जोसेफ स्टालिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(स्टालिनबाट अनुप्रेषित)
जोसेफ स्टालिन
सोभियत सङ्घ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव
पदभार ग्रहण
३ अप्रिल १९२२
उतराधिकारीभ्लादिमिर लेनिन
व्यक्तिगत विवरण
जन्म
जोसेफ विसारियोनोविच ज़ुगाशविली

(१८७८-१२-१८)डिसेम्बर १८, १८७८
जर्जियाको "गोरी"
मृत्यु५ मर्च १९५३ (बर्स ७४)
राजनीतिक दलसोभियत सङ्घ कम्युनिष्ट पार्टी

जोसेफ स्टालिन (रुसी: Иосиф Сталин अनुवाद:योसेफ स्तालिन; सन् १८७१-१९५३) सोभियत सङ्घको राजनैतिक नेता थिए। सन् १८९८ देखि रसियाली सामाजिक-जनवादी मजदुर पार्टी सदस्य, बोल्सेविक । अक्टोबर १९२० राजकीय नियन्त्रण सम्बन्धी जन कमिसार । पछि गएर मजदुर किसान नियन्त्रण कमिसारयाटको नेतृत्व गरे । सन् १९२२ देखि १९५२ सम्म पार्टी केन्द्रीय समितिका महासचिव, त्यसपछि सोभियत सङ्घ कम्युनिष्ट पार्टीको समितिका सचिव । सन् १९४१ देखि १९४३ सम्म सुरुमा जनकमिसार परिषद् त्यसपछि सोभियत सङ्घको मन्त्री परिषद्का अध्यक्ष ।

एक लामो अवधिसम्म पार्टी केन्द्रीय समितिको महासचिव पदमा रहेर स्टालिनले समाजवादको निर्माणको लागि देशका अन्य नेताहरूसँग मिलेर सक्रिय संघर्ष गरे, पार्टीविरोधी धाराहरू विशेष गरेर ट्रोत्स्कीवाद तथा दक्षिणपन्थी अवसरवादको पराजयमा निकै ठूलो भूमिका खेलेका थिए । साथै उनको नामसँग सोभियत समाजमा देखा परेका ती विकृतिहरू सम्बन्धित छन्, जसलाई कम्युनीष्ट पार्टीले मार्क्सवाद-लेनिनवादसँग मेल नखाने व्यक्तित्व पूजाको रूपमा चित्रण ररेको छ ।[१]

सोभियत संघका शासक जोसेफ स्टालिनलाई कहिले कम्युनिस्टका आदर्श मानिन्थ्यो। ऊनी सोभियत संघका बहुत ठुलो हिरो थिए। तर आज उनलाई नरसंहार गर्ने नेताको रूपमा लिइन्छ।

उनको जिन्दगीमा नजर लगाउदा,लाग्छ ऊनी नायक पनि थिए र खलनायक पनि।

स्टालिन नामको अर्थ हुन्छ लौह पुरुष. स्टालिनले जुन तरिकाले आफ्नो जिन्दगी जिए, लाग्छ उनले आफ्नो नाम सार्थक गरे। उनले रुसको यती शक्तिशाली बनाए कि दोस्रो विश्व युद्धमा हिटलरको जर्मन सेनालाई समेत पराजित गरे। ऊनी करिब एक चौथाई शताब्दीसम्म सोभियत संघका सर्वोच्च नेता रहे।

स्टालिनले विदेशमा कम्युनिस्ट अन्तर्राष्ट्रिय मार्फत मार्क्सवाद-लेनिनवादको प्रवर्द्धन गरे र १९३० को दशकमा, विशेष गरि स्पेनिस गृह युद्धमा युरोपेली फासीवादी विरोधी आन्दोलनलाई समर्थन गरे। सन् १९३९ मा, उनले नाजी जर्मनीसँग अनाक्रमण सम्झौता गरे र सोभियत संघले पोल्यान्ड माथी आक्रमण गर्‍यो। १९४१ मा जर्मनीले सोभियत संग्गमाथी आक्रमण गरप्छि त्यो सम्झौता तोडियो। युद्धको प्रारम्भमा भारी क्षतिको बाबजुद सोभियत लाल सेनाले जर्मन आक्रमणलाई प्रत्याक्रमण गर्‍यो र १९४५ मा बर्लिन कब्जा गर्‍यो। र युरोपमा दोश्रो विश्वयुद्धको अन्त्य भयो। जर्मनी र उनका मित्र राष्ट्रलाई पराजित गर्ने प्रकृयामा, सोभियतले बाल्टिक देशहरूमा कब्जा गर्‍यो र मध्य तथा पूर्वी युरोप, चीन र उत्तर कोरिया भर सोभियत पक्ष सरकारको स्थापना गर्‍यो।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

