सिलेट विभाग
सिलेट विभाग
সিলেট বিভাগ ꠍꠤꠟꠐ ꠛꠤꠜꠣꠉ | |
---|---|
विभाग | |
निर्देशाङ्क: २४°३०′उ॰ ९१°४०′पू॰ / २४.५००°N ९१.६६७°Eनिर्देशाङ्कहरू: २४°३०′उ॰ ९१°४०′पू॰ / २४.५००°N ९१.६६७°E | |
देश | बङ्गलादेश |
सदरमुकाम | सिलेट सहर |
क्षेत्रफल | |
• जम्मा | १२,२९८.४ किमी२ (४७४८.४ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०१६[१]) | |
• जम्मा | १२,१०२,३२५ |
• घनत्व | ९८०/किमी२ (२५००/वर्ग माइल) |
वासिन्दा | सलहटी |
जनशाङ्खिकि | |
• भाषा | सलहटी, बाङ्ला |
• साक्षरता दर | ५१%[२] |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
मानव विकास सूचकाङ्क (सन् २०१७) | ०.५५८[३] मध्यम |
क्रिकेट टोलीहरू | सिलेट सिक्सर्स, सिलेट विभाग |
वेबसाइट | sylhetdiv |
सिलेट बङ्गाली: সিলেট বিভাগ बङ्गलादेशमा रहेका ८ विभाग मध्ये एक हो। यो विभाग बङ्गलादेशको उत्तर-पूर्वमा अवस्थित छ। यो विभागको नाम यहाँ रहेको सिलेट सहरबाट राखिएको थियो। सिलेटको स्थानीय नाम भने श्रीहट्टाबाट आएको हो भने हाल यसलाई सिलेट भन्ने गरिन्छ। सिलेट विभाग दक्षिण एसियाको एक पुरातात्विक आधारभूत क्षेत्र हो। यस क्षेत्रमा हिन्दू, बौद्ध र इस्लामी संस्कृति एक समृद्ध इतिहास रहेको पाइन्छ। यस विभागमा मुख्यतः हिन्दु, सुपी र मुस्लिम धार्मिका मानिसहरू बसोबास गर्छन्।[४][५][६]।
भूगोल
[सम्पादन गर्नुहोस्]सिलेट विभाग बङ्गलादेशको उत्तर-पूर्वी भागमा पर्छ भने यो विभाग २३°५८' देखि २५°१२' उत्तर अक्षांश र ९०°५६' देखि ९२°३०' पूर्वी देशान्तरणमा अवस्थित छ। सिलेट विभागले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १२२९८.४ वर्ग किलोमिटर ओगटेको छ। यस विभागलाई भारतको मेघालय राज्यले उत्तर, भारतको त्रिपुरा राज्यले दक्षिण, मिजोरोम, भातरको आसाम राज्यले पूर्व र नेत्रकोना र किशोरगञ्ज जिल्लाले पश्चिमबाट घेरेको छ।कुसियारा, सुरमा, मनु आदि यस विभागका प्रमुख नदिहरू हुन्।[७]
इतिहास
[सम्पादन गर्नुहोस्]बङ्गलादेश स्वतन्त्रता युद्ध भन्दा पहिला यो विभाग पाकिस्तानमा जलालबाद जिल्लाको रूपमा रहेको थियो। बङ्गलादेश पाकिस्तानबाट स्वतन्त्र भए पश्चात् यो विभाग नयाँ निर्माण भएको स्वतन्त्र देश बङ्गलादेशको एक भाग बनेको थियो तर सन् १९५५ भन्दा अघि सिलेट चिट्टग्राम विभागमा रहेको थियो।
सिल्ट क्षेत्रमा संयुक्त अधिराज्यको सेण्ट अल्बान्स सहरसँग एक "मैत्री सम्बन्ध" छ। सिलेट विभाग र सेण्ट अलबान्सको सम्बन्ध सन् १९८८ मा स्थापना भएको थियो जब सेण्ट अल्बान्स जिल्ला परिषद्ले घरवारविहीनहरूका लागि अन्तर्राष्ट्रिय वर्षमा सिलेटलाई एक आवास परियोजनामा सहयोग पुर्याएको थियो। बङ्गलादेशका अन्य विभागलाई छाडेर सिलेट विभागलाई छनोट गरियो किनकि यो सेन्ट अल्बन्समा सबैभन्दा ठूलो जातीय अल्पसङ्ख्यक समूहको लागि मूल क्षेत्र सिलेट थियो। सेण्ट अल्बान्स जिल्लाका परिषद्का अनुसार अधिकांश बेलायती बंगलादेशी सिलेट जातीय मूलका हुन्। ब्रिटेनका अन्य सहरहरूसँग पनि सिलेटको धेरै मित्रता सम्बन्ध छन् किनकि बेलायतमा ५ लाख बङ्गलादेशी सिलेटबाट आएका छन्। यसले रोचडेल, ओल्डह्याम, लण्डन, र अधिक धेरै स्थानहरू जस्तै स्थानहरू समावेश गर्दछ।[८][९]
जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]विभाग प्रतिवेदनका अनुसार यस विभागको कुल जनसङ्ख्या ८१०७७६६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ५०.६७% छ भने महिलाको जनसङ्ख्या ४९.३३% रहेको छ।[१०] धर्मका आधारमा यस विभाग इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ८१% छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १७.८०% छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ०.०२, इसाई धर्मवलम्बीको जनसङ्ख्या ०.०६% र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १.१२% रहेको छ। यस विभागमा ७५२४ मस्जिद, १०७० मन्दिर, ६५ गिर्जाघर, ९ प्यागोडा, ५० चिहानहरू रहेका छन्।[११] यस विभागमा ६२ स्वस्थ्य केन्द्र अस्पताल, ३६ उपजिल्ला स्वस्थ्य केन्द्र, ८६ सङ्घ स्वस्थ्य केन्द्र तथा परिवार नियोजन केन्द्र, ३ सङ्क्रात्मक रोग उपचार केन्द्र, ६ मातृ तथा शिशु उपचार तथा हेरचाह केन्द्र, ३८ गैरसरकारी अस्पताल र १२ पशु जाँच तथा उपचार केन्द्रहरू रहेका छन्।[१०][१२][१३][१४]
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]सिलेट विभाग बङ्गलादेशको उत्तर पूर्व भागमा अवस्थित छ भने यस विभागको अर्थतन्त्र चट्टग्राम विभाग र ढाका विभाग पछि सबैभन्दा धेरै र तिव्र गतिमा बढिरहेको छ। यो विभाग क्षेत्रफलको आधारमा र जनसङ्ख्याको आधारमा बङ्गलादेशको सबैभन्दा तेस्रो ठूलो विभाग हो।[१५] हाल यो विभाग बङ्गलादेशको कृषि तथा अन्न उब्जाउ गर्ने विभागको राजधानीको रूपमा परिचित छ। सिलेट विभागको हिण्टरल्याण्ड नामक एक उपत्यकाबाट हाल ग्यास उत्खनन गरिँदै आएको छ। [१६]
वैदेशिक रोजगारी
[सम्पादन गर्नुहोस्]वैदेशिक रोजगारीले सिलेट विभागको अर्थतन्त्रमा ठूलो सहयोग पुर्याउँदै आएको छ भने वैदेशिक रोजगारी यहाँको प्रमुख आए आर्जनको स्रोत पनि हो। यस विभागका थुप्रै मानिसहरू मध्य पूर्वी एसियाका देशहरू जस्तै; साउदी अरब, संयुक्त राज्य इमिरेट्स आदिमा काम गर्नका लागि गएका छन् भने केही सलहटीहरू संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यमा पनि काम गर्न गएका छन्। हाल वैदेशिक रोजगारीको सिलसिलामा गएका सलहटीहरूले मुलिकबाट थुप्रै रकमहरू पठाउने गरेका छन् भने बेलायत गएका ९०-९५% बङ्गलादेशीहरू सिलेटका मानिसहरू रहेको एक तथ्याङ्कले देखाएको छ। सन् २०१२-२०१३ को आर्थिक वर्षमा लगभग १० बिलियन रकम वैदेशिक रोजगारबाट प्राप्त भएको थियो। हाल यस विभागमा सञ्चालनमा रहेका विभिन्न उद्योग तथा कलकारखानाहरू विदेशमा काम गरिरहेका सलहटीले सञ्चालन गरिरहेका छन् जसका कारण यस विभागमा थुप्रै होटल, अतिथि गृहहरू खोलिएका छन्।
चिया खेती
