राम जन्मभूमि

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
राम जन्मभूमि

नाम: राम जन्मभूमि
निर्माता: विक्रमादित्य द्वितीय
निर्माण काल :
देवता: भगवान राम
वास्तुकला:
स्थान: अयोध्या, उत्तर प्रदेश, भारत
चित्र:Babri rearview.jpg
विवादित ढाँचा, जस्लाई बाबरी मस्जिद भनिन्थ्यो, ६ दिसंबर, १९९२मा भत्काइयो।

हिन्दूहरूको मान्यता अनुसार श्री रामको जन्म अयोध्यामा भएको थियो र उनको जन्मस्थान भयेको ठाँउमा एक भव्य मन्दिर विराजमान थियो जसलाई मुगल आक्रमणकारी बाबरले भत्काएर त्यहाँ एउटा मस्जिद बनायो।

राष्ट्रिय स्वयंसेवक संघभारतीय जनता पार्टीको अगुवाईमा यस स्थानलाई मुक्त गर्न र त्यहाँ एउटा नया मन्दिर बनाउनको लागि एउटा लामो आन्दोलन चल्यो। ६ डिसेम्बर सन् १९९२मा विवादित यस ढाँचालाई भत्काइयो र त्यहाँ श्री रामको एउटा अस्थायी मन्दिर निर्मित गरियो।

इतिहास

यस शृंखलाको एक भाग

हिन्दू धर्म

Aum

इतिहास · देवी-देवता
मूल्यवर्ग
पुराण

आस्था र विश्वास

दर्शन शास्त्र · धर्म
अर्थ · काम · मोक्ष
कर्म · संसार
योग · भक्ति · माया
पूजा · मन्दिर

वेद · उपनिषद
रामायण · महाभारत
भागवद् गीता · पुराण
धर्म शास्त्र · अन्य

सम्बन्धित विषयहरू

हिन्दू बसोबास भएका देशहरू
हिन्दू गुरु र सन्त
धर्म-सुधार · आलोचना
पञ्चाङ्ग · हिन्दू रीति-रिवाज
आयुर्वेद · ज्योतिष
चाडपर्व · शब्दावली पीडा उत्पीडन

यस बाकसलाई: हेर्नुहोस्  संवाद  सम्पादन

राम जन्मभूमि विवादको संक्षिप्त इतिहास यस प्रकार छ:[१]

  • सन् १५२८मा राम जन्म भूमि माथी मस्जिद बनाईयो। हिन्दुहरूको पौराणिक ग्रन्थ रामायणरामचरित मानस अनुसार यहाँ भगवान रामको जन्म भयेको थियो।
  • सन् १८५३मा हिन्दू र मुसलमानहरू मध्य यस जमीनलाई लिएर पहिलो चोटी विवाद भयो।
  • सन् १८५९मा अङ्ग्रेजहरूले विवादलाई ध्यानमा राख्दै पूजा र नमाजको लागि मुसलमानहरलाई भित्री हिस्सा र हिन्दूहरूलाई बाहिरी हिस्सा उपयोगमा ल्याउनको लागि भन्यो।
  • सन् १९४९मा भित्री हिस्सामा भगवान रामको मूर्ति राखियो। तनाव बढ्दै गरेको देखेर सरकारले यसको गेटमा ताल्चा लगाइ दियो।
  • सन् १९८६मा जिल्ला न्यायाधीशले विवादित स्थललाई हिंदुहरूलाई पूजाको लागि खोल्ने आदेश दियो। मुस्लिम समुदायले यसको विरोधमा बाबरी मस्जिद एक्शन कमेटी गठित गर्‍यो।
  • सन् १९८९मा विश्व हिन्दू परिषदले विवादित स्थल सित टाँसियेको जमीन माथी राम मन्दिरको मुहिम शुरू गर्‍यो।
  • ६ डिसेम्बर १९९२मा अयोध्यामा बाबरी मस्जिद भत्काइयो। परिणामस्वरूप देशव्यापी दंगामा करीब दुई हजार मानिषहरूको ज्यान गयो।
  • त्यसको दस दिन पछि १६ डिसेम्बर १९९२मा लिब्रहान आयोग गठित गरियो। आंध्र प्रदेश उच्च न्यायालयको रिटायर्ड मुख्य न्यायाधीश एम.एस. लिब्रहानलाई आयोगको अध्यक्ष बनाईयो।
  • लिब्रहान आयोगलाई १६ मार्च १९९३ सम्म अर्थात तीन महीना भित्रै रिपोर्ट प्रस्तुत गर्नलाई भनियेको थियो, तर आयोगले रिपोर्ट प्रस्तुत गर्नमा १७ साल लगायो।
  • ३० जून २००९मा लिब्रहान आयोगले चार भागोंमा ७०० पृष्ठहरूको रिपोर्ट प्रधानमन्त्री ड. मनमोहन सिंह र गृह मन्त्री पी. चिदम्बरमलाई सुम्पियो।
  • जांच आयोगको कार्यकाल ४८ चोटी बढाइयो।
  • ३१ मार्च २००९मा समाप्त भयेको लिब्रहान आयोगको कार्यकाललाई अंतिम चोटी तीन महीना अर्थात ३० जून सम्म बढाईयो।
  • पछिलो १७ सालहरूमा यस रिपोर्टमा लगभग ८ करोड भारतीय रूपैयाँ खर्च भयो।

सन्दर्भ

  1. राम जन्मभूमि-बाबरी मस्जिद विवादको संक्षिप्त इतिहास।हिन्दुस्तान लाइव।२६ नोभेम्बर, २००९

हेर्नुहोस