मारू बिहाग (राग)
स्वरूप
ठाट | कल्याण |
---|---|
समय | मध्य रातमा |
आरोहण | नि(मन्द्र) सा म ग, म(तीव्र)प, नि, सां |
अवरोहण | सां, नि ध प, म(तीव्र)ग, म(तीव्र)ग रे, सा |
पकड | प, म(तीव्र)ग, म(तीव्र)ग रे, सा, नि(मन्द्र)सा म ग, म(तीव्र)प, ग, म(तीव्र)ग, रे सा |
मारू बिहाग भारतीय शास्त्रीय सङ्गीतको एक राग हो। यो रागलाई रातकको दोस्रो प्रहरमा गाइने गरिन्छ।[१]यो राग कल्याण ठाटदेखि निस्कन्छ।[२]विद्वानहरू माझ यो रागको वादी तथा संवादी स्वर सम्बन्धमा मतभेद रहेको छ। केही विद्वानहरू मारू बिहागमा वादी स्वर गन्धार र संवादी निषादलाई मान्दछन् भने यसको विपरीत अन्य सङ्गीतज्ञ यसमा वादी स्वर पञ्चम र संवादी स्वर षडजलाई मान्दछन्। प्रस्तुत रागमा दुवै प्रकारको मध्यम स्वरहरू (शुद्ध 'म' र तीव्र 'म')को प्रयोग भएको छ। बाँकी सवै स्वर शुद्ध प्रयुक्त हुन्छ। मारू बिहाग आधुनिक रागको श्रेणीमा आउने गर्छ। यसको रचयिता उस्ताद स्वर्गीय अल्लादिया खाँलाई मान्ने गरिएको छ।
विशेषता
[सम्पादन गर्नुहोस्]- थाट-कल्याण
- गायन समय-रातको दोस्रो प्रहर
- जाति-ओडव-सम्पूर्ण (आरोहमा रे,ध स्वर वर्जित )
- समप्रकृति राग -बिहाग,कल्याण र मार्ग बिहाग ।
- आरोह-नि(मन्द्र) सा म ग, म(तीव्र)प, नि, सां ।
- अवरोह-सां, नि ध प, म(तीव्र)ग, म(तीव्र)ग रे, सा ।
- पकड-प, म(तीव्र)ग, म(तीव्र)ग रे, सा, नि(मन्द्र)सा म ग, म(तीव्र)प, ग, म(तीव्र)ग, रे सा ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Bor, Joep; Rao, Suvarnalata; Van der Meer, Wim; Harvey, Jane (१९९९), The Raga Guide, Nimbus Records, पृ: १०४, आइएसबिएन 0-9543976-0-6।
- ↑ "मारू बिहाग ❤️ राग परिचय", raagparichay.in (हिन्दीमा), अन्तिम पहुँच २०२१-०१-२०।[स्थायी मृत कडी]