स्टालिनको जन्म १८ डिसेम्बर १८७८ मा,[२] [३] जर्जियाको "गोरी"मा,[४] भएको थियो। उनको बाल्यकालको नाम जोसेफ विसारियोनोविच ज़ुगाशविली थियो। त्यस समयमा जर्जिया रूसका जारको रूसी साम्राज्यको भाग थियो। स्टालिनको पिता पेसाले एक सार्की थिए। आमा कपडा धुने काम गर्थिन। सात वर्षको उमेरमा स्टालिन बिरामी भए। जसको कारण उनको अनुहारमा दाग बस्यो। यो बिमारीले गर्दा उनको बायाँ हातमा समेत खराबी आयो।

बाल्यकालमा स्टालिन एकदम कमजोर थिए।अरु बच्चाहरूले उनलाई निकै सताउथे। उनको पिता मदिराको लतमा डुबिरहन्थे र उसलाई पिटिरहन्थे। जब स्टालिन कुरा बुझ्ने भए, जर्जियामा जारको बिरोधमा आवाज उठ्न थाल्यो। उनी जर्जियाको लोक कथा र रूस विरोधी विचारबाट निकै प्रभावित थिए।

पढाई[सम्पादन गर्नुहोस्]

स्टालिनकी आमा धार्मिक स्वभावकी थिइन्। उनले 1895 मा स्टालिनलाई पादरी बन्न पढाई गर्न जर्जियाको राजधानी तिफलिस पठाए। तर स्टालिनलाई धार्मिकमा अलिकति पनि रुचि थिएन। उनी लुकिलुकी कार्ल मार्क्सका किताबहरु पढ्ने गर्थे। स्टालिनले त्यो बेला एक समाजवादी विचारधारा सङ्गठनको सदस्यता पनि लिएका थिए। यो सङ्गठन रूसको जारको बिरोधमा मानिसहरूलाई एकजुट गर्थे। आमाको इच्छा बिपरित स्टालिनले पादरी बन्न इन्कार गरे।[५] १८९९ मा उनलाई धार्मिक स्कूलबाट निकालियो।

राजनैतिक यात्रा[सम्पादन गर्नुहोस्]

स्टालिनको पुलिस फोटो, 1902 मा खिचिएको थियो, जब उनी 23 वर्षको थिए

बिसौ शताब्दीको सुरुवातमा स्टालिनले तिफ्लिसको मौसम विभागमा काम गर्न शुरू गरे। यस दौरान उनी लगातार रूसी साम्राज्यको बिरोधीको रूपमा प्रस्तुत भए। स्टालिन हडताल र विरोध प्रदर्शनमा संलग्न भैरहन्थे।[६]

जारको गुप्तचर बिभागलाई स्टालिनको क्रियाकलापको बारेमा सूचना थियो र उनलाई अब भूमिगत हुनु पर्यो। तब स्टालिन बोल्शेविक पार्टीमा प्रवेश गरे। १९०५ मा स्टालिनले पहिलो पटक रूसी साम्राज्यको विरुद्ध गुरिल्ला युद्धमा भाग लिए।

रूसमा बोल्शेवभिक क्रान्तिको अगुवा भ्लादिमीर लेनिनसंग स्टालिनको पहिलो भेट फिनल्यान्डमा भयो। लेनिन उनको प्रतिभा देखेर निकै प्रभावित भए। १९०७ मा स्टालिनले तिफ़्लिसमा एक बैङ्कबाट साढे दुई लाख रूबल लुटे। यो रकम जार विरोधी आंदोलनमा काम लाग्यो। लौह पुरुष स्टालिन जोसेफ स्टालिनले १९०६ मा पहिलो बिहे केटेवान स्वानिज़ेसँग गरे। बिबाहको एक वर्ष पछि स्टालिनको एक छोराको जन्म भयो। तिफ्लिसमा बैङ्क डकैती पछि स्टालिन जर्जिया छोडेर भाग्नु पर्यो। उनी अजरबैजान बाकू शहरमा बस्न थाले। बिबाहको एक वर्षपछि १९०७ मा स्टालिनको पत्नी केटेवानको टाइफाइडले निधन भयो। यो घटनाले स्टालिनलाई गहिरो चोट पर्यो। स्टालिनले आफ्नो छोरालाई उसको मामाघरमा हजुरबा हजुरआमालाई छोडेर पुर्ण रूपले क्रान्तिको लागि लागे। यो दौरानमा नै उनले आफ्नो नाम बदलेर स्टालिन राखे।

बिद्रोहीको आरोपमा स्टालिनलाइ कयौं पटक गिरफ्तार गरिएको थियो। १९१० मा उनलाई साइबेरिया पठाइएको थियो।

अक्टोबर क्रान्ति[सम्पादन गर्नुहोस्]

