नेपाली परम्परागत नापका इकाई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाथी

बाहि्य प्रभावले ढाक्नुपुर्व नेपालमा आँफ्नै माैलिक नाप इकाइहरू प्रचलित थिए । बिदेशी प्रणाली नेपालमा घुसाइएपछि विस्तारै माैलिक मापन प्रणालि विस्थापित हुँदै गयो । यद्यपि गाउँ तिर अथवा शहरमै पनि पुरानो पुस्ताका मानिसहरूले माैलिक नाप इकाहरू जस्तैः माना,पाथी,धार्नी,बीसाैलि,बित्ता,अंगुल,गज,कोस,योजन,अंगालो,भारी अादी बोलीचालीमा प्रयोग गरेको भेटिन्छ । यि मध्येका धेरै र अरू नाप इकाइ कतिपय भित्री ग्रामीण क्षेत्रमा अाजपनि गाउँ टोल स्तरमा प्रयोग भैरहेको पाइन्छ । नेपालमा माैलिक केहि परम्परागत नापका इकाईहरु अझै पनि अवशेषको रूपमा प्रचलित छन्  । [१]

ताैल (भार/वजन)[सम्पादन गर्नुहोस्]

धार्नी = युरोपली नापमा २.३९ कीग्रा
बिसाैली = धार्नीको आधा

लम्बाई[सम्पादन गर्नुहोस्]

दुरी मापनको प्राचीन इकाई कोस हो । १ कोस बराबर २.२५ माइल तथा ३.७ कि.मि. हुन्छ ।[२]

  • १ अंगुल = झन्डै ०.७५  इन्च
  • ४ अंगुल = १ धनुर्ग्राह (३ इन्च)
  • ८ अंगुल = १ धनुर्मुष्टि (६ इन्च)
  • १२ अंगुल = १ वितास्ता (स्प्यान/९ इन्च)
  • २ बित्ता = १८ इन्च
  • ४ हात =१ दण्ड वा धनुष (६ फिट)
  • २००० दण्ड = १ कोस वा गोरुत (४०००  यार्ड वा २.२५  माइल)
  • ४ कोस =१ योजन (९ माइल अथवा १४.४८  कि.मि)
  • १ हात = १.५ फिट

क्षेत्रफल[सम्पादन गर्नुहोस्]

  • १ खेतमुरी  = २५  रोपनी 
  • १  बिघा = २०  कठ्ठा = १३.३१  रोपनी (६७७२.६३ बर्ग मि वा ७२९००  वर्ग फिट)
  • १  कठ्ठा = २० धुर (३३८.६३ बर्ग मि. वा ३६४५  वर्ग फिट)
  • १  धुर = १६.९३ बर्ग मि. वा १८२.२५ वर्ग,फिट
  • १  रोपनी = १६  आना = ६४  पैसा = २५६  दाम (५०८.७२  बर्ग मि. वा ५४७६  वर्ग फिट )
  • १  आना= ४ पैसा = १६ दाम (३१.८० बर्ग मि. वा ३४२.२५ वर्ग फिट)
  • १  पैसा = ४ दाम (७.९५ बर्ग मि. वा ८५.५६ वर्ग फिट)
  •  १  दाम = १.९९ बर्ग मि. वा २१.३९ वर्ग फिट

बिघा -कट्ठा -धुर तराईतिर प्रचलित छ भने पहाड तिर रोपनी-आना प्रचलित छ । 

तराई
तराईमा प्रचलित एकाइहरूको रुपान्तरण[३]
एकाइ प्रभाग वर्ग मीटर वर्ग फिट
धुर १६.९३ वर्ग मीटर १८२.२५  वर्ग फिट
कट्ठा २० धुर ३३८.६२ वर्ग मीटर ३,६४५ वर्ग फिट
बिघा २० कट्ठा ६७७२.४१  वर्ग मीटर ७२,९०० वर्ग फिट
पहाडी तथा हिमाली क्षेत्र
  • १ पैसा = ४ दाम
  • १ आना = ४ पैसा
  • १ रोपनी  = १६ आना
पहाडी तथा हिमाली क्षेत्रमा प्रचलित एकाइहरूको रुपान्तरण
एकाइ प्रभाग वर्ग मीटर वर्ग फिट 
दाम  १.९९ वर्ग मीटर २१.३९ वर्ग फिट
पैसा ४ दाम ७.९५ वर्ग मीटर ८५.५६ वर्ग फिट
आना ४ पैसा ३१.८० वर्ग मीटर ३४२.२५ वर्ग फिट
रोपनी १६ आना ५०८.७४ वर्ग मीटर ५४७६ वर्ग फिट
  • १  रोपनी  = ७४ फिट × ७४ फिट
  • १ बिघा = १३ रोपनी
  • १ कट्ठा = ४४२ वर्ग यार्ड वा ३३८  वर्ग मीटर[४][५]

मात्रा[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. , नेपाल अधिराज्य, २५ अक्टोबर १९७८ http://www.nbsm.gov.np/index.php?func=acts, अन्तिम पहुँच २१ अप्रिल २०१५  |title 1 m= प्यारामिटर ग्रहण गरेन (सहायता); |title= रितो (सहायता)
  2. "नेपालमा प्रयोग गरिएका केहि भूमि र दूरी मापन गरिने एकाइहरु", ब्लग "नेपाली सिभिल इन्जिनियरहरू", ६ जनवरी २०११, अन्तिम पहुँच २० डिसेम्बर २०१२ 
  3. "नेपालमा क्षेत्र गणनाको एकाइ", हाउजिङ नेपाल डटकम, अन्तिम पहुँच २०१७-०२-१३ 
  4. "क्यामेलवे मेसिनरी", जेएस मिक्सर डटकम, अन्तिम पहुँच २०१८-०४-११  वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-०९ मिति
  5. रुस रउलेट (२००८), "के", मेजरमेन्ट डिसनरी, उत्तर कयारोलाइनाको विश्वविद्यालय, अन्तिम पहुँच २० डिसेम्बर २०१२ 
  6. https://lawcommission.gov.np/np/wp-content/uploads/2021/01/स्टाण्डर्ड-नाप-र-तौल-ऐन-२०२५.pdf[bare URL PDF]