विकिपिडिया:चौतारी/अभिलेख ५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

के विकिपिडियामा विभिन्न भाषाका लेखहरु लिंक गर्ने तरिका फेरिएको हो?[सम्पादन गर्नुहोस्]

नेपाली विकिपिडियामा पहिले लेखलाई सम्पादन गर्दा अरु भाषाका लिंक पनि त्यहि पेजबाट राख्न मिल्थ्यो, होइन र? मैले "ढोरपाटन शिकार आरक्ष" भन्ने पेज लाइ Dhorpatan Hunting Reserve भन्ने पेज संग लिंक गर्न सकिन, कसरि गर्ने हो? Arxoon (कुरा गर्ने) ११:५०, २९ जुलाई २०१३ (युटिसी(UTC))

Arxoon जी आज भोलि त्यस्तो लिंक WIkidata बाट गरिन्छ । त्यसको लागि दायाँतिर रहेको language बारबाट Edit links लाई क्लिक गरी गर्न सक्नुहुन्छ ।-DULAL (कुरा गर्ने) ०२:५५, ३० जुलाई २०१३ (युटिसी(UTC))

सर मेरो नया खाता खोलिएन नि सहयोग गरनुस् न ल[सम्पादन गर्नुहोस्]

सरिता जी, तपाइँले नेपाली विकिपिडियाको मुख्य पृष्ठमा दायाँतिर माथि खाता खोल्नुस् भन्ने लिङ्कमा क्लिक गरेपछि खाता खोल्न सक्नुहुन्छ। त्यसमा दिइएको सबै स्टेप पूरा गरी इमेल ठेगाना पनि दिनुपर्ने हुन्छ। खाता अरूसँग नमिल्ने बनाउन नाम र थर अथवा अलग पहिचान सहित राख्नु होला। देवनागरी लिपीमा पनि खोल्न सकिन्छ। तर हामी रोमन लिपीमा खाता खोल्न सिफारिस गर्दछौं। धन्यवाद। --Ganesh Paudel (कुरा गर्ने) ०६:४४, २६ अप्रिल २०१३ (युटिसी(UTC))

सर आज मैले खाता खोले नि । -सरिता शर्मा

  • सरिता जी तपाईंलाई नेपाली विकिपिडियामा स्वागत छ । तपाईंको योगदानले नेपाली विकिपिडियाले नयाँ उचाइ लिने छ भन्ने विस्वास छ । -Krish Dulal ०३:३२, २९ अप्रिल २०१३ (युटिसी(UTC))


मेरो प्रश्न[सम्पादन गर्नुहोस्]

नमस्कार म कपिलवस्तु जिल्लामा रहेका बुद्धसंग सम्बन्धित एवं धार्मिक तथा प्रयटकिय स्थलहरुको विवरण एवँ फोटोहरु राख्न चाहान्छु । मसंग ति स्थलहरुको जिपिएस डाटा समेत रहेको छ । विवरणत म राख्न सकेँ तर ति स्थलहरुको फोटो राख्न अनुमति छैन भन्ने म्यासेज पाएँ । करीव ५२ वटा स्थलहरुको विवरण नेपाली विकिपिडियामा राख्न के गर्नु पर्ला कृपया बताइदिनुभए आभारी हुने थिएँ । (भरियादाई)

भरियादाई जी, विकिपिडियाका जुनसुकै परियोजनामा पनि प्रयोग हुने तस्वीरहरू विकिमीडिया कमन्समा अपलोड गरिन्छ। तपाइँ पनि commons.wikimedia.org मा गएर फाइल अपलोड गर्न सक्नुहुन्छ। तर तपाइँले अपलोड गरेको तस्वीर तपाइँ आफैंले खिचेको हुनुपर्छ। त्यहाँ गएर प्रयास गर्नुहोला, समस्या भएमा हामीलाई खबर गर्नुहोला।--Ganesh Paudel (कुरा गर्ने) ०५:४४, १ जुन २०१३ (युटिसी(UTC))

नेपाल को ७५जिल्ला लै नै समेटेकोमा एक दम खुशी लाग्छ,अनेकौ कोसिस् गर्छु समाचर् दिन/ दियको तर समचार् आउदैन मैले यो साइड फुर्सदको बेलामा सधैँ हेर्ने गरेको छु । यहाँ प्रकाशित गरिएका समाचारहरु स्तरिय छन् नै ,तर् आज् पनी म समाचार् दिन् चाहन्छु,म सौदि बाट प्रस्न यस् प्रकार् छ पिल्ज् कोसिस् गर्नु होला म धेरै दुखित् छु ? यदि फ्रि सरभिस् छैन भने यहा बाट के गर्नु पर्छ? उत्तर् दिनुहोला,नत्र भनेय् समाचार् दिनेय् कोसिस् गर्नु होला विकिपिडिया चौतारी सम्पादन गर्दै नयाँ खण्ड मा समचार् हाल्दा के हुने हो थाहा ६इन,अनेकौ कोसिस् गर्छु समाचर् दिन/ दियको तर समचार् आउदैन मैले यो साइड फुर्सदको बेलामा सधैँ हेर्ने गरेको छु । तर् आज् हजुर लाइ पनी समाचार् दिन् चाहन्छु, कसरि हाल्दा हुनेहो थाहा ६इन facebook मा हालि कोसिस गरे त्यो पनी सफल् भको छैन तर् आज् विकिपिडिया चौतारी सम्पादन गर्दै छु, पिल्ज् कोसिस् गर्नु होला म धेरै दुखित् छु ? यदि फ्रि सरभिस् छैन भने यहा बाट के गर्नु पर्छ? उत्तर् दिनुहोला,नत्र भनेय् समाचार् दिनेय् कोसिस् गर्नु होला , "हजुर् जो सुकै होस् एक् पल्ट् खबर् गर्नुस्"

धन्यवाद साथी, विकिपिडियामा समाचार वा विचार प्रकाशित हुँदैन। अंग्रेजी लगायत केही भाषामा विकिसमाचार भन्ने पेज छ। नेपालीमा हाल सुरु गर्न सकिएको छैन। धन्यवाद।--Ganesh Paudel (कुरा गर्ने) ०५:४४, १ जुन २०१३ (युटिसी(UTC))

शुभकामना सहित क्षमा याचना[सम्पादन गर्नुहोस्]

नेपाली विकिपिडियाले दशौं वर्षको खुडकिलो पार गरि एघारौंमा प्रवेश गरेको र यसलाई यस स्तर सम्म पुर्‍याउन जस-जसले जे जति योगदान दिनुभएको छ, अविस्मरणीय छ। आगामी तारिक ३/६/२०१३ कादिन दिन काठमाडौंमा आयोजना हुन गई रहेको कार्यक्रम सफलता पूर्वक सम्पन्न होस् तथा यसले सबैको विकिपिडिया अध्ययन सम्पादनमा नयाँ जाँगर बढेर आओस् भन्ने आन्तरिक शुभ कामना टक्र्याउँदछु। कार्यक्रमको निम्ति (सरोजजीबाट) निमन्त्रणा पाएर पनि उपस्थित रहन असर्थ बनेकोमा क्षमा प्रार्थी छु। भवानी गौतम (कुरा गर्ने) ०३:११, १ जुन २०१३ (युटिसी(UTC))

मलाई समर्थन गर्नु होला[सम्पादन गर्नुहोस्]

आदरणिय विकिपीडियन मित्रहरू म विगत लामो समय देखी मोबाइलको माध्यमले नेपाली विकिपिडियामा योगदान गर्दै आएको छु। यो विचमा मैले नेपाली विकिपिडियामा धेरै आयोजना पृष्ठ तथा लेखहरू सृजना गरेको छु र समय निकालेर आफ्नो योगदान निरंतर राख्ने छु। मैले यो विकिपिडियामा अब हजुरहरूको समर्थन मिल्छ भने प्रबंधक भएर काम गर्ने आशा राखेको छु। म मोबाइलबाट नै विकिपिडियामा लेखहरूलाई फर्म्याटिङ, लिंकिङ तथा विकिकरण गर्न सक्छु। साथै नयाँ प्रयोग कर्ताहरूलाई राम्ररी सहयोग गर्न सक्छु। तसर्थ मैले यहाँ प्रबन्धक पदको लागी आवेदन गरेको छु। अत: तपाईँ सबै मित्रहरूसँग मरो आग्रह छ कि मलाई भोट दिएर प्रबंधक बनेर काम गर्न अवसर दिनु होला।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १९:२३, २ जुन २०१३ (युटिसी(UTC))

नमस्कार् विकिपिडिया[सम्पादन गर्नुहोस्]

नमस्कार सम्पुर्ण विकिपिडिया प्रयोग कर्ता ज्यु हरुमा म मलेसियाबाट अशोक राई मैले यस्को बारेमा आज् मिति ०२७०/०२/२१ गते को हिमालयन टीभी मा नागरिक सारोकर कार्यक्रम बाट युटूब को माध्यम बाट थाहा पायको छु तर यस पेज तथा यो सन्स्थाको मुख्य उदेस्य भनेको के हो ? यसबाट् हामिले के फाइदा लिन सकिन्छ होला ? के यस् चोउतारिमा हामि बिदेसमा बसेर पनि हामिले कुनै नेपालको ऐतिहासिक तथा धर्मिक् स्थलको बारेमा पारिचित गराउनु तथा पोस्ट गर्नु पाईन्छ? कि पाईन्दैन होला? छोटकारिमा बाताईदिनु भय आभारि हुने थिए। धन्यवाद्। -यो अहस्ताक्षरित प्रश्न लेख्नुभएको छ सफल किराँती जीले मलेशियाबाट।