Stalin first met Vladimir Lenin at a 1905 conference in Tampere, in the Grand Duchy of Finland. Lenin became "Stalin's indispensable mentor".[73]
बोल्सेभिक अखबार प्राभदाको पहिलो अंक, जसका स्टालिन सम्पादक थिए

१९१७ मा लेनिनको अगुवाईमा रूसमा अक्टोबर क्रान्ति कम्युनिस्ट क्रान्ति सफल भयो। लेनिनले जनतासामु शान्ती, जमिन र रोटीको बाचा गरेका थिए। स्टालिनले यो क्रान्तिमा ठुलो भुमिका निभाएका थिए। उनी त्यस दौरान बोल्शेविक पार्टी को अखबार प्रावदा चलाउथे। जब उनले लेनिनलाई जारको सेनाबाट मुक्त गरेर फिनल्यान्ड पुग्न मद्दत गरे, स्टालिनलाई पार्टीमा ठुलो ओहदा दिइयो। जारको शासन अन्त्य भएपछि रुसमा गृहयुद्ध शुरु भयो। गृहयुद्धको दौरान स्टालिनले पार्टीका भगौडा र बिरोधीहरूको हत्या गर्न खुलेआम आदेश दिए। जब लेनिन सत्तामा आए, उनले स्टालिनलाई कम्युनिस्ट पार्टीको महासचिव नियुक्त गरे।

रूसको अधिनायक[सम्पादन गर्नुहोस्]

१९२४ जनवरीमा लेनिनको मृत्यु भयो ।[७] त्यसपछि स्टालिनले आफैलाई लेनिनको उत्तराधिकारीको रूपमा प्रस्तुत गरे। तर पार्टीका बहुमत नेता लेनिनपछि लियोन ट्रटस्की नै उनको उत्तराधिकारी मान्थे। तर ट्रोटस्कीलाई कतिपय बहुत आदर्शवादी मान्थे। उनलाई लाग्थ्यो कि ट्रॉटस्कीको सिद्धान्त असल जीवनमा लागू गर्न निकै मुस्किल छ। यस दौरान स्टालिनले आफ्नो राष्ट्रवादी मार्क्सवादी विचारधारालाई जोरसँग प्रचार शुरू गरे। उनले भने कि उनको लक्ष्य सोभियत सङ्घलाई मजबूत बनाउन हो, पुरा दुनियाँमा एकरूपता ल्याउन होईन । जब ट्रॉटस्कीले स्टालिनको योजनाको विरोध गरे, तब स्टालिनले उनलाई देश निकाला गरे। १९२० को दशकको अन्त्य आउँदा आउदै, स्टालिन सोभियत सङ्घको तानाशाह बनिसकेका थिए।

सोभियत संघको औद्योगीकरण[सम्पादन गर्नुहोस्]

बीसको दशकमा नै स्टालिनले पञ्चवर्षीय योजनाबाट देशको प्रगतिको लागि काम गर्न शुरू गरे। उनले सोभियत संघको आधुनिक देश बनाउन जुटे। स्टालिनलाई लाग्थ्यो; "यदि सोभियत संघमा औद्योगीकरण नभए कम्युनिस्ट अक्टोबर क्रान्ति असफल हुन्छ। देश बर्बाद हुन्छ। छिमेकको पूँजीवादी देशले कब्जा गर्छन् ।" स्टालिनको शासनमा सोभियत संघमा कोइला, तेल र स्टीलका उत्पादन कयौं गुना बढ्यो । देशले द्रुतगतिमा आर्थिक प्रगति गर्‍यो। स्टालिनले आफ्नो योजनाहरूलाई बहुत कडाइका साथ लागू गरे। कारखानालाइ ठुलो ठूलो लक्ष्य दिइन्थ्यो। कति पटक त यो लक्ष्य पुरा गर्न असम्भव जस्तो लाग्थ्यो। जो लक्ष्य हासिल गर्न असफल हुन्थे, उसलाई देशको दुश्मन मानी जेल पठाइन्थ्यो।

स्टालिनको पञ्चवर्षीय योजनाबाट १९३० ई. को दशकमा वैश्विक महामन्दीबाट सोभियत सङ्घ प्रभावित हुनबाट जोगिएको थियो ।

रूसको भोकमरी भूमीसुधार[सम्पादन गर्नुहोस्]

जब स्टालिन सत्तामा आए, रूसमा धेरैजसो जमिन सानो सानो टुक्रामा बाडिएका थिए। भोकमरी परिरहन्थ्यो। खेतमा निकै कम अन्न उब्जनी हुन्थ्यो। स्टालिनले खेतीको आधुनिकीकरण शुरू गरे। उनले तमाम जमिनको राष्ट्रियकरण गरे। धेरै किसानहरूले यसको बिरोध गरे। किसानहरूले आफ्नो जनावर मारेर र अन्न लुकाएर यसको बिरोध गरे। यसको कारण करिब पचास लाख मानिस भोकमरीले मरे। यसले निराश भएका स्टालिनले जमाखोरी र उनको नीतिको विरोध गर्ने किसानहरुलाइ मार्न शुरू गरे। दसौं लाख मानिस मारिए। तीसको दशकको अन्त्य आउँदा आउदै, सोभियत सङ्घमा जमिन पुर्णतः राष्ट्रियकरण भयो। अन्नको उत्पादन कयौं गुणाले बड्यो।[८]

