जिरे खुर्सानी
जिरे खुर्सानी | |
---|---|
शैली | धारावाहिक नाटक |
सर्जक | शिवहरि पौडेल जितु नेपाल दमन रुपाखेती |
विकास गर्ने | मिडिया हब |
लेखक | जितु नेपाल शिवहरि पौडेल |
निर्देशक | शिवहरि पौडेल जितु नेपाल |
कलाकारहरू | जितु नेपाल शिवहरि पौडेल पात्र |
सुरुवात 'गीत' | "तलदेखि माथि सम्म" |
रचनाकार(हरू) | चेतन सापकोटा |
निर्माण गर्ने देश | नेपाल |
भाषा(हरू) | नेपाली |
सत्रहरुको सङ्ख्या | २ |
भागहरूको सङ्ख्या | ५५९ ([[५३४ (संस्करण १) २५ (संस्करण २)|भागहरूको सङ्ख्या]]) |
निर्माण | |
कार्यकारी निर्माता(हरू) | जितु नेपाल शिवहरि पौडेल |
निर्माता(हरू) | मिडिया हब प्रालि |
सम्पादक(हरू) | रविन भट्ट |
स्थल(हरू) | काठमाडौँ, नेपाल |
छायाङ्कन | मनराज श्रेष्ठ 'गुर्जुधारा' |
क्यामरा सेटअप | बहु क्यामरा |
प्रसारण अवधि | २२ मिनेट |
निर्माण कम्पनी(हरु) | राम सरस्वती (रामसर मिडिया प्रालि) |
प्रसारण | |
मूल च्यानल | नेपाल टेलिभिजन |
प्रथम प्रसारण | २००३ | – present
जिरे खुर्सानी एक लोकप्रिय नेपाली हास्य धारावाहिक शृङ्खला थियो जुन हरेक बुधबार राति ९ बजे नेपाल टेलिभिजन प्रसारण हुने गर्दथ्यो।[१] [२] यो नेपालमा सबैभन्दा धेरै हेरिने टेलिभिजन कार्यक्रमहरू मध्ये एक थियो। यसको निर्माण मिडिया हब प्रालिद्वारा निर्माण गरिएको थियो। अन्तर्राष्ट्रिय र वेब प्रसारणका लागि जिरे खुर्सानी विशेष प्रतिलिपि अधिकार राम सरस्वती (रामसर मिडिया प्रालि)सँग रहेको छ।
प्रारम्भ
[सम्पादन गर्नुहोस्]यो शृङ्खला सन् २००३ मा सुरु भएको थियो र १२ वर्षको निरन्तर प्रसारणपछि सन् २०१५ मा प्रशारण बन्द भएको थियो। यसको निर्माण तथा निर्देशन कार्यक्रमको मुख्य कलाकार रहेका जितु नेपाल र शिवहरी पौडेलले गरेका थिए।
पात्रहरू
[सम्पादन गर्नुहोस्]पात्र | भूमिका | |
---|---|---|
शिवहरि पौडेल | असिना प्रसाद | मुखामा हन्नु जास्तो |
जितु नेपाल | रघु / मुन्द्रे | |
किरण केसी | मामा | राता मकै |
राजाराम पौडेल | ठुलो बा | |
अञ्जु श्रेष्ठ | ||
सविता गुरुङ | ||
मनोज आचार्य | खुरापति हाकिम | |
हिमा कोइराला | हाकिम्नी | |
गोपाल नेपाल | ट्राफिक | |
देबीराम परजुली | भोके | |
डोल्मा लामा | डोल्मा लामा | |
शिवहरी बैरागी | नेताजी | समानुपातिक सांसद |
नीरज नेपाल | मुकुन्द | |
प्रेम पाण्डे | ||
शिशिर अमगाई | ||
शिवहरी आचार्य | ||
मुकुन्द आचार्य | ||
निर्मल पाडेल | ||
सुदर्शन शिवाकोटी |
कथावस्तु
[सम्पादन गर्नुहोस्]जिरे खुर्सानीले दैनिक मानिसहरूले भोगिरहेका सामाजिक समस्याहरूलाई हास्यपूर्ण तरिकाले चित्रण गरेको छ। कार्यक्रममा शिवहरी पौडलका दुई श्रीमतीहरू आफ्ना छोराहरूसँग एउटै छतमुनि बस्ने बहुविवाहको कुरा मुद्दा पनि प्रस्तुत गरिएको छ।
जितु नेपालले मुन्द्रेको भूमिका निर्वाह गरेका छन् जसले आफू आफ्नो सम्पूर्ण परिवारमा एसएलसी पास गर्ने पहिलो व्यक्ति भएकोमा निकै गर्वका साथ बताउँछन्। उनले वर्षभरि ऊनको टोपी र धेरै गहना लगाउँछन्। उनका पिता असिना प्रसादको भूमिका शिवहरी पौडलले निभाएका छन्, जसलाई सधैँ "मुखामा हन्नू जास्तो" भन्ने बानी छ। उनका दुई पत्नी छन् जसमध्ये पछिल्लो मुन्द्राकी आमा हुन्। अर्को ठूली हुन्, जसको छोरा भोके हो।
मामाको भूमिका किरण के. सी. ले निर्वाह गरेका छन् जसलाई "ए राता मकै" भन्ने बानी छ र उनको विवाह एउटी धनी शेर्पा केटीसँग भएको थियो जसले उनलाई केवल इच्छाको रूपमा प्रयोग गर्छिन्। कार्यक्रम एक बेचैन र हल्ला परिवार वरिपरि घुम्छ। मुन्द्राका ठुलो बा को भूमिकामा राजाराम पौडलको पनि विशेष भूमिका रहेको छ।
बन्द
[सम्पादन गर्नुहोस्]मिडिया हबले समयमा पैसा दिन नसकेर विगतमा पनि लामो समय जिरे खुर्सानी बन्द भएको थियो । तर, पुरानो पैसा चुक्ता गर्ने र अब पैसाको समस्या आउन नदिने भनेर आश्वासन पाएपछि २५ हप्ता अगाडिदेखि जितुले जिरे खुर्सानीलाई पुन अघि बढाएका थिए। तर मिडिया हब पुरानै समस्यामा देखिएको जितुले बताएका थिए। [३]
२०७५ मा नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिशृङ्खलाहरू मेरी बास्सै, जिरे खुर्सानी र भद्रगोल पुन प्रसारण हुने कुरा सार्वजनिक भएको थियो। [४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Jire Khursani", मिडिया हब नेपाल, मूलबाट २७ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुलाई २०१५।
- ↑ "जिरे-खुर्सानी उत्सव", कान्तिपुर प्रकाशन (नेपालीमा), २०१०-०७-२१, मूलबाट २०२३-०५-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०५-२१।
- ↑ "जितु नेपालले छोडे जिरे खुर्सानी, अब के गर्छन् ?", अनलाइनखबर, २०७४ फागुन २३।
- ↑ "नेपाल टेलिभिजनमा फेरि आउँदै मेरी बास्सै, जिरे खुर्सानी र भद्रगोल", उज्यालो, भदौ १९, २०७५।