सफलजी कार्यक्रम हेर्नुभएछ, खुशी लाग्यो। विकिपिडिया सबैले सम्पादन गर्न सक्ने खुला विश्वकोष हो। यसमा संसारभर जहाँसुकै बाट तपाइँले जानेको भाषामा लेख्न सक्नुहुन्छ। आफूले जानेको र सबैलाई महत्वपूर्ण हुने विषयमा लेख लेख्नु होला। विकिमीडिया नेपालको मूल उद्देश्य नेपालमा बोलिने सबै भाषाका सामग्रीहरूको विकास र विस्तार गर्न सहयोग पुर्‍याउनु हो। विकिपिडियामा लेख लेख्दै जानुहोस् अथवा अरूले लेखेको रहेछ भने त्यसलाई पनि सुधार गर्दै जानुहोस्। सबै कुरा जान्नुहुनेछ। धन्यवाद। --Ganesh Paudel (कुरा गर्ने) ०४:३२, ५ जुन २०१३ (युटिसी(UTC))

मलाई यस् बिकिपिडिया सम्बन्धि केहि जानकारी दिनु भए आभरि हुने थिए।[सम्पादन गर्नुहोस्]

म यस् बिकिपिडिय मा समाबेस् हुनु चाहन्छु ।मलाई यस् बिकिपिडिया सम्बन्धि केहि जानकारी दिनु भए आभरि हुने थिए। धन्यवाद्।

विकिमीडिया अनुदान सम्बन्धमा[सम्पादन गर्नुहोस्]

विकिमीडिया नेपालले नेपालमा विभिन्न गतिविधि सञ्चालन गर्न अनुदान सहयोगको प्रस्ताव गरेको छ। यो प्रस्तावमा हामीलाई के चाहिन्छ, के चाहिन्न। अथवा अनुदानमा थप के कुरा राख्नुपर्थ्यो। कार्यक्रमहरू कसरी सञ्चालन गर्नुपर्छ आदि विषयमा यहाँ राय राखी सहभागी हुन अनुरोध छ।--Ganesh Paudel (कुरा गर्ने) ११:००, ९ जुन २०१३ (युटिसी(UTC))

कार्यक्रम रकम नेपाली रूपैयाँ. रकम अमेरिकी डलर US$
विकिमीडिया फाउन्डेसनबाट आवद्धता लिने (विनियम अनुवाद, वकील खर्च र दर्ता शुल्क) 50,000.00 588.24
नेपाली विकिपिडियाको ११‌औं जन्मोत्सव (जेठ २१) 50,000.00 588.24
१० स्थानमा विकिविस्तार कार्यक्रम 150,000.00 1,764.71
विकि महिला अग्रसरता र विस्तार कार्यक्रम 50,000.00 588.24
विकिपिडिया शिक्षा कार्यक्रम 100,000.00 1,176.47
विकिले सम्पदालाई माया गर्छ Wiki Loves Monument 100,000.00 1,176.47
इन्टरनेट सुविधा विस्तार (विकिविस्तार र सम्पादन शिविरका लागि) 100,000.00 1,176.47
विकिमीडिया र अन्य खुला समाजहरूबीचका कार्यक्रममा सहकार्य (कम्तीमा ५ कार्यक्रम) 50,000.00 588.24
विस्तार कार्यक्रमका लागि मिडिया (Video) Production and CD/DVD publishing 30,000.00 352.94
पाठ्यसामग्री छापा - Sticker, Small banner, a book on introduction to Wikipedia, Liflet on how to edit (general tags), Why Wikipedia etc. 100,000.00 1,176.47
प्रोजेक्टर 1 Qty 80,000.00 941.18
जम्मा रकम 860,000.00 10,117.65

(विनिमयदर: US$1=NRs. 85)

- विस्तार कार्यक्रम मध्य पश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चलमा पनि राख्नुहोला। --आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १४:२९, १३ जुन २०१३ (युटिसी(UTC))

- यस विकिमीडिया अनुदान कार्यक्रम अवद्धि भित्र हामिले २ वटा कलेजमा विकिपिडिया शिक्षा कार्यक्रम सन्चालन गर्न सकिन्छ होला। साथै विकिविस्तार, सम्पादन शिविर तथा विकिमीडिया शिक्षा कार्यक्रमका लागि भर्पर्दो इन्टरनेट सुविधा अति आवस्यक देखियेको छ। तसर्थ यस विकिमीडिया अनुदानमा कार्यक्रम अन्तरगत हामीले इन्टरनेट को लागि यथोचित व्यवस्था गर्नु पर्दछ।- HempalShrestha (कुरा गर्ने) ०६:२५, ३० जुन २०१३ (युटिसी(UTC))

  • डलर सँग नेपाली मुद्राको विनिमयदरमा चाँचाँडो भैरहेको परिवर्तनले हाम्रो कार्यक्रम चलाउन पनि कठीन हुने सभ्भावना छ। त्यसर्थ रकममा पनि छलफल गर्न आवश्यक छ। डलरको भाउ महँगिनु सँगसँगै नेपालको बजारभाऊ पनि अकास चढ्ने निश्चित छ। --Ganesh Paudel (कुरा गर्ने) ०७:४५, ३० जुन २०१३ (युटिसी(UTC))

-राम प्रसाद जोशी जीले भन्नुभए जस्तै सकेसम्म हाम्रा कर्यक्रमलाई राजधानी बाहिर लैजान सकियो भने नयाँ लेखहरू थपिने तथा विकिको प्रचारमा समेत सहयोग पुग्ने थियो । -DULAL (कुरा गर्ने) ०९:२७, ३० जुन २०१३ (युटिसी(UTC))

-महिला अग्रसरता र बिस्तार कार्यक्रमका लागि बजेट कम देखियो यद्दपी यहि बजेटमा पनि हामी थोरै कार्यक्रमहरू सन्चालन गर्न सक्छौं।-सृजना (कुरा गर्ने) ०३:५५, १ जुलाई २०१३ (युटिसी(UTC))

- विकिविस्तार कार्यक्रम गर्नका लागि इन्टरनेट सुविधा अति आवश्यक छ। यो सेवाको बजेट नघटाइयोस्।--Dipika Khatiwoda (कुरा गर्ने) ०३:४०, ८ जुलाई २०१३ (युटिसी(UTC))

विकिपिडिया:दिशानिर्देशहरु‎ सम्बन्धमा[सम्पादन गर्नुहोस्]

सम्पूर्ण विकिपीडियन साथीहरू विकिपिडियामा लेखिने भाषा तथा नीति निर्देशन सम्बन्धी छलफल भैरहेको छ । यसमा कुनै दावी विरोध भए वार्तालाप पृष्ठमा उल्लेख गर्नुहोला । -DULAL (कुरा गर्ने) १५:३७, ११ जुन २०१३ (युटिसी(UTC))

आज मैले नेपाली भाषाको एक नयाँ विकि भेटाएँ यो के हो बुझ्नै सकेन।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान २०:००, २१ जुलाई २०१३ (युटिसी(UTC))

Translation requests into Nepali[सम्पादन गर्नुहोस्]

Logo Wiki Loves Monuments
Logo Wiki Loves Monuments

Hello, I am a member of the international team of Wiki Loves Monuments who takes care of the upload campaigns used with the picture contest Wiki Loves Monuments next month. For these upload campaigns we need to translate some templates into various languages so that as much as possible people can participate in their own language.

In Nepali we need translations for the following templates:

  1. Done Done: Commons:Template:Wiki Loves Monuments 2013 (used on files to mark they are uploaded during the contest)
  2. Done Done: Commons:Template:Upload campaign header Wiki Loves Monuments August (used above the upload wizard saying that the picture contest has not started yet)
    • To translate: Wiki Loves Monuments 2013 has not started yet.
    • To translate: Wiki Loves Monuments will start in September. You may still share your images, but they will not be eligible for the competition.
  3. Done Done: Commons:Template:Upload campaign header Wiki Loves Monuments finished (used above the upload wizard saying that the picture contest is over)
    • To translate: Wiki Loves Monuments 2013 is closed.
    • To translate: You may still share your images, but they will not be part of the competition.
  4. Done Done: Commons:Template:Upload campaign header Wiki Loves Monuments no contest (used above the upload wizard of a country which does not participate)
    • To translate: This country does not participate this year in Wiki Loves Monuments 2013.
    • To translate: You are welcome to upload pictures with this upload wizard, but they will not be part of the photo competition.
  5. Done Done: Commons:Template:Upload campaign use Wiki Loves Monuments (used after someone has uploaded a file)
    • To translate: Thank you for submitting your photos to Wiki Loves Monuments.
    • To translate: Our volunteers will add photos to the relevant articles and lists.
  6. For a label above a field where uploaders can enter the (unique) identifier (code) of a monument:
    • To translate: Monument ID
  7. For above the upload wizard during September:
    • To translate: Wiki Loves Monuments 2013 Nepal Upload Wizard.
    • To translate: Website of the contest
    • To translate: Other countries


You can translate the lines on Commons by creating a subpage with the translation, or put the translation below here or above under the English lines and I will create the subpage on Commons. The ones without a link should be translated here. I will visit this page the coming days. Thanks for the help! Romaine/Romaine (कुरा गर्ने) ०२:४१, ४ अगस्त २०१३ (युटिसी(UTC))