स्टालिनको आतंक[सम्पादन गर्नुहोस्]

जोसेफ स्टालिन आफैलाई एक नरम र देशभक्त नेता रूपमा प्रचार गर्थे। तर स्टालिन मानिसहरूलाई मार्थे ,जो उनको बिरोध गर्थे। चाहे त्यो सेनाको मान्छे होस वा कम्युनिस्ट पार्टीको। आरोप त यो छ कि स्टालिनले पार्टी सेंट्रल कमिटिको १३९ मध्ये ९३ को हत्या गरे। यसबाहेक उनले सेनाको १०३ जनरल र एडमिरल मध्ये ८१ को हत्या गरे।

स्टालिनको गुप्तचर प्रहरी (खुफिया पुलिस) बडो कडाइका साथ उनको नीतिहरु लागू गर्थ्यो। साम्यवादको विरोध गर्ने तीस लाख मानिसलाई साइबेरियाको गुलाग इलाकामा जबरदस्ती निर्वासित गरिए। यसबाहेक करिब साढे सात लाख मानिसहरूको हत्या गरियो।

दोस्रो विश्वयुद्ध[सम्पादन गर्नुहोस्]

१९३९–१९४१: नाजी जर्मनीसँग सम्झौता[सम्पादन गर्नुहोस्]

एक मार्क्सवादी-लेनिनवादीको रुपमा, स्टालिन यो मान्थे कि प्रतिस्पर्धी पूँजीवादी शक्तिको बीचमा द्वन्द्व अवश्यम्भावी छ। नाजी जर्मनीले १९३८ मा, अस्ट्रिया र चेकोस्लोभाकियालाई विलय गरेपछि उनी युद्धको बीजारोपण भैरहेको मान्थे। [९] उनले यो सोचेर सोभियत संघलाई तटस्थ राख्ने प्रयास गरे कि फ्रान्स र बृटेन बिरुद्धको जर्मन युद्धबाट युरोपमा सोभियत प्रभुत्वको सिर्जना हुनेछ। [१०] सैन्य रुपमा, सोभियतले पूर्वबाट पनि सुरक्षा खतरा देखिरहेको थियो, १९३० को दशकको उत्तरार्धमा विस्तारवादी जापान र सोभियत सैनिकको झडप भैरहन्थ्यो। [११] स्टालिनले सैन्य सुदृढीकरण सुरु गअरए, १९३९ जनवरी बाट १९४१ जुन सम्ममा लाल सेनाको आकार दोब्बर भन्दा धेरै भयो, यद्यपि आकार विस्तार भएपनि यसका अधिकारीहरू को तालिम कमजोर थियो। [१२] १९४० र १९४१ को बीचमा उनको सेना भित्र पनि सफाया गरे, जसले गर्दा युद्धको समयमा तालिम प्राप्त अधिकारीको एकदम अभाव भयो। [१३]

क्रेमलिनमा जर्मन विदेशमन्त्री जोआकिम भोन रिबेन्ट्रोपलाई अभिवादन गर्दै स्टालिन, १९३९ मा

ब्रिटेन र फ्रान्स सोभियतसँग गठबन्धन गर्न अनिच्छुक देखिएपछि , स्टालिन जर्मनतर्फ मोडिए। [१४] १९३९ मे ३ मा, स्टालिनले पश्चिम तर्फ झुकाव राख्ने आफ्ना विदेश मन्त्री म्याक्सिम लित्भिनोभलाई हटाएर भ्याचेस्लाभ मोलोटोभलाई बिदेश मन्त्री बनाए।[१५] जर्मनीले सोभियतसँग वार्ता सुरु गर्यो, पूर्वी युरोपलाई दुई शक्तिको बीचमा बिभाजन गर्ने प्रस्ताव गर्यो। [१६] स्टालिनले यसमा भुभाग विस्तार गर्ने तथा जर्मनी सँग अस्थायी शान्तिको अवसर देखे।[१७] १९३९ अगस्टमा, सोभियत संगले जर्मनी सँग मोलोटोभ-रिबेनट्रोप सन्धिमा हस्ताक्षर गर्यो। यो एक अनाक्रमण सन्धी थियो जसमा सोभियत विदेश मन्त्री र जर्मन बिदेश मन्त्री जोआचिम भोन रिबेनट्रोपले हस्ताक्षर गरेका थिए। [१८] एक हप्ता पछि, जर्मनीले पोल्यान्ड माथि आक्रमण गर्यो र फ्रान्स तथा ब्रिटेनले जर्मनी विरुद्ध युद्धको घोषणा गर्यो। [१९] १७ सेप्टेम्बरमा , लाल सेना पूर्वी पोल्याण्डमा प्रवेश गर्यो, (औपचारिक घोषणामा शान्ति व्यवस्था कायम गराउन ) र पोल्याण्ड राज्यको पतन भयो।[२०] २८ सेप्टेम्बर मा, जर्मनी र सोभियत संघले नयाँ जितेका भूभाग केही साटासाट गरे ; जर्मनीले लुब्लिन र वार्सा क्षेत्र लियो भने सोभियतले लिथुआनिया पायो।[२१] केहि पछि जर्मन -सोभियत फ्रन्टियर सन्धि भयो, स्टालिनको उपस्थितिमा. [२२] ब्रिटिसले जर्मनी माथि नाकाबन्दी लगाएपनि त्यसलाई उपेक्षा गर्दै दुई देश बीचाको व्यापारले निरन्तरता पाइरह्यो.[२३]

