नेपाल मण्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पृष्ठभूमिमा हिमालयसँग कीर्तिपुर।
१८औँ शताब्दीसम्म नेपाल मण्डलका राज्यहरूद्वारा जारी गरिएका सिक्का तिब्बतमा चल्तीमा रहेको थियो।

नेपाल मण्डल भारतीय उपमहाद्वीपको एक प्राचीन सङ्घ हो। वर्तमान समयमा सांस्कृतिक, धार्मिक र राजनीतिक सीमामा यो मध्य-नेपालमा पर्छ। यसमा काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरू पर्दछन्। [१] [२] नेपाल मण्डलमा मल्ल राजाहरूको शासन थियो र नेवारहरूको बाहुल्यता थियो। गोरखा साम्राज्यद्वारा विजय हासिल गरेपछि वि.सं. १८२६ मा नेपालमा गाभियो र गोरखा साम्राज्यको नाम नै नेपाल भयो।

१५औँ शताब्दीसम्म नेपाल मण्डलको राजधानी भक्तपुर थियो। राजा यक्ष मल्लको मृत्यु पछि नेपाल मण्डल विभाजन भयो र काठमाडौंललितपुर सहित तीन राजधानीहरू स्थापित भएका थिए। [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Dhungel, Ramesh K. (जनवरी २००७), "Anguished Cry of a Defeated Ruler: A Raga Song Composed by Ranajit Malla", Contributions to Nepalese Studies, अन्तिम पहुँच २२ फेब्रुअरी २०१३  Pages 95-102.
  2. Slusser, Mary (1982). Nepal Mandala: A Cultural Study of the Kathmandu Valley. Princeton University. आइएसबिएन ९७८-०-६९१-०३१२८-६. Page vii.
  3. Michael, Thomas and Cuhaj, George (2009). Standard Catalog of World Gold Coins. Krause Publications. आइएसबिएन ९७८१४४०२०४२४१. Page 1062.