बिबी रेक्सा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिबी रेक्सा
२०१९ मा बिबी रेक्सा
व्यक्तिगत विवरण
वास्तविक नामब्लेटा रेक्सा
जन्म (1989-08-30) अगस्ट ३०, १९८९ (उमेर ३४)
ब्रोक्लिन, न्यु योर्क, अमेरिका
विधा
पेशा
  • गायिका
  • गीतकार
  • रेकर्ड निर्माता
वाद्ययन्त्रस्वर
सक्रिय वर्षसन् २०१०–हाल
लेबल
सहयोगी
वेबसाइटbeberexha.com

ब्लेटा रेक्सा (अल्बानियाली उच्चारण: [ˈblɛta ˈɾɛdʒa], (अल्बानियाली भाषामा: ब्लेता रेक्जा)[१] (जन्म:३० अगस्त १९८९), व्यावसायिक रूपमा बिबी रेक्साको रूपमा परिचित, एक अमेरिकी गायिका तथा गीतकार हुन्।[२][३][४] सन् २०१३ मा, रेक्साले वार्नर ब्रोजसँग रेकर्डिङ सम्झौतामा हस्ताक्षर गरेकी थिइन्। अमेरिकी र्‍यापर एमिनेमको "द मोन्स्टर"नामक गीतको लेखन श्रेय रहेको छ जसले पछि, उत्कृष्ट र्‍याप/गायन प्रस्तुतिको रूपमा ग्रामी पुरस्कार प्राप्त गरेको थियो। उनले सिनी, सेलेना गोमेज र निक जोनस लगायतका कलाकारहरूका लागि पनि गीत लेखेकी छिन्।[५][६][७][८][९] रेक्साले सन् २०१५ मा उनको पहिलो विस्तृत साङ्गीतिक सङ्ग्रह, "आई डन्ट वान ग्रो अप" सार्वजनिक गरेकी थिइन् जसले व्यावसायिक रूपमा मध्यम प्रदर्शन गरेको थियो। यसमा समावेश "आई कान्ट स्टप ड्रिङ्किङ एबाउट यु" र "आई एम गन सो यु क्रेजी" लगायतका गीतहरू चर्चित भएका थिए।

सन् २०१७ मा, रेक्साले विस्तृत गीतहरूको सङ्गालो, अल योर फल्ट भाग १ र अल योर फल्ट भाग २ सार्वजनिक गरेकी थिइन् जसमा समावेश गीतहरू "आई गट यु" र "द वे आई आर (डान्स विथ समबडी) ले मध्यम सफलता प्राप्त गरेका थिए। रेक्साले अमेरिकी र्‍यापर जि-इजिसँग गरेको सहकार्यबाट सार्वजनिक गरिएको गीत "मि माइसेल्फ एन्ड आई" र मार्टिन गरिक्ससँगको साझेदारीमा निर्माण गरिएको गीत "इन द नेम अफ लभ" लगायतका उनका गीतहरू चर्चित बनेका थिए। अमेरिकी साङ्गीतिक समूह फ्लोरिडा जर्जिया लाइनसँगको सहकार्य संयुक्त रूपमा निर्माण गरिएको गीत "मिन्ट टु बी"ले देशव्यापी रूपमा ख्याति प्राप्त गरेको थियो जहाँ यो पछि, अमेरिकाको बिलबोर्ड तालिकाको शीर्ष २ मा आएको थियो।

रेक्साको पहिलो गिती सङ्ग्रह, एक्पेक्डिसन (सन् २०१८) बिलबोर्ड २००को १३औँ स्थानमा आएको थियो जहाँ समावेश उनको गीत "आई एम मेस"ले चर्चित भएको थियो जहाँ यसले उत्कृष्ट नयाँ कलाकार र उत्कृष्ट देशकालिन जोडी/सामुहिक प्रस्तुतिको तर्फबाट ६१औँ ग्रामी पुरस्कारमा माथि उल्लेखित मनोनयनहरू प्राप्त गरेको थियो।[१०][११]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