भोजपुरी विकिपिडिया[सम्पादन गर्नुहोस्]

नमस्ते साथीहरु। म केही वर्ष पहिले सम्म नेपाली र भोजपुरी विकिपिडियामा निरंतर आफ्नो योगदान दिंदै आइरहेको थियें तर बिचमा केही समयको लागि अनुपस्थित रहें अब फेरी म विकिपिडियामा उपस्थित भई सकेको छुँ। नेपाली विकिपिडियाले अब राम्रो सफलता पाई सकेको छ त्यही कारण म आफ्नो सारा योगदान भोजपुरी विकिपिडियामा दिन चाहदै छु तर बीचमा केही दिन सम्म अनुपस्थित भयेकोले भोजपुरी विकिपिडियामा मेरो एडमिनशिप बर्खास्त भई सकेको छ म एडमिनशिप पुनः प्राप्त गर्न चाहदै छु तर भोजपुरी विकिपीडीयामा कोही पनि प्रयोगकर्ता वा एडमिन छैनन। मैले के गर्नु कृप्या सुझाव दिनुहोस धन्यवाद। NPAB0Y (talk) १४:०१, १७ अगस्त २०१३ (युटिसी(UTC))

गणेशजी, भोजपूरी विकिपिडियामा एडमीनको लागि meta.wikimedia.org मा गएर Permission भन्ने शीर्षकमा निवेदन गर्नुहोला। अनि सबै समुदायका साथीहरूको मत लिनु होला। हाम्रो समुदायमा स्टिवार्ड नभएको हुँदा भित्र बाट यो अधिकार दिन सकिँदैन। धन्यवाद। --Ganesh Paudel (कुरा गर्ने) ०५:५७, २५ अक्टोबर २०१३ (युटिसी(UTC))

Call for volunteering to report bugs for VisualEditor + Universal Language Selector input: Marathi, Hindi,Sanskrit,Nepali[सम्पादन गर्नुहोस्]

Hello, While technically unicode input has been enabled in VisualEditor,It is long way to practically usable for indic languages.Since most developers would not be using Universal Language Selector input methods and would not be knowing indic languages such as Marathi and Hindi it would be defficult for them to understand problem areas.

Only few people doing effort is not enough.We need more volunteering.Please do take a lead to test Universale language input methods for indic languages in VE environment.Please report problems at en:Wikipedia:VisualEditor/Feedback.For a while please do keep aside your individual aprehensions about Visual Editor and come forward to report problems. Your lead will benefit indian continent wikipedias.

Thanks in advance.

Mahitgar (कुरा गर्ने) ०७:५०, ३१ अगस्त २०१३ (युटिसी(UTC))

WikiProject: Lilavati's Daughers[सम्पादन गर्नुहोस्]

Excuse me for writing in English. The Indian Academy of Sciences brought out a book titled Lilavati's Daughters. The book concentrates on 50 Women of Sciences in India. A few people attended Wikimania 2013 in Hong Kong and few people watched it on live stream, a talk by User:Keilana on articles on Women Scientists and thought this might be a good idea to an edit-a-thon on. This page is a placeholder for the event. I request user contributions on the topic and also listing the same on this page. Hindustanilanguage (कुरा गर्ने) ०९:२१, ३ सेप्टेम्बर २०१३ (युटिसी(UTC)).


Dear Sir/ Madam

          How can i connect my account with Facebook, i mean my article in this page should be post on Facebook, please answer me.

नमस्कार ,मेरो घर पोखरा हो र मेरो प्शन[सम्पादन गर्नुहोस्]

के यस संजाल मा्रफत राजनैतिक नेताहरू लाई प्रशन ग्न सकीनछ की सकीदैन

Typed with Panini Keypad -- यो अहस्ताक्षरित प्रश्न गर्नुभएको छ रमेश पाण्डे जीले।

रमेशजी विकिपिडिया विश्वकोष हो। यसमा कुनै पनि महत्वपूर्ण विषयको जानकारी राख्न सकिन्छ। महत्वपूर्ण व्यक्तिको जीवनी वा परिचय पनि राख्न सकिन्छ। तर आफ्नो बायोग्राफी, कसैको विचार वा व्यापारिक सामग्री राख्न पाइँदैन। त्यसकारण राजनीतिक दलहरूलाई प्रश्न राख्न पनि यो उपयुक्त ठाउँ होइन। धन्यवाद।--Ganesh Paudel (कुरा गर्ने) ०५:४९, २५ अक्टोबर २०१३ (युटिसी(UTC))

अर्थ नबुझिने शब्द[सम्पादन गर्नुहोस्]

नेपाली विकीपीडियामा अङग्रेजी भाषाको नेपाली अनुवाद जस्ताको तस्तै राख्दा कहिलेकाही नबुझिने र बुझ्न समय लाग्ने जस्तो देखिन्छ । जस्तै टेलिफोनको नेपाली अनुवाद दुरभाष यन्त्र । फोटोकपीको नक्कल उतार यन्त्र । यस्तो भयो भने भाषा भारी हुन सक्छ कि जस्तो लाग्छ । अङग्रेजीमा टेलिफोन भन्ने कुरालाई अधिकांश नेपालीले दुरभाष यन्त्र भन्दा टेलिफोन भन्दा नै चाँडो बुझ्न सक्छन् कि ! ~~परेश जोगी, काठमाडौं

CIS-A2K Grant Report September 2012-June 2013[सम्पादन गर्नुहोस्]

(Apologies for writing in English. You are welcome to translate this message)

Greetings! As many of you know that the Wikimedia Foundation approved a 22 month grant to the CIS-A2K. The aim of the grant is to support the growth of Wikimedia movement in India.
Please find the Grant Report for the first 10 months period here.
CIS-A2K will be happy to receive your feedback. Please let us know if you have any suggestions, questions and concerns about the report and our work. We would be glad to have this feedback here.
We are thankful to the Wikimedia community in India, Wikimedia India Chapter and the Wikimedia Foundation for actively engaging with our work. We will continue to work upon our deficiencies, failures and successes. Thanks! --Hindustanilanguage (कुरा गर्ने) ०७:४२, ६ नोभेम्बर २०१३ (युटिसी(UTC))

when was first celibration of agriculture year[सम्पादन गर्नुहोस्]

        ratna
          --Ratna Prasad Chaulagain (कुरा गर्ने) ०८:५७, ९ जनवरी २०१४ (युटिसी(UTC))

सुधार नभए एक महिनापछि हटाइने लेखहरू[सम्पादन गर्नुहोस्]

साथीहरू विकिपिडियामा भएका लेखको गुणस्तर सुधार गर्ने उद्देश्यले मैले नयाँ अभियान सुरु गरेको छु । अन्य भाषाका नबुझिने पाठ भएका लेखहरू ट्याग राखेको एक महिनासम्म पनि सुधार नभए त्यसलाई मेटेर नयाँ लेख बनाउने अभियानलाई अघि बढाऔं। यस अभियानमा सबैको समर्थन जुटाउन चाहन्छु । -DULAL (कुरा गर्ने) ०७:४३, २० जनवरी २०१४ (युटिसी(UTC))

  • कृस जी, म पनि हजुरको यस परिर्वतनकारी अभियानमा सर्मथन जनाउन चाहन्छु र आफ्नो तर्फवाट पनि यस अभियानमा सक्दो योगदान गर्ने प्रतिबद्धता जनाउन चाहान्छु ।-Nabin K. Sapkota (कुरा गर्ने) १५:२२, २० जनवरी २०१४ (युटिसी(UTC))
  • कृसजी र नविनजी दुवैजनालाई मेरो नमस्कार नेपाली विकिपिडिया आज सम्म लेखहरूको संख्यामा धेरै तल छ यो सबैकुरा हजुरहरूलाई थाह नै छ। यदी हामीहरूले यहाँ भएका लेखहरूलाई मेट्दै गएमा यो संख्या धेरै तल झर्ने सम्भावना छ। हुनत जुन लेखको कुनै महत्व नै छैन त्यस्ता लेखहरू मेट्नै पर्ने हुन्छ तर जुन लेखको महत्व छ तर त्यसमा भाषागत त्रुटी, सन्दर्भ सामाग्री रहित, अनाथ लेख आदी मेट्नुको सट्टा सुधार गर्दै जाँदा राम्रो हुन्छ भन्ने मलाई लाग्छ बाकी तपाइँहरू नै जानकार हुनुहुन्छ।-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०७:३४, २३ जनवरी २०१४ (युटिसी(UTC))
  • नेपाली विकिपिडियलाई सुधार तथा यसमा भएको लेखहरुलाई स्तरिय बनाउनको लागी यो कदम धेरै नै आवश्यक छ । यस अभियानमा मेरो पनि पूर्ण समर्थन छ । Nirjal stha (कुरा गर्ने) १४:२०, २३ जनवरी २०१४ (युटिसी(UTC))
  • https://ne.wikipedia.org/wiki/एण्डोरा (एकदमै सानो तथा जानकारी विहिन लेख भएको कारणले एक महिना भित्र सुधार नभएमा हटाउन प्रस्ताव गर्दछु) । Nirjal stha (कुरा गर्ने) ०९:५५, २४ जनवरी २०१४ (युटिसी(UTC))
  • पृष्ठ बढाउने भन्दै जे पायो तेही लेख्नु गलत हो, नेपाली विकिपिडियाका कतिपय पृष्ठहरू हिन्दी र नेपाली भाषा मिसिएका छन । यसैले यसमा मा पनि कृष जी को समर्थन गर्छु । - Nirmal Dulal (कुरा गर्ने) १४:१२, २५ जनवरी २०१४ (युटिसी(UTC))