[सम्पादन गर्नुहोस्]सिलेट विभागमा रहेका क्षेत्रहरूमा मुख्यतया परम्परागत तरिकाले चिया खेती हुने गरेको छ। यस विभाग अन्तर्गत पर्ने सुरमा उपत्यका विभिन्न स्थानहरूमा चिया बगानहरू छन् भने त्यहाँबाट अधिक मात्रमा चिया उत्पादन हुँदै आएको छ। यस विभागको श्रीमङ्गल भन्ने ठाउँमा थुप्रै चिया बगानहरू भएका कारण यसलाई बङ्गलादेशको चिया राजधानीको रूपमा लिइन्छ। श्रीमङ्गल क्षेत्रमा हाल क्षेत्रफल र उत्पादनको हिसाबले विश्वकै सबैभन्दा ठूला तीन चिया बगान सहित १५० भन्दा बढी चिया बगानहरू रहेका छन् भने यहाँ ३०००००० कामदारहरू कार्यरत छन् जसमा ७५% महिला सहभागीता रहेको छ। चिया बगानमा कार्यरत महिलाहरूले चिया बगानबाट चिया चुडेर सङ्कलन गर्ने काम गर्छन् तर पुरुषको हिसाबमा महिलाको पारिस्रमिक कम रहेको छ। हालसालै परेको खडेरीका कारण यहाँका १०% चिया बगानहरू नष्ट भएका छन्। यस चिया बगानका बिरुवाहरू, वा बगैंचाहरू प्राय ब्रिटिस शासनकालमा स्थापना गरिएको थियो। यस चिया बगानहरू ब्रिटिस शासकहरूले विकास गरेका कारण हाल पनि प्रबन्धकहरू अझै उक्त शासनकालमा निर्माण भएका सेतो घरहरूमा बसोबार गर्ने गर्छन्। यस चिया बगानमा कार्यरत प्रबन्धकहरूको जीवन शैली अझै पनि नै अपरिवर्तित छ। यस विभागका विकासित विभिन्न उद्योग तथा व्यापारहरू यही विभागमा बसोबास गर्ने मानिसहरूले स्थापना गरेका हुन् जसले विदेशमा काम गर्ने गर्छन्।
पर्यटन व्यवसाय
[सम्पादन गर्नुहोस्]सिलेट विभागले पर्यटन क्षेत्र मार्फत पनि लाभ उठाइरहेको छ। यहाँ पर्यटकीय स्थल र पुरातात्त्विक धरोहरहरू रहेका कारण यहाँ वर्षैनी थुप्रै आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन्। यस विभागमा रहेका केइनी पुल, अलि अम्जद घण्टाघर, लालाखाल, जमफलोङ, माधबकुण्ड झरना, बिचनाकाण्डी, लवाचारा राष्ट्रिय निकुञ्ज आदि पर्यटकीय स्थलहरू हुन्। सिलेटमा शाहजलालको चिहान रहेका कारण यसलाई बङ्गलादेशको आध्यात्मिक राजधानीले पनि चिनिने गरिन्छ। यस विभागको जिल्लाहरूमा थुप्रै होटल, अतिथि गृह आदि रहेका छन्।
यस विभागको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५१.३४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ८.५२% मजदुरी, व्यापार र उद्योगमा १.५६%, वाणिज्यमा ११.८१%, सञ्चार र यातायातमा २.१३%, रेमिटेन्समा ५.१६%, निर्माण क्षेत्रमा १.४१%, सुविधा ५.६७%, धार्मिक सेवा ०.४३% र अन्य ११.९६% रहेका छन्।
प्रशासन
[सम्पादन गर्नुहोस्]सन् १९९५ मा सिलेटलाई बङ्गलादेशको छैटौँ विभागको रूपमा घोषित गरिएको थियो। यो विभागमा परिणत हुनु भन्दा अघि चट्टग्राम विभागको एक भाग थियो। हाल सिलेट विभाग ४ जिल्लाहरूमा विभाजित छ जसमा हबिगञ्ज, मौलभीबाजार, सुनामगञ्ज र सिलेट जिल्ला समावेश छन्। सिलेट विभागमा ३५ उप-जिल्ला, ३२३ सङ्घ परिषद्, १०१८५ गाउँ र १४ नगरपालिकाहरू रहेका छन्। यस विभागको कुल जनसङ्ख्या १ करोड रहेको छ जुन बङ्गलादेशको कुल जनसङ्ख्याको ७% भन्दा पनि कम हो।
शिक्षा
[सम्पादन गर्नुहोस्]यस विभागको कुल साक्षरता दर ४०.०९% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४३.७२% छ भने महिलाको साक्षरता दर ३६.