सामग्रीमा जानुहोस्

अस्थायी बङ्गलादेश सरकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जनवादी गणतन्त्र बङ्गलादेशको अस्थायी सरकार
बङ्गाली: অস্থায়ী বাংলাদেশ সরকার
सन् १९७१–सन् १९७२
बङ्गलादेशको झन्डा
झन्डा
बङ्गलादेशको सरकारको सिलमोहर
सरकारको सिलमोहर
राष्ट्रिय गान: আমার সোনার বাংলা (बङ्गाली)
आमार सोनार बाङ्ला
"मेरो सुनौलो बङ्गाल"[]
अस्थायी सरकारद्वारा दावी गरिएको क्षेत्रहरू, हालको बङ्गलादेश
अस्थायी सरकारद्वारा दावी गरिएको क्षेत्रहरू, हालको बङ्गलादेश
वस्तु-स्थितिनिर्वासित सरकार
राजधानीढाका (दावी गरिएको)
मुजिबनगर
निर्वासित राजधानीकलकत्ता
आम भाषाहरूबङ्गाली
रैथाने(हरू)बङ्गाली, बङ्गलादेशी
सरकारएकात्मक, अर्ध-राष्ट्रपतीय अस्थायी सरकार
राष्ट्रपति 
• सन् १९७१–१९७२
शेख मुजिबुर रहमान
• सन् १९७१–१९७२
सैयद नजरुल इस्लाम अन्तरिम
प्रधानमन्त्री 
• सन् १९७१–१९७२
ताजउद्दिन अहमद
व्यवस्थापिकानभएको
ऐतिहासिक कालबङ्गलादेशको स्वतन्त्रता युद्ध
• गठन
१० अप्रिल सन् १९७१
• मन्त्रिपरिषद्को सपथ ग्रहण
१७ अप्रिल १९७१
• सैन्य र राजनीतिक जिम्मेवारी लिने
२२ डिसेम्बर १९७१
• खारेज
१२ जनवरी सन् १९७२
क्षेत्रफल
• जम्मा
१,४८,४६० किमी (५७,३२० वर्ग माइल)
मुद्राबङ्गलादेशी टाका
पूर्ववर्ती
उत्तरवर्ती
पूर्वी पाकिस्तान
जनवादी गणतन्त्र बङ्गलादेश
अचेलबङ्गलादेश
सुरुमा सैयद नजरुल इस्लाम बङ्गलादेशका उपराष्ट्रपति थिए तर शेख मुजिबुर रहमान पश्चिम पाकिस्तानमा जेलमा परेकाले उनले अन्तरिम राष्ट्रपतिको रूपमा काम गरेका थिए।
बङ्गलादेशको अस्थायी सरकारको मन्त्रिपरिषद्

बङ्गलादेशको मन्त्रिपरिषद्
मुजिबनगरमा रहेको तत्कालीन अस्थायी सरकारको मन्त्रिपरिषद्का सदस्यहरूको मूर्ति
गठन मिति१० अप्रिल १९७१ (1971-04-10)
भङ्ग मिति१२ जनवरी १९७२ (1972-01-12)
सदस्य र सङ्गठन
राष्ट्रपति
प्रधानमन्त्रीताजउद्दिन अहमद
राजनीतिक दलअवामी लिग
इतिहास
पूर्वाधिकारीपूर्वी पाकिस्तान
उत्तराधिकारीद्वितीय शेख मुजिब मन्त्रिपरिषद्

