धुलिखेल नगरपालिका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
धुलिखेल
धुलिखेल
—  Town  —
Dhulikhel skyline
धुलिखेल is located in नेपाल
धुलिखेल
Location in Nepal
निर्देशांक: 27°37′N 85°33′E / 27.617°N 85.550°E / 27.617; 85.550Coordinates: 27°37′N 85°33′E / 27.617°N 85.550°E / 27.617; 85.550
देश  नेपाल
अञ्चल बागमती
जिल्ला काभ्रेपलाञ्चोक
जनसङ्ख्या (२०४८)
 - जम्मा ९८१२
टेलिफोन कोड ०११
नेपालका नगरपालिकाहरू
पूर्वाञ्चल
मेची: फुङलिङ, फिदिम, इलाम, भद्रपुर, मेचीनगर, दमक, बिर्तामोड
कोशी: बिराटनगर उपमहानगरपालिका, उर्लाबारी, धरान, इनरूवा, इटहरी, धनकुटा, खाँदवारी, म्याङ्लुङ, भोजपुर
सगरमाथा: राजविराज, लहान, सिराहा, त्रियुगा, दिक्तेल कटारी, रामनगर-मिर्चैया
मध्यमाञ्चल
जनकपुर: जनकपुर, जलेश्वर, मलंगवा, कमलामाई, दोलखा भीमेश्वर, निगौर-गौशाला, हरिवन, मन्थली
बागमती: काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर, कीर्तिपुर, मध्यपुर ठिमी, बनेपा, धुलिखेल,पनौती, बिदुर, पाँचखाल, शंखरापुर, कार्यविनायक, चम्पापुर, चौतारा, निलकण्ठ
नारायणी: भरतपुर, रत्ननगर, हेटौंडा, बीरगञ्ज उपमहानगरपालिका, गौर, कलैया, चन्द्रनिगाहपुर, जितपुर
पश्चिमाञ्चल
गण्डकी: पोखरा उपमहानगरपालिका, लेखनाथ, गोरखा, व्यास, पुतलीबजार, वालिङ, लमजुङ
लुम्बिनी: रामग्राम, बुटवल, सिद्धार्थनगर, तौलिहवा,तानसेन, तम्घास, सन्धिखर्क
धवलागिरी: कालिका, कुस्मा, बेनी
मध्यपश्चिमाञ्चल
राप्ती: त्रिभुवननगर तुलसीपुर, खलंगा, सल्यान
कर्णाली: चन्दननाथ
भेरी: नेपालगञ्ज, गुलरिया, वीरेन्द्रनगर,नारायण, कोहलपुर, राजापुर
सुदुरपश्चिमाञ्चल
सेती: धनगढी, टीकापुर, दिपायल सिलगढी, चैनपुर
महाकाली: महेन्द्रनगर, अमरगढी, दसरथचन्द
 हे  वा  सं 

धुलिखेल नगरपालिका (नेपालभाषामा : धौख्यः) नेपालको बागमती अञ्चलको काभ्रे जिल्लाको एक हो। धुलीखेल काभ्रेपलान्चोक जिल्लाको सदरमुकाम पनि हो। करीव १६२५ मिटर (५३३० फिट)को उचाइमा अवस्थित धुलिखेल नगरी हरियालीले ढाकिएका होचा अग्ला पहाडहरू र ती भन्दा पर सेता हिउँले सजिएका पर्वत मालाको पृष्ठभूमि पारेर पानपाते आकारमा बसेको छ। हिमाली चुचुरा र हिमनदी, सूर्‍योदयको बिहङ्गम द्रश्य आदिले पर्यटकहरूलाई मात्र नभै नेपालीहरू समेत लोभिएको कुरा हिउँदमा स्थानीय टुँडिखेलमा हुने बनभोजहरूको घुइँचो, होटलमा रात बिताउन आउने रसिकहरूको लामो लाइन, र पर्यटकहरूको बिहान ३ बजेदेखि नै भेला हुने बातावरणले नै बताउँछ।[१]

विषयसूची

ऐतिहासिक पृष्ठभूमि[सम्पादन गर्ने]

बिसं २०२२ तिर जिल्ला सदरमुकामको रूपमा चिनिन थालेको धुलिखेल, नेपालको इतिहासमा समेत स्पष्ट रूपमा उल्लेख भएको कुरा ऐतिहासिक पृष्ठभूमिमा नै उल्लेख भइसकेको छ। विसं १८२० कार्तिक १० गतेका दिन पृथ्वीनारायण शाहको फौजसँग पराजित धुलीखेलमा ५० घरपरिवार मात्र बाँकी रहेका थिए।[१]

नामाकरण[सम्पादन गर्ने]

