ह्रास
स्वरूप
लेखा |
---|
ह्रास (अङ्ग्रेजी: Depreciation) भन्नाले सम्पत्तिको मुल्यमा आउने कमिलाई जनाउँदछ ।[१] सम्पत्तिको प्रयोग सँगै त्यसको रकम घट्दै जाने गर्दछ, यसरी घट्ने रकमलाई नै ह्रास भनिन्छ । लेखामा यस अवधारणाको दुई पक्षहरु छन् ।
- ह्रास भनेको सम्पत्तिको मुल्यमा आउने कमि ।
- ह्राम भनेको सम्पत्तिको लागत मूल्यलाई त्यसको प्रयोग गर्न सकिने वर्षमा बाँडफाँड गर्नु।
पहिलोले संस्थाको वासलातलाई असर गर्दछ भने दोश्रोले संस्थाको नाफा नोक्सान हिसाबलाई असर गर्दछ । सम्पत्तिको लागत मूल्यलाई प्रयोग गर्न सकिने वर्षमा बाँडफाँड गरी आएको ह्रास रकमलाई प्रयोग गरिएको वर्ष नाफा नोक्सान हिसाबमा खर्चको रूपमा देखाउने गरिन्छ ।
ह्रासको प्रमुख कारणहरु
[सम्पादन गर्नुहोस्]- सम्पत्तिको प्रयोगमा हुने धिसाई र टुटफुट
- सम्पत्तिको समयको समाप्ति
- सम्पत्तिको रिक्तिकरण वा समाप्ति
- सम्पत्तिको प्रविधिमा भएको परिवर्तन
ह्रास कट्टा गर्नुको तात्पर्य तथा उद्देश्य
[सम्पादन गर्नुहोस्]- ह्रासयोग्य सम्पत्तिमा लगानी गरिएको पूँजिको रकमलाई बचाँई राख्न
- सहि उत्पादन लागत गणना गर्न
- संस्था यथार्य वित्तीय कार्य सम्पादन निकाल्न
- संस्थाको यथार्थ वित्तीय अवस्था देखाउनको लागी
- ह्रासयोग्य सम्पत्ति प्रतिस्थान गर्न आवश्यक रकमको व्यवस्था गर्नको लागी
- वास्तविक नाफा नोक्सान पत्ता लगाउन
- वासलात लाई पूर्णता दिन
- कम्पनी ऐन, २०६३ अनुसार अनिवार्य ह्रास कट्टा गर्नु पर्ने व्यवस्था भएकोले ह्रासको रकमलाई खर्चको रूपमा आय विवरणमा देखाईन्छ ।
ह्रासको विधीहरु
[सम्पादन गर्नुहोस्]ह्रासको रकम गणना गर्ने विभिन्न विधीहरु निम्नानुसार प्रस्तुत गरिएको छ । १.स्थिर ह्रास विधि २.घट्दो ह्रास विधि ३.वार्षिक वृती विधि ४.ह्रास कोषविधि ५.विमा प्रलेख विधि ६.वर्षहरुको योग विधि ७.यन्त्र घन्टा विधि ८.पुनर्मुल्यान्कन विधि
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Practical Auditing, Kul Narsingh Shrestha, 2012, Nabin Prakashan, Kathmandu, Nepal