सौगात ओझा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सौगात ओझा
चित्र:Saugat Ojha3.jpg
सौगात ओझा
व्यक्तिगत विवरण
जन्मवि. सं. 2043 माघ 10 गते (2043-10-10) (उमेर 37 वर्ष)
सरस्वतीनगर गाविस, डोटी, नेपाल
विधादेउडा गित,लोग दोहरी
पेशागायक, मोडल
वाद्ययन्त्रनेपाली तथा पश्चिमी
सक्रिय वर्ष२०७०–वर्तमान

सौगात ओझा (जन्म: २०४३ माघ १०) देउडा र लोग गायक हुन् । उनको जन्म डोटी जिल्लाको सरस्वतीनगर गाविसमा भएको थियो । उनी सामान्य परिवारमा हुर्केका थिए । उनको बुवाको नाम भोजराज ओझा र आमाको नाम भागरथी देवि ओझा हो ।

सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]

गायक ओझा फिल्मी क्षेत्रमा उदयमान हुन ठुलठुला आशा बोकेर काठमाडौँ छिरेका थिए । पहिलो पटक काठमाडौँ पसेका ओझाको कोहि आफन्त पनि नभएका र काठमाडौँ जस्तो शहरमा प्रयाप्त अनुभव पनि थिएन । कहाँ खाना खाने,बस्ने भन्ने अलमलमा पर्दा दुई दिन रत्नपार्कमा भोकै सुतेका थिए । त्यसपछी चितवन का एकजना   नृत्य प्रशिक्षक छिरिङ लामा ले आफ्नो अफिसमा काम गर्न लगाएका थिए । त्यहा काम गर्दागर्दै ओझा अकस्मात बिरामी परेपछी अस्पताल लागि जाँच गराउदा मुटुको रोग देखाइएको थियो । नृत्य,मोडल र अभिनेता गर्छु भनेर राजधानी छिरेका ओझाको सपना चकनाचुर भयो । गहभरी आशु र मनभरी पीडा बोकेर उहीँ आफ्नै जन्मथलो फर्किएका थिए ।

पछिल्लो विवरण[सम्पादन गर्नुहोस्]

डोटीको जोरायलमा भएको भयानक सडक दुर्घटनामा परी बाँच्न सफल भएका गायक सौगात ओझाले आफ्नो गायन पेसालाई पुनः निरन्तरता दिन थालेका छन् । उक्त बस दुर्घटनामा ३१ जनाले ज्यान गुमाउँदा ओझाले पनि आफ्नी आमा र छोरी गुमाउनु पर्यो । यति मात्रै नभएर उनी स्वयंम उक्त दुर्घटनामा परि २१ दिन अस्पतालको सैय्यामा उपचार गराउनु पर्‍यो । उनले सो घटनाको विश्लेषण गरिएको घटना गीत पनि गाएका छन् सो गीत सुनेर धेरैले गायकको पीडामा साथ दिएर आँशु झारे । अब भने सो पीडालाई भुलाउन उनले नयाँ गीत लिएर बजारमा आएका छन् । अहिलेकी चर्चित गायिका तथा मोडल ज्योती मगरको साथमा ओझाले इशारा के गरी गरी... मलाई त यहि काली मोरी मन परी बोलको निक्कै रमाइलो गीत सार्वजनिक गरेका हुन् । सो गीतमा सौगात ओझा र ज्योती मगरको स्वर रहेको छ भने शब्द रचना र लय सङ्कलन पनि गायक ओझाले नै गरेका हुन् । दोहोरी प्याट्रनको यो गीतको भिडियो पनि निर्माण भइसकेको गायक ओझाले जानकारी दिए । भिडियोमा बिनोद बोहरा (बोक्टानी किङ) र ज्योती मगरको मोडलिङ्ग रहने जनाइएको छ । बि स्टार फिल्म प्रा.लि.को प्रस्तुती रहेको यो भिडियोको निर्देशन भने विक्रम चौहानले गरेका छन् । निक्कै रमाइलो गीत भएकोले भिडियोलाई पनि त्यस्तै रमाइलो बनाउने प्रयास गरिएको निर्देशक चौहानले बताए । यो गीतको म्युजिक भिडियो चाँडै नै युट्युव मार्फत सार्वजनिक गर्ने तयारी भएको छ भने अडियो गीतलाई देशभरका एफएम रेडियोमा पठाइ सकिएकोले हाललाई रेडियोबाट सुन्न सकिने बताइएको छ । नेपालमा पछिल्लो समय सवारी दुर्घटनामा परी हजारौले अकालमै ज्यान गुमाईरहेका छन् जसले गर्दा आफ्ना आफन्त, साथीभाई र शुभचिन्तकहरु गुमाउन बाध्य कयौं नेपाली मनहरूलाई शान्त्वना दिदै आफ्नै पिडा व्यक्त गर्दै छन् लोक गायक सौगात ओझाले ।[१]

स्वर,शब्द तथा लय दिएका एल्बमहरू[सम्पादन गर्नुहोस्]

क्रम संख्या. गितको बोल स्वर शब्द/लय
गाडिले ज्यान गयो(घटना गित) सौगात ओझा/टिका पुन सौगात/सम्झना
मनभित्र तिमी छौ(लोकदोहरी) सौगात ओझा/देवी घर्तिमगर सौगात ओझा
आशु बगाएर (लोकदोहरी) सौगात ओझा/सानू बोहरा सौगात ओझा
ओइ काली काली (रत्यौली,तिज) सौगात ओझा/पुर्णकला बि.सि. सौगात ओझा
सोचे जस्तो कहिल्यै नहुने (दशैँ गित) सौगात ओझा/अस्मिता मगर सौगात ओझा
फुर्सदमा छैन म (तिज गित) खुमन अधिकारी/राधिका हमाल सौगात ओझा
शिबजी कि पार्वती (तिज गित) सौगात ओझा/प्रीती गिरी सौगात ओझा
इसारा के गरी गरि (लोकदोहरी) सौगात ओझा/ज्योती मगर सौगात ओझा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]