आदर्श विद्यालय, बिराटनगर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आदर्श विद्यालय
ठेगाना

जानकारी
प्रकारसार्वजनिक विद्यालय
स्थापनावि.सं १९८६
विद्यार्थी सङ्ख्या१९३७[१]
क्षेत्र१ बिघा १७ कठ्ठा ३ धुर जग्गा [१]

विराटनगरको आदर्श विद्यालय स्थानीय समाजसेवी श्री कृष्णप्रसाद कोइरालाले स्थापना गरेका हुन्। राणाकालमा गरीबका छोराछोरीले पढ्न पाउन भनेर बीपी कोइरालाका पिता कृष्णप्रसाद कोइलाले वि.सं. १९८६ साल वसन्त पञ्चमीमा स्थापना गरेका थिए।[२] नेपालमा सहशिक्षा सुरू गर्ने यो पहिलो विद्यालय हो। त्यहाँ देशप्रेम, स्वावलम्वन तथा सरल जीवनयापन पद्धतिमा समतामूलक तवरले शिक्षा दिइन्थ्यो। दरवार हाइस्कुलपछिको नेपालको यो दोस्रो हाइस्कुल हो। बालिकाहरूले पठन पाठनमा प्रवेश पाएको यो पहिलो विद्यालय थियो। गिरिजाप्रसाद कोइराला लगायत नेपालका धेरै जना राजनीतिक व्यक्तित्त्वहरूको प्रारम्भिक शिक्षा यसै विद्यालयबाट सुरु भयो।[स्रोत नखुलेको][३]

वर्तमान स्थिति[सम्पादन गर्नुहोस्]

विज्ञान, व्यवस्थापन र शिक्षा संकायका सबै विषयहरू बाहेक यस विद्यालयमा विहानी पख ऐच्छिक कम्प्युटर, तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ (डीकम), डिप्लोमा इन सिभिल इन्जिनियरिङ र १८ महिने प्राविधिक एसएलसीको पढाइ हुन्छ।[१] यस विद्यालयका ५४ शिक्षकहरू मध्ये आधा युवा उमेरका छन्। ५० वर्ष उमेर नाघेका ८, ४० देखि ५० वर्ष उमेर समूहका १६ जना र ४० मुनिका ३० शिक्षकशिक्षिकाहरू छन्।

उल्लेखनीय भूतपूर्व विद्यार्थीहरू[सम्पादन गर्नुहोस्]

विश्वविद्यालयका केही प्रख्यात स्नातकहरू निम्न हुन्:[४]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "९० वर्षमा मुलुककै दोस्रो पुरानो विद्यालय", अन्तिम पहुँच २०१९-०२-१२ 
  2. "सामुदायिक स्कुलमा पनि निजीजस्तै शुल्क, प्रधानमन्त्रीको गृहजिल्लामा चर्को शुल्क असुली", अन्तिम पहुँच २०१९-०२-१२ 
  3. अनलाईन नेपाली साहित्य मञ्च
  4. "९० वर्षमा तन्नेरी बन्दै गरेको आदर्श विद्यालयको कथा", कान्तिपुर दैनिक, अन्तिम पहुँच २०१९-०२-१२