०४% रहेको छ। यस विभागमा ६ विश्वविद्यालय , ४ मेडिकल कलेज, ५ आयुर्वेदिक संस्था, ५ शिक्षक शिक्षण संस्था, १२९ क्याम्पस, २ कानुन क्याम्पस, १ संस्कृत क्याम्पस, २ व्यवसायीक शिक्षण संस्था, ७८० माध्यमिक विद्यालय, ५७२६ प्राथमिक विद्यालय, ८८ सामुदायिक विद्यालय, ७ सङ्गीत विद्यालय, ५२२ मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; शाहजलाल विज्ञान तथाा प्राबिधिक विश्वविद्यालय, लिडङ् विश्वविद्यालय, सिलेट एमएजी ओसमानी मेडिकल क्याम्पस, एम्सी क्याम्पस, मौलभीबाजार सरकारी क्याम्पस (सन् १९५६), श्रीमङ्गल सरकारी क्याम्पस, हबिगञ्ज सरकारी बिन्दाबन क्याम्पस, सनामगञ्ज सरकारी क्याम्पस (सन् १९४४), सिलेट सरकारी पाइलट उच्च विद्यालय, अग्रागमी सरकारी कन्या उच्च विद्यालय, मौलभीबाजार सरकारी उच्च विद्यालय, काली प्रसाद उच्च विद्यालय (सन् १८९५), काशीनाथ अलादिन उच्च विद्यालय (सन् १९१७), अब्दुल फजिल चौधरी उच्च विद्यालय, हबिगञ्ज सरकारी उच्च विद्यालय, सुनामगञ्ज सरकारी उच्च विद्यालय (सन् १८८७) आदि।
तस्वीर सङ्ग्रह
[सम्पादन गर्नुहोस्]-
জাফলং-এ নদীর মনোরম দৃশ্য
-
সিলেটের গোয়াইংঘাটের রাতারগুল জলাবন
-
বাংলাদেশের সবথেকে বড় হাওর সিলেটের হাকালুকি
-
আলি আমজাদের ঘড়ি। সিলেট
-
শ্রীমঙ্গলের সীতেশ বাবুর চিড়িয়াখানার সাদা বাঘ
-
শ্রীমঙ্গল এর কাছাকাছি লাউয়াছড়ার বিরল উল্লুক
-
শাহজালাল বিজ্ঞান ও প্রযুক্তি বিশ্ববিদ্যালয়ের প্রবেশমুখের ১ কিলোমিটার রাস্তা
-
ওয়াচ টাওয়ার থেকে জলাবনের দৃশ্য।
-
বিছানাকান্দি
-
লাউয়াছড়া জাতীয় উদ্যানের ভিতরের রেল লাইন
-
হাম হাম জলপ্রপাত হতে উৎসারিত পানির প্রবাহ
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "বাংলাদেশের জেলাসমূহ", ২০ নভেম্বর ২০১৩।
- ↑ "নিরক্ষরতা সিলেটে অর্ধেক অভিশাপ", www.daily-bangladesh.com (बाङ्लामा)।
- ↑ "উপ-জাতীয় এইচডিআই - অঞ্চল ডাটাবেস - গ্লোবাল ডেটা ল্যাব", hdi.globaldatalab.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच १३ सेप्टेम्बर २०१८।
- ↑ বাংলাপিডিয়ায় সিলেট বিভাগের নিবন্ধ।
- ↑ বিলেতে সিলেটবাসী, ইতিহাস গবেষক ও সাংবাদিক মতিয়ার রহমান চৌধুরী (ইউ,কে)।
- ↑ সাংবাদিক ও কলামিষ্ট মোহাম্মদ হান্নান মিয়া (ইউ,কে) সম্পাদিত (স্মরণিকা পুস্তক)নবীগঞ্জের ডাক।
- ↑ "সংরক্ষণাগারভুক্ত অনুলিপি", ২৩ জুন ২০১১।
- ↑ সিলেটের ইতিহাস वेब्याक मेसिन अभिलेखिकरण २०११-०८-३० मिति, সিলেটইনফো.কম।
- ↑ সিলেট বিভাগের ইতিবৃত্ত: প্রাচীন ইতিহাসে সিলেট বিভাগ নিবন্ধ, মোহাম্মদ মুমিনুল হক, গ্রন্থ প্রকাশকাল: সেপ্টেম্বর ২০০১; পৃষ্ঠা ১৫।
- ↑ १०.० १०.१ বাংলাদেশের লোকসাহিত্য ও লোকঐতিহ্য 'ডঃ আশরাফ সিদ্দিকী', প্রাকাশক - সাঈদ বারী প্রধান নির্বাহী, সুচিপত্র ঢাকা, প্রকাশকাল ২০০৫ ইংরেজী।
- ↑ সিলেটের মরমী মানস সৈয়দ মোস্তফা কামাল, প্রকাশনায়- মহাকবি সৈয়দ সুলতান সাহিত্য ও গবেষণা পরিষদ, প্রকাশ কাল ২০০৯
- ↑ "সুনামগঞ্জ জেলা তথ্য বাতায়ন", ১২ জুলাই ২০১১।
- ↑ সিলেটের মরমী মানস সৈয়দ মোস্তফা কামাল, প্রকাশনায়- মহাকবি সৈয়দ সুলতান সাহিত্য ও গবেষণা পরিষদ, প্রকাশ কাল ২০০৯
- ↑ "সিলেট জেলা তথ্য বাতায়ন", ১২ জুলাই ২০১১।
- ↑ সিলেট বিভাগের ভৌগোলিক ঐতিহাসিক রুপরেখা, সৈয়দ মোস্তফা কামাল, প্রকাশক- শেখ ফারুক আহমদ, পলাশ সেবা ট্রাস্ট সিলেট, প্রকাশকাল- ফেব্রুয়ারি ২০০১১, পৃঃ ১০
- ↑ "চায়ের ডাটাবেজ", बिटिआरआई, १८ जनवरी २०१८।