रेक्साको जन्म ३० अगस्त १९८९ मा, ब्रोक्लिन न्युयोर्कमा भएको थियो।[१२] उनका बुबा आमा अल्बानियाली मुलका थिए। उनका बुबा, फ्लामुर रेक्सा अल्बानियाली नागरिक थिए जहाँ उनको जन्म तात्कालिक युगोस्लाभिया र हालको उत्तरी माकेदोनियाको सहर, देबारमा भएको थियो।[१३][१४] उनी अमेरिकामा, २१ वर्षको उमेरमा बसाइँसराइ गरेका थिए। उनकी आमा, बुकुरिये रेक्साको जन्म अमेरिकामा भएको थियो जहाँ उनको परिवार गोस्तिभर (हाल उत्तरी माकेदोनिया) मुलका थिए।[५] अल्बानियाली भाषामा उनको नाम ब्लेतेको अर्थ मौरी हो। उनको अनुसार, उनको परिवार अल्बानियाली मुलका हुन् र त्यहाँका मानिसहरूले उनलाई छोट्करीमा "बिबी" भनेर बोलाउने गर्दथे। उनको परिवार उनी ६ वर्षको उमेर छँदा, स्टाटेन टापुमा, बसाइँसराइ गरेको थियो।[१२]

रेक्साले ट्रम्पेट, गितार र पियानो बजाउन स्वत रूपमा सिकेकी थिइन्।[१५][१६] रेक्साले स्टाटेन टापु स्थित, टोट्टेनभिल्ले उच्च विद्यालयमा अध्ययन गरेकी थिइन् जहाँ उनले सङ्गीतका विभिन्न विधामा सहभागी भएकी थिइन्।[१७] उनले उच्च विद्यालयमा अध्ययन गर्ने क्रममा, एक भजनमण्डलीमा आबद्ध भएकी थिइन्।[८][१४] भजनमण्डलीमा सहभागी भए पश्चात्, उनले आफ्नो स्वर राम्रो रहेको पत्तो पाएकी थिइन्।[१६] किशोरावस्थामा, रेक्साले रेकर्डिङ कला तथा विज्ञानको राष्ट्रिय विद्यापीठको वार्षिक ग्रामी पुरस्कारको कार्यक्रममा प्रदर्शन गर्ने उद्देश्यका साथ गीत पेश गरेकी थिइन्।[१८][१९] रेक्साले "सर्वश्रेष्ठ किशोर गीतकार" पुरस्कार प्राप्त गरेकी थिइन् जहाँ उनले लगभग अन्य ७०० प्रवेशीहरूलाई उछिन्न सफल भएकी थिइन्।[२०][२१] फल स्वरूप, उनको प्रतिभासँग प्रभावित भएर सामन्था कोक्सले उनीसँग एक सम्झौतामा हस्ताक्षर गरेकी थिइन्,[१२][२२][२३] जसले रेक्सलाई म्यानहट्टनमा गीत लेख्ने कक्षामा भर्ना गर्न प्रोत्साहित गरेको थियो।[१५][२४]

साङ्गीतिक यात्रा[सम्पादन गर्नुहोस्]

सन् २०११–२०१२: ब्ल्याक कार्ड्सको साथ साङ्गीतिक यात्रा प्रारम्भ[सम्पादन गर्नुहोस्]

१ सेप्टेम्बर २०११ मा, पेटे वेन्ट्जको साथ रेक्सा

सन् २०१० मा, रेक्साले फल आउट ब्वाइजको बेस वाधक पेटे वेन्ट्जलाई भेटेकी थिइन्।[१६][२५] उनले उनको साथ न्युयोर्क सहर स्थित एक रेकर्डिङ स्टुडियोमा काम गर्न सुरु गरेकी थिइन्। उनी पछि सदस्य बनेकी थिइन् र वेन्ट्जको नयाँ प्रयोगात्मक परियोजना ब्ल्याक कार्ड्सको गायिका बनेकी थिइन्।[२६] साङ्गीतिक समूहले विभिन्न प्रत्यक्ष कार्यक्रमहरूको आयोजना गरेको थियो र धेरै एकल तथा मिश्रित गीतहरू जारी गरेको थियो। यद्यपि, जनवरी २०१२ मा, वेन्ट्जले, रेक्सा अन्य परियोजनामा संलग्न हुनका लागि यस साङ्गीतिक समूह छोडेको घोषणा गरेको थियो। बिबी रेक्सालाई त्यस वर्षको गीतकारका रूपमा योगदानका लागि सक्षम भएको कारण आबे ओल्मान छात्रवृत्ति प्रदान गरिएको थियो।[२७]

