होन्डा
मौलिक नाम | 本田技研工業株式会社 |
---|---|
रोमन लिपिमा नाम | Honda Giken Kōgyō Kabushiki-gaisha |
व्यवसाय प्रकार | सार्वजनिक |
आइएसआइएन | JP3854600008 |
उद्योग | म्यानुफ्याक्चरिङ |
स्थापित | हामामात्सु, जापान (अक्टोबर १९४६ , स्थापित २४ सेप्टेम्बर १९४८ ) |
स्थापनाकर्ता | सोइचिरो होन्डा |
केन्द्रीय कार्यालय | , जापान |
सेवा क्षेत्र | विश्वव्यापी |
मुख्य व्यक्ति |
|
उत्पादनहरू | |
आम्दानी | ¥१४.९५ खर्ब (सन् २०२२)[१] |
परिचालन आय | ¥८७१.२ अर्ब (सन् २०२२)[१] |
¥७०७.० अर्ब (सन् २०२२)[१] | |
कुल सम्पत्ति | ¥२३.९७ खर्ब (सन् २०२१)[१] |
कुल इक्विटी | ¥१०.७७ खर्ब (सन् २०२२)[१] |
मालिकहरू |
|
कर्मचारी सङ्ख्या | २,०४,०३५ (सन् २०२२)[२]
|
विभाग |
|
सहायक कम्पनीहरू | List
|
वेबसाइट | global.honda |
होन्डा मोटर कम्पनी लिमिटेड (जापानी: 本田技研工業株式会社) एक जापानी सार्वजनिक बहुराष्ट्रिय बहु-उद्योग निर्माता कम्पनी हो जसले मोटरगाडी, मोटरसाइकल, र ऊर्जा औजार जस्ता उत्पादनहरूको निर्माण गर्दछ। कम्पनीको प्रधान कार्यालय मिनातो, टोकियोमा रहेको छ।
होन्डा सन् १९५९ देखि विश्वको सबैभन्दा ठूलो मोटरसाइकल निर्माता कम्पनी हो।[३][४] सन् २०१९ को अन्त्यसम्ममा यसको उत्पादनको सङ्ख्या ४० करोड पुगेको थियो।[५] यो आयतनद्वारा मापन गरिएको आन्तरिक दहन इन्जिनहरूको विश्वको सबैभन्दा ठूलो निर्माता पनि हो, जसले प्रत्येक वर्ष १.४ करोड भन्दा बढी आन्तरिक दहन इन्जिन उत्पादन गर्दछ।[६] होन्डा सन् २००१ मा दोस्रो सबैभन्दा ठूलो जापानी अटोमोबाइल निर्माता कम्पनी बनेको थियो।[७][८] सन् २०१५ मा, होन्डा विश्वको आठौँ ठूलो मोटरगाडी निर्माता कम्पनीको रूपमा रहेको थियो।[९]
होन्डा सन् १९८६ मा एक समर्पित विलासी ब्रान्ड अकुरा जारी गर्ने पहिलो जापानी अटोमोबाइल निर्माता कम्पनी थियो। आफ्नो मुख्य अटोमोबाइल र मोटरसाइकल व्यवसायहरू बाहेक, होन्डाले बगैँचा उपकरणहरू, समुद्री इन्जिन, व्यक्तिगत जलयान, पावर जेनेरेटरहरू र अन्य उत्पादनहरू पनि निर्माण गर्दछ। सन् १९८६ देखि होन्डा कृत्रिम बौद्धिकता/यन्त्रमानव अनुसन्धानमा संलग्न छ र कम्पनीले सन् २००० मा आफ्नो एएसआइएमओ यन्त्रमानव सार्वजनिक गरेको थियो।
सन् २०१३ मा, होन्डाले आफ्नो राजस्वको लगभग ५.७% (६.८ अर्ब अमेरिकी डलर) अनुसन्धान र विकासमा लगानी गरेको थियो।[१०] सन् २०१३ मा, होन्डा संयुक्त राज्य अमेरिकाबाट शुद्ध निर्यातकर्ता बन्ने पहिलो जापानी कम्पनी बनेको थियो, जसले १०८,७०५ होन्डा र अकुरा मोडेलहरू निर्यात गरेको थियो, जबकि यसले केवल ८८,३५७ आयात गरेको थियो।[११]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ १.३ १.४ "2022 Fiscal Year Consolidated Financial Results", Honda IR (अङ्ग्रेजीमा), मे १३, २०२२, मूलबाट ६ सेप्टेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ५, २०२२। वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर ६, २०२२ मिति
- ↑ "2022 Financial Results (Form 20-F)", Honda IR (अङ्ग्रेजीमा), जुन २२, २०२२, मूलबाट २२ जुलाई २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ५, २०२२। वेब्याक मेसिन अभिलेखिकरण जुलाई २२, २०२२ मिति
- ↑ Grant, Robert M.; Neupert, Kent E. (२००३), Cases in contemporary strategy analysis (3rd संस्करण), Wiley-Blackwell, आइएसबिएन 1-4051-1180-1।
- ↑ Johnson, Richard Alan (२००५), Six men who built the modern auto industry, MotorBooks International, पृ: ५२, आइएसबिएन 0-7603-1958-8।
- ↑ "Honda is celebrating the production of 400 million motorcycles", hondanews.eu, अन्तिम पहुँच २९ मे २०२०।
- ↑ Miller, Edward (१८ अप्रिल २००८), "First Motorcycle Airbag Earns Takata and Honda 2008 Automotive News Pace Innovation Partnership Award", Honda.com, मूलबाट ८ मार्च २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुलाई २००९। वेब्याक मेसिन अभिलेखिकरण १७ मे २०१३ मिति
- ↑ "Harga Honda Mobilio", Mobilio, मूलबाट १० सेप्टेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ नोभेम्बर २००९। वेब्याक मेसिन अभिलेखिकरण १० सेप्टेम्बर २०१४ मिति
- ↑ "The History of Honda", Cars-directory.net, अन्तिम पहुँच २२ नोभेम्बर २००९।
- ↑ "World motor vehicle production OICA correspondents survey without double counts world ranking of manufacturers year 2011", अन्तिम पहुँच २९ मे २०२०।
- ↑ Le top 20 des entreprises les plus innovantes du monde, Challenges, 22 October 2013
- ↑ Ross, Jeffrey N. (२९ जनवरी २०१४), "Honda is first Japanese carmaker to be a net-exporter from US", autoblog, अन्तिम पहुँच २५ जुलाई २०१४।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- वित्त सूत्रहरूका लागि व्यवसाय आँकडा
- आधिकारिक वेबसाइट
- होन्डा प्रेस वेब्याक मेसिन अभिलेखिकरण १६ जनवरी २०२१ मिति (कार र मोटरसाइकलका मोडलहरू)
- होन्डा अटोमोबाइल्स कर्लीमा
- होन्डा मोटरसाइकल कर्लीमा
- "कम्पनीको इतिहास पुस्तक", शशी, अप्रिल २०१६। होन्डामा ग्रन्थसूची कार्यहरूको विकि सङ्ग्रह