चीन-नेपाल मितेरी राजमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मितेरी राजमार्ग
राजमार्गको विवरण
को भाग
लम्बाइ८०६ किमी (५०१ माइल)
प्रमुख चोकहरू
बाटल्हासा
गन्तव्यखासा

मितेरी राजमार्ग जसलाई (चीन-नेपाल राजमार्ग भनेर पनि चिनिन्छ, चिनिया=中尼公路) ८०० किलोमिटर (५०० माइल) लामो सुरम्य मार्ग हो, जसले तिब्बतको राजधानी ल्हासालाई चीननेपालको सिमानासँग चीन-नेपाल मितेरी पुल नजिक जोड्दछ, जुन खासाकोदारीको बीचमा स्थित छ। यस राजमार्गमा चीनको अधिकतम राष्ट्रिय राजमार्ग ३१८ को सुदूर-पश्चिमी हिस्सा लाई सामेल गरिएको छ। यो राजमार्ग सङ्घाईबाट शुरू भएर तिब्बतको राजधानी ल्हासा हुँदै नेपालको सिमाना नजिक मितेरी पुल सम्म आई पुग्छ। ल्हासा देखि खासा आउने क्रममा यो राजमार्ग तीन ठाउँमा ५००० मी. भन्दा पनि बढीको ऊंचाईलाई पार गर्दै अन्तमा मितेरी पुल नजिक ऊँचाई घटेर १,७५० मी मा झर्छ।

ल्हासा देखि यो राजमार्ग क्यी चू नदीलाई अनुगमन गर्दै ६० किमी टाढा यार्लूंग त्सांगपो नदी सम्म आई पुग्छ जहाँ क्यी चू नदी यार्लूंग त्सांगपो नदीमा मिल्छ। चूशूल भन्ने ठाउँ देखि यो नदी ब्रह्मपुत्र नदी भनिन थाल्छ। मुख्य मार्ग लगातार यार्लूंग उपत्यका हुँदै शिगात्से सम्म आई पुग्छ, शिगात्से तिब्बतको दोश्रो ठुलो शहर तथा पंचेन लामाको घर हो। एक सहायक शाखा चुशूलमा यार्लूंग त्सांगपो नदीलाई पार गर्दै ४,८०० मी को ऊंचाईमा रहेको गम्पा ला पार गर्छ र ५,०४५ मी ऊंचाईको करो ला पार गर्नु भन्दा पहिला तुर्कोइस यमद्रोक झील पार गर्दै नोइजिन कांगसांगको फेदामा आइ पुग्छ। त्यस पछि न्यांग चू उपत्यकामा झर्छ र ज्ञानत्से हुँदै शिगात्से पुग्छ।

शिगात्से देखि लगातार पश्चिम समानान्तर हुँदै यो मार्ग यार्लूंग त्सांगपो घाटी हुँदै, लहात्से पार गर्छ र छापू आउँदा-आउँदै दोबाटोमा परिणत हुन्छ, जहाँ चीनको राष्ट्रिय राजमार्ग २१९ ले ठाउँ लिन्छ जो लगातार पश्चिम हुँदै ब्रह्मपुत्र/सिंधु नदी पार गर्छ र पवित्र कैलाश पर्वत तथा मानसरोवर झील नेरी विभाजित हुन्छ त्यसपछि गार काउन्टी अन्तगर्त अली (शहर) पुग्छ।

लहात्से नजिक छापुबाट शुरू भए पछि मितेरी राजमार्ग राजमार्ग नम्बर ३१८ हुँदै अगाडि बढ्छ र अगाडि गएर दक्षिण-पश्चिम तिर घुम्छ र मुख्य ब्रह्मपुत्र-गङ्गालाई पार गर्दै ग्यात्सो ला (५,२६० मी) नजिक आएर विभाजित हुन्छ। ग्यात्सो ला त्यो मार्गमा सबभन्दा अग्लो झरना हो। १००० मी तल झरे पछि बम-चूको समतल भू-भाग (alluvial plains) आउँछ। जून नदीले यो समतल भू-भाग तयार गरेको हो नेपालमा छिरे पछि अरुण नदी नामले चिनिन्छ। यो राजमार्ग शेलकर (नयाँ टिंगरि) नजिकैबाट अगाडि बढ्छ त्यसपछि पुरानो टिंगरि हुँदै रोंगबुक मठ तथा त्यसपछि सगरमाथाको ठिक उत्तरमा आइ पुग्छ।

निरन्तर दक्षिण-पश्चिम हुँदै राजमार्ग लालुंग ला (५,०५०मी/१६,५७०') को उक्काली लाग्छ त्यसपछि केहि अगाडि गए पछि ठोंग ला (याक्रि शुंग ला वा याक्रुशोंग ला नामले पनि जानिन्छ) (५,१५०मी/१६,९००'), पुग्छ जहाँ बम-चु/अरुणमत्साङ्ग सांगपो/सुन कोशीबाट नहर निकालिएका छन्। त्यसपछि मितेरी राजमार्ग न्यालम (शहर) मा मत्साङ्ग सांगपो संग-संगै ओरालो लाग्छ त्यसपछि झन ओरालो लाग्दै घाटीमा झर्दै झंग्मु (खासा आई पुग्छ। यो राजमार्ग चीन-नेपाल मितेरी पुल जुन समुद्र सतहबाट १,७५०मी/५,७४०' को ऊँचाईमा छ र जहाँ चीन-नेपालको सिमाना नजिक आएर टुंगिन्छ। त्यसपछि जुन मार्ग मितेरी पुलबाट शुरू भएर कोदारी हुँदै काठमाडौँ जान्छ त्यसमार्गलाई अरनिको राजमार्ग नाम दिईएको छ।

राजमार्गको दुबै तिर प्राकृतिक दृश्यले एउटा महत्त्वपूर्ण सांस्कृतिक सम्मोहक आकृति उत्पन्न गर्दछ, यार्लुंग त्सांगपो (ब्रह्मपुत्र) नदीको माथिलो घाटी, वृहत घासको मैदान र चारागाह र विश्वकै अग्लो पांच शिखर: सगरमाथा, लहोत्से, मकालु, चोयुशिशपंगमा सहित पवर्तीय परिदृश्य र टोंगला भन्दा पूर्व लाबुचे कंग नजिक आंशिक रूपमा अज्ञात र आरोहण न गरेका ७,३६७ मी उचाईका शिखरहरु निकै रमणिय लाग्दछन्।

लहात्सेशेलकरको बिच ग्यात्सो ला नजिक मितेरी राजमार्गबाट लिईएको सगरमाथाको उत्तरी विशालदर्शी (पैनोर्मिक) दृश्य

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  • Dorje, Gyurme (१९९९), Tibet (3rd संस्करण), Bath, UK: Footprint, आइएसबिएन 1-903471-30-3 
  • Chan, Victor (१९९४), Tibet Handbook: A Pilgrimage Guide, Moon Publications। 
  • Tibet map, Gizimap, Budapest, Hungary