मार्कण्डेय ऋषि
मार्कण्डेय ऋषि | |
---|---|
संबद्ध | चिरञ्जीवि |
पिता | मृकन्दु |
मार्कण्डेय एक प्राचीन ऋषि हुन्। उनी अष्ट चिरञ्जीवी मध्ये पनि एक चिरञ्जीवी हुन्। मार्कण्डेय पुराण मार्कण्डेय ऋषि र जैमिनी ऋषि बीचको संवाद रहेको छ। श्रीमद्भागवत् पुराणको कयौ अध्याय समेत उनको सम्बाद र प्रथानाले भरिएको छ। महाभारतमा समेत उनको उल्लेख गरिएको पाइन्छ । मार्कण्डेयलाई हरेक हिन्दु परम्परा, रीतिरिवाज संस्कृतिमा सम्मानका साथ आदर गरिन्छ ।संस्कृत: मार्कण्डेय
आज, मार्कण्डेयले मार्कण्डेय पुराण रचेको स्थान उत्तरकाशी जिल्ला, उत्तराखण्ड एक पर्यटकीय स्थल बनेको छ ।
शिवद्वारा रक्षा
[सम्पादन गर्नुहोस्]मृकन्दु ऋषि र उनकी पत्नी मरुद्मतिको कुनै सन्तान थिएनन् र भगवान शिवको कठोर तपस्या गरेर शिवले उनलाई दर्शन दिए। उनले सन्तान प्राप्तिको इच्छा व्यक्त गरेपछि शिवले उनलाई दुई विकल्प दिए , एक तीक्ष्ण बुद्धि भएको , तर छोटो आयु भएको पुत्र र अर्को विकल्प लामो आयु भएको तर मन्दबुद्धि पुत्र मध्ये एक छान्नको लागि भने । मृकन्दु ऋषिले पहिलो विकल्प रोजे र भगवानले उनलाई अनुकरणीय पुत्र मार्कण्डेयको बरदान दिए, जसको आयु मात्र १६ वर्षसम्म भनेर भाग्यमा लेखिएको थियो ।
मार्कण्डेय हुर्के बढे पछि भगवान शिवको महान भक्त बने । र उनी आफ्नो आयु सकिने भनिएको दिनमा उनी निरन्तर शिवलिङ्ग शिवको पुजामा तल्लीन भै रहे । उनी महा मृत्युंन्जय मन्त्र पाठ गर्दै बसेका थिए। आयु सकिएपछि यमराजका दुत यमदुत उनलाई लिन आए। तर उनको शिवको गहिरो भक्ति तथा निरन्तरको प्राथनाले गर्दा उनलाई लैजान सकेनन्। त्यसपछि यमराज स्वयं आफै मार्कण्डेयको जीवन उठाउन आए, र आफ्नो फाँसी को फन्दा उनी तर्फ फ्याके। दुर्घटनाले हो वा भाग्यले गर्दा , उनको फन्दा शिवलिंग मा पुग्यो र त्यहाँ बेरियो । शिव आक्रोशित भएर शिवलिङ्गबाट प्रकट भए र यमराजलाई आक्रमण गरे । शिवले यमराजको छातीमा लात मारे ।
भागवत पुराण
[सम्पादन गर्नुहोस्]मार्कण्डेय पुराण
[सम्पादन गर्नुहोस्]मार्कण्डेय पुराणको देवी महात्म्य अध्याय शक्ति परम्पराको एक महत्त्वपूर्ण ग्रन्थ हो।[१]
महा मृत्युंन्जय मन्त्र
[सम्पादन गर्नुहोस्]ऋगवेद(७।५९।१२)मा उल्लेखित र यजुर्वेदमा पुन उल्लेख गरिएको यस मन्त्रलाई 'त्रियम्बकं मन्त्र पनि भनिन्छ| यसमा शिवको स्तुति गरिएको छ। शिवलाई मृत्यु विजेता मानिन्छ। यो मन्त्र यस प्रकार छ।
ॐ त्रियम्बकं यजामहे, सुगन्धिं पुष्टिवर्धनं
उर्वारुकमिव बन्धनान् मृत्योर्मोक्षिय मामृतात्
- भावार्थ
ॐ
त्रियम्बकं =हे त्रिनेत्र (महादेवको नाम)
यजामहे=प्रार्थना गर्दछौ
सुगन्धिं =सुवासित(
पुष्टिवर्धनं= जीवकारक,शक्तिकारक
उर्वारुकमिव =लहरादार फल
बन्धनान् =लहरा (वन्धन)
मृत्योर्मोक्षिय =मृत्यु बाट मोक्ष
मा अमृतात् =अमरता
यसलाई मृत्युसँग विजय पाउने महा मृत्युञ्जय मन्त्र भनिन्छ। यस मन्त्रको धेरै नाम र रूप छन्। ऋषिमुनिहरूले यसलाई वेदको हृदयको भनेर ब्याख्या गरेका छन्। चिन्तन र ध्यानका लागि प्रयोग गरिने अनेक मन्त्रमध्ये गायत्री मन्त्रसँग यस मन्त्रको सर्वोच्च स्थान छ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- नारद
- प्रह्लाद
- चार कुमार
- हिन्दु पञ्चाङ्ग
- सप्त ऋषि
- चिरञ्जीवि
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "Biographies,Sages, Rushis And Saints at FreeIndia", मूलबाट १६ मार्च २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अक्टोबर २००७।