सुविन भट्टराई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुविन भट्टराई
जन्म२०३९ कार्तिक १९
खोटाङ , नेपाल
पेशाउपन्यासकार, आख्यानकार
राष्ट्रियतानेपाल नेपाली
विधाकाल्पनिक, प्रेम कहानी
उल्लेखनीय कार्यहरूकथाकी पात्र (२०६७)
समर लभ (२०७९)

साया (२०७१)

मनसुन (२०७३)
प्रिय सुफी (२०७५)
इजोरिया
जीवनसाथीमुना बर्तौला
वेबसाइट
subinbhattarai.com

सुविन भट्टराई (जन्म २०३९ कार्तिक १९) एक नेपाली उपन्यासकार तथा आख्यानकार हुन्।[१] कथाकी पात्र कथा सङ्ग्रह लेखेर लेखन क्षेत्रमा उदाएका सुविन भट्टराई युवापुस्तामा निकै चर्चित बनिसकेका छन्। उनले हालसम्म समर लभ, साया र मनसुन लगायतका उपन्यासहरू लेखिसकेका छन्। उनको चर्चित उपन्यास समर लभ उनले लेखेका दोस्रो कृति हो भने पहिलो उपन्यास हो। उनको प्रथम कृति कथाकी पात्र एक लघु कथाको सङ्गालो हो। उनको चर्चित उपन्यास समर लभ त्रिभुवन विश्वविद्यालयको पर्यावरण विज्ञानको केन्द्रीय विभागमा पढ्ने दुई विद्यार्थी बीच परेको प्रेम सम्बन्धमा केन्द्रीत छ। यो पुस्तक वि.सं २०६९ मा नेपालमा सर्वाधिक बिक्रि भएको पुस्तकहरू मध्ये एक हो। यस पुस्तकको ४०,००० भन्दा बढी प्रतिलिपी बिक्री भइसकेको छ। यसको भाग दुई साया वि.सं २०७१ मा प्रकाशित गरिएको थियो जसमा कसरी उनीहरूको बीच पुनर्मिलन हुन्छ र कसरी उनीहरूले आफ्ना परिवारलाई चित्त बुझाउँछन् भन्ने विषयमा केन्द्रीत छ। यो उनको दोस्रो उपन्यास प्रकाशन गरिएको महिनामै पुन:प्रकाशन गरिएको थियो। यो पुस्तकलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा अभिनेत्री गरिमा पन्त, केकी अधिकारी र स्वयम् लेखकले सार्वजनिक गरेका थिए।

बाल्यकाल तथा शिक्षा[सम्पादन गर्नुहोस्]

सुविन भट्टराई नेपालको पूर्वी जिल्ला खोटाङमा जन्मिएका थिए। उनको परिवार पछि बसाइसराइ गरी काठमाण्डौ आएका थिए। उनका पिता सरकारी कर्मचारी हुन् भने आमा घर गृहिणी हुन्। उनले २०६२ सालमा त्रिभुवन विश्वविद्यालयबाट पर्यावरण विज्ञानमा स्नातकोत्तर हासिल गरेका थिए। उनमा बाल्यकाल देखिनै विश्वेश्वरप्रसाद कोइराला, ध्रुवचन्द्र गौतम, मार्क ट्वेन, चार्ल्स डिकेन्स, आन्तोन चेखब, पारिजात आदिबाट प्रभावित भएका थिए।

लेखन क्षेत्रमा[सम्पादन गर्नुहोस्]

भट्टराईले १० वर्षको उमेर विद्यालयबाट लेखन क्षेत्रमा कदम राखेका थिए। उनले कविता लेख्न सुरु गर्दै थुप्रै कविततहरू रेडियो नेपाल मार्फत प्रसारण गरेका थिए। उनले रेडियो नेपालबाट प्रशारित विभिन्न नाटकहरूमा बालक कलाकारको भूमिका निर्वाह गरेका थिए र रेडियो नेपालको कार्यक्रम हातेमालोको उप-सञ्चालक पनि रहेका थिए।

उनको प्रथम पुस्तक कथाकी पात्र विभिन्न लघु कथाहरूको सङ्गालो हो जुन वि.सं २०६८ मा प्रकाशित भएको थियो। यो कथा सहरी युवा र प्रेम कहानीमा आधारित छ। उनले सो कथा प्रकाशन गरेपश्चाथत् उनमा आत्मबलको विकास भयो जसले गर्दा उनले युवा केन्द्रीत उपन्यासहरू लेखेका छन्।

उनको दोस्रो कृति समर लभ (२०६९) व्यापारीक हिसाबले एक सफल उपन्यास हो।[२][३] समर लभको सफलतासँगै सुविन भट्टराई युवामाझ लोकप्रिय बनेका थिए र सोही लोकप्रियता र पाठकहरूको विशेष अनुरोधमा उनले त्यस पुस्तकको दोस्रो भाग साया बजारमा ल्याएका थिए। उक्त पुस्तकले समर लभले राखेको सर्वाधिक बिक्री हुन सफलको किर्तिमानी तोडेको थियो। उनको दोस्रो उपन्यास समर लभमा आधारित सोही नामको चलचित्र समेत बनेको छ जसको निर्माता लोकप्रिय चलचित्र निर्माता विकास आचार्य हुन्। उनले वि.सं २०७५ सालमा मनसुन नामक प्रेम कहानीमा आधारित उपन्यास प्रकाशित गरिसकेका छन्।

प्रकाशित कृतिहरू[सम्पादन गर्नुहोस्]

वर्ष कृति
२०६७ कथाकी पात्र
२०६९ समर लभ
२०७१ साया
२०७३ मनसुन
२०७५ प्रिय सुफी
२०७९ इजोरिया

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "कुनै पनि बेला रिस्क लिन सक्छु : सुविन भट्टराई", पिस पोखरा, अन्तिम पहुँच १५ जेठ २०७६  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-१८ मिति
  2. (२८ नोभेम्बर २०१३) समर लभ उपन्यास वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२२ मिति, द काठमाण्डौ पोष्ट
  3. (४ सेप्टेम्बर २०१४)। समर लभको दोस्रो भाग २३ गते, नागरिक न्यूज (नेपालीमा)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]