राम मन्दिर, अयोध्या

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राम मन्दिर, अयोध्या
राम जन्मभूमि मन्दिर, अयोध्या
राम जन्मभूमि मन्दिर
राम मन्दिर, अयोध्या is located in भारत
राम मन्दिर, अयोध्या
भारतको नक्साभित्र स्थान
राम मन्दिर, अयोध्या is located in उत्तर प्रदेश
राम मन्दिर, अयोध्या
राम मन्दिर, अयोध्या (उत्तर प्रदेश)
प्राथमिक विवरण
स्थान:राम जन्मभूमि, अयोध्या, उत्तर प्रदेश, भारत
निर्देशाङ्क२६°४७′४४″N ८२°११′३९″E / २६.७९५६°N ८२.१९४३°E / 26.7956; 82.1943निर्देशाङ्कहरू: २६°४७′४४″N ८२°११′३९″E / २६.७९५६°N ८२.१९४३°E / 26.7956; 82.1943
सम्बन्धनहिन्दुत्व
देवताराम लला (रामको बालक रूप)
चाडपर्वरामनवमी, दीपावली, दशैँ
वास्तुकला विवरण
वास्तुकलासोमपुरा परिवार
(चन्द्रकान्त सोमपुरा[१]
निखिल सोमपुरा र आसिस सोमपुरा[२])
निर्माताश्री राम जन्मभूमि तीर्थ क्षेत्र
निर्माण सम्पन्न४ वर्ष, १ हप्ता र ४ दिन देखि निर्माणाधीन
मन्दिर(हरू)

राम जन्मभूमि मन्दिर भारतको उत्तर प्रदेश राज्यको अयोध्यामा राम जन्मभूमिको पवित्र तीर्थस्थलमा पुनः नयाँ रूपमा बनाउन लागिएको एउटा हिन्दु मन्दिर हो।[३][४][५] राम जन्मभूमि राजा रामको जन्मस्थान हो, जसलाई भगवान विष्णुको सातौँ अवतारको रूपमा हिन्दु धर्मावलम्बीद्वारा पूजा गर्ने गरिन्छ। भव्य मन्दिरको निर्माण श्री राम जन्मभूमि तीर्थ क्षेत्रद्वारा गरिनेछ। मन्दिरलाई गुजरात राज्यको सोमपुरा परिवारद्वारा डिजाइन गरिएको छ।[६][७]

इतिहास[सम्पादन गर्नुहोस्]

श्री राम मन्दिरमा स्थापित भगवान श्री रामको बाल रूप (रामलला) को विग्रह

भगवान विष्णुको एक अवतार मानिने रामलाई व्यापक रूपमा हिन्दु धर्मावलम्बीद्वारा पूजा गर्ने गरिन्छ। प्राचीन भारतीय महाकाव्य, रामायण अनुसार रामको जन्म अयोध्यामै भएको थियो। त्यसै कारण यो क्षेत्रलाई राम जन्मभूमि वा रामको जन्मभूमि भन्ने गरिन्छ।[८] १५औँ शताब्दीमा, मुगल सम्राट बाबरले राम जन्मभूमिमाथि बाबरी मस्जिद निर्माण गरेका थिए। हिन्दु धर्मावलम्बीको अनुसार सो मस्जिदको निर्माण एउटा हिन्दु मन्दिरलाई खण्डित गरेर गरिएको थियो। सन् १८५० को दशकमा यो विवादले हिंसात्मक रूप लिएको थियो।[९]

विश्व हिन्दू परिषद (विहिप)ले इलाहाबाद उच्च अदालतको लखनऊ इजलासद्वारा विवादित क्षेत्रमा निर्माणकार्य रोक्ने परमादेश दिनुभन्दा पहिलेनै सो क्षेत्रमा मन्दिरको आधारशिला राख्ने घोषणा गरेको थियो। विहिपले सो समयमा 'श्री राम' लेखिएको इँटा र धनराशि बटुल्ने काम गरेको थियो। पछि, राजीव गान्धी मन्त्रिमण्डलले विहिपलाई 'शिलान्यास' गर्ने अनुमति दिएको थियो,[क] तत्कालीन केन्द्रीय गृहमन्त्री बुटा सिंहले तत्कालीन विहिप नेता अशोक सिङ्घललाई शिलान्यास गर्ने अनुमति दिएको थियो। प्रारम्भमा केन्द्र र राज्य सरकारले विवादित स्थल बाहिर शिलान्यास आयोजन गर्न सहमत भएको थियो। यद्यपि, सन् १९८९ नोभेम्बर ९ को दिन विहिप नेताहरू र साधुहरूको एउटा समूहले विवादित भूमिमा ७ क्युबिक फिट खाल्डो खनेर आधारशिला र मन्दिरको मुख्यद्वारा 'सिंहद्वार'को स्थापना गरेका थिए।[१०] कामेश्वर चौपाल (बिहारको दलित नेता) ढुङ्गा बिछाउने पहिलो व्यक्ति बनेको थियो।[११]

