विक्रम संवत

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्रो हो । यो प्राचिन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ बर्ष ८ महिना १५ दिन अगाडी छ । यस पात्रोमा वर्षको सुरुवात बैशाखको पहिलो दिन बाट हुन्छ । नयाँ वर्षको सुरुवात सामान्यतया गृगोरियन पात्रोको एप्रिल महिनाको १३ वा १४ तारिकमा पर्दछ ।

[परिवर्तन्] इतिहास

उज्जैन (भारत) का राजा विक्रमादित्यले स्थापना गरेको गरेका हुन् । नेपालमा यस पात्रोको प्रयोग आधिकारीक रूपमा चन्द्र शमशेरको पालादेखी सुरू भएको हो । त्यस भन्दा पहिले नेपालमा शाक संवत तथा नेपाल संवत प्रयोग हुने गर्दथ्यो । शाक संवत १८२३मा त्यस शाक संवत लाई आधिकारीक प्रयोगबाट हटाईयो र विक्रम संवतको १९५८औँ सालमा यो नेपालको आधिकारिक पात्रो बन्न पुग्यो ।

[परिवर्तन्] महिनाहरू

क्र.सं. नाम अरु नाम दिनहरू
1 बैशाख - ३० / ३१
2 जेठ ज्येष्ठ ३१ / ३२
3 असार आशाढ ३१ / ३२
4 साउन श्रावण ३१ / ३२
5 भदौ भाद्र ३१ / ३२
6 असोज आश्विन ३० / ३१
7 कात्तिक कार्तिक २९ / ३०
8 मंसिर मार्गशिर्ष, मार्ग २९ / ३०
9 पुष पौष २९ / ३०
10 माघ - २९ / ३०
11 फागुन फाल्गुण २९ / ३०
12 चैत चैत्र ३० / ३१


[परिवर्तन्] बाह्य लिङ्क