मेटाउनु?[सम्पादन गर्नुहोस्]

मेटाउनु भन्दा एक शव्द भा पनि थप्नु राम्रो। विकिपिडियामा यो नै विशेषता हो। कसैले खोज्दै जादा एक शव्द भेट्यो भने बढाउन सक्छ। अनाथ वा एउटा पनि शव्श्दद नभाको वा खालिको पनि विकिमा स्थान हुन्छ।मेटाउन हतार नगरौ। -भवानी

भवानी जी, सुधार गर्न झ्याउ लागेर मेटाउने निर्णय गरिएको हो । मेटाएको दिन नै सही सूचनाको साथमा त्यही नामको अर्को लेख लेखिनेछ । खाली पृष्ठ बनाएर छोड्न मिल्दैन होला । कृपया अंग्रेजीमा गएर एउटा खाली पृष्ठ बनाएर छोडेर देखाउनुहोला ।-DULAL (कुरा गर्ने) ०३:५१, २५ जनवरी २०१४ (युटिसी(UTC))
क्रिशजीको मेटेर फेरि लेख्ने कुरा सही हो तर शीर्षक मात्र छ। आवश्यक पनि छ भने एक पंक्ति भा पनि लेखौ होला, अंग्रेजीमा पनि अतिआवश्यक शीर्षक शुरु गरे केहि सेकेण्डमा कसैले एक लाइन भा पनि लेख्ने चलन थियो र नै त्यो विकि सम्पन्न भयो पछि त्यो शीर्षकको बनाउनु पर्छ भने नमेटेर stub बनाउने काम गरौ।182.66.52.133 (कुरा गर्ने) ०९:५०, २५ जनवरी २०१४ (युटिसी(UTC))


मलाई लाग्छ यस अभियान नेपाली विकिपिडियाको स्तर उन्नती तथा विश्व विकिपिडिया समाजमा नेपाली विकिपिडियाको एक अलग तथा स्वतन्त्र पहिचान स्थापनाको निम्ती सुरु गरिएको हो ।

त्यसैले म सम्पूर्ण विकिपीडियन साथीहरुलाई कृस जी द्वारा सुरु गरीएको यस अभियानमा आफ्नो तर्फवाट सक्दो योगदान गरी विश्व विकिपिडिया समाजसामु नेपाल र नेपाली विविकिपिडियाको अस्थित्व कायम राखिदिन हार्दिक अनुरोध गर्न चाहान्छु । पृष्ठ तथा लेख बढाउने नाममा नेपाली भाषा र नेपाली विविकिपिडियाको अस्थित्व नै जोखिममा पार्न नहुनेमा म जोड दिन चाहन्छु । हाम्रो गल्ती र हाम्रो अल्छिपनाको सजायको भागेदार हाम्रा भावी सन्तती नबनून । हाम्रा भावी सन्ततीले हाम्रो देश, हाम्रो भाषा र हाम्रो मातृभूमीमा गर्व अनुभूति गर्न सक्ने एक स्वतन्त्र र समुन्नत विश्वकाषको निर्माण गरौं ।-Nabin K. Sapkota (कुरा गर्ने) १७:३०, २५ जनवरी २०१४ (युटिसी(UTC))

मेटाउन भन्दा सुधार्न बेस[सम्पादन गर्नुहोस्]

म पनि भवानीजीको विचार सँग सहमत छु। भएको लेख मेटाउन भन्दा सामग्री सुधार्न उपयुक्त हुन्छ।--Ganesh Paudel (कुरा गर्ने) ०४:३२, २८ जनवरी २०१४ (युटिसी(UTC))

सुधार्ने... तर कसले ? कहिले ? जसले बिगारेको हो त्यसैले नसुधारे अरूले कस्ले गर्छ ? त्यही सुधार गर्न त १ महिनासम्म सुधार नभए हटाउने भनिएको हो । कि एक महिनाभन्दा बढी चाहिने भए भनौं न । विरोधका लागि मात्र विरोध हो भने मेरो भन्नु केही छैन । यो विकिपिडिया डिलिट अभियान नभएर विकिपिडिया सुधार अभियान हो भनेर त भनेकै छ नि । -DULAL (कुरा गर्ने) ०५:३०, २८ जनवरी २०१४ (युटिसी(UTC))

निर्णयका लागि मतदान[सम्पादन गर्नुहोस्]

सुधार नभए एक महिनापछि हटाइने लेखहरूसम्बन्धी मेरो प्रस्तावमा खुलेर वा घुमाएर केही मित्रहरूले विरोध गर्नुभएको पाइयो त्यसैले आजका मितिबाट १५ दिन भित्र यो प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्नुहुन सम्पुर्ण नेपाली भाषामा योगदान गर्नुहुने मित्रहरूलाई आग्रह गर्दछु । -DULAL (कुरा गर्ने) ०२:५०, १ फेब्रुअरी २०१४ (युटिसी(UTC))

यस अभियानमा हटाउन खोजिएको पृष्ठहरु Google translator गरि अन्य भाषाबाट ल्याइएका पृष्ठहरु हुन् । केही उदाहरणहरु निम्नानुसार छन् ।
  1. ह्वेल
  2. भारतको झण्डा
  3. संस्कृति
  4. पृथ्वी दिवस
  5. नाभिकीय ऊर्जा
  6. भूमण्डलीय उष्मीकरण


समर्थन[सम्पादन गर्नुहोस्]

समर्थनमा मतदानको लागि -{{ठिक}}-~~~~

 -DULAL (कुरा गर्ने) ०२:५०, १ फेब्रुअरी २०१४ (युटिसी(UTC))

 - कुरा गर्ने (कुरा गर्ने) ०३:३५, १ फेब्रुअरी २०१४ (युटिसी(UTC))

 ( कुनै पनि पृष्ठमा थोरै भए पनि सहि जानकारी लेख्नु ठिक होला, पृष्ठ बढाउने नाममा गलत जानकारीहरू राख्नु उचित हुन्न ।) -Nirmal Dulal (कुरा गर्ने) ०८:२६, २ फेब्रुअरी २०१४ (युटिसी(UTC))

  - संख्यात्मक भन्दा गुणात्मक लेखहरू विकास गर्नु उपयुक्त होला । विकिपिडियामा रहेका जानकारी उपयोगी र सान्दर्भिक रहेनन् भने कदापी यसलाई ज्ञानकोषको रुपमा लिन सकिन्न र हामीले गरेको कार्यको कुनै महत्त्व रहँदैन र विकिपिडियाका कुनै पनि नियम विनियमका कुरा फिक्का हुन्छन, यदी हामीले आफ्नो परिचय नै कायम गर्न नै सक्दैनौँ भने । लेखहरू जसमा केही बाक्य नेपाली र बाँकी सबै अङ्ग्रेजीमा र हिन्दीमा लेखिएका छन् तिनमा नेपाली भाग मात्र राखे राम्रो होला । मैले सिर्जना गरेका लेखहरूले समस्या गरेका भए कुनै पनि दया नराखी सम्पादन गर्न यहाँहरू सबैमा निवेदन छ । सरोज(Saroj) (कुरा गर्ने)