सोभियतहरूले पूर्वी फिनल्याण्डका केही भागहरू पनि मागे, तर फिनल्याण्ड सरकारले अस्वीकार गर्यो। सोभियतहरूले नोभेम्बर १९३९ मा फिनल्याण्डमा आक्रमण गरे,,संख्यात्मक न्यूनताको बावजुद, फिनहरूले रेड आर्मीलाई रोकेर राखे।[२४] अन्तर्राष्ट्रिय जनमतले फिनल्याण्डलाई समर्थन गर्‍यो, सोभियतहरूलाई राष्ट्र संघबाट निष्कासित गरियो।[२५] फिनल्याण्डलाईइ पराजित गर्न असमर्थ भएपछी, सोभियतहरूले एक अन्तरिम शान्ति सन्धिमा हस्ताक्षर गरे, जसमा उनीहरूले फिनल्याण्डबाट क्षेत्रीय रियायतहरू प्राप्त गरे।[२६] १९४० जुन मा, लाल सेनाले बाल्टिक राज्यहरू कब्जा गर्यो र अगसमा जबरजस्ती सोभियत संघमा विलय गरिएको थियो।[२७] बेसाराबिया र उत्तरी बुकोविना, रोमानियाका केही भागहरूमा पनि आक्रमण र कब्जा गरे।[२८] सोभियतहरूले जन दमनका साथ यी नयाँ पूर्वी युरोपेली क्षेत्रहरूमा असहमतिलाई रोक्न खोजे।[२९] सबैभन्दा उल्लेखनीय उदाहरणहरू मध्ये एक अप्रिल र मे १९४० को क्याटिन नरसंहार थियो, जसमा पोलिश सशस्त्र बल, पुलिस र बुद्धिजीवीहरूका लगभग २२,००० सदस्यहरूलाई मृत्युदण्ड दिइएको थियो।[३०]

सन् १९४० को मध्यमा फ्रान्समाथि जर्मन विजय र कब्जाको गतिले स्टालिनलाई आश्चर्यमा पारेको थियो।[३१] उनले जर्मनहरूसँगको कुनै पनि द्वन्द्वलाई टार्नको लागि तुष्टीकरणमा जोड दिए। [३२] अक्टोबर १९४० मा अक्ष शक्ति जर्मनी, जापान र इटालीले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेपछि, स्टालिनले सोभियत संघलाई पनि अक्षीय गठबन्धनमा सामेल हुने प्रस्ताव गरे। [३३] जर्मनीप्रति शान्तिपूर्ण इरादा देखाउन, अप्रिल १९४१ मा सोभियत संघले जापानसँग तटस्थता सम्झौतामा हस्ताक्षर गरे। [३४] डेढ दशकको लागि "डि फ्याक्टो" सरकार प्रमुख भए पनि, स्टालिनले जर्मनीसँगको सम्बन्ध यति बिग्रिएको निष्कर्ष निकाले कि उनले "डि जुअर" सरकार प्रमुखको रूपमा पनि समस्या समाधान गर्न आवश्यक छ भन्ने : ६ मे मा, स्टालिनले मोलोटोभको स्थानमा सोभियत संघको प्रधानमन्त्री स्थान लिए। [३५]

१९४१–१९४२: जर्मन आक्रमण[सम्पादन गर्नुहोस्]

With all the men at the front, women dig anti-tank trenches around Moscow in 1941.

