ढाँचा:प्रमुख लेख/अक्टोबर, २०१५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मैथिली देवनागरीमा

मैथिली (/ˈmt[invalid input: 'ɨ']li/; Maithilī) भारोपेली भाषा हो जुन मुख्य रूपमा भारतको उत्तरी बिहारनेपालको पूर्वी तराईका क्षेत्रहरूमा बोलिने भाषा हो । यो प्राचीन भाषा समूह भारोपेली भाषा परिवार अन्तर्गत पर्दछ र भाषाशास्त्रको हिसावले बङ्गाली, आसामी, उडियानेपालीसँग यसको धेरै निकट सम्बन्ध छ । यो भाषाको आफ्नै तिरहुता लिपि रहेता पनि यसको प्रयोग हाल न्यून रहेको छ । हाल मैथिली भाषा देवनागरीमा लेख्ने गरिन्छ । सन् २००२ मा मैथिली भाषालाई भारतको संविधानको आठौँ धारामा समावेश गरिएको हो । जसले गर्दा यस भाषालाई शिक्षा, सरकारी निकाय र अन्य आधिकारिक प्रयोजनमा प्रयोग गर्न सकिन्छ । सन् २०१५ मा मैथिलीलाई नेपालको संविधान २०७२ को भाग १, धारा ५ मा आधिकारिक भाषाको रूपमा राखिएको छ । भारतको यो एक सबैभन्दा ठुलो भाषा अन्तर्गत पर्दछ भने नेपालको यो दोश्रो ठुलो भाषा हो । सन् २०११ सम्म यो भाषा लगभग ४ करोड ४७ लाख मानिसद्वारा बोल्ने गरिन्छ जसमध्ये नेपालमा मात्रै २८ लाख र भारतमा ३ करोड ४७ लाख मानिसले मातृभाषाको रुपमा बोल्ने गरेका छन् । (पूरा  पढ्नुहोस्...)