पूर्णचन्द्र थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महारथी श्री
पूर्णचन्द्र थापा
नेपालको ४३औँ प्रधान सेनापति
नेपालका प्रधान सेनापतिहरू
पद बहाली
२०७५ भाद्र २४ गते
राष्ट्रपतिविद्यादेवी भण्डारी
सहायकहेमन्त राज कुँवर
पूर्वाधिकारीराजेन्द्र क्षत्री
व्यक्तिगत विवरण
जन्मवि.सं २०१७ साल भाद्र २५
लमजुङ जिल्ला, नेपाल
राष्ट्रियतानेपाली
सैन्य सेवा
निष्ठा नेपाल
शाखा/सेवा नेपाली सेना
सेवाको वर्षहरू२०३६ साल- हाल सम्म

महारथी पूर्णचन्द्र थापाले २०७५ सालभाद्र २४ गतेबाट नेपाली सेनाको प्रधान सेनापतिको जिम्मेवारी सम्हालेका थिए । २०३७ सालमा सैनिक शिक्षालय खरिपाटीबाट अधिकृत क्याडेट तालिममा उत्कृष्ट नतिजा हासिल गरेका थापाले गोरख बहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त भएर काम सुरु गरेका थिए । सेनामा मध्यमतहको कमाण्डरले गर्नु पर्ने स्टाफ कलेज नेपालबाटै गरेका उनले भारतको दिल्लीबाट २००९ मा नेशनल डिफेन्स कोर्स गरेका थिए । उनले मद्रास विश्वविद्यालयबाट नै फिलोसोफी इन डिफेन्स एण्ड स्ट्रटेजिक स्ट्डीजमा स्नातकोत्तर गरेका छन्। रथी थापाले श्रीजंग गुल्मको गुल्मपति, श्रीजंग गणको गणपति, २ नम्बर वाहिनीको बाहिनीपति र उपत्यका पृतनाको पृतनापतिको रूपमा काम गरीसकेका छन्। उनले सैनिक मुख्यालयमा जनरल स्टाफ अधिकृत, सैनिक शिक्षालय नगरकोटमा शिक्षक अधिकृत तथा डाईरेक्टिङ्ग स्टाफ, सेनाको महत्त्वपूर्ण नियुक्ति मानिने सैनिक सचिव र कल्याणकारी निर्देशक कार्यरथी तथा संभाररथी विभागको प्रमुख शान्ति सेना सञ्चालन निर्देशनालय, बलाध्यक्षको कार्यालय, बलाधिकृतको कार्यलय लगायतका नेपाली सेनाभित्रका सबैजसो महत्त्वपूर्ण र गहन जिम्मेवारी बोकेका कार्यलय तथा विभागहरूको नेतृत्व सम्हालेका थिए। रथी थापाले संयुक्त राष्ट्र संघमा पटक पटक गरी लामो समय सेवा गरी यथेष्ठ अनुभव हासिल गरेका छन्। थापाले सन् १९८६ मा युनिफिल मिसन लेवनानमा नेपाली कन्टिन्जेन्टमा सेमुपति, सन् १९८९ मा युनिफिल मिसन मुख्यालयमा अपरेशन डिउटी अधिकृतको रूपमा काम गरेका थिए । त्यसैगरी, सन् १९९४ देखि १९९५ सम्म सैनिक पर्यवक्षेकको भूमिकामा अनप्रोफर (पूर्व युगोस्लाभिया हाल बोस्निया–हर्जगोभिनिया र क्रोयशिया) मिशनमा सफल भूमिका निर्वाह गरेका थिए। संयुक्त राष्ट्र संघको उच्चतहको अनुभव बटुल्ने क्रममा थापाले सन् २००९ देखि २०११ सम्म नेपाल सरकार र नेपाली सेनाको प्रतिनिधित्व हुनेगरी युनाईटेड नेशन्स मिशन ईन नेपाल (जेएमसिसी) को संयुक्त अनुगमन समन्वय समितिको उपप्रमुखको रूपमा काम गरेका थिए। [१]

वृति[सम्पादन गर्नुहोस्]

थापाले २०३६ सालमा अधिकृत क्याडेटको रूपमा नेपाली सेनामा प्रवेश गरी बि.स. २०३७ साल मंसिर २७ गते श्री गोरख बहादुर गणमा आयुक्त भएका थिए । ३९ वर्षे लामो सैनिक सेवाका दौरान नेपाली सेनाका सबै तहमा युनिट अधिकृत, स्टाफ तथा शिक्षकको जिम्मेवारी र कमाण्डको अनुभव हासिल गरेका छन् । उनले सेनानी दर्जामा श्री श्रीजंग गुल्म तथा प्रमुख सेनानी दर्जामा श्री श्रीजंग गण कमाण्ड गरेका थिए ।

प्रधान सेनापतिको जिम्मेवारी बहन गर्नु अगाडि उहां बलाधिकृत को रूपमा नेपाली सेनाका अपरेसन, तालिम तथा गुप्तचर हेर्ने बिभागहरूको प्रमूख हुनुहुन्थ्यो । बलाधिकृत कै नियुक्तिमा रहंदा उनले श्री प्रधान सेनापति राजेन्द्र क्षत्री को अनुपस्थितिमा पांच पटक कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी पनि सम्हालेका थिए। त्यस भन्दा अगाडि उहांले बलाध्यक्षको जिम्मेवारी समेत सफलता पूर्वक सम्पन्न गरेका थिए ।

वि.सं. २०६९ मा उहांले उपरथी दर्जामा उपत्यका पृतनाको पृतनापतिको जिम्मेवारी पूरा गर्नु भएको थियो भने २०७१/७२ सालमा मध्यपूर्वस्थित गोलान हाइटसमा संयुक्त राष्ट्र सङ्घीय मिसन को प्रमुख को महत्त्वपूर्ण जिम्मेवारी प्रशंसनीय ढंगबाट सम्पन्न गर्नु भएको थियो ।

सम्मान[सम्पादन गर्नुहोस्]

  1. सुकीर्तिमय राष्ट्रदीप”,
  2. “सुप्रबल जनसेवाश्री”,
  3. सुप्रबल गोरखा दक्षिणबाहु” र
  4. प्रख्यात त्रिशक्तिपट्ट चौथो

शिक्षा[सम्पादन गर्नुहोस्]

थापाले त्रिभुवन विश्वविद्यालयबाट सामाजिक विज्ञानमा स्नातक र भारतको मद्रास विश्वविद्यालयका डिफेन्स एण्ड स्ट्राटेजिक स्टडीमा स्नातकोत्तर गरेका छन् ।

परिवार[सम्पादन गर्नुहोस्]

प्रधान सेनापति पूर्णचन्द्र थापाको जन्म वि.सं २०१७ साल भाद्र २५ गते गाउं शहर–८, लम्जुङमा सामान्य परिवारमा भएको हो ।[२]

सैनिक पृष्ठभूमिबाट आएका महारथी थापा बुबा प्र.से. फणेन्द्र बहादुर थापा (अ.प्रा.) र आमा साबित्री थापाको कनिष्ठ सुपुत्र हुन । [३]अहिले उनको परिवारमा बुबाआमाको साथै श्रीमती दिपा, छोरी रुरु र छोरा रौनक छन् ।[२]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. https://www.nishannews.com/news/2018/09/12334.html
  2. २.० २.१ को हुन् नयाँ प्रधानसेनापति पूर्णचन्द्र थापा ? वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-१२ मिति
  3. महारथी श्री पुर्णचन्द्र थापा प्रधान सेनापति, नेपाली सेना संक्षिप्त जीवनी