युइयफए युरो २०१६ फाइनल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युइयफए युरो २०१६ फाइनल
प्रतियोगितायुरोकप २०१६
अतिरिक्त समयमा
मिति१० जुलाई २०१६ (2016-07-10)
स्थानस्टेड डे फ्रान्स, सेन्ट डेनिस
म्यान अफ द म्याचपेपे (पोर्चुगल)
रेफ्रीमार्क क्लेटनबर्ग (इङ्ल्यान्ड)[१]
उपस्थिति७५,८६८
मौसमउज्यालो
२८ °से (८२ °फे)
३८% आद्रता
२०२०

युइयफए युरो २०१६ फाइनल फुटबल खेल सन् २०१६ जुलाई १० मा फ्रान्सको स्टेड डे फ्रान्समा युरोकप २०१६को विजेतालाई टुङ्गो लगाउन भएको थियो ।[२] पोर्चुगल टिम युरोपेली च्याम्पियनसिपको दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो भने प्रतिद्वन्द्वी तथा आयोजक राष्ट्र फ्रान्स दुई पटक उपाधि जितेको थियो । पोर्चुगलले अतिरिक्त समयमा प्रतिस्थापित खेलाडी इडरको एक गोलको मद्दतले युरो कप २०१६ पहिलो पटक जितेको थियो ।[३]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

खेल[सम्पादन गर्नुहोस्]

म्यान अफ द म्याच
गोल कर्ता
खेल मैदानको तापक्रम
  • २७°C (८२°F)
रंगशालामा दर्शकको संख्या
  • ७५,८६८
युरोकप २०१६ को फाइनल भिडन्तका बारेमा अन्य थप केही मुख्य जानकारीहरू
-
 पोर्तगाल नतिजा  फ्रान्स
गोल
सुत १८
टार्गेत सुट
बचाउ
४७% बल पोजिसन ५३%
कर्नर
१२ फल १३
पेनाल्टी
अफ साइड
पहेंलो कार्ड
रातो कार्ड

पूर्व खेल[सम्पादन गर्नुहोस्]

प्रयोग भएको भकुण्डो[सम्पादन गर्नुहोस्]

निष्कासन चरण र फाइनल प्रतियोगिताको लागि खेलाइएको भकुण्डो आडिडास फ्राकास थियो जसलाई जर्मनेली कम्पनी आडिडासले निर्माण गरेको थियो।[४] यसलाई प्रतियोगितामा प्रयोग हुने बताइएको थियो जसलाई २० जुन मा पहिलोपटक प्रयोग गरिएको थियो। समूह चरण र दोस्रो चरणमा प्रयोग भएका भकुण्डोलाई फाइनलमा प्रयोग गरिएको थिएन भने प्रतियोगिताहरूमा विभिन्न भकुण्डोहरू प्रयोग भएको थियो (फाइनल बाहेक) जुन पहिलोपटक हो। बनोटले मुख्यतय निलो र रातो रङ समावेश गर्दछ भने रेसाहरूमा निलो सेतो रङ प्रयोग भएको छ। भकुण्डोमा "युरो" र "२०१६" लेखिएको थियो।[५][६]

रङ्गशाला[सम्पादन गर्नुहोस्]

फाइनल खेल, स्तद द फ्रँस रङ्गशालामा, खेलाइएको थियो। खेल सुरु हुनु भन्दा अगाडि, रङ्गशालाई एक विशेष प्रकारको मैनपुतलीले आक्रमण गरेको थियो जसले खेलाडी, कर्मचारी र प्रशिक्षकहरूलाई केही जलन उत्पन्न गराएको थियो। रङ्गशालामा काम गर्ने कर्मचारीहरूले खेलको अघिल्लो दिन, रातभरि बत्ती निभाउन बिर्सेका हुनाले मैनपुतली र किराहरूलालाई आकर्षित गरेको हुनसक्ने बताइएको थियो।[७][८]

निर्णायक[सम्पादन गर्नुहोस्]