  •   साथीहो यो लेख मेटाउने कुरालाई लिएर नेपाली विकिपिडियालाई पछाडी धकल्ने काम नगरौं मिलेर सयमसेवा गरौं। जुन पृष्ठ मेटिन्छ त्यो पृष्ठसँग त्यसको इतिहास पनि मेटिन्छ। जतिखेर हामीहरू भारतबाट विकिलाई सम्पादन गर्थ्यौं त्यतीखेर नेपालमा विकि सम्पादकहरूको कमिले गर्दा नेपाली विकिका लेखहरू बढाउने क्रममा कति लेखहरू हिन्दी विकिपिडीयाबाट कपि गरेर नेपालीमा अनुवाद गर्ने गरेका थियौं। किनकी त्यो अवस्थामा नेपाली विकिपिडिया लेखहरूको संख्या मात्र २५०० सयको हाराहारीमा थियो। त्यो देखेर हामीहरू नेपाली विकिपिडियाका लेखहरू बढाउने कोशिसमा थियौं। हामीहरू भारत बाट पनि आफ्नो भाषालाई माया गरेर निस्वार्थ भावनाले लागेका हौं। म आफ्नो कुरा गरुँ भने नेपाली भाषा र नपालको परिचय दिने यही थलो मानेर लागेको हुँ। नेपाली भाषाको विकिपिडिया बाहिर निस्कनको लागी लेखहरूको सहयोग गर्नुहुने युकेशजी, इन्दिवरजी, राजेशजी, शंकरजी, सरोजजी, गणेशजी, प्रयासजी, ओनियोजी लगायत अंग्रेजी विकिपीडियन साथीहरूको ठुलो हात छ। त्यस पछीका दिनहरूमा हामीहरू भारतबाट म, भ्वानीजी र गणेशकुमारजी , तिनजनाले हिन्दीका लेखहरू टेम्पलेटहरू आदी कपी गरेर नेपालीमा उल्था गर्ने कार्य गर्दै लेखहरूको संख्या बढायौं। यस्तो अवस्थामा एक त हामीहरू भारतमा बस्ने अर्को नेपालीमा उल्था गर्नु पर्ने भएकोले भाषामा त्रुटी हुनु स्वभाविक थियो। अब तपाइँहरू काठमाडौंमा बस्ने साथीहरू छलफल गरेर जस्तो निर्णय लिनुहुन्छ त्यो उचित छ त्यै गर्नुहोस्। तर मैले नेपालीलाई विकिलाई टुहुरो भएको हेर्नु न परोस् जस्तै केही बर्ष पहिले म निष्कृय रहेको अवस्थामा चित्र हटाउने प्रकृयामा मैले जानी नजानी खिचेर अपलोड गरेको तस्विरहरू हटाइयो जसका कारण अहिले मलाई खाई नखाई गरेर दैलेखको सम्पदाको फोटोहरू खिचेर विकिमा अपलोड गर्नु पर्यो। त्यस्तै लेखहरू मेट्ने क्रममा मैले सृजना गरेको पृष्ठसँग मेरो योगदान पनि मेटिने छ। मलाई नेपाली विकिको आफ्नो आमाको जत्तिकै माया छ किन भने म मेरो आमाको क्रियामा बसेको बेला मोबाईलमा ईन्टरनेट मार्फत नेपाली भाषामा मेरी आमा मरेको सुचना दिन चाहन्थें। त्यसैले म गुगलमा नेपालीबाट केही आफ्नो शब्दहरू लेखेर सर्च गर्दा विकिपिडिया फेला पारेर यहाँ खाता खोलें। विकिमा राम्रो योगदान गर्न सिकेकोले जब मलाई मेरी आमाको सम्झना आउँछ त्यतिखेर विकिका लेखहरू लेख्ने, पढ्ने आफुले जानेका कुराहरू राख्ने गरेको छु। तर हामीहरूले भारतबाट निस्वार्थ सयमसेवा गरेका थियौं त्यो योगदानको इतिहासमा हामी हाम्रो नाम देख्न चाहन्छौं यतीमात्र याद गर्नुहोला। यो संदेस बिशेष गरे काठमाडौंबाट हामीलाई सहयोग गर्नुहुने सरोजजी, राजेशजी, युकेशजी र गणेशजीलाई।-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १८:१४, १० फेब्रुअरी २०१४ (युटिसी(UTC))
रामप्रसाद जी, तपाईँको योगदान अमर छ । त्यो कहिले मेटिने छैन । यो संख्याको खेल हैन । अस्वस्थ प्रतिश्पर्धा गर्ने नै हो भने त म एक रातमा २५०० लेख बनाइदिन सक्छु । तपाईँहरूले लेखेकोकुरा मात्र मेटिने हो । गलत सूचना राखेर अघि बढ्न सकिन्छ भन्ने मान्यता गलत हो । यसले नेपाली विकिपिडियालाई अघि लैजाँदैन । नेपाली विकिपिडियामा तपाईँहरूको नाम स्वर्ण अक्षरले लेखिने छ । तर भविस्यमा आउने पिँढीले हामीलाई गाली नगरुन भन्ने सोच मेरो हो । तपाईँको समर्थन को लागि धन्यबाद । मेटाउने भनेको गलत नलिनु होला यो सुधार अभियान हो । अन्य विकिमा जसरी निर्ममता पूर्वक हटाएपनि कसैले प्रश्न उठाउन सक्दैन । तर यहाँ छुट छ । अब गल्ति नगरौं । सुधार अभियानले विकिलाई पछाडि धकेल्दैन । जति गफ गरेपनि हामी आफ्नो नाम चम्काउन लागेका हौँ कि नेपाली भाषाको उत्थान गर्न ? यो आफैँलाई प्रश्न गरौं । मलाई कसैप्रति द्वेष छैन । म यहाँ राम्रो गर्न मात्र आएको हुँ सिक्ने क्रममा विगतमा मैले पनि गल्ती गरेको छु होला । हामीलाई सिकाउने कोही थिएन त्यसैले गल्ती भयो होइन र ? अब त्यही गल्ती सुधार्नतिर लागौँ । १ महिनामा लेख सुधार गर्न भ्याइहाल्छ नि । सुधार नभए मात्र हटाउने हो । -DULAL (कुरा गर्ने) ०२:३१, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))
सवैको मुख्य मुद्दा हो सुधार। सवै मिलेर सुधार गर्दै जानुपर्छ। सुधार अभियान धेरै हद सम्म सफल पनि भएको छ। यस्तो धेरै विकीमा भएको थियो। Bengali Wikipedia मा 2010मा एक समय यस्तो थियो कि article count घट्दो थियो तर article depth अनि quality बढ्दो थियो। तपाइले उदाहरणमा दिनुभएका Article को चयन ले गर्दा झस्किन पर्यो। सवैलाइ समर्थनमा ल्याउन लाइ ह्वेल भन्दा अलि बिग्रिएको article को उदाहरण दिंदा राम्रो हुन्थ्यो की? ठिक छ आउँदा दिनमा editor हरुले यी छलफल पढ्ने छन् भन्ने आषा छ। Rajesh (कुरा गर्ने) ०५:०४, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))

 -Nabin K. Sapkota (कुरा गर्ने) ०६:४६, १३ फेब्रुअरी २०१४ (युटिसी(UTC))

 -Punya (कुरा गर्ने) ०५:५९, १४ फेब्रुअरी २०१४ (युटिसी(UTC))

 -Tirtharaj Khanal (कुरा गर्ने) ०६:१७, १४ फेब्रुअरी २०१४ (युटिसी(UTC))

विरोध[सम्पादन गर्नुहोस्]

विरोधमा मतदानको लागि -{{बेठिक}}-~~~~

  विकिपिडियामा आपत्तिजनक शब्द, गालीगलौज आदि भएका सामग्री तत्काल हटाउन पर्छ। अन्य (आत्मकथा, व्यापार, राजनीतिक प्रचार, एकतर्फी सूचना आदि) विकिस्तरमा नपुग्ने सामग्री पनि चर्चा गरी हटाउन पर्छ। तर सामान्य विषयका लेखहरू तत्काल मेटाउन भन्दा सुधार गर्दै लैजान उपयुक्त हुन्छ। तत्काल हटाउँदा नयाँ र विद्यमान सम्पादकहरू निरूत्साहित हुने देखिन्छ। पञ्च स्तम्भको ख्याल गर्दै शिष्ट भाषा प्रयोग गर्न सबै सम्पादकहरूलाई अनुरोध गर्दछु।-Ganesh Paudel (कुरा गर्ने) ११:२१, १ फेब्रुअरी २०१४ (युटिसी(UTC))

गणेश जी, अंग्रेजी विकिमा गएर नेपाली भाषाको लेख लेखेर देखाउनुस् । गफ मात्र दिएर हुँदैन । Be practical. -DULAL (कुरा गर्ने) ०२:३३, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))
गणेश जी, कृष जी सबै मिलेर यत्रो लामो बहसमा समय बिगार्नुको बदला ती हटाउन राखिएका पृष्ठ सपार्दा के होला.भवानी गौतम (कुरा गर्ने) ०३:१९, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))
If you have no respect to the votes in opposition, why are you putting the matter for voting? Let's improve the articles rather than hanging on discussions. I feel the sense of challange in some comments. I request to use respectful and suggestive language, no challanges. Nepali Wikipedia was not made overnight. There is a huge contribution of many persons who edited in the past. Let's respect our pioneers.--Ganesh Paudel (कुरा गर्ने) ०४:३२, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))
I urge the community to be united at this moment. Both in support and in opposition of this topic are well wishers and have a common agenda - to improve the quality of the articles without losing important edits done by fellow editors. The edits done are not from vandals but from reputed editors. So we can't afford to remove all articles as well. So the best solution is to improve the quality of the articles by editing and improving them. Its good to have constructive discussions. So lets improve them Rajesh (कुरा गर्ने) ०४:५०, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))
हटाउन भन्दा सुधार गर्ने कुरा राम्रो। हटाउन कुनै गाह्रो काम हैन। सुधार गर्नुपर्छ। । तर यस विषयमा छलफल भएपछि अब उपरान्त नयाँ अनुवादमा निगरानी राख्न पनि आवश्यक छ। -- Rajesh (कुरा गर्ने) ०४:५०, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))
Anyone can remove an article. Nepali wikipedia is our community and we have very good editors right now. So lets combine this effort in repairing these articles. We can't afford to remove all the articles such as Whale. I hope the discussion will prove to be fruitful. Rajesh (कुरा गर्ने) ०४:५०, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))
I have already made some improvement in the article Whale to preserve the article. Rajesh (कुरा गर्ने) ०४:५०, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))

प्रिय विकिपीडियन मित्रहरूहो हामीहरू आफु नगर्ने अरूले गरेको राम्रो मान्ने अल्छीपना नगरौं यहाँ यो बिषयमा छलफल गरेर टुंगो निकाल्नुहोला यो बिषयलाई चौतारीमा धेरै दिन न राखौं यो सुधार्नु पर्छ भन्नुहुने साथीहरूले पनि उपरोक्त लेखहरूलाई सुधार गर्न लाग्नुहोस्। यदी सुधार गर्नु हुन्न भने हटाउने साथीले प्रक्रिया पगाएर जो लेख हटायो त्यो लेख नयाँ संस्करणमा निकाल्नुहोस् किन धेरै झगडा गर्ने। धेरै चपाएमा भात मिठो हुन्न।-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०५:१५, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))

Facing problems in typing your language?[सम्पादन गर्नुहोस्]

Screenshot of enabling ULS on Wikipedia

Dear friends, excuse me for writing the message in English. Please feel free to translate this message in your language.