सन् २०१३–२०१६: एकल प्रदापण, आई डन्ट वान ग्रो अप र सहकार्य[सम्पादन गर्नुहोस्]

सन् २०१३ मा, रेक्साले वार्नर ब्रोजमा एकल कलाकारको रूपमा हस्ताक्षर गरेकी थिइन्।त्यस पश्चात्, रेक्साले सेलेना गोमेज र निक्की विलियम्सका लागि क्रमश: "लाइक अ च्याम्पियन" र "ग्लोइङ" लगायतका गीतहरू लेखिदिएकी थिइन्।[२८] सन् २०१३ मा, उनको सबैभन्दा प्रख्यात गीत लेखन प्रयास एमिनम र रियानाको " द मोन्स्टर" हो, जसलाई एमिनेमको गिती सङ्ग्रह द मार्सल माथर्स भाग २ बाट चौथो एकलको रूपमा जारी गरिएको थियो।[२९] गीत अमेरिकी बिलबोर्ड हट १०० र हट आर र बी/हिप हप गीत लगायतका साङ्गीतिक तालिकाहरूको शीर्ष स्थानमा पुगेको थियो जसले पछि, उत्कृष्ट र्‍याप/गायन प्रस्तुतिको रूपमा ५७औँ वार्षिक ग्रामी पुरस्कार समारोहमा, पुरस्कार प्राप्त गरेको थियो।[२०][२८] सोही वर्ष, रेक्साले "टेक मि होम" नामक गीत लेखेकी थिइन् जसलाई क्यास क्यास (अमेरिकी साङ्गीतिक समूह)को गीतको रूपमा चयन गरिएको थियो।[२०]

२१ मार्च २०१४ मा, रेक्साले आफ्नो पहिलो गीत "आई कान्ट स्टप ड्रिङ्किङ एबाउट यु" सार्वजनिक गरेकी थिइन्।[३०] गीत अमेरिकी उत्कृष्ट हटसिकर तालिकाको २२ औँ स्थानमा आएको थियो भने यसको साङ्गीतिक भिडिओलाई १२ अगस्त २०१४ मा, सार्वजनिक गरिएको थियो।[३१] यसको साङ्गीतिक भिडिओ गर्ल, इन्टर्रप्टेड र मिलानकोलिया जस्ता चलचित्रहरूकाट प्रेरित थियो।[३२] नोभेम्बर २०१४ मा, रेक्साले पिटबुलको गीत "दिस इज नट अ ड्रिल"मा सहकार्य गरेकी थिइन्। सेप्टेम्बर २०१४ मा, उनलाई एल्भिस डुरानको महिना कलाकारको रूपमा चयन गरिएको थियो र उनलाई एनबिसीको टुडे नामक कार्यक्रममा चित्रित गरिएको थियो[३३][३४] जसलाई क्याथी लि गिफोर्ड र हुदा कुब्तले सञ्चालन गरेका थिए। कार्यक्रममा, उनले आफ्नो गीत "आई कान्ट स्टप ड्रिङ्किङ एबाउट यु" प्रत्यक्ष रूपमा गाएकी थिइन्।[३५]

डिसेम्बर २०१४ मा, रेक्साले "आई एम गन सो यु क्रेजी" र "गन" लगायतका थप दुई गीतहरू सार्वजनिक गरेकी थिइन्।[७] १२ मे २०१५ मा,उनले आफ्नो पहिलो साङ्गीतिक सङ्गालो, "आई डन्ट वान ग्रो अप", वार्नर ब्रोज रेकर्ड्स मार्फत सार्वजनिक गरेकी थिइन्। उनले फ्रान्सेली डिजे डेभिड गेतासँग गीत "हे मामा"लाई संयुक्त रूपमा लेखेकी थिइन् भने उनी त्यसको साङ्गीतिक भिडिओमा, निकी मिनाज र आफ्रोज्याकसँग देखिएकी थिइन्।[३५][३६] गीत बिलबोर्ड हट १००को तालिकामा शीर्ष ८ मा पुगेको थियो र जुन २०१५ सम्म यसलाई १० लाख भन्दा बढी पटक अभिभारण गरिएको थियो।[३७]