अस्थायी बङ्गलादेश सरकार वा मुजिबनगर सरकार (बङ्गाली: অস্থায়ী বাংলাদেশ সরকার, মুজিবনগর সরকার) (जनवादी गणतन्त्र बङ्गलादेशको अस्थायी सरकार वा प्रवासी बङ्गलादेश सरकारको रूपमा पनि परिचित) सन् १९७१ अप्रिल १० का दिन स्वतन्त्रता युद्धको क्रममा जनादेशद्वारा निर्वाचित सदस्यहरूको साथ गठन गरिएको अस्थायी सरकार थियो। सन् १९७१ अप्रिल १७ का दिन यस सरकारका मन्त्रिपरिषद्का सदस्यहरूले वैद्यनाथतला (हाल मुजिबनगर) मा शपथ लिएका थिए।[][][][] यद्यपि मार्च २६ मा बङ्गलादेशको स्वतन्त्रताको घोषणा र पाकिस्तानी सेना विरुद्ध देशका जनताको प्रतिरोध युद्ध सुरु भए तापनि बङ्गलादेशको स्वतन्त्रता युद्ध सञ्चालन गर्न, अन्तर्राष्ट्रिय समुदायको समर्थन प्राप्त गर्न र यस युद्धमा प्रत्यक्ष सहयोगी राज्य भारत सरकार र सेनासँग साङ्गठनिक सम्बन्ध कायम गर्न स्वतन्त्रता सेनानीहरूलाई सङ्गठित र समन्वय गर्न यस सरकारको भूमिका ठूलो थियो। यो अस्थायी सरकार १० अप्रिल १९७१ मा बङ्गलादेशको रूपमा पूर्वी पाकिस्तानको स्वतन्त्रताको घोषणा पछि स्थापित भएको थियो। प्रधानमन्त्री ताजुद्दिन अहमदको नेतृत्वमा बङ्गलादेश स्वतन्त्रता आन्दोलनको गति लिँदा यसमा एउटा मन्त्रिपरिषद्, कूटनीतिक पल्टन, सभा, सशस्त्र बल र एउटा रेडियो सेवा थियो। यसले कलकत्ताबाट निर्वासित सरकारको रूपमा काम गरेको थियो।

सन् १९७० को आम चुनावपछि पाकिस्तानको सैन्य गुटले निर्वाचित विधायकहरूलाई सत्ता हस्तान्तरण गर्न असफल भएको थियो। त्यसपछि पाकिस्तानी सेनाले पूर्वी पाकिस्तानी जनतामाथि दमन सुरु गर्न थालेपछि पूर्वी पाकिस्तानको निर्वाचित राजनीतिक नेतृत्वले स्वतन्त्रताको घोषणा गरी भारत सरकारको सहयोगमा अस्थायी सरकारको स्थापना गरेको थियो। यो अस्थायी सरकारले सन् १९७१ अप्रिल १७ का दिन मुजिबनगर सहरमा सपथ लिएको थियो। यो सरकार गठनसँगै पाकिस्तानी सेनाविरुद्ध प्रतिरोधको युद्ध भीषण युद्धमा परिणत हुँदा एक स्वतन्त्र र सार्वभौम राष्ट्रको रूपमा बङ्गलादेशको उदय भएको थियो।

मुजिबनगर सरकारले मुक्तिवाहिनी र नव राष्ट्र बङ्गलादेश सशस्त्र बलको युद्ध प्रयासहरूको समन्वय गरेको थियो। आफ्नै हुलाक सेवा पनि रहेको अस्थायी सरकारसँग जनसम्पर्क रणनीतिमा स्वाधीन बाङ्ला बेतार केन्द्रको रूपमा चिनिने एक व्यापक लोकप्रिय रेडियो स्टेसन समावेश गरिएको थियो।[] यसले पाकिस्तानी सेनाविरुद्ध सशस्त्र प्रतिरोध सञ्चालन गर्न र शरणार्थी सङ्कटलाई सम्बोधन गर्न भारत सरकारसँग समन्वय गरेको थियो। य‍ो सरकारले नरसंहार रोक्न र शरणार्थी सङ्कट रोक्न आह्वान गर्दै बङ्गलादेशको स्वतन्त्रताका लागि समर्थन जुटाउन अन्तर्राष्ट्रिय अभियान पनि चलाएको थियो। विशेष दूतहरू नियुक्त गरी नयाँ दिल्ली, वासिङ्टन डिसीलन्डन लगायत अन्य धेरै सहरहरूमा प्रतिनिधि कार्यक्रमहरू सञ्चालनमा ल्याएको थियो।