फाइनल प्रतियोगिताका निर्णायक, मार्क क्लाटनबर्ग

मार्क क्लेटनबर्ग फाइनलका निर्णायक थिए। ८ जुलाई २०१६ मा, युरोपेली फुटबल सङ्घको निर्णायक समितिले आधिकारिक टोलीको घोषणा गरेको थियो जसलाई इङ्ल्यान्ड फुटबल सङ्घका ४१ वर्षिया निर्णायक मार्क क्लेटनबर्गले नेतृत्व गरेका थिए। उनका सहयोगीहरूमा साइमन बेक र जेक कोलिन सहायक निर्णायकको रूपमा छनोट गरिएको थियो, र उनका साथी एन्थोनी टेलर र आन्द्रे मरिनरलाई पनि सहायकको रूपमा थपिएको थियो। हङ्गेरियाली भिक्टर कासईलाई चौथो अधिकारिका रूपमा चुनिएको थियो र देशवासी ग्योर्ज रिङलाई अतिरिक्त सहायकको रूपमा छनोट गरिएको थियो। सन् २०१२ मा पेद्रो प्रोएन्सा पछि क्लेटेनबर्ग सोही वर्षको युइएफए च्याम्पियन लिग र युरोपेली प्रतियोगिताको फाइनलमा जिम्मेवारी सम्हाल्ने दोस्रो निर्णायक बनेका थिए। सन् २०१६ को, एफए कपको फाइनल पछि क्लोटेनबर्ग लगातारको प्रतियोगिताहरूमा ३ पटक निर्णायकको भूमिका निर्वाह गरेका थिए जुन सबै सात हप्ताको अवधिमा भएको थियो। घरेलु हिसाबले, उनी सन् २०१२ फुटबल लिग कप फाइनल र सन् २०१३ एफए कम्युनिटी सिल्डको पनि निर्णायकको रूपमा रहेका थिए।[९]

हिंसा[सम्पादन गर्नुहोस्]

फाइनल भन्दा केही घण्टा अगाडि, इफेल टावरको समर्थक क्षेत्र पुग्न चाहने समर्थकहरू र भीडभाडलाई रोक्न खोज्ने प्रहरी बीच झडप भएको थियो। यसका अतिरिक्त, प्रहरीले रङ्गशाला परिसर नजिकै रहेको क्षेत्रमा बिस्फोट नियन्त्रण गरेको थियो दोस्रो हाफमा अवरोधहरूलाई नियन्त्रण गरिएको थियो[१०] तथापि, खेल पश्चात् रङ्गशाला बाहिर समर्थकहरू बीच द्वन्द उत्पन्न भएको थियो। इलाका सुरक्षित नभएको भन्दै प्रहरीले इफेल टावर वा सँ-एलिजे यात्रा नगर्न सल्लाह दिएको थियो।[११]

समापन समारोह[सम्पादन गर्नुहोस्]

समापन समारोहमा नृत्य तथा गायक प्रस्तुत गरिएको थियो। ६०० नर्तक, सात राष्ट्रिय सेना, पेरिस अग्निसमन दल र साङ्गितीक समूहहरूले प्रस्तुति दिएका थिए। समापन समारोहमा, डेभिड गेतासरा लारसनले प्रतियोगिताको आधिकारिक गीत "दिस वान्स फर यु" प्रत्यक्ष रूपमा गायका थिए।[१२][१३][१४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Clattenburg named referee for UEFA EURO 2016 final", UEFA.com, Union of European Football Associations, ८ जुलाई २०१६, अन्तिम पहुँच ८ जुलाई २०१६ 
  2. UEFA Euro 2016 Final. UEFA.com.
  3. "Euro 2016 final: Portugal vs. France as it happened", ESPN, अन्तिम पहुँच १० जुलाई २०१६ 
  4. युइएफए (२० जुन २०१६), "Ball for UEFA EURO 2016 knockout rounds unveiled - UEFA EURO - News - UEFA.com", UEFA.com 
  5. "Adidas Fracas Euro 2016 Final Ball Released", Footy Headlines, २१ जुन २०१६, मूलबाट १६ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुलाई २०१६ 
  6. "New adidas Euro 2016 'Fracas' ball unveiled for knockout stages – days after 'Beau Jeu' BURST", डेली मिरर, २१ जुन २०१६, मूलबाट २४ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुलाई २०१६ 
  7. McNulty, Phil (११ जुलाई २०१६), "Portugal 1–0 France (AET)", BBC Sports, मूलबाट १० जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुलाई २०१६ 
  8. Barkham, Patrick (११ जुलाई २०१६), "Why the Euro 2016 final was overrun by moths", द गार्जियन, मूलबाट ११ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुलाई २०१६ 
  9. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named final referees
  10. "Paris police fire tear gas and water cannons in Euro Cup fan zone", सिबिसी क्यानडा, १० जुलाई २०१६, मूलबाट ११ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुलाई २०१६ 
  11. "Euro 2016: French riot police fire tear gas at supporters as fans told not to travel to Eiffel Tower and Champs Elysees", द इन्डिपेन्डेन्ट, ११ जुलाई २०१६, मूलबाट १० जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुलाई २०१६ 
  12. "All stops pulled out for closing 'EURO symphony'", युरोपेली फुटबल सङ्घ, १० जुलाई २०१६, अन्तिम पहुँच १२ जुलाई २०१६ 
  13. https://www.standard.co.uk/sport/football/euro2016/euro-2016-closing-ceremony-live-david-guetta-returns-to-the-stade-de-france-ahead-of-portugal-vs-a3292396.html?amp
  14. https://m.youtube.com/watch?v=-r111pTdaBU

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]