जनवरी २०१५ मा, रेक्साले जि-इजीसँग सहकार्य गर्दै "मि माइसेल्फ एन्ड आई" लेखेकी थिइन् जसमा उनी चित्रित पनि भएकी थिइन्।[३८] गीत बिलबोर्ड तालिकाको शीर्ष ७ मा पुग्न सफल भएको थियो भने यस गीत अमेरिकी पप गीत तालिकाको शीर्ष स्थानमा पुगेको थियो।[३९] गीतको शीर्षक मूल रूपमा "आई डन्ट निड एनिथिङ" राखिएको थियो। यसको सट्टा, उनले जि-इजीसँग गीतको विचार अगाडि ल्याएकी थिइन् र द‍ोहोरिँदो पदको समयमा यसमा स्वर योगदान गरेकी थिइन्। [२४][४०]

रेक्साले निकी मिनाजको प्रबन्धकलाई जि रोबरसनलाई भेटेकी थिइन् र उनलाई उनीसँग सहकार्य गर्नका लागि उनी मार्फत आह्वान गरेकी थिइन्।[४१] मार्च २०१६ मा, रेक्साले निकी मिनाजको विशेषता रहेको गीत "नो ब्रोकन हर्ट्स" जारी गरेकी थिइन्। अप्रिल २०१६ मा, यसको दृश्यलाई सार्वजनिक गरिएको थियो जसका निर्देशक डेभ मेयर थिए। यसले युट्युबमा, हालसम्म २७ करोड भन्दा बढी अवलोकन प्राप्त गरेको छ।[४२]

२९ जुलाई २०१६ मा, रेक्साले नेदरल्यान्डेली डिजे र रेकर्ड निर्माता मार्टिन गरिक्ससँगको सहकार्यमा उनीहरूको गीत "इन द नेम अफ लभ" जारी गरेका थिए।[४३] यसले बिलबोर्ड तालिकाको शीर्ष २४ मा स्थान बनाएको थियो भने यसले अमेरिक उत्कृष्ट नृत्य/विद्युतीय गीतको रूपमा सोही तालिकाको चौथो स्थान हासिल गरेको थियो। गीत, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, इटाली र न्युजिल्यान्ड लगायतका देशहरूका साङ्गीतिक तालिकाको शीर्ष १० भित्र पर्न सफल भएको थियो। यसको भिडिओलाई २३ अगस्त २०१६ मा, मार्टिन गरिक्सको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो।

रेक्सा सन् २०१६ मा, प्रस्तुति दिँदै

कलात्मकता[सम्पादन गर्नुहोस्]

रेक्सा मुख्य रूपमा पप सङ्गीतका विभिन्न विधाहरूका लागि परिचित छिन्।[३][४][४४] उनको पहिलो गीतको श्रेय कोरियाली-पप साङ्गीतिक समूह साइनीको लागि रहेको छ जुन लुसिफर नामक गिती सङ्ग्रहको शीर्षक गीत हो।[४५] [४४][४६] त्यसबेलादेखि उनले हिप हप[४४], वैकल्पिक रक, आर एन्ड बी[४४][४६], देशकालिन, रक, नृत्य र विद्युतीय सङ्गीत जस्ता साङ्गीतिक विधाहरूमा गीतहरू गाउने गरेकी छिन्।[४६]

उनमा लउरेन हिलको मुख्यतया प्रभाव परेको छ।[४७] उनका गीतहरूमा अन्य कलाकारहरू जस्तै बब मार्ली, माडोन्ना, क्रिस्टिना अगुइलेरा, ब्लन्डी, आलानिस मोरिसेट्स र कोल्डप्लेको समेत प्रभाव देखिन्छ।[४८][४९]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