१९४१ जुन मा, जर्मनीले अपरेसन बार्बरोसा सुरु गरेर सोभियत संघमा आक्रमण गर्यो। यो संगै दोस्रो विश्व युद्धको पूर्वी मोर्चाको लडाई सुरु भयो। [३६] गुप्तचर निकायले बारम्बार जर्मनीको इरादा बारे उनलाई चेतावनी दिएपनि, स्टालिन आश्चर्यचकित भए। [३७] उनले सुरक्षा समिति , जसको प्रमुख सुप्रिम कमान्डरको रुपमा उनी नै थिए। [३८] र मिलिटरी सुप्रिम कमाण्ड [३९] , जसको चिफ अफ स्टाफ जर्जी जुकोभ थिए, बनाए।[४०] जर्मन टेक्टिक ब्लिट्क्रिज सुरुमा निकै प्रभावकारी थियो। पश्चिमी सिमामा रहेको सोभियत वायु सेना २ दिन भित्र नष्ट भयि। [४१] जर्मन एकीकृत सेना ( Wehrmacht) चाँडै नै सोभियत भुभाग को निकै भित्र सम्म छिरे।;[४२] युक्रेन, बेलोरुसिया, र बाल्टिक राज्यहरू जर्मन कब्जामा आए। र लेलिनग्राद घेराबन्दी सुरु भयो;[४३] र सोभियत विस्थापित नागरिकहरूको मस्को र आसपासका सहरहरूमा लहर आयो।[४४] जुलाई सम्म, जर्मन लुफ्त्वाफे (Luftwaffe) ले मस्कोमा बमबारी गर्न स्य्रु गर्यो[४३] र अक्टोबरबाट जत्मन सेनाले राजधानीमा पूर्ण आक्रमण गर्ने अनुमान गरिएको थियो। सोभियत सरकारलाई खाली गरेर समरा कुइबिसेभ (Kuibyshev) मा सार्ने योजना बनाइएको तहइयो, यद्यपि स्टालिबले मस्को मै रहने निर्णय गरे किनभने उनले सोचे कि उनको उडानले उनको सएनाको मनोबल गर्छ।[४५] मस्को माथिको जर्मन आक्रम २ महिनापछी प्रतिकुल चिसो मौसम अवस्थाको कारणले रोकियो ।[४६]

सुधार[सम्पादन गर्नुहोस्]

जुकोभ र अन्य जनरलहरूको सुजाव विपरित, स्टालिनले रक्षात्मक भन्दा पनि आक्रामक रणनीतिलाई जोड दिए।[४७] १९४१ जुनमा, उनले "स्कर्च्ड अर्थ" (Scorched Earth) नीतिको आदेश दिए। उनले पूर्वाधार र खाद्य आपूर्ति जर्मनले कब्जा गर्नुअघि नै नष्ट गर्ने आदेश दिए,[४८] र जर्मन सेना पुगेका क्षेत्रमा १ लाख राजनैतिक बन्दीको हत्याको आदेश दिए। [४९] उनले सैन्य कमान्ड को सफाया गरे; कयौं उच्च अधिकारीलाई घटुवा वा सरुवा गरियो र अन्यलाई पक्राउ तथा मृत्युदण्ड गरियो। [५०] आदेश नं २७० बाट, सैनिकलाई युद्धबन्दी हुनु भन्दा लड्दै मर्नको को लागि आदेश दिए। उनले युद्धबन्दी भएकाहरूलाई देश्द्रोहीको रुपमा प्रस्तुर गरे।;[५१] जर्मनद्वारा युद्धबन्दी बनाइएकाहरू मध्ये उनका छोरा याकोभ पनि थिए। उनको जर्मन कस्टडीमा मृत्यु भयो। [५२] १९४२ जुलाई मा स्टालिनले आदेश नं २२७ जारी गरे, जसमा निर्देशन दिइएको थियो कि अनाधिकृत रुपमा पछि हट्नेहरूलाई लडाइँको अग्रमोर्चामा राखिने। [५३] लडाइँको बीचमा, दुवै जर्मन र सोभियत सेनाले जेनेभा सम्मेलनले कायम गरेका युद्धका नियमहरू तोडे, ;[५४] the Soviets heavily publicised Nazi massacres of communists, Jews, and Romani.[५५] Stalin exploited Nazi anti-Semitism, and in April 1942 he sponsored the Jewish Anti-Fascist Committee (JAC) to garner Jewish and foreign support for the Soviet war effort.[५६]

मुक्तिपछिको स्टालिनग्राद सहरको केन्द्र, २ फेब्रुअरी १९४३

The Soviets allied with the United Kingdom and United States;[५७] although the U.S. joined the war against Germany in 1941, little direct American assistance reached the Soviets until late 1942.[५४] Responding to the invasion, the Soviets intensified their industrial enterprises in central Russia, focusing almost entirely on production for the military.[५८] They achieved high levels of industrial productivity, outstripping that of Germany.[५५] During the war, Stalin was more tolerant of the Russian Orthodox Church, allowing it to resume some of its activities and meeting with Patriarch Sergius in September 1943.[५९] He also permitted a wider range of cultural expression, notably permitting formerly suppressed writers and artists like Anna Akhmatova and Dmitri Shostakovich to disperse their work more widely.[६०] द इन्टर्नास्योनाल लाई देशको राष्ट्रिय गानबाट हटाइयो र अझै बढी देशभक्तिपूर्ण भावको गीतलाई राष्ट्रिय गान बनाइयो। [६१] The government increasingly promoted Pan-Slavist sentiment,[६२] while encouraging increased criticism of cosmopolitanism, particularly the idea of "rootless cosmopolitanism", an approach with particular repercussions for Soviet Jews.[६३] Comintern was dissolved in 1943,[६४] and Stalin encouraged foreign Marxist–Leninist parties to emphasise nationalism over internationalism to broaden their domestic appeal.[६२]