Many of you might have experienced trouble in using the input tool - Universal Language Selector (ULS). Wikimedia Foundation's Engineering Language Engineering team is trying to resolve it as soon as possible.

However, you can enable it as an opt-in option in your User preferences (Please select the user checkbox before "Enable the Universal Language Selector" as shown in the picture above). Hindustanilanguage (कुरा गर्ने) १०:३०, २२ जनवरी २०१४ (युटिसी(UTC)).

WIKIBOOKS सम्बन्धमा[सम्पादन गर्नुहोस्]

विकिबुक्समा भएका प्रायः कितावहरुमा विषय सम्बन्धी कुराहरु नलेखिएको तथा सो लाई प्रयोगको रुपमा राखिएको देखिएकोले यसमा केही गर्नु उपयुक्त हुने देख्दछु । जस्तै Fine arts हेर्नुहोस्]] Nirjal stha (कुरा गर्ने) ११:२३, २९ जनवरी २०१४ (युटिसी(UTC))

निर्जलजी तपाइँले ठिक भन्नु भयो। नेपाली भाषाको विकि किताबको स्थिती निकै कमजोर जस्तो देखिन्छ। यहाँ सम्पादकहरू पनि कम छन्। यदी कुनै विकिमा लामो समयसम्म सम्पादन हुँदैन भने त्यो विकिलाई विकिमीडिया कमन र गल्बल एडमिनहरूले हेर्ने गर्छन्। अर्को कुरा दुई वा सो भन्दा कम एडमिनहरू भएको विकिमा पनि यहि नियम पालना हुन्छ। नेपाली विकि किताबहरूमा प्रवंधक पनि एक जना मात्र सरोज कुमार ढकाल हुनुहुन्छ। यै भएर नेपाली विकि बुक्समा बाहिर निस्के देखी सम्पादन कम भएको छ र भएको बिषय वस्तु पनि अपुरो र जानकारी रहित छ। कुनै पनि विकिलाई बाहिर निस्किन कम्तिमा १००० सम्पादन एक बर्ष भित्र हुनु पर्थ्यो त्यस कारण सबै प्रयोगकर्ताहरूले जानी नजानी तोकिएको सम्पादन पुरा गर्नु पर्थ्यो त्यै भएर नेपाली विकि किताबहरूमा जानकारी मुलक बिषय छैनन्। बिषयगत किताबहरू राख्न सकियको छैन तपाइँले उठाएको प्रस्नमा मेरो मत यस्तो छ।
  1. हामीले यहाँ छलफल गरेर यो कुरा विकिमिडिया नेपालको तदर्थ समितिलाई जानकारी गर्नु पर्छ। समितिले कुनै कुनै उपाय लिकालेर विकीका सबै प्रोजेक्टहरूलाई नेपाली भाषामा विकास गर्ने सल्लाह दिनु पर्छ।
  2. नेपाली विकि बुक्स लगायत विकिस्नरीको ब्युरोकेट हामी कहाँ हुनु पर्छ। जसले गर्दा नेपाली एडमिन भएमा विकिपिडियामा राम्रो सम्पादन जानेको विकिपीडियनलाई एडमिन बनाएर त्यताको जिम्मा दिन हुन्थ्यो।-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०७:३५, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))

विकिपिडियालाई विज्ञापनको रुपमा प्रयोग भएको[सम्पादन गर्नुहोस्]

विकिपिडियालाई विज्ञापन गर्ने थलो जसरी प्रयोग पनि भई रहेको रहेछ, यस्तो पृष्ठलाई तुरुन्त हटाउन केही गर्नु पर्यो । उदाहरण

  1. राज इलेक्ट्रोनिक्स

Nirjal stha (कुरा गर्ने) ०५:०७, १ फेब्रुअरी २०१४ (युटिसी(UTC))

धन्यबाद निर्जल जी मैले त्यो पृष्ठ हटाइसकेँ । -DULAL (कुरा गर्ने) ०७:२४, १ फेब्रुअरी २०१४ (युटिसी(UTC))

सल्लाह सुझाव[सम्पादन गर्नुहोस्]

सरहरु नमस्कार

मैले एउटा नयाँ लेख भारत राष्ट्रिय क्रिकेट टिम आरम्भ गरेको छु मलाई त्यहाँ समस्या के भएको हो भन्ने त्यहाँ पनि ढाँचा मिलेको छैन ..कृपया मिलाइदिनु होला ..धन्यवाद १५:१८, ९ फेब्रुअरी २०१४ (युटिसी(UTC))बिप्लब आनन्द

बिप्लब जी तपाईको पृष्ठमा एउटा ढाँचा (Template) आवध्द भएकोले यस्तो भएको हो तपाईले क्रिकेट टिमको पृष्ठ तयार गर्दा क्रिकेट टिम भन्ने ढाँचा प्रयोग गर्नु होला । तपाईको सक्रिएता उत्साहजनक छ, आफ्नो लेखन जारी राख्नु हुनेछ भन्ने आशा राखेको छु । कुरा गर्ने (कुरा गर्ने) १५:३८, ९ फेब्रुअरी २०१४ (युटिसी(UTC))

नेपाली विकिपिडियामा लेखिने पृष्ठहरुको गुणस्तर[सम्पादन गर्नुहोस्]

नेपाल विकिपिडियामा कतिपय पृष्ठहरु पृष्ठ श्रृजना गर्नको लागी मात्र लेखिएको पाइन्छ । जस्तै: नेपालको बैंकहरु श्रेणीका प्राय पृष्ठहरुमा जानकारीको नाममा केही नरहेको तर पृष्ठ श्रृजना गर्नको लागी मात्रै गरिएको जस्तो देखिन्छ । यस्ता खालका पृष्ठहरुले गर्दा नेपाली विकिपिडियाको पृष्ठ संख्या जति भएता पनि गुणस्तर कमजोर हुने हुनाले यस्तो खालको पृष्ठलाई सुधार गर्न केही गर्नु उचित हुन्छ होला । कुरा गर्ने (कुरा गर्ने) ०७:१२, ९ फेब्रुअरी २०१४ (युटिसी(UTC))

सबै सम्पादकहरुलाई यस श्रेणीमा रहेको २१८ वटा पृष्ठहरुलाई आफ्नो सानो सहयोगबाट यी पृष्ठहरुलाई जानकारीमुलक बनाउन सकिने हुँदा सम्पादनको लागी अनुरोध गर्दछु । कुरा गर्ने (कुरा गर्ने) ०४:३३, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC))

प्रबन्धक तथा प्रशासक बारे[सम्पादन गर्नुहोस्]

सबै यस विकी समुदाय साथीहरुलाई अन्तस्करण बाट सोचेर समर्थन गर्न अनंरोध गर्दछु हामी नाम देख्ना साथ उदार हृदयले समर्थन गर्छौ, जति लख छन् त्यसको अनुपातलाई हेर्दा प्रबन्धकहरु बढी छन् साथी भाइसित सम्बन्ध राम्रो राख्न जताभावी समर्थन गरिएमा नेपाली विकिपिडियाको हालत के होला? अरु प्रबन्धक थप्नु अघि वर्तमान sysop मा छाॅटकाट गरेर घटाउनुपर्छ। बरू यसको निम्ति प्रस्ताव ल्याउनु होला। प्रहन्धकीयमा कहाॅ कमी भो र प्रबन्धक अझ थप्ने? विकिपिडिया कै लागि मेरो सोच हो यो, नत्र मलाई पनि के छ र?भवानी गौतम (कुरा गर्ने) १३:२७, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))

I Agree. Let's increase the number of active contributors rather than the number of Sysop and Bureaucrats.--Ganesh Paudel (कुरा गर्ने) ०५:१९, १३ फेब्रुअरी २०१४ (युटिसी(UTC))

प्रमुख चित्र[सम्पादन गर्नुहोस्]

१८ फाल्गुण २०७० मा हुने ग्याल्पो लोसारको दिनमा प्रमुख चित्रमा ग्याल्पो लोसार सम्बन्धी चित्र राख्नको लागी सम्बन्धी चित्र नभेटिएकोले गर्दा तपाईहरुसंग ग्याल्पो लोसार सम्बन्धी चित्र भए जानकारी दिनुहोला । कुरा गर्ने [[User:Nirjal stha| ] (कुरा गर्ने) १५:१०, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))

समस्त सम्पादक मित्रहरुलाई प्रमुख चित्रमा मौलिक चित्रहरुलाई राख्न सुझाव दिई सहयोग गर्न अनुरोध गर्दछु । कुरा गर्ने [[User:Nirjal stha| ] (कुरा गर्ने)

अधिकारको कुरा[सम्पादन गर्नुहोस्]