रेक्सा सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता, समुदायको समर्थक हुन्। उनले आफ्नै यौनिकतालाई यौन अभिमुखीकरण पहिचानको रूपमा वर्णन गर्दछिन्। १५ अप्रिल २०१५ मा, रेक्साले उनलाई द्विध्रुवीय विकार रहेको खुलासा गरेकी थिइन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Bebe Rexha (जुन ८, २०१६), Try to pronounce my real first name // Watch my 'Introducing' interview at http://push.mtv.tv!, event occurs at 00:01–00:04, अन्तिम पहुँच सेप्टेम्बर १४, २०१९फेसबुकद्वारा। 
  2. Halperin, Shirley (२०२०-०९-३०), "Bebe Rexha Signs With SAL&CO Management, Home to The Weeknd, French Montana", भेराइटी (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१०-१० 
  3. ३.० ३.१ Nijjar, Aneet, "Bebe Rexha Biography", अल म्युजिक, अन्तिम पहुँच अगस्ट २५, २०१९ 
  4. ४.० ४.१ "On the Charts: Bebe Rexha, Florida Georgia Line Achieve Rare Country Feat", Rolling Stone, डिसेम्बर ५, २०१७, अन्तिम पहुँच डिसेम्बर १७, २०१७ 
  5. ५.० ५.१ Macas, Trisha (जुन २८, २०१६), "Bebe Rexha: Music is about making people know they're not alone", अन्तिम पहुँच अगस्ट १३, २०१६ 
  6. "Tweet", @BebeRexha, डिसेम्बर २२, २०१६, अन्तिम पहुँच फेब्रुअरी १२, २०१९ 
  7. ७.० ७.१ "7 Songs You Didn't Know Bebe Rexha Wrote", याहु! सङ्गीत, अगस्ट ९, २०१६, अन्तिम पहुँच अगस्ट १३, २०१६  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर २०, २०१६ मिति
  8. ८.० ८.१ Lange, Maggie (अप्रिल ६, २०१६), "Meet Bebe Rexha, the Woman Who's Been Making All Those Top 40 Songs So Catchy", जिक्यु, अन्तिम पहुँच अगस्ट १३, २०१६ 
  9. Goodman, William (जुलाई २२, २०१६), "Bebe Rexha Plays Hits & New Tracks at Acoustic 'Next Up' Seattle Show", बिलबोर्ड, अन्तिम पहुँच अगस्ट १३, २०१६ 
  10. "Expectations by Bebe Rexha", iTunes Store (US), अन्तिम पहुँच अप्रिल १४, २०१८ 
  11. "Bebe Rexha", ग्रामी डटकम, डिसेम्बर ५, २०१८, अन्तिम पहुँच डिसेम्बर १२, २०१८ 
  12. १२.० १२.१ १२.२ Ebro Darden (host), Bebe Rexha (guest). (April 17, 2016). Bebe Rexha talking about being Albanian and songwriting (Ebro Darden Interview). युट्युब. https://www.youtube.com/watch?v=S96rcOmHgcM. अन्तिम पहुँच मिति: August 13, 2016. 
  13. Zyla, Julian (अप्रिल १७, २०१४), "Bebe Rexha, bashkautorja e këngës "The Monster"", Voice of America in Albanian, अन्तिम पहुँच डिसेम्बर १३, २०१६ 
  14. १४.० १४.१ Rama, Albana (जुन ९, २०१४), "Singer Bebe Rexha wrote song for Eminem", Kosovo Diaspora, अन्तिम पहुँच डिसेम्बर १३, २०१६ 
  15. १५.० १५.१ Vincentelli, Elisabeth (जुलाई ४, २०१५), "Rihanna dissed me, so I wrote her a hit song", न्युयोर्क पोस्ट, अन्तिम पहुँच अगस्ट १३, २०१६ 
  16. १६.० १६.१ १६.२ Nelson, Jeff (जुन ३०, २०१६), "5 Things to Know About Bebe Rexha, the Breakout Singer-Songwriter You Need to Know (But Have Already Heard!)", पिपुल, अन्तिम पहुँच अगस्ट १३, २०१६ 
