सामग्रीमा जानुहोस्

सौगात ओझा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सौगात ओझा
चित्र:Saugat Ojha3.jpg
सौगात ओझा
व्यक्तिगत विवरण
वास्तविक नामसदानन्द ओझा
जन्म24 Jan 1985
सरस्वतीनगर गाविस, डोटी, नेपाल
विधादेउडा गित,लोग दोहरी,तथा नाटक सिरियल
पेशागायन, लेखन ,अभिनेता
वाद्ययन्त्रनेपाली तथा पश्चिमी
सक्रिय वर्ष२०७०–वर्तमान
लेबलmedium

सौगात ओझा नेपाली नागरिकता अनुसार सदानन्द ओझा डेउडा तथा लोकदोहोरी []र अभिनय गर्ने कलाकार हुन् । उनको जन्म डोटी जिल्लाको सरस्वतीनगर गाविसमा भएको थियो । उनी सामान्य परिवारमा हुर्केका थिए । यिनको बाल्यकाल अबस्था नाजुक अबस्थामा गुज्रिएको थियो , उनको बुवाको नाम भोजराज ओझा र आमाको नाम भागरथी देवि ओझा हो ।

सुरुवाती जीवन

[सम्पादन गर्नुहोस्]

गायक ओझा फिल्मी क्षेत्रमा उदयमान हुन ठुलठुला आशा बोकेर काठमाडौँ छिरेका थिए । पहिलो पटक काठमाडौँ पसेका ओझाको कोहि आफन्त पनि नभएका र काठमाडौँ जस्तो शहरमा प्रयाप्त अनुभव पनि थिएन । कहाँ खाना खाने,बस्ने भन्ने अलमलमा पर्दा दुई दिन रत्नपार्कमा भोकै सुतेका थिए । त्यसपछी चितवन का एकजना   नृत्य प्रशिक्षक छिरिङ लामा ले आफ्नो अफिसमा काम गर्न लगाएका थिए । त्यहा काम गर्दागर्दै ओझा अकस्मात बिरामी परेपछी अस्पताल लागि जाँच गराउदा मुटुको रोग देखाइएको थियो । नृत्य,मोडल र अभिनेता गर्छु भनेर राजधानी छिरेका ओझाको सपना चकनाचुर भयो । गहभरी आशु र मनभरी पीडा बोकेर उहीँ आफ्नै जन्मथलो फर्किएका थिए ।

पछिल्लो विवरण

[सम्पादन गर्नुहोस्]

डोटीको जोरायलमा भएको भयानक सडक दुर्घटनामा परी बाँच्न सफल भएका गायक सौगात ओझाले आफ्नो गायन पेसालाई पुनः निरन्तरता दिन थालेका छन् । उक्त बस दुर्घटनामा ३१ जनाले ज्यान गुमाउँदा ओझाले पनि आफ्नी आमा र छोरी गुमाउनु पर्यो । यति मात्रै नभएर उनी स्वयंम उक्त दुर्घटनामा परि २१ दिन अस्पतालको सैय्यामा उपचार गराउनु पर्‍यो । उनले सो घटनाको विश्लेषण गरिएको घटना गीत पनि गाएका छन् सो गीत सुनेर धेरैले गायकको पीडामा साथ दिएर आँशु झारे । अब भने सो पीडालाई भुलाउन उनले नयाँ गीत लिएर बजारमा आएका छन् । अहिलेकी चर्चित गायिका तथा मोडल ज्योती मगरको साथमा ओझाले इशारा के गरी गरी... मलाई त यहि काली मोरी मन परी बोलको निक्कै रमाइलो गीत सार्वजनिक गरेका हुन् । सो गीतमा सौगात ओझा र ज्योती मगरको स्वर रहेको छ भने शब्द रचना र लय सङ्कलन पनि गायक ओझाले नै गरेका हुन् । दोहोरी प्याट्रनको यो गीतको भिडियो पनि निर्माण भइसकेको गायक ओझाले जानकारी दिए । भिडियोमा बिनोद बोहरा (बोक्टानी किङ) र ज्योती मगरको मोडलिङ्ग रहने जनाइएको छ । बि स्टार फिल्म प्रा.लि.को प्रस्तुती रहेको यो भिडियोको निर्देशन भने विक्रम चौहानले गरेका छन् । निक्कै रमाइलो गीत भएकोले भिडियोलाई पनि त्यस्तै रमाइलो बनाउने प्रयास गरिएको निर्देशक चौहानले बताए । यो गीतको म्युजिक भिडियो चाँडै नै युट्युव मार्फत सार्वजनिक गर्ने तयारी भएको छ भने अडियो गीतलाई देशभरका एफएम रेडियोमा पठाइ सकिएकोले हाललाई रेडियोबाट सुन्न सकिने बताइएको छ । नेपालमा पछिल्लो समय सवारी दुर्घटनामा परी हजारौले अकालमै ज्यान गुमाईरहेका छन् जसले गर्दा आफ्ना आफन्त, साथीभाई र शुभचिन्तकहरु गुमाउन बाध्य कयौं नेपाली मनहरूलाई शान्त्वना दिदै आफ्नै पिडा व्यक्त गर्दै छन् लोक गायक सौगात ओझाले ।[]

स्वर,शब्द तथा लय दिएका एल्बमहरू

[सम्पादन गर्नुहोस्]
क्रम संख्या. गितको बोल स्वर शब्द/लय
गाडिले ज्यान गयो(घटना गित)सौगात ओझा/टिका पुनसौगात/सम्झना
मनभित्र तिमी छौ(लोकदोहरी)सौगात ओझा/देवी घर्तिमगरसौगात ओझा
आशु बगाएर (लोकदोहरी)सौगात ओझा/सानू बोहरासौगात ओझा
ओइ काली काली (रत्यौली,तिज)सौगात ओझा/पुर्णकला बि.सि.सौगात ओझा
सोचे जस्तो कहिल्यै नहुने (दशैँ गित)सौगात ओझा/अस्मिता मगरसौगात ओझा
फुर्सदमा छैन म (तिज गित)खुमन अधिकारी/राधिका हमालसौगात ओझा
शिबजी कि पार्वती (तिज गित)सौगात ओझा/प्रीती गिरीसौगात ओझा
इसारा के गरी गरि (लोकदोहरी)सौगात ओझा/ज्योती मगरसौगात ओझा

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]