विजयकुमार गच्छदार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विजय कुमार गच्छदार

विजय गच्छदारको जन्म २०१० साल माघ १९ गते सुनसरी ८ पचरामा भएको हो ।इतिहासमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका गच्छदारले २०२६ सालदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्राको थालनी गर्नु भएको थियो । विजय कुमार गच्छदार मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का संस्थापक अध्यक्ष हुन्। यिनी संविधान सभाका सभासद पनि हुन्। विजय कुमार गच्छदार मोरङ क्षेत्र नम्बर ७ र सुनसरी क्षेत्र नम्बर ३ बाट तत्कालिन मधेसी जनअधिकार फोरमको सभासदको रूपमा निर्वाचित भएका थिए। उप-प्रधान एबं भौतिक योजना तथा निमार्ण मन्त्री समेत हुने मौका पाए। अहिले गच्छादार पुनः आफ्नो पुरानो घर नेपाली कांग्रेसमा फर्किएका छन।

२०६४ सालको संविधानसभा चुनाव[सम्पादन गर्नुहोस्]

२०६४ सालको संविधानसभा चुनावमा गच्छदारले चाहेका केही मान्छेलाई तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले टिकट दिन नमानेपछि उहाँ मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गर्नुभएको थियो । २०६४ सालको संविधानसभा चुनावामा नेपाली कांग्रेसका अगमलाल चौधरीलाई पराजित गर्दै २३ हजार ७ सय ६९ मत ल्याएर विजयी हुनु भएको थियो ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन[सम्पादन गर्नुहोस्]

मधेसी जनअधिकार फोरममा एमाले नेता माधव नेपालको नेतृत्वमा सरकारमा सहभागी हुने कि नहुने विवाद चलेको थियो । २०६६ जेठ १५, १६ र १७ जेठमा फोरमको बैठक बसेको थियो । त्यतिवेला सिंहदरबारको संसदीय दलको बैठकमा दुई नेताका पक्षधर सांसदबीच हात हालाहाल भएको थियो । लगत्तै गच्छदारले पार्टी फुटाएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरे अनि माधव नेपाल नेतृत्वको सरकारमा सहभागी भए ।

संविधानसभा निर्वाचन २०७०[सम्पादन गर्नुहोस्]

२०७० सालको चुनावमा उहाँले फोरम लोकतान्त्रिकबाट सुनसरी ३ मै चुनाव जित्नुभयो ।

नेपाली कांग्रेस फिर्ता[सम्पादन गर्नुहोस्]

नेपाली कांग्रेस र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच एकीकरण गरि, पार्टी छाडेको एक दशकपछि गच्छदार कांग्रेसमै फर्किएका थिए । गच्छदार २०६४ सालमा कांग्रेस पार्टी परित्याग गरेर तत्कालिन मधेसी जनअधिकार फोरममा लागेका थिए ।

प्रतिनिधिसभा निर्वाचन, २०७४[सम्पादन गर्नुहोस्]

नेपाली कांग्रेसबाट चुनावमा उठेका विजय कुमार गच्छदार सुनसरी क्षेत्र नम्बर ३बाट निर्वाचित हुदै प्रतिनिधि सभामा निर्वाचित सांसद बनेका थिए ।

निरन्तर मन्त्री[सम्पादन गर्नुहोस्]

२०४८ सालपछि अहिलेसम्म १२ पटक मन्त्री भइसकेका गच्छदार चार पटक उपप्रधानमन्त्री बन्नुभएको छ ।

२०४८ सालमा सञ्चार राज्यमन्त्री,

२०५२ निर्माण तथा यातायात मन्त्री,

२०५४ निर्माण तथा यातायात मन्त्री,

२०५५ निर्माण तथा यातायात मन्त्री,

२०५६ पर्यटन तथा नागरिक उड्ययन मन्त्री,

२०५६ जलस्रोत मन्त्री,

२०५८ जलस्रोत मन्त्री,

२०६५ भौतिक योजना तथा निर्माण मन्त्री,

२०६६ उपप्रधान तथा भौतीक योजना तथा निर्माण मन्त्री,

२०६८ उपप्रधान तथा गृहमन्त्री,

२०७२ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री,

२०७४ मा उपप्रधान तथा स्थानीय विकास मन्त्री बन्नुभयो ।