  17. Geisler, Conan (जुन २९, २०१६), "Eminem's 'The Monster' co-writer Bebe Rexha visits Philippines, hates to fly", Yibada, अन्तिम पहुँच अगस्ट १३, २०१६ 
  18. Nunn, Jerry (मे ३१, २०१६), "NUNN ON ONE: MUSIC Singer Bebe Rexha: 'Hearts' and soul", विन्डी सिटी टाइम्स, अन्तिम पहुँच अगस्ट १३, २०१६ 
  19. Bebe Rexha (guest). (January 21, 2016). Bebe Rexha: "Classical Songs Make Me Cry". प्युज. https://www.youtube.com/watch?v=kjRcc1cCPe4. अन्तिम पहुँच मिति: August 13, 2016. 
  20. २०.० २०.१ २०.२ Yotka, Steff (मार्च २१, २०१४), "Song Premiere: Bebe Rexha", नाइलन, अन्तिम पहुँच अगस्ट १४, २०१६ 
  21. Bebe Rexha (guest). (February 9, 2018). Bebe Rexha on How No Doubt, Lauryn Hill & Destiny's Child Shaped Her Sound | Soundtracked | TRL. युट्युब. https://www.youtube.com/watch?v=Bmm6TGnWssI. अन्तिम पहुँच मिति: February 19, 2018. 
  22. McGahan, Michelle (अगस्ट २७, २०१४), "Bebe Rexha Talks Writing Eminem and Rihanna's 'The Monster,' Her Single 'I Can't Stop Drinking About You' + More [EXCLUSIVE VIDEO]", पपक्रस, अन्तिम पहुँच अगस्ट १३, २०१६ 
  23. Tanasă, Raluca (अगस्ट १४, २०१४), "Bebe Rexha pune Albania pe harta starurilor pop internaționale – VIDEO" (रोमानियालीमा), INFOMUSIC, अन्तिम पहुँच अगस्ट १३, २०१६ 
  24. २४.० २४.१ Feeney, Nolan (जुन २१, २०१६), "Bebe Rexha's 7-step guide to breaking into the music industry", इन्टरटेन्मेन्ट विक्ली, अन्तिम पहुँच अगस्ट १३, २०१६ 
  25. Song, Sandra (अप्रिल १३, २०१६), "It's Bebe Rexha's Time to Shine", पेपर, अन्तिम पहुँच अगस्ट १३, २०१६ 
  26. Montgomery, James (जनवरी १३, २०१२), "Pete Wentz Talks Future Of Black Cards", एमटिभी, अन्तिम पहुँच अगस्ट १३, २०१६ 
  27. "Bebe Rexha | Songwriters Hall of Fame", www.songhall.org, अन्तिम पहुँच नोभेम्बर १८, २०१८ 
  28. २८.० २८.१ Kennedy, John (अक्टोबर २४, २०१३), "Singer Bebe Rexha Talks Co-Writing Eminem And Rihanna's 'MMLP2' Collaboration 'The Monster'", भाइब, अन्तिम पहुँच अगस्ट १३, २०१६ 
  29. Tanners, Jon (जनवरी ७, २०१४), "Creating a Monster: How Bebe Rexha's Song Became Eminem's Chart-Topping Hit", Pigeons and Planes, अन्तिम पहुँच अगस्ट १३, २०१६ 
  30. "Bebe Rexha – Chart History – Heatseekers Songs", बिलबोर्ड, अन्तिम पहुँच अगस्ट १४, २०१६ 
  31. Midgarden, Cory (अगस्ट १३, २०१४), "Meet Bebe Rexha: The Anti-Katy Perry Of Pop", एमटिभी, अन्तिम पहुँच अगस्ट १४, २०१६ 
  32. Wass, Mike (नोभेम्बर २१, २०१४), "Bebe Rexha Teams Up With Pitbull On "This Is Not A Drill": Listen To The 'Globalization' Trap-Pop Anthem", आइडोलेटर, अन्तिम पहुँच अगस्ट १४, २०१६ 
