मुख्य पृष्ठ

नेपाली विकिपीडियाबाट
(Main Page बाट पठाईएको)
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
विकिपीडियामा स्वागत छ।
एक स्वतन्त्र ज्ञानकोष जसलाई सबैले सम्पादन गर्न सक्दछन!
नेपालीमा २३,४१८ लेखहरु संग्रहित छन् !
दैलेख जिल्ला प्रवेश द्वार, रानीमत्ता

दैलेख जिल्ला नेपालको एउटा जिल्ला हो। भेरी अञ्चलको सबैभन्दा सानो यो जिल्लाको सदरमुकाम नारायण नगरपालिका हो। दैलेख जिल्ला मध्य पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पूर्वमा जाजरकोट उत्तरमा कालिकोटपश्चिममा अछाम र दक्षिणमा सुर्खेत जिल्ल्लाका वीचमा रहेको छ। यो जिल्लाको सदरमुकाम दैलेख बजार काठमाडौंबाट करिब ६५० किलोमिटर पश्चिम, कोहलपुरबाट १५० किलोमिटर र सुर्खेत उपत्यकाबाट ६५ किलोमिटर उत्तरमा रहेको छ । ऐतिहासिक धरोहरका रूपमा रहेको यस पहाडी जिल्लाको उत्तर सिरमा मनमोहक महावुलेक दक्षिण र पश्चिममा कर्णाली नदी र जिल्ला भित्र लोहोरे छामघाट खोला शीरस्थान, नाभिस्थान, पादुका, कोटीला धुलेश्वर जस्ता पानीमाथि दीप ज्वाला वल्ने पाँचकोशी तीर्थस्थलका नामले प्रसिद्ध रहेकाका क्षेत्रहरू छन् । भैगोलिक रूपमा विकट रहेतापनि यो जिल्लाको पर्यटकीय विकासका सम्भावना उच्च रहेको छ ।

इतिहास: दैलेख जिल्ला बाइसे चौबिसे राज्यकालमा खस राज्यको शीतकालीन राजधानीको रूपमा परिचित दुल्लुबेलासपुर राज्यमा विभाजित थियो । प्राचीन र मध्यकालमा दुई राज्यमा विभाजित यस जिल्लालाई शाहकालीन नेपालको पुर्नएकीकरण अभियानमा बहादुर शाहले सन १७८९ तिर नेपालमा गाभेको तथ्य पाइन्छ । जिल्लाका विभिन्न ठांउमा रहेका मन्दिर, देवल, शिलालेख आदिले यस जिल्लाको ऐतिहासिक परिचय दिइरहेका छन्। सदरमुकाम स्थित पुरानो बजारमा रहेको प्रसिद्ध कोतगढी पुरानो युद्धकिल्लाको रूपमा थियो भन्ने विश्वास गरिन्छ । पूरा लेख पढ्नुहोस् ...

के तपाईंलाई थाहा छ?
कफी
<< जुन २०१३ >>
आइत सोम मंगल बुध बिही शुक्र शनि
१० ११ १२ १३ १४ १५
१६ १७ १८ १९ २० २१ २२
२३ २४ २५ २६ २७ २८ २९
३०
आज बिहीबार, तारिख ६/०६/२०१३

वीरगञ्ज नेपालको महत्वपूर्ण व्यापारिक केन्द्र हो। श्री ३ बीर शम्शेरको प्रधानमन्त्रीत्वकालमा वि.सं. १९४२-१९५८ पर्सा जिल्लाको अलौ भन्ने स्थानबाट गहवा गाँउमा सदरमुकाम सारिएपछि गहवा गाँउलाई उनैको नाममा वीरगंज नामाकरण गरिएको हो। त्यहा गहवा माई मन्दिर् पनि रहेको छन्।

यो नेपालको सबैभन्दा महत्वपूर्ण ब्यापारिक तथा पारवहन नाका हो। यहाँबाट नेपालले भारत लगायत अन्य मुलुकहरूसम्म आयात निर्यातको काम गर्ने गर्दछ। चितवन, काठमाडौं तथा पोखरा का लागि सामान पैठारी गर्नुका साथै देशको मुख्य औधोगीक कोरीडोर पनि हो। ठकुराम क्याम्पस का साथै केही अरूकलेज तथा बिधालय तथा नारायणी अञ्चल अस्पतालका साथै केही नर्सीङ होमसमेत रहेको विरगञ्जमा अञ्चल स्तरीय तथा जिल्ला स्तरीय सरकारी कार्यलय पनि छन्। वीरगञ्जको टेलीफोन कोड ०५१ हो। मुलुकको आर्थिक राजधानी र प्रवेशद्वारको रूपमा परिचित औद्योगिक एवं व्यापारिक शहर वीरगञ्जको स्थापना राणा प्रधानमन्त्री वीरशम्शेरले सन् १८९७ (वि.सं.१९५४)मा गरेको हुनाले उनकै नाउँमा उक्त सहरको नाम रहेको हो। महेन्द्रराजमार्गको पथलैयाबाट २८ कि.मी. उत्तर र काठमाडौं हवाइमार्गबाट १५ मिनेटको दूरीमा अवस्थित तथा सिमरा विमानस्थलबाट अत्यन्त नजीकै वीरगञ्जमा बाहुन, क्षेत्री, मुस्लिम, थारू, कुर्मी, यादव, कानु, तेली, कलवार, केइरी, चमार, दुसाध, नेवार, मल्लाह, मारवाडी, तामांग आदि जाति पारस्परिक सद्भावका साथ बसोवास गर्दै आएका छन्। पूरा लेख पढ्नुहोस्

नेपाली बेहुली (५ मे २०१३मा विकिमीडिया कमन्स द्वारा Picture of the dayमा छानिएको तस्वीर) -नेपाली विकिमीडियन निर्मल दुलाल द्वारा पोष्ट गरिएको तस्वीर

यो विकिपीडियामा अहिलेसम्म भएका लेखहरूमध्ये कुनै लेख छानेर हेर्न वा कुनै एक अक्षरबाट सुरू हुने लेखहरुको सूची हेरेर लेख छानेर पढ्न, तल दिइएको बाकसमा रहेका अक्षरलाई माउसले क्लिक गर्नुहोला।


०-९ अं
परिमार्जित क्ष त्र ज्ञ श्र अः


विकिपिडियालाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ। यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो। यो गुठीले अन्य परियोजनालाई पनि सञ्चालन गरेको छ :

विक्सनरी
शब्दकोश
विकिसमाचार
खुला समाचार
कथन
कथन भण्डार
विकिपुस्तक
खुला पुस्तक
विकिप्रजाति
प्रजाति संकलन
विकिस्रोत
खुला श्रोतमाध्यम
विकिभर्सिटी
विश्वकोश परिकल्पना
कमन्स
कमन मिडियाको भण्डार
मेटा-विकि
विकिमीडिया कार्यक्रम संयोजक