विवादको हिंसक रूप सन् १९९२ डिसेम्बरमा उग्र रूप लिएको थियो जब बाबरी मस्जिद विध्वंस गरिएको थियो। विभिन्न मुद्दा मामिला र कानूनी विवाद र समाधानको बाटो खोजिएको थियो, जस्तै अयोध्या अध्यादेश, १९९३ जसअनुसार निश्चित क्षेत्रलाई अधिग्रहण गर्ने मार्ग दिइएको थियो। सन् २०१९ मा अयोध्या विवादमाथि सर्वोच्च अदालतले विवादित भूमिमा सरकारद्वारा एउटा ट्रस्ट गठन गरी मन्दिर निर्माण कार्य गराउन आदेश दिएको थियो। गठित ट्रस्ट श्री राम जन्मभूमि तीर्थक्षेत्र थियो।[९] सन् २०२० फेब्रुअरी ५ मा मोदी मन्त्रिमण्डलले मन्दिर निर्माणको एउटा योजना स्वीकार गरेको भारतीय संसदमा घोषणा गरेको थियो।[१२]

वास्तुशैली[सम्पादन गर्नुहोस्]

टिप्पणी सूचीहरू[सम्पादन गर्नुहोस्]

  1. शिलान्यास आयोजन

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Umarji, Vinay (१५ नोभेम्बर २०१९), "Chandrakant Sompura, the man who designed a Ram temple for Ayodhya", Business Standard, अन्तिम पहुँच २७ मे २०२० 
  2. "अयोध्यामा बन्ने राम मन्दिरमा राख्ने भनिएको टाइम क्याप्सुल के हो", बिबिसी नेपाली, अन्तिम पहुँच ६ अगस्ट २०२० 
  3. "मोदीले गरे अयोध्यामा राम मन्दिर शिलान्यास", कान्तिपुर, अन्तिम पहुँच ६ अगस्ट २०२० 
  4. "भारतको अयोध्यामा राम मन्दिर निर्माण गर्न भूमि पूजन सम्पन्न", बिबिसी नेपाली, अन्तिम पहुँच ६ अगस्ट २०२० 
  5. Bajpai, Namita (७ मे २०२०), "Land levelling for Ayodhya Ram temple soon, says mandir trust after video conference", The New Indian Express, अन्तिम पहुँच २०२०-०५-०८ 
  6. "अयोध्यामा राम मन्दिर बनाउन मोदीले गरे भूमिपूजन र शिलान्यास", इमेज खबर, अन्तिम पहुँच ६ अगस्ट २०२० 
  7. "अयोध्यामा कहिलेसम्म बन्छ राम मन्दिर ?", लोकान्तर, अन्तिम पहुँच ६ अगस्ट २०२० 
  8. "राम जन्मभूमि !", गोरखापत्र, अन्तिम पहुँच ६ अगस्ट २०२० 
  9. ९.० ९.१ Deepalakshmi, K. (२०१९-११-०८), "Ramjanmabhoomi-Babri Masjid title dispute: The story so far", The Hindu, आइएसएसएन 0971-751X, अन्तिम पहुँच २०२०-०७-२५ 
  10. Mathew, Liz (२०२०-०८-०४), "Explained: The Ayodhya Ram temple journey, from November 9, 1989 to August 5, 2020", The Indian Express (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०८-०४ 
  11. "Ministry of Home Affairs notifies temple trust; RSS, VHP members kept out", The Hindu, ५ फेब्रुअरी २०२०, अन्तिम पहुँच ३१ जुलाई २०२० 
  12. Phukan, Sandeep (२०२०-०२-०५), "PM announces Cabinet nod for Ram temple in Ayodhya", The Hindu (en-INमा), आइएसएसएन 0971-751X, अन्तिम पहुँच २०२०-०५-०९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]