  33. Wass, Mike (डिसेम्बर १७, २०१४), "Bebe Rexha Unveils Her "I'm Gonna Show You Crazy" Cover Art And Shares Two New Snippets: Listen", आइडोलेटर, अन्तिम पहुँच अगस्ट १४, २०१६ 
  34. Stern, Bradley (डिसेम्बर २२, २०१४), "Bebe Rexha Debuts Powerful Ballad, "Gone": Idolator Premiere", आइडोलेटर, अन्तिम पहुँच अगस्ट १४, २०१६ 
  35. ३५.० ३५.१ Lipshutz, Jason (अप्रिल २९, २०१५), "Bebe Rexha Explains Why She Isn't (Officially) Featured on David Guetta's 'Hey Mama'", बिलबोर्ड, अन्तिम पहुँच अगस्ट १४, २०१६ 
  36. Ryan, Patrick (जुन २३, २०१५), "'Hey,' Bebe! 'Mama' singer gets due credit", युएसए टुडे, अन्तिम पहुँच अगस्ट १४, २०१६ 
  37. Ryan, Patrick (अगस्ट ५, २०१६), "Q&A: G-Eazy on 'terrifying' Donald Trump, working with Britney Spears", युएसए टुडे, अन्तिम पहुँच अगस्ट १४, २०१६ 
  38. Trust, Gary (अप्रिल ११, २०१६), "G-Eazy & Bebe Rexha Rule Pop Songs Chart With 'Me, Myself & I'", बिलबोर्ड, अन्तिम पहुँच अगस्ट १४, २०१६ 
  39. Lipshutz, Jason (जनवरी २२, २०१६), "Bebe Rexha Tells Origin Story of G-Eazy's "Me, Myself & I": Interview", फ्युज, अन्तिम पहुँच अगस्ट १४, २०१६ 
  40. Riotta, Chris (मार्च १६, २०१६), "Nicki Minaj and Bebe Rexha's New Song "No Broken Hearts" Is the Breakup Anthem You Needed", माइक, अन्तिम पहुँच अगस्ट १३, २०१६ 
  41. Wass, Mike (अप्रिल १४, २०१६), "Bebe Rexha On "No Broken Hearts," Songwriting & Her Debut LP: Interview", आइडोलेटर, अन्तिम पहुँच अगस्ट १४, २०१६ 
  42. "Bebe Rexha - "No Broken Hearts" ft. Nicki Minaj (Official Music Video)", युट्युब, अप्रिल ७, २०१६, अन्तिम पहुँच जुन २३, २०१९ 
  43. "Watch Martin Garrix Talk His Collaboration with Bebe Rexha at Lollapalooza", फ्युज, जुलाई ३०, २०१६, अन्तिम पहुँच अगस्ट ११, २०१६ 
  44. ४४.० ४४.१ ४४.२ ४४.३ Nicholson, Jessica (नोभेम्बर २९, २०१८), "Music Biz 2019 Conference To Honor Bebe Rexha With Breakthrough Artist Award", MusicRow, अन्तिम पहुँच सेप्टेम्बर १४, २०१९ 
  45. "Composer of SHINee's 'Lucifer', Bebe Rexha Revealed One Surprising Fact of Her Writing That Not Many Know", KStarLive, अन्तिम पहुँच जनवरी १४, २०२०  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १४, २०२० मिति
  46. ४६.० ४६.१ ४६.२ "Bebe Rexha Premieres Video For LAST HURRAH", Broadway World, फेब्रुअरी २१, २०१९, अन्तिम पहुँच अक्टोबर १४, २०१९ 
  47. "Bebe's biggest musical influence is Queen of R&B Lauryn Hill.", Capital Extra, मार्च ६, २०१८, अन्तिम पहुँच जुन २५, २०१८  वेब्याक मेसिन अभिलेखिकरण जुन २५, २०१८ मिति
  48. "Bebe Rexha talks anxiety, acceptance and why she won't lie about her age", Marie Claire, अन्तिम पहुँच फेब्रुअरी २९, २०२० 
  49. "Bebe Rexha schedule, dates, events, and tickets – AXS", AXS, अन्तिम पहुँच जुन २५, २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:बिबी रेक्सा