नेपाल लेखामान बोर्ड
| लेखा |
|---|
नेपाल लेखामान बोर्ड अर्थात (अङ्ग्रेजी: Accounting Standards Board, Nepal) एउटा स्वायत्त तथा सङ्गठनीक निकाय हो, यसको स्थापना सन् २००३ मा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ मा लेखामान बोर्डको स्थापन तथा सञ्चालन गर्नु पर्ने व्यवस्था संशोधन भए पश्चात नेपाल सरकारले गरेको हो । [१] यस संस्थाले नेपालको लागि वित्तीय विवरण तयार गर्दा अपनाउनु पर्ने लेखाका सिध्दान्त तथा मानहरु तयार गर्ने कार्य गर्दछ । यसको प्रमुख कार्य भनेको अन्तराष्ट्रिय वित्तीय प्रस्तुतीकरण मानहरूसँग मेल खाने गरी नेपालमा लागु हुने व्यवसायिक संस्थाहरूको वित्तीय विवरण तयार गर्दा अपनाउनु पर्ने लेखामानहरु तयार गर्नु हो भने सन् २००७ सालमा नेपाल सरकारले सरकारीहरूको लागि आवश्यक लेखामानहरु तयार गर्ने जिम्मेवारी पनि थप गरेको थियो ।
लेखामान बोर्डको संरचना
[सम्पादन गर्नुहोस्]लेखामान बोर्डमा नेपाल सरकारले नियुक्त गर्ने अध्यक्ष गरी १३ सदस्यहरु हुन्छन् । १. नेपाल सरकारद्वारा नियुक्त – अध्यक्ष २. अर्थ मन्त्रालयका एक जना प्रतिनिधि – सदस्य ३. महालेखा परीक्षकको कार्यालयका एक जना प्रतिनिधि – सदस्य ४. महालेखानियन्त्रकको कार्यालयका एक जना प्रतिनिधि – सदस्य ५. कम्पनी रजिष्ट्रारको कार्यालयका एक जना कम्पनी रजिष्ट्रार – सदस्य ६. आन्तरिक राजस्व विभागका महानिर्देशक – सदस्य ७. नेपाल धितोपत्र बोर्डका अध्यक्ष – सदस्य ८. नेपाल सरकारद्वारा नेपालको चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) को सिफारिसमा नियुक्त पाँच जना चार्टर्ड एकाउन्टेन्ट (CA) – सदस्य ९. नेपाल सरकारद्वारा ICAN को सिफारिसमा नियुक्त एक जना रजिष्ट्रार अडिटर (RA) – सदस्य
तयार गरेको लेखामानहरु
[सम्पादन गर्नुहोस्]| विवरण | जम्मा | कैफियत |
|---|---|---|
| नेपाल लेखामान- अनिवार्य | २० [२] | |
| नेपाल लेखामान-ऐेच्छिक | ७ [३] | |
| नेपाल वित्तीय प्रतिवेदन मानहरु | १३ [४] | सन् २०१४।०१५ देखि लागु हुने साथ साथै २७ वटा लेखामानहरु पनि लागु हुने |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ आधिकारिक बेभसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१४-०५-२८ मिति
- ↑ नेपाल लेखामान- अनिवार्य वेब्याक मेसिन अभिलेखिकरण २०१४-०५-२८ मिति
- ↑ नेपाल लेखामान-ऐेच्छिक वेब्याक मेसिन अभिलेखिकरण २०१४-०५-२८ मिति
- ↑ नेपाल वित्तीय प्रस्तुतिकरण मानहरु वेब्याक मेसिन अभिलेखिकरण २०१४-०५-२८ मिति