सन् १९७० को आम निर्वाचन पाकिस्तानमा वर्षौंको सैन्य शासनपछि पहिलो पटक सन् १९७० डिसेम्बर ७ का दिन आयोजना गरिएको थियो। शेख मुजिबुर रहमानको नेतृत्वमा रहेको अवामी लिगले ३०० मध्ये १६० सिट प्राप्त गरी राष्ट्रिय सभामा बहुमत प्राप्त गरेको थियो। निर्वाचन सम्पन्न भएसँगै राष्ट्रपति याह्या खानले राष्ट्रिय सभाको उद्घाटन गर्ने र निर्वाचित विधायकहरूले नयाँ संविधानको मस्यौदा तयार गर्ने कार्यक्रम थियो। अवामी लिग विधानसभाको बहुमतमा रहेकाले ६ बुँदे माग पूरा गर्ने गरी संविधान लेखन गर्न कुनै अवरोध रहेको थिएन जसको फलस्वरूप पश्चिम पाकिस्तानका विपक्षी पार्टीहरू र सैन्य जुटहरूबीच चिन्ता बढ्दै गएको थियो।[]

सन् १९७१ मार्च १ का दिन याह्या खानले ३ मार्चमा हुने भनिएको राष्ट्रिय सभाको उद्घाटन सत्र अनिश्चितकालका लागि स्थगित गरेका थिए। संविधान निर्माणको विषयमा सहमति कायम गर्न राजनीतिक दलका नेतालाई थप समय दिन जरुरी छ भन्दै उनले यो सत्र अनिश्चितकालका लागि स्थगित गरेका थिए। शेख मुजिबले तुरुन्तै आफ्ना जनताद्वारा असहयोग आन्दोलनको आह्वान गरी प्रभावकारी रूपमा पूर्वी पाकिस्तानलाई नियन्त्रणमा लिएका थिए। मुजिबले जनता र पार्टी कार्यकर्ताहरूलाई नियमित निर्देशनहरू जारी राखे।[][] असहयोग आन्दोलनले तत्काल सफलता प्राप्त गरेको थियो। सेनाले लगाएको कफ्र्यूलाई जनताले स्वतःस्फूर्त रूपमा अवज्ञा गरिदिएपछि १० मार्चका दिन ढाकामा एक गोलमेच सम्मेलन आयोजना गरी संविधानमाथिको विवाद समाधान गर्न पहल गरिने भनी याह्याले मार्च ३ का दिन घोषणा गरेका थिए।[१०] यसको बाबजुद मार्च ७ का दिन एक विशाल सभाको अगाडि भाषण गर्दै शेख मुजिबले अनिश्चितकालीन आम हडतालको आह्वान गरी आफ्ना मानिसहरूलाई कुनै पनि आपतकालीन स्थितिको लागि तयार रहन आग्रह गर्दै गुटलाई चेतावनी जारी गरेका थिए।[११]