पहिलादेखि प्रशासक वा प्रबन्धक भएकाहरू सधैँ भन्छन् कि प्रशासक वा प्रबन्धक हुनु ठुलो होइन तर समुदायले गरेको निर्णय रोक्ने अधिकार यिनीहरूलाई कसले दियो त ? अनि धेरै प्रशासक वा प्रबन्धक हुँदा के फरक पर्छ? पहिला आफू हुने बेलामा कुनै नियमको कुरा हुन्न अहिले अरुको पालो आउँदा नियमको याद आउने ? यसरी समुदाय बन्छ त? ३/४ महिनासम्म एक सम्पादन नगर्ने प्रशासक वा प्रबन्धक के काम । पद ओगटेर बस्ने अनि अरूलाई आउन पनि नदिने? यो राम्रो त पक्कै हैन ।_DULAL (कुरा गर्ने) १७:२१, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))

हामी प्रति नकारात्मक सोच छ भने हाम्रो के लाग्छ र । प्रबन्ध के गर्दैछन् यो हेर्नुहोस्भवानी गौतम (कुरा गर्ने)
पुरानो काम देखाएर ब्याज खाने सोच छ भने मेरो भन्नु केही छैन । यो (दायातिर भएको चित्र) आज (१३ फेब्रुअरीमा) लिइएको स्क्रिन सटले त प्रबन्धक तथा प्रशासक ज्युहरू गयल भएको देखाउँछ त । अझै एक जना को त नामोनिशान भेटिएको छैन । यसरी लामो समयसम्म अनुपस्थित हुने प्रबन्धक के काम ? सिसपको अर्थ सिस्टम चलाउने व्यक्ति यति लामो समय अनुपस्थित हुँदा कसरी चलेको होला ? आनि समस्या समाधान भैरहेका जस्तो लाग्छ ? नेपाली व्यक्तिगत विवरणमा नेपालीमा उमेर आउने बनाउन सक्नुहुन्छ ? नेपाली निर्देशांक राख्दा पनि नक्शामा देखिने बनाउन सक्नुहुन्छ ? यस्ता धेरै समस्या छन् जो अहिलेका प्रशासकहरूले गर्न सकिरहेका छैनन् । म त चुप लागेर बसेको मात्रै हो । ल गरेर देखाउनुस् यो दुइवटा काम । सयौँ छन् यस्ता समस्या । थप्दै जाउँला -DULAL (कुरा गर्ने) ०१:४३, १३ फेब्रुअरी २०१४ (युटिसी(UTC))
कृश जी माथि Underline गरेको दुवै काम गरेको छु यो अनि यो हेर्नुहोला.भवानी गौतम (कुरा गर्ने) १५:३९, १४ फेब्रुअरी २०१४ (युटिसी(UTC))
Dear Krish Jee, You've raised a genunine issue (in challenging language again). We are facing various problems in Nepali Wiki. These troubles can be solved by reporting them in Bugzilla at Media Wiki. Bureaucrats are for assigning rights only. Any autocnfirmed user, sysop or bureaucrat can report the bug. Let's find solutions for issues discussing in different page. For this I've registered a bug.--Ganesh Paudel (कुरा गर्ने) ०४:५२, १४ फेब्रुअरी २०१४ (युटिसी(UTC))
हरियो लेबल भएका प्रबन्धक तथा प्रशासकहरु हुन् अझ एक जनाको त नाम यहाँ अटेको पनि छैन ।
प्रशासक ज्यू, यहाँ (दायातिर भएको चित्र)मा त प्रबन्धक/प्रशासक ६ महिना मात्र नभई लगभग १ बर्ष देखि निष्कृय भएको पाइयो त अब तपाईले यहाँभने अनुसार गरेर देखाउने पो हो कि? -Nirmal Dulal (कुरा गर्ने) १३:२०, १३ फेब्रुअरी २०१४ (युटिसी(UTC))
यो पनि हेर्नुहोस यस्तो स्थितिमा जो उपयुक्त हुन्छ गर्नु राम्रो हुन्छ, नेपाली विकिपिडीया को भलाई गर्ने काम गरौं, प्रस्ताव ल्याएर हटाइयोस, म त भ्याए जति सम्पादन गरौला. म यही संदेश मार्फत जो छ महिना देखि निस्क्रिय छन् हटाउने प्रस्ताव ल्याउछु. जो यहांले दिए अनुरुप छ महिना भन्दा बढी हुने सबैलाई हटाउने माग राख्दछु जसमा मा स्वयं छु. मेरो समर्थन छ आवश्यक कार्यवाही गरियोस जसले गर्दा नयां प्रबन्धक र प्रशासक को नियुक्ति हुन सकोस. म नेपाल को होइन. र भारतीय नेपाली हुॅ नेपाली प्रति माया छ र नै काम गरेको हं कूनै भूल भए क्षमा चाहन्छु.
हटाउनु पर्ने प्रशासक
  1. Bhawani Gautam राजी भवानी गौतम (कुरा गर्ने) १३:५७, १३ फेब्रुअरी २०१४ (युटिसी(UTC))

विकिपिडिया कि विकिपिडिया ?[सम्पादन गर्नुहोस्]

हाल प्रचलनमा रहेको ब्याकरणगत नियमहरूका अनुसार विकिपिडिया हुनुपर्ने भएपनि विकिपिडिया भएको छ । यो सच्याउन मैले पटक-पटक कुरा उठाउँद पनि सुनुवाइ भएको छैन । यो काम कसले कहिलेसम्म गर्ने हो जवाफ पाउँ । -DULAL (कुरा गर्ने) ०६:३१, १३ फेब्रुअरी २०१४ (युटिसी(UTC))

  • विकिपिडियामा हालसम्म जति लेखहरु छन् त्यसको तुलनामा प्रबन्धकहरुको सङ्ख्या बढी छ । तर, एक अतभूत र स्वतन्त्र नेपाली विश्वकोषको परिकल्पना गर्ने प्रयोगकर्ताहरुले सम्माननिय प्रशासक तथा प्रबन्धक ज्यूहरु द्वारा नै अंग्रजी र्शिषकमा लेख निर्माण गर्ने, अंग्रजी तथा हिन्दी भाषा मिसाई लेख सम्पादन गर्ने जस्ता अनगीन्ती गल्तीहरुको भरपाई कसले भर्ने । स्प्रष्ट पारिदिनुहुन हार्दिक अनुरोध छ ।

जहाँ, सम्म प्रबन्धक संख्याको कुरा छ, मात्र मोटामोटी २५,००० लेखहरु संग्रहित नेपाली विकिपिडियामा १० प्रबन्धक हुँदाहुँदै पनि गल्ती अनगीन्ती छन् । तथ्याङ्कको आधारमा भन्ने हो भने प्रायः ठूला लेख लेख्ने होडमा गल्ती गर्ने पनि प्रबन्धक ज्यूहरु मध्यवाटै हुनुहुन्छ । त्यसैले हजुरहरु जस्तो कर्मठ र जिम्मेबार व्यक्ति प्रति मेरो यि प्रश्नहरु छन् कि

  • किन १० मध्य २/३ जना प्रबन्धकहरु मात्र सक्रियताका साथ नयाँ लेख लेख्ने र गल्ती सच्चाउन तत्पर छन् ?
  • किन बाँकी प्रबन्धकहरु आफूले गरेको गल्ती प्रति मुःदर्शक भई बसिरहेका छन् ?
  • किन विगतका गल्ती सच्चाएर एक अतभूत र स्वतन्त्र नेपाली विश्वकोषको निर्माण गर्ने अभियानकर्ताहरु लाई अधिकार प्रदान गर्न हिच्किच्याईन्छ ?
  • किन नितिगत तथा गुणस्तरयुक्त पहिचान भन्दा पनि सङ्ख्यागत रुपको पहिचान खोजिँदै छ ?


म आषा गर्छु सम्पूर्ण आर्दणीय प्रशासक तथा प्रबन्धकज्यूहरुले यस मुद्दा प्रति जिम्मेबारी बोध गरी आफ्नो अमूल्य राय प्रस्तुत गर्दै समाधानको मार्गदर्शन गराउनु हुनेछ ।


  • हैन भने समय र परिस्थितिको मागलाई ध्यानमा राखि प्रशासक तथा प्रबन्धकहरुको सक्रियता तथा वैचारीकता र नियममा रहि प्रबन्धकहरुको सङ्ख्या पुर्नः र्निधारण तथा संगठन पुर्नः गठनको लागि हार्दिक आवहान गर्न चाहन्छु ।-Nabin K. Sapkota (कुरा गर्ने) ०७:४४, १३ फेब्रुअरी २०१४ (युटिसी(UTC))

जन्मतिथि र उमेर हाल्ने तरिका[सम्पादन गर्नुहोस्]

जन्मतिथि हालेर यसको उमेर सहित निकाल्ने विषयमा हाम्रा प्रबन्धक साथीहरुलाई धेरै समस्या परेकोले मैले यस समस्याको समाधान गरिदिएको छु. यसमा ईश्वीय सन् र विक्रम संवत दुवैको व्यवस्था मिलाएको छु.