प्राकृतिक सौन्दर्य, होचा-होचा हरिया पाटनहरूले (घाँसे मैदान) भरिएको, स्वस्थ्यकर जलवायु भएको धुलिखेलको नामाकरण कसरी रहन गयो भन्ने सन्दर्भमा केही किम्बदन्तीहरू छन्। प्राचीनकालमा यहाँ बाघ लाग्ने घना जंगल थियो। त्यसै जंगलका बाघहरू खेल्ने डुल्ने ठाउँ भएकोले "धुंखेल" भनिन्थयो। जसको नेवारी भाषामा "धु"को अर्थ बाघ र "खेल"को अर्थ डुल्ने खेल्ने भन्ने बुझिन्छ। यसैगरी अर्को थरीको भनाइ अनुसार अघिका यी बन्य सम्पदा मासेर मानिसहरूले बस्ती बसाल्दै लगेपछि उजाडिएका डाँडाकाडाँमा हुरी बतासले गर्दा धुलैधुलो उड्ने भएकोले यसको नाम धुलिखेल रहन गएको हो।

पर्यटकीय महत्व[सम्पादन गर्ने]

काठमाडौं-तातोपानी ( चिन सिमाना ) पुग्ने अरनिको राजमार्गको ३० कि.मि. ( नौ कोस )मा अवस्थित धुलिखेल यातायातको दृष्टिले सुविधायक्त, मानिन्छ। यहाँवा आवागमनको निम्ति बस, ट्याक्सी आदि सुविधा सदैव प्राप्य छ।

यहाँबाट गगनचुम्बी हिमालहरूमध्ये मनास्लू, लमजुङ्ग, गणेश, लामटाङ, रोल्वालिङ, महालंगूर र कुम्भकर्ण हिमालयहरू देखिन्छन्। यसका अतिरिक्त अग्ला चुचुरा चढ्ने पर्वतारोहीहरूले मात्र साधारणतया: देख्न पाउने हिमनदी धुलिखेलको देवीस्थान डाडाँबाट सजिलै देख्न पाउने भएकोले पनि यो ठाउँ आकर्षकको केन्द्रबिन्दू बन्दै गएको छ। उपत्यकाको पूर्वमा रहेको नेवार बस्ती भएता पनि काठमाडौं र पाटनका नेवारहरूको भन्दा यहाँका नेवारहरूको संस्कृति र रीतिरिवाज धेरै अर्थमा बेग्लै र आफ्नै ढंगको छ।

यहाँका बासिन्दाहरूको मुख्य ब्यवसाय कृषि र व्यापार हो। कूल जनसंख्याको ५३१ घरधुरीले वयापार र ५२८ घरधुरीले कृषि पेशा अपनाएको तथ्य २०५२ सालमा लिइएको बस्तीस्तरीय सर्भेक्षणबाट प्राप्त भएको छ। यहाँका पुरुषहरूले ब्यवसायमा लागेको पाइन्छ। यहाँ एउटा भनाइ मान्नुपर्छ - यहाँका नेवारहरू ब्यापार गर्न पूर्व लाग्छन् पश्चिम जाँदैनन् भन्ने जनसाधारणको भनाइ छ। हुन त यथार्थमा धुलिखेल ब्यापारीहरू पूर्वमा इलाम, दार्जीलिङ्ग, सिक्किम र भूटानसम्म पुगेको पाइन्छ।

धुलिखेल, काभ्रेपलाञ्चोक जिल्लाको जिल्ला सदरमुकाम भएकले जिल्लास्तरीय सरकारी तथा गौरसरकारी कार्यालयहरू यहीं छन्। यहाँ ३ मा.वि.मा १०‍‌‌ + २को कक्षा सञ्चालन भैसकेको छ भने निजी क्षत्रमा अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्न सफल काठमाडौं विश्वविद्यालय रहेको छ। प्राथमिक शिक्षा तालीम केन्द्र निजी क्षेत्रको लगानीमा स्थापित धुलिखेल अस्पतालले शिक्षा र स्वास्थ्यको क्षेत्र प्रदान गर्दै आएका छन् यहाँ रहेको नापी तालीम केन्द्रले प्राविधिक शीप प्रवर्द्धन गर्दौ आएको छ। गणेश, सरस्वती, वाराही, गीता, मन्दिर, गोखुरेश्वर महादेव, भैखण्डा मन्दिर र भगवतीको मन्दिर प्रसिद्ध छन्। दक्षिण पूर्व स्थित काभ्रेकोटमा कालीदेवीको मन्दिर पनि प्रख्यात छ।

जनसंख्या[सम्पादन गर्ने]

नेपालको सन् २००१को जनगणना अनुसार धुलिखेल नगरपालिकाको जनसंख्या ११,५२१ छ।[२] यस मध्य पुरुष ५०%, र महिला ५०% छन्।

स्रोत[सम्पादन गर्ने]

  1. १.० १.१ "जिल्ला झलक" 
  2. "नेपाल जनगणना २००१" 

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]