मार्च १५ मा याह्या खान ढाका आएको अर्को दिन उनले शेख मुजिबसँग भेट गरेका थिए। मार्चको अन्त्यसम्म उनीहरूबीच शृङ्खलाबद्ध बैठकहरू भएका थिए। याह्याको आग्रहमा पश्चिम पाकिस्तानी विपक्षी दल (पाकिस्तान पिपुल्स पार्टी) का नेता जुल्फिकार अली भुट्टो मार्च २१ देखि उनीहरूमा सामेल भएका थिए।[१२] मुजिबले उनको पार्टीले पश्चिम पाकिस्तानको हितलाई हानी नपुर्‍याउन भनी याह्यालाई आश्वासन दिएका थिए। उक्त वार्ताको क्रममा पूर्वी पाकिस्तानमा युद्धको तयारीको खबर अवामी लिगको नेतृत्वसम्म पुग्दा पश्चिम पाकिस्तानबाट सेना र हातहतियारहरू केन्द्रित गरिएको थियो। मुजिबले याह्यालाई सुदृढीकरण रोक्न आग्रह गरेको परिणामको चेतावनी दिएका थिए।[१३] अवामी लिग नेतृत्वले २४ मार्चमा अन्तिम वार्ता हुनेछ भन्ने आशा गरेता तथापि त्यो दिन वार्ता हुन सकेन। २५ मार्चमा याह्याको प्रतिनिधिमण्डलले गोप्य रूपमा ढाका छोडेको कुरा थाहा पाएपछि छलफलहरू अधुरो रहन गयो भने त्यसक्षण कुनै पनि शान्तिपूर्ण समाधानका आशाहरू समाप्त भएका थिए।

सन् १९७१ मार्च २५ को रात अपरेशन सर्चलाइटको क्रममा जब शेख मुजिबुर रहमानलाई पाकिस्तानी सेनाले गिरफ्तार गर्‍यो तब मुजिबले मार्च २६ को बिहान बङ्गलादेश सीमा रक्षक बलको सानो ट्रान्समिटरमार्फत बङ्गलादेशको स्वतन्त्रताको घोषणा गरेका थिए।[१४] त्यसपछि २७ मार्चमा मेजर जियाउर रहमानले चट्टोग्राम कलुरघाट रेडियो स्टेशनबाट बङ्गबन्धुको तर्फबाट बङ्गलादेशको स्वतन्त्रताको औपचारिक घोषणा गरेका थिए। मूलतः त्यस दिनदेखि नै बङ्गलादेश एक स्वतन्त्र, सार्वभौम राष्ट्रका रूपमा बाहिरी दुनियाँमा परिचित हुन थालेको थियो।[१५][१६]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Farooq, AKM (३० जुन २०१९), "National Anthem", in Sirajul Islam and Ahmed A. Jamal, Banglapedia: National Encyclopedia of Bangladesh (द्वितीय संस्करण), Asiatic Society of Bangladesh, मूलबाट ४ अक्टोबर २०१८-मा सङ्ग्रहित। 
  2. "Bangladesh 50 Timeline – the Road to Independence" 
  3. "Dec 18, 1971: Government's vanguard arrives in free Dhaka" 
  4. "The Liberation War and the Provisional Government", २६ मार्च २०१८। 
  5. "Bangladesh Provisional Government in Exile pipe the Asian Age Online, Bangladesh" 
  6. "Postal Administration of Mujibnagar Government", २१ अगस्ट २०१७। 
  7. Nurul Huda, Muhammad (७ जुन २०२०), "A look back at the historic Six Point Movement" 
  8. Hossain 1985, पृष्ठ 177.
  9. Sobhan 1985, पृष्ठ 265.
  10. Hossain 1985, पृष्ठ 179.
  11. Hossain 1985, पृष्ठ 183.
  12. Hossain 1985, पृष्ठ. 183–184.
  13. Sobhan 1985, पृष्ठ 267.
  14. নির্মলেন্দু গুণ (२००८), আত্মকথা ১৯৭১, বাংলা প্রকাশ, आइएसबिएन 984-300-000-500-9 
  15. "The World: Pakistan: Toppling Over the Brink"Time (अङ्ग्रेजी भाषा)। १९७१-०४-०५। आइएसएसएन 0040-781X। सङ्ग्रह मिति २०२१-११-२० 
  16. সিমিন হোসেন রিমি (२००५), আমার ছেলেবেলা,১৯৭১ এবং বাবা তাজউদ্দীন আহমদ, প্রতিভাস, आइएसबिएन 984-765-008-5 |isbn= मान जाँच (सहायता) 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]