चिनियाँ अन्तर्राष्ट्रिय रेडियो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रकारState media
देशचीन
स्थापना३ डिसेम्बर १९४१
मुख्यालयबेइजिङ, चीन
प्रसारण क्षेत्रविश्वव्यापी
मालिकPropaganda Department of the Chinese Communist Party
अभिभावकChina Media Group
प्रसारण मिति१८ अप्रिल १९७८ (1978-04-18)
पुरानो नाम
  • Radio Peking
  • Radio Beijing
आधिकारीक वेबसाइटwww.cri.cn
चिनियाँ अन्तर्राष्ट्रिय रेडियो
सरलीकृत चिनियाँ 中国国际
广播电台
परम्परागत चिनियाँ 中國國際
廣播電台
अनुवादित अर्थ China International Radio Station

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सी॰आर॰आई या सीआरआई) (चीनी: 中国国际广播电台), जसको पुरानो नाम रेडियो पेकिंग हो, को स्थापना ३ दिसम्बर, १९४१ मा भएको थियो। चीन को एक मात्र अन्तर्राष्ट्रीय रेडियोको के रूपमा सीआरआईको स्थापना चीन र विश्वका अन्य देशहरूको जनताको बीच मैत्री र पारस्परिक समझदारी बढाउने उद्देश्यबाट गरीएको थियो।

आफ्नो स्थापनाको प्रारम्भिक दिनहरूमा सीआरआई, जापानी भाषा मा प्रतिदिन १५ मिनेटको कार्यक्रम प्रसारित गर्दथ्यो। तर आज ७० वर्षपछि यो ५७ विदेशी भाषाहरु र मन्दारिन भाषा र ४ बोलिहरूमा दुनिया भरमा प्रतिदिन २११ घण्टाको प्रसारण सेवा प्रदान गर्दछ। यसको कार्यक्रमहरूमा समाचार, सामयिक टिप्पणीको साथ साथ आर्थिक, सांस्कृतिक, र वैज्ञानिक र प्रबिधिक विषय सम्मिलित छ।

सन् १९८४ देखी सीआरआईको घरेलू सेवा पनि प्रारम्भ भयो । त्यहादेखि सीआरआई आफ्नो एफएम ८८.७ चैनलमा प्रति दिन ६ बजेदेखि रात १२ बजे सम्म ९ भाषामा संगीत कार्यक्रम प्रसारित गरीरहेको छ। र यस समयमा यसको एफफेम ९१.५ चैनल तथा एमडब्लू १२५१ किलोहर्ट्ज फ्रीक्वेंसी मा अङ्ग्रेजी भाषा को कार्यक्रम पनि हुदछ।

विदेशमा सीआरआईको २७ ब्यूरो खुलेको छ र चीनको सबै प्रान्त तथा हङकङमकाउ समेत सबै ठुला नगरहरूमा यसको कार्यालय काम गरीरहेको छ। १९८७ देखि अहिलेसम्म सीआरआईले विश्वका १० वटा भन्दा धेरै रेडियो स्टेशनहरूको साथ सहयोग समझौता सम्पन्न गरेको छ। यसको अतिरिक्त सीआरआईको धेरै रेडियो र टीवी स्टेशनहरूको साथ कार्यक्रमको आदान-प्रदान वा अन्य सहयोगको लागि घनिष्ट सम्बन्ध पनि छ।

सीआरआईलाई प्रतिवर्ष विभिन्न देशका श्रोताहरूकोबाट लाखौ चिठ्ठी प्राप्त हुदछ। विदेशी मानिसहरूमा सीआरआई, चीनको जानकारी पाउने सबैभन्दा सुगम र सुविधाजनक माध्यम भएको कारण पनि छ। १९९८ मा सीआरआईको आधिकारिक वेबसाईट पनि खोलियो। आज यो चीनको पांच प्रमुख सरकारी प्रेस वेबसाईटमा सम्मिलित छ। सीआरआईको आफ्नो समाचारपत्र र टीवी कार्यक्रम पनि छ।

भाषाहरु[सम्पादन गर्नुहोस्]

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले निम्नलिखित भाषाहरूमा प्रसारण गर्दछ:

अङ्ग्रेजी
अरबी
अल्बानियाई
आइसलैण्डिक
इण्डोनेशियाई
इतालवी
उइगुर
उर्दू
एस्टोनियाई
एस्परान्तो
कजाख
कम्बोडियाई
कोरियाई
क्रोएसियाई

चेक
जर्मन
जापानी
डच
डैनिश
तामिल
तिब्बती (ल्हासा और कांग्बा)
तुर्क
थाई
नेपाली
नर्वेजियाई
पश्तो
पोर्चुगली

पोलिश
फारसी
फिलिपीनो
फीनिश
फ्रान्सेली
बर्मी
बाङ्ग्ला
बुल्गारियाई
बेलारूसी
मंगोलियाई
मन्दारियन
मलय
यूक्रेनी
यूनानी

रूसी
रोमानियाई
लाओती
लिथुआनियाई
भियतनामी
सर्बियाई
सिंहली
स्पेनी
स्वाहीली
स्वीडिश
हौसा
हङ्गेरियाई
हिन्दी
हिब्रू

(स्रोत: चाइनाब्रॉड्कास्ट.सीएन वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-०१ मिति)‎‏

आधिकारिक वेबसाईट[सम्पादन गर्नुहोस्]