अप्रिल १९४२ मा, स्टालिनले पूर्वी युक्रेनमा जर्मन-नियन्त्रित खार्कोभलाई कब्जा गर्ने प्रयासको लागि सोभियतहरूको पहिलो गम्भीर जवाफी आक्रमणको आदेश दिएर स्टाभकालाई रद्द गरे। यो आक्रमण असफल साबित भयो।[६५] त्यस वर्ष, हिटलरले आफ्नो प्राथमिक लक्ष्यलाई पूर्वी मोर्चामा समग्र विजयबाट, दीर्घकालीन जर्मन युद्ध प्रयासको लागि महत्त्वपूर्ण दक्षिणी सोभियत संघमा तेल क्षेत्रहरू सुरक्षित गर्ने लक्ष्यमा सारे।[६६] जब रेड आर्मी जनरलहरूले हिटलरले प्रयासहरू दक्षिणतिर सार्न सक्ने प्रमाणहरू देखे, स्टालिनले यसलाई मस्को कब्जा गर्ने नयाँ प्रयासमा एक अस्पष्ट चाल मानेका थिए।[६७] जुन १९४२ मा, जर्मन सेनाले स्टालिनग्रादलाई लक्ष्य गर्दै दक्षिणी रूसमा ठूलो आक्रमण सुरु गर्यो; स्टालिनले लाल सेनालाई शहरलाई कुनै पनि हालतमा अधिकार गर्न आदेश दिए।[६८] यसले परिणामस्वरूप स्टालिनग्रादको लामो युद्धको सुरुवात भयो।[६९] In December 1942, he placed Konstantin Rokossovski in charge of holding the city.[७०] फेब्रुअरी १९४३ मा, स्टालिनग्राद आक्रमण गर्ने जर्मन सेनाहरूले आत्मसमर्पण गरे।[७१] यो सोभियत विजय युद्ध मा एक प्रमुख मोड थियो;[७२] यसको सम्झनामा, स्टालिनले आफूलाई सोभियत संघको मार्शल घोषणा गरे।[७३]

१९४२–१९४५: सोभियत प्रत्याक्रमण[सम्पादन गर्नुहोस्]

The Big Three: Stalin, U.S. President Franklin D. Roosevelt, and British Prime Minister Winston Churchill at the Tehran Conference, November 1943

१९४५: विजय[सम्पादन गर्नुहोस्]

मृत्यु[सम्पादन गर्नुहोस्]

