कुलमान घिसिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुलमान घिसिङ
कुलमान घिसिङ
कुलमान घिसिङ
प्रबन्ध निर्देशक
नेपाल विद्युत प्राधिकरण
नेपाल विद्युत प्राधिकरणमा निर्देशक
पूर्वाधिकारीमुकेशराज काफ्ले
उतराधिकारीलेखनाथ कोइराला (निमित्त प्रमुख))
हितेन्द्रदेव शाक्य
व्यक्तिगत विवरण
जन्म१९७० नोभेम्बर २५
बेथान, रामेछाप
राष्ट्रियता नेपाल
पेशानेपाल विद्युत प्राधिकरण
वेबसाइटफेसबुकमा उपलब्ध

कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक हुन्।[१][२][३][४][५][६]

परिवार र प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

रामेछापको दुर्गम गाउँ बेथान मा जन्मिएका कुलमानको प्राथमिक शिक्षा गाउँमै वित्यो। ५ कक्षा पास गरेपछि उनी दाजुहरुसँग काठमाडौँ आएपछि बालसेवा माध्यमिक विद्यालयमा र पछि अमरआस बोर्डिङ स्कुलमा पढे। अस्कल क्याम्पसबाट आईएस्सी गरेपछि उनी छात्रवृत्तिमा भारतमा जम्सेदपुरबाट सन् १९९४ मा विद्युतीय इन्जिनियरिङ गरे। पुल्चोक क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्दा ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट’मा थेसिस गरेका उनले पोखरा विश्वविद्यालयबाट इएमबीए पनि गरेका छन्।[७]

पेशागत यात्रा[सम्पादन गर्नुहोस्]

सन् १९९४ मा इन्जिनियरिङ् सकेपछि करिव ०५१ तिर उनी स्वदेश फर्केर नेपाल विद्युत प्राधिकरणमा सातौँ तहको इन्जिनियर भए ।

चिलिमे हाइड्रो पावरको प्रबन्ध निर्देशक[सम्पादन गर्नुहोस्]

प्राधिकरणमा काम गर्दागर्दै कुलमानले रसुवाको चिलिमे जल विद्युत परियोजनाको जिम्मेवारी पाए । चिलिमे हाइड्रो पावरको प्रबन्ध निर्देशक हुँदा चिलिमेकै आम्दानीबाट तीन वटा अन्य आयोजनाहरूको निर्माण सुरु गरेका थिए। [८] पछि कुलमान आयोजनाबाट हटाइएर प्राधिकरणको केन्द्रमा आएपछि उनले करिब दुई वर्षसम्म कुनै जिम्मेवारी पाएनन् ।

प्राधिकरणको प्रबन्ध निर्देशक[सम्पादन गर्नुहोस्]

११औ तहका कर्मचारी रहेका घिसिङ सन् २०१६ सेप्टेम्बरमा नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भए। [८]

उपलब्धी[सम्पादन गर्नुहोस्]

लोडसेडिङबाट मुक्ति[सम्पादन गर्नुहोस्]

घिसिङ कार्यकारी निर्देशक नियुक्त हुने वर्षमा सुक्खायाममा १८ घण्टासम्म पनि लोडसेडिङ गर्नुपर्ने अवस्था थियो । घिसिङ नेपाल विद्युत प्राधीकरणको प्रवन्ध निर्देशक पदमा सेप्टेम्बरमा नियुक्त भए भने नियुक्त भएको दोस्रो महिना अर्थात् अक्टोबर-३० (२०७३ कात्तिक १४- लक्ष्मी पूजा) मा काठमाडौँबाट लोडसेडिङ मुक्त गर्ने कार्य परीक्षणको रूपमा शुरु गरे । सो परीक्षण सफल भएको आधरमा २०७३ चैत्र १ देखि देशव्यापी रूपमा लोडसेडिङ्ग अन्त्य गर्न उनी सफल भए ।

घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफा[सम्पादन गर्नुहोस्]

चार वर्षअघि करिब ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण कुलमानको नेतृत्वमा आर्थिक वर्ष २०७६/७७ मा सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने कार्यालय बनेको थियो ।

विद्युत चुहावटमा कमी[सम्पादन गर्नुहोस्]

चार वर्षअघि प्रणालीमा रहेको करिब २६ प्रतिशत विद्युत् चुहावटलाई १५ प्रतिशतमा झार्नु घिसिङ कार्यकालको अर्को उपलब्धि हो ।

रुग्ण आयोजना सम्पन्न[सम्पादन गर्नुहोस्]

घिसिङले ६० मेगावाटको त्रिशूली थ्रीए, चमेलिया र कुलेखानी–३ जस्ता रुग्ण आयोजना सम्पन्न गराए । घिसिङले आफ्नो कार्यकालमा पनि ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना भने पूरा भएन । निर्माण सकिने अन्तिम चरणमा रहेको आयोजना कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय विज्ञहरू उपस्थित हुन नसक्दा परीक्षणमा जान पाएको छैन ।

प्रसारण लाइनको विस्तार[सम्पादन गर्नुहोस्]
ग्रामीण विद्युतीकरण[सम्पादन गर्नुहोस्]
अन्तरदेशीय विद्युत व्यापारमा वृद्धि[सम्पादन गर्नुहोस्]

आरोपहरू[सम्पादन गर्नुहोस्]

  • भारतबाट विद्युत् आयात गरी लोडसडिङ अन्त्य गरेको
  • लोकप्रियताको आडमा राजनीतिक नेतृत्वलाई नेटेर्ने गरेको
  • कर्मचारीप्रति निर्मम बनेको
  • प्रचारमुखी भएको
  • प्राधिकरणले भविष्यमा हुने खपतलाई ध्यानमा राखेर ठूला र जलाशययुक्त आयोजना बनाउनुपर्नेमा त्यसतर्फ ध्यान नदिएको

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]