काभ्रेपलान्चोक जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(काभ्रेपलाञ्चोक जिल्लाबाट अनुप्रेषित)
काभ्रेपलान्चोक जिल्ला

नेपाल एकीकरणपूर्व पनि वर्तमान काभ्रे जिल्लाभित्र पर्ने बनेपा, पनौती, धुलिखेल, पाँचखाल, खोपासी, नाला, साँगा, साठीघर भगवती(पलाञ्चोक), मण्डन, दाप्चा, नाल्दुम, चौकोट, तेमाल गाउँपालिका वडा नं. ७ कुरुवास जस्ता नगरपालीका तथा गाउँ विकास समितिहरूले इतिहासको पानामा आफुलाई सुरक्षित गरेकै थिए। यी स्थानहरू धार्मिक पुरातात्विक राजनीतिक सामाजिक व्यापारिक अथवा औद्योगिक महत्त्वका दृष्टिले इतिहासमा पढिन्छन्।

जिल्लाको नामाकरण[सम्पादन गर्नुहोस्]

विक्रम संम्वत् २०१९मा नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नुभन्दा अगाडि हालको काभ्रेपलाञ्चाेक जिल्ला पूर्व १ नं. क्षेत्र अन्तर्गत तत्कालीन २८ वटा मौजाहरूको सदरमुकाम चौताराबाट प्रशासित थियो। "काभ्रे" वर्तमान काभ्रेपलान्चोक जिल्लाभित्र पर्ने एक गा.वि.स. हो भने "पलाञ्चोक" साठीघर भगवती गाविसमा पर्ने एक डाँडा हो जहाँ प्रसिद्ध पलाञ्चोक भगवतीको मन्दिर छ।

विसं २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा प्रशासनिक विभाजन गर्नु पूर्व यो पूर्व १ नम्बर क्षेत्र अन्तर्गत पर्दथ्यो। पूर्व १ नं. क्षेत्रका २८ मौजा मध्ये काभ्रे र पलाञ्चोक नामका दुई ठूला मौजा भित्र रहेका विभिन्न गाँउ क्षेत्रलाई मिसाई काभ्रेपलान्चोक जिल्लाको स्थापना गरिएको थियो। कम्तीमा एकदेखि बढीमा ५४ वटासम्म गाउँहरू समाविष्ट हुने त्यस्ता मौजाहरू मध्ये वर्तमान प्रसिद्ध पलाञ्चोक भगवतीबाट पलाञ्चोक र काभ्रे नित्यचण्डेश्वरीबाट काभ्रे चयन गरी यस जिल्लाको नाम काभ्रेपलान्चोक रहन गएको पाइन्छ।[२]

भौगोलिक स्थिति[सम्पादन गर्नुहोस्]

देशको राजधानी काठमाडौँबाट काभ्रेपलान्चोक जिल्ला प्रवेशद्वार साँगा २१ किलोमिटर पूर्वमा पर्दछ भने सदरमुकाम धुलिखेल ३१ किलोमिटरको दुरिमा छ। यो जिल्ला ८५०२४' देखि ८५०४९' पूर्वी देशान्तर र २७०२१' देखि २७०८५' उत्तरी अक्षांशका बिच १४०४ बर्ग कि.मि. क्षेत्रमा फैलिएको छ। यस जिल्लाको पूर्वमा रामेछाप जिल्लादोलखा जिल्ला, पश्चिममा काठमाडौँ, ललितपुर जिल्लाभक्तपुर जिल्ला, उत्तरमा सिन्धुपाल्चोक जिल्ला, दक्षिणमा सिन्धुली जिल्लामकवानपुर जिल्ला पर्दछन। पूर्वमा सुनकोशी, पश्चिममा नगरकोट डाडा एंव साँगा भन्ज्याङ्ग, उत्तर इन्द्रावती एवं सुनकोशी नदी र दक्षिण कोखाजोर र एवं खानी खोलाले वेष्टित यो जिल्ला भौगोलिक विषमता र प्राकृतिक सम्पदायुक्त जिल्ला मानिन्छ। समुद्र सतह देखि ३१८ मिटर (कोखाजोर खोला) देखि ३०१८ मीटर (वेथान्चोक नारायण डाँडा) सम्मको उचाइ रहेको यस जिल्लाको अधिकांश भाग पहाडी भू-धरातलले भरिएको छ।[२]

प्रमुख व्यापारिक स्थलहरू[सम्पादन गर्नुहोस्]

यस जिल्लाका महत्त्वपूर्ण व्यापारिक स्थलहरूमा बनेपा, धुलिखेल (सदरमुकाम), पनौती, दोलालघाट, भकुण्डे वेंसी,तेमाल, पाँचखाल, ढांडखोला (सिपाघाट), लामीडाँडा, कुन्तावेसी, दाप्चा, मङ्गलटार, खोपासी, कात्तिके देउराली र नगरकोट आदि हुन्।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

ढाँचा:काभ्रेपलान्चोक जिल्लाका गाविसहरू

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]