स्टालिनको मृत्यु ५ मार्च १९५३ मा भयो। [७४] उनको मृत्युको घोषणा ६ मार्चमा भयो।[७५]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग ५-८. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ५६५
  2. Service 2004, p. 14; Montefiore 2007, p. 23.
  3. Montefiore 2007, पृष्ठ 23.
  4. Conquest 1991, p. 2; Khlevniuk 2015, p. 11.
  5. Montefiore 2007, पृष्ठ. 70–71.
  6. "जोसेफ़ स्टालिन: इंक़लाबी राजनीति से 'क्रूर तानाशाह' बनने का सफ़र", BBC Hindi, १० नवंबर २०१७। 
  7. Conquest 1991, p. 104; Montefiore 2003, p. 30; Service 2004, p. 219; Kotkin 2014, p. 534; Khlevniuk 2015, p. 79.
  8. "जोसेफ़ स्टालिन: इंक़लाबी राजनीति से 'क्रूर तानाशाह' बनने का सफ़र", BBC Hindi, १० नवंबर २०१७। 
  9. Montefiore 2003, पृष्ठ 308.
  10. Conquest 1991, pp. 220–221; Service 2004, pp. 380–381.
  11. Service 2004, pp. 392–393; Khlevniuk 2015, pp. 163, 168–169.
  12. Khlevniuk 2015, पृष्ठ. 185–186.
  13. Conquest 1991, पृष्ठ. 232–233, 236.
  14. Service 2004, पृष्ठ. 399–400.
  15. Nekrich 1997, पृष्ठ 109.
  16. Conquest 1991, p. 220; Khlevniuk 2015, p. 166.
  17. Conquest 1991, p. 220; Khlevniuk 2015, pp. 168, 169.
  18. Conquest 1991, p. 221; Roberts 1992, pp. 57–78; Service 2004, p. 399; Khlevniuk 2015, p. 166.
  19. Conquest 1991, p. 222; Roberts 1992, pp. 57–78; Khlevniuk 2015, p. 169.
  20. Conquest 1991, p. 222; Roberts 2006, p. 43.
  21. Conquest 1991, p. 223; Service 2004, pp. 402–403; Wettig 2008, p. 20.
  22. Conquest 1991, पृष्ठ 224.
  23. Conquest 1991, p. 224; Service 2004, p. 405.
  24. Conquest 1991, p. 228; Service 2004, p. 403; Khlevniuk 2015, pp. 172–173.
  25. Conquest 1991, p. 279; Khlevniuk 2015, p. 173.
  26. Service 2004, p. 403; Khlevniuk 2015, p. 173.
  27. Conquest 1991, p. 227; Service 2004, pp. 404–405; Wettig 2008, pp. 20–21; Khlevniuk 2015, p. 173.
  28. Brackman 2001, p. 341; Khlevniuk 2015, p. 173.
  29. Khlevniuk 2015, पृष्ठ 170.
  30. Conquest 1991, p. 229; Khlevniuk 2015, p. 170.
  31. Conquest 1991, p. 229; Service 2004, p. 405.
  32. Conquest 1991, p. 229; Service 2004, p. 406.
  33. Conquest 1991, p. 231; Brackman 2001, pp. 341, 343; Roberts 2006, p. 58.
  34. Conquest 1991, p. 233; Roberts 2006, p. 63.
  35. Conquest 1991, p. 234; Khlevniuk 2015, p. 180.
  36. Service 2004, pp. 410–411; Roberts 2006, p. 82; Khlevniuk 2015, p. 198.
  37. Service 2004, pp. 408–409, 411–412; Roberts 2006, p. 67; Khlevniuk 2015, pp. 199–200, 202.
  38. Service 2004, pp. 414–415; Khlevniuk 2015, pp. 206–207.
  39. Service 2004, पृष्ठ 413.
  40. Service 2004, पृष्ठ 420.
  41. Service 2004, p. 417; Khlevniuk 2015, pp. 201–202.
  42. Conquest 1991, p. 235; Service 2004, p. 416.
  43. ४३.० ४३.१ Service 2004, पृष्ठ 418.
  44. Service 2004, पृष्ठ 417.
  45. Conquest 1991, pp. 248–249; Service 2004, p. 420; Khlevniuk 2015, pp. 214–215.
  46. Glantz 2001, पृष्ठ 26.
  47. Service 2004, pp. 421, 424; Khlevniuk 2015, p. 220.
  48. Service 2004, p. 482; Roberts 2006, p. 90.
  49. Gellately 2007, पृष्ठ 391.
  50. Conquest 1991, pp. 239–240; Roberts 2006, p. 98; Khlevniuk 2015, p. 209.
  51. Conquest 1991, p. 241; Khlevniuk 2015, p. 210.
  52. Conquest 1991, pp. 241–242; Service 2004, p. 521.
  53. Roberts 2006, p. 132; Khlevniuk 2015, p. 223.
  54. ५४.० ५४.१ Service 2004, पृष्ठ 423.
  55. ५५.० ५५.१ Service 2004, पृष्ठ 422.
  56. Overy 2004, पृष्ठ 568.
  57. Khlevniuk 2015, पृष्ठ 211.
  58. Service 2004, पृष्ठ 421.
  59. Service 2004, pp. 442–443; Khlevniuk 2015, pp. 242–243.
  60. Service 2004, पृष्ठ 441.
  61. Service 2004, पृष्ठ 442.
  62. ६२.० ६२.१ Service 2004, पृष्ठ 446.
  63. Service 2004, पृष्ठ. 446–447.
  64. Conquest 1991, p. 260; Service 2004, p. 444.
  65. Conquest 1991, p. 254; Service 2004, p. 424; Khlevniuk 2015, pp. 221–222.
  66. Roberts 2006, पृष्ठ. 117–118.
  67. Roberts 2006, पृष्ठ 124.
  68. Service 2004, पृष्ठ 425.
  69. Service 2004, पृष्ठ 426.
  70. Service 2004, पृष्ठ 427.
  71. Service 2004, p. 428; Khlevniuk 2015, p. 225.
  72. Khlevniuk 2015, पृष्ठ 225.
  73. Service 2004, p. 429; Khlevniuk 2015, p. 226; Journal of the Supreme Soviet of the USSR, 13 March 1943.
  74. Conquest 1991, p. 313; Volkogonov 1991, p. 574; Service 2004, p. 586; Khlevniuk 2015, p. 313.
  75. Service 2004, पृष्ठ 588.

किताब[सम्पादन गर्नुहोस्]