग्रस्त भयेको थियो। सरकारको विकास योजनाहरु विदेशी निवेशमा आधारित छ। मौरिटियसले ९००० देखि अधिक अपतटीय संस्थाहरुलाई आकर्षित गरेको छ जसको उद्देश्य भारत र दक्षिण अफ्रीका सित व्यापार गर्नु हो जबकि एकलै बैङ्किङ्ग क्षेत्रमा निवेश १ अरब डलरदेखि अधिक पुगेको छ। दिसम्बर २००४मा बेरोजगारीको दर ७.६% थियो। फ्रान्स देशको सबैभन्दा ठूलो व्यापारिक साझीदार हो जसको यस देशको साथ न मात्र निकट संबन्ध छन, बल्कि त्यो यसलाई विभिन्न रूपमा प्राविधीक सहायता प्रदान गर्छ।

स्थानीय निवासीहरुलाई कम कीमतमा आयात गरने सुविधा दिनु र धेरै पर्यटकहरु जुन फिलहाल दुबईसिङ्गापुर जान्छन, लाई आकर्षित गर्नको लागि मौरिटियसले अघिलो चार सालमा एक शुल्क मुक्त (ड्यूटी फ्री) द्वीप बनने दिशामा प्रयासरत छ। कतिपय उत्पादहरुमा ड्यूटी (शुल्क) समाप्त गरि दिएको छ र १८५० भन्दा धेरै उत्पादहरुमा जसमा कपडा, भोजन, गहना, छायाङ्कन (फोटोग्राफिक) उपकरण, श्रव्य दृश्य उपकरण र प्रकाश व्यवस्थाको उपकरणहरु सम्मिलित छनबाट शुल्क घटायेको छ। यस अतिरिक्त, नयाँ व्यावसायिक अवसरहरुलाई आकर्षित गर्ने उद्देश्यले आर्थिक सुधारहरुलाई पनि लागू गरिएको छ. हालैमा, २००७-२००८को बजटमा वित्त मन्त्री राम सीताननले कम्पनी (कार्पोरेट) करलाई घटायेर १५% कर गरेको छ [तथ्य वांछित]। ब्रिटिश अमेरिकी इंवेस्टमेंट कम्पनी मौरिटियसमा मर्सिडीज बेंज ,पीजो, मित्सुबिशी र साब कारहरुको बिक्रीको प्रतिनिधित्व गर्छ।

ए डी बी नेटवर्कको योजना पूरै मौरिटियसमा मान्छेहरुलाई वायरलेस इंटरनेट प्रदान गर्ने हो, अहिले सम्म यो द्वीपको ६०% क्षेत्र र ७०% जनसङ्ख्या सम्म पुगि सकेको छ।

जनसाँख्यिकी

मौरिटियसको समाज विभिन्न जातीय समूहहरुको मानिषहरुद्वारा मिलेर बनेको छ। गणराज्यको अधिकांश जनताहरु भारत, अफ्रीका, फ्रान्स, ब्रिटेन, अस्ट्रेलिया आदि निवासीहरुको वंशज हुन। धेरैजना मिश्रित जातीय मूलको छन्।

भाषा

मौरिटियसको आधिकारिक भाषा अङ्ग्रेजी हो, त्यसैले सरकारका सारा प्रशासनिक कामकाज अङ्ग्रेजीमै हुन्छ। शिक्षा प्रणालीमा अङ्ग्रेजी सित फ्रांसीसी पनि प्रयोग हुन्छ। फ्रांसीसी भाषा हालाँकि, मीडियाको मुख्य भाषा हो चाहे प्रसारण होस कि मुद्रण यस बाहेक व्यापार र उद्योग जगतको मामिलाहरुमा पनि मुख्यत: फ्रांसीसी नै प्रयोगमा आउँछ। सबै भन्दा व्यापक रूपमा देशमा मौरिटियन क्रेयोल भाषा बोलिन्छ। हिन्दी पनि एउटा ठूलो वर्गद्वारा बोलिन्छ र समझिन्छ।

धर्म

मौरिटियसमा विभिन्न धर्मका मान्छेहरु बसो बास गर्छन जसमा प्रमुख छन हिन्दू धर्म (५२%), ईसाई धर्म (२७%) र इस्लाम धर्म (१४.४%)। एउटा ठूलो सङ्ख्या नास्तिकहरुको पनि छ।

संस्कृति

मरीशस

मौरिटियसलाई स्वादिष्ट खानाको लागि पनि चिनिन्छ, जहाँ भारतीय, चीनी, क्रेयोल र यूरोपियन खानाहरुको मिश्रण छ। यस द्वीपमा रम का उत्पादन ठूलो पैमानामा हुन्छ। १६३८मा डचहरुले मौरिटियसलाई सब भन्दा पहिले उखु सित परिचित गरायो। डचहरु उखुको खेती मुख्यतः अरक ( रमको एक पूर्व प्रकार)को उत्पादनको लागि गर्थे। तर फ्रान्स र ब्रिटेन शासनको समयमा यहाँ उँखुको खेतीलाई ठूलो पैमानामा गरियो जसले यस द्वीपको आर्थिक विकासमा धेरै योगदान पुर्यायो।[तथ्य वांछित] पियरे चार्ल्स फ्रेङ्कोएज हरेल पहिलो व्यक्ति थियो जसले १८५०मा मौरिटियसमा रमको स्थानीय आसवनको प्रस्ताव गर्‍यो।