इश्वी सन् को निम्ति[सम्पादन गर्नुहोस्]

यो ढाँचा => {{Birth date and age|1947|8|15}}

कपी गरेर पेस्ट गरिदिनुहोस जसबाट यस्तो बनिन्छ => (1947-08-15) १५ अगस्ट १९४७ (उमेर ७६)

विक्रम संवत् को निम्ति[सम्पादन गर्नुहोस्]

यो ढाँचा => {{विक्रम संवतमा जन्मतिथि र उमेर|2044|11|2}}

कपी गरेर पेस्ट गरिदिनुहोस जसबाट यस्तो बनिन्छ => वि. सं. 2044 माघ 2 गते (2044-10-02) (उमेर 36 वर्ष)

भवानी गौतम (कुरा गर्ने) १२:३१, १५ फेब्रुअरी २०१४ (युटिसी(UTC))

धन्यबाद प्रशासक ज्यु । यो त राम्रो भयो अझ अंक पनि नेपाली देखिने भए सुनमा सुगन्ध हुने थियो । -DULAL (कुरा गर्ने) ०३:०९, १६ फेब्रुअरी २०१४ (युटिसी(UTC))

: यो पनि गरिदिएँ-भवानी गौतम (कुरा गर्ने) ११:४८, १६ फेब्रुअरी २०१४ (युटिसी(UTC))

धन्यबाद । यो त अति उत्तम भयो । प्रशासक ज्यू, म तपाईँप्रति आभारी छु । -DULAL (कुरा गर्ने) ०१:४०, १७ फेब्रुअरी २०१४ (युटिसी(UTC))

निर्देशांकको समस्या पनि समाधान[सम्पादन गर्नुहोस्]

अर्को समस्या हाम्रा प्रवन्धकलाई परेको थियो निर्देशांकको जसको निम्ति एक प्रवंधक ले ता मलाई चुनैती दिनुभएको थियो, त्यसको पनि समाधान गरिदिएको छु जसको निम्ति यो पृष्ठ हेरेर कपी गर्नुहोस्.भवानी गौतम (कुरा गर्ने) १२:५५, १५ फेब्रुअरी २०१४ (युटिसी(UTC))

यो त भएकै थियो नी प्रशासक ज्यु । मैले त नेपाली अंक (१,२,३...) राखेर आउने बनाइदिनु पर्यो पो भनेको । प्रशासक ज्युलाई स्मरण होस हामीले नेपाली लेखहरूमा नेपाली अंक (१,२,३...) राख्ने निर्णय गरेका थियौँ । तपाईंलाई जानकारी होस् यसरी निर्देशांक नेपाली विकिमा आउने बनाएको मैले नै हो । तर नेपालीमा देखिने बनाउन पो नसकेको त । गुड लक -:p -DULAL (कुरा गर्ने) ०३:०७, १६ फेब्रुअरी २०१४ (युटिसी(UTC))
::: तपाईको नेपालीमा अंक आउने कुरा पनि समाधान् गरिदिएको छु। यस्ता काम गर्न प्रशासकले मात्र नभई प्रबन्धकमा पनि क्षमता भए सक्नु पर्ने हो। जे होस् मैले गरिदिएँ,। अब यो सुबिधा लिन मेरा अभिरुचिहरुमा गएर उपकरणमा गएर अंक-परिवर्तन लाई सेलेक्ट गर्दा जस्तो मन लाग्छ त्यस्तै गर्नुहोस् नेपाली लेखे पनि अंग्रेजीमा लेखे पनि जस्तो हेर्न मन लाग्छ हेर्नुहोला।भवानी गौतम (कुरा गर्ने) ११:३६, १६ फेब्रुअरी २०१४ (युटिसी(UTC))

सुधार नभए एक महिनापछि हटाइने लेखहरू[सम्पादन गर्नुहोस्]

कुनै गाउँमा एकपटक भोकमरी लागेछ । त्यो गाउँमा एक जना भलाद्मी दसमाना मकैको पीठो लिएर पुगेछन् । महिनौं खान नपाएर बसेका जनताबीचमा दसमाना मकैको पीठो लिएर पुगेका उनले प्रत्यक घरमा एकमाना बाँड्न घटिमा ३० माना पीठो चाहिने देखेर त्यो पीठोमा २० माना धुलोमाटो मिलाएछन् र बाँडेछन् । त्यो माटो मिसिएको पीठो खान योग्य भएन । आफूलाई आश देखाएर निराश बनाएकोमा त्यहाँका जनताले ती भलाद्मीलाई पिटेर पठाएछन् ।

यो दृष्टान्त जस्तै नेपाली विकिमा राम्रो आकांक्षा (Good Faith) राखेर लेखिएका लेखहरू भएपनि नेपालीहरूले बुझ्न नसक्ने यी ५० लेखहरू मैले सुधारको लागि राखेको छु । सकेसम्म यिनलाई सुधार गरौं । नत्र एक महिनामा यिनीहरू हटाइनेछन् । -DULAL (कुरा गर्ने) ०३:२८, १६ फेब्रुअरी २०१४ (युटिसी(UTC))

सुधार नभए एक महिनापछि हटाइने लेखहरूको ट्याग आफैं हटाउनुभन्दा वार्तालाप गरेर मात्र हटाउनु बेस होला । -DULAL (कुरा गर्ने) ०२:११, १७ फेब्रुअरी २०१४ (युटिसी(UTC))

प्रयोगकर्ताले सम्पादन गर्न नसक्ने गल्तीहरू हटाउने[सम्पादन गर्नुहोस्]

म विकिपिडियामा नयाँ हुँ । यस्को बारेमा त्यति धेरै ज्ञान त छैन तर पनि फुर्सद मिल्यो भने सम्पादन गर्ने विचार गर्दै छु । तर नेपाली विकिपिडियाका धेरै पृष्ठहरूमा ससाना गल्तीहरू भेटिन्छन् । धेरै ठाउँमा 'हरू' हुनुपर्नेमा 'हरु' लेखिएको छ,कहीं हिन्दी शब्दहरू प्रयोग गरिएका छन्, 'सामग्री'लाई 'सामाग्री'लेखिएको छ । यो जस्तै प्रयोगकर्तालाई निर्देशन गर्ने अथवा सिकाउने पृष्ठहरू जसलाई सामान्य प्रयोगकर्ताहरूले परिवर्तन गर्न सक्दैनन्, त्यस्ता ठाउँका गल्तीहरूलाई कसरी हटाउने ?

Kongpeiran जी गल्तीहरू धेरै छन्। म यही अभियानलाई निरन्तरता दिन चाहेको छु। प्रत्येक लेख तथा खण्डमा सम्पादन बटन हुन्छ त्यसमा क्लिक गरेर सम्पादन गर्न सक्नुहुनेछ। सहयोगका लागि हामी तयार छौं। गल्ती होला भनेर नडराउनुस्। -DULAL (मसँग कुरा गर्नुहोस्) ०३:२७, २८ फेब्रुअरी २०१४ (युटिसी(UTC))

नयाँ मित्रहरूलाई स्वागत[सम्पादन गर्नुहोस्]

सूचीमा नयाँ साथीहरू

केही नयाँ मित्रहरू पनि योगदान चार्टमा देख्न पाइयो खुशी लाग्यो।-DULAL (मसँग कुरा गर्नुहोस्) ०२:३६, २८ फेब्रुअरी २०१४ (युटिसी(UTC))

कोमल प्रसाद पोखरेल, निर्जल श्रेष्ठ, बिप्लब आनन्द लगायत केही नयाँ सम्पादक साथीहरूको योगदानले सबैलाई उत्साहित बनाएको छ। निरन्तरता कायम रहोस्। Happy Editing-Ganesh Paudel (कुरा गर्ने) ०४:४८, २८ फेब्रुअरी २०१४ (युटिसी(UTC))

सुधार नभए एक महिनापछि हटाइने लेखहरूबारे[सम्पादन गर्नुहोस्]

आखिर पहिलो चरणको सुधार अभियानमा छानिएका लेखहरूलाई सुधार्ने बहादुर कोही निस्किएन। जति गफ लगाएपनि सुधारवादी साथीहरूलाई पनि ती लेखहरू हेर्दा रिंगटा लाग्यो होला। एउटा लेख सच्याउने कोशिस त भएछ तर बिचैमा अलपत्र परेछ। अब ती सबै लेख जुनसुकै बेला जस्ले हटाउँदा वा सुधार गर्दा भयो। फेरि अन्य ५१ लेख थपिएका छन्। यिनलाई पनि एक महिनाको समय दिनुबेस होला। सुधारवादी साथीहरूको राय के छ? -DULAL (मसँग कुरा गर्नुहोस्) १०:५९, ५ मार्च २०१४ (युटिसी(UTC))

विकि लभ मुन्युमेंटको फोटो प्रतियोगीताको बारेमा[सम्पादन गर्नुहोस्]

विकि लभ मुन्युमेंटको फोटो प्रतियोगीता सम्पन्न भएको ६-७ महिना बिति सकेको छ तर त्यो प्रतियोगीताको रिजल्ट किन प्रकाशीत भएन ? के नेपाली विकि समुदायले भनेको काम पुरा गर्दैन ? म पनि त्यो प्रतियोगीताको प्रतियोगी मध्यमा पर्छु। कि प्रतियोगीताको रिजल्ट प्रकाशीत भएको मलाई कुनै जानकारी न दिएको हो ? यदी यसो हो भने पनि प्रतियोगीतामा सहभागी भएको प्रमाण पत्र त मलाई मिल्नु पर्ने। तपाइँको प्रतियोगीता सम्बन्धी के भयो भनेर मलाई कतिपय मान्छेहरूले सोधी रहेका छन्। मलाई जवाफ दिन पनि मुस्किल परेको छ। यो प्रतियोगीताको रिजल्ट प्रकाशीत गर्नमा किन ढिलो भैरहेको छ। कृपया सो प्रतियोगीताका आयोजकहरूले मलाई भर पर्दो उत्तर दिनुहोला।--रमेश  वार्ता  १६:३७, ९ मार्च २०१४ (युटिसी(UTC))