एभ्रिथिङ ह्याज चेञ्ज्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"एभ्रिथिङ ह्याज चेञ्ज्ड"
टेलर स्विफ्टएड सिरनको एकल
सार्वजनिक१६ जुलाई २०१३
ढाँचाडिजिटल डाउनलोड
किसिमलोक पप[१]
लम्बाई:
लेबल
गीतकार(हरू)
  • टेलर स्विफ्ट
  • एड सिरज
रेकर्ड निर्माता(हरू)बच वाकर
टेलर स्विफ्ट एकल कालक्रम
"रेड"
(२०१३)
"एभ्रिथिङ ह्याज चेञ्ज्ड"
(२०१३)
"स्विटर देन फ्रिक्सन"
(२०१३)
एड सिरन एकल कालक्रम
गिभ मि लभ
(२०१२)
एभ्रिथिङ ह्याज चेञ्ज्ड
(२०१३)
ओल्ड स्कुल लभ
(२०१३)
साङ्गीतिक भिडियो
"एभ्रिथिङ ह्याज चेञ्ज्ड" युट्युबमा हेर्नुहोस्

"एभ्रिथिङ ह्याज चेञ्ज्ड" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्ट र अङ्ग्रेजी गायक एड सिरनको गीत हो जुन स्विफ्टको चौँथो स्टुडियो एल्बम रेड लागि रेकर्ड गराइएको थियो। यस गीतलाई स्विफ्ट र सिरनले लेखेका थिए भने यसलाई रेकर्ड निर्माता बच वाकरले निर्माण गरेका थिए। यो गीत रेड साङ्गीतिक सङ्गालको छैटौँ एकलको रूपमा १६ जुलाई २०१३ का दिन बिग मेसिनरिपब्लिकद्वारा सार्वजनिक गरिएको थियो। यस गीतलाई लोक र पप गीतको श्रेणीमा समायोजन गरिएको छ।

यस गीतले सङ्गीत आलोचकहरूबाट मिश्रित समीक्षाहरू प्राप्त गर्‍यो जो यसको संरचनातर्फ दोहोरो विचार दिएका थिए। "एभ्रिथिङ ह्याज चेञ्ज्ड" गीत संयुक्त राज्य अमेरिकाको बिलबोर्ड हट १०० सङ्गीत तालिकामा ३२ अौँ स्थानमा रह्यो जबकि बेल्जियम, आयरल्यान्डसंयुक्त अधिराज्य लगायत अन्य देशहरूमा शीर्ष १० स्थानमा पर्न सफल भएको थियो। सन् २०१३ जुन ६ का दिन यस गीतलाई स्विफ्ट आधिकारिक भिभो खाता मार्फत पहिलो सार्वजनिक गरिएको थियो। सन् २०१३ जुन ८ का दिन स्विफ्टले एभ्रिथिङ ह्याज चेञ्ज्ड गीत एड सिरनको साथ ब्रिटिस गट ट्यालेण्टमा पहिलोपटक प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्। स्विफ्टले यस गीतको प्रत्यक्ष प्रस्तुति रेड एल्बमको विश्व भ्रमणमा पनि प्रस्तुति दिएकी थिइन्।[२]

पृष्ठभूमि तथा संरचना[सम्पादन गर्नुहोस्]

एक प्रतिवेदनका अनुसार अङ्ग्रेजी गायक तथा गीतकार एड सिरन अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको तत्कालीन आगामी साङ्गीतिक सङ्गालो रेडमा एक अतिथि कलाकारको रूपमा देखा पर्नेछन्। सन् २०१२ अक्टोबर १८ का दिन स्विफ्ट र सिरनको गीत एभ्रिथिङ ह्याज चेञ्ज्ड अनलाइन मार्फत चुहिएको थियो।[३] यो गीत स्विफ्ट र सिरनले स्विफ्टको घरको पछाडिको भागमा बसी लेखेका थिए। यस गीतलाई लोक र पप गीतको श्रेणीमा समायोजन गरिएको छ। यस गीत ८४ बिट प्रति मिनेटको अवधिका रचिएको छ जहाँ स्विफ्ट र सिरनको स्वर G♭३ देखि D♭५ सम्म फैलिएको छ। यस गीतका शब्दले नयाँ प्रेमीलाई अझ राम्ररी चिन्न चाहन्छ भन्ने कुरा गर्दछ।[४]

विश्लेषण[सम्पादन गर्नुहोस्]

"एभ्रिथिङ ह्याज चेञ्ज्ड" सङ्गीतलाई विश्लेषकहरू द्वारा सामान्यतया मनमोहक समीक्षा प्राप्त भयो। बिलबोर्डका एक लेखकले गीतलाई मिश्रित समीक्षा दिए जसको सिरनको उपस्थितिलाई प्रशंसा गर्दै यसको संरचनाको आलोचना गरेका थिए।[५] डिजिटल स्पाईका एक लेखक रोबर्ट कोस्पेले यस गीतमा प्रयोग गरिएको साङ्गीतिक शैलीको प्रशंसा गर्दै यस गीतलाई कुल ५ अङ्क मध्ये ३ अङ्क दिएका थिए। एनएमईका लेखक सियान रोवेले "एभ्रिथिङ ह्याज चेञ्ज्ड" लाई नकारात्मक समीक्षा प्रदान गर्दै लेखे कि यो गीत हरेक तरिकामा निराशाजनक छ।

पुरस्कार[सम्पादन गर्नुहोस्]

वर्ष संस्था पुरस्कार/कार्य नतिजा सन्दर्भ
२०१४ बिएमआई पुरस्कार उपाधि विजेता सङ्गीत विजयी [६]
मच सङ्गीत भिडियो पुरस्कार वर्षको उत्कृष्ट अन्तर्राष्ट्रिय श्रव्य दृश्य मनोनित [७]
रेडियो डिज्नी सङ्गीत पुरस्कार उत्कृष्ट साङ्गीतिक सहकार्य विजयी [८]
२०१५ बिएमआई पुरस्कार उपाधि विजेता सङ्गीत विजयी [९]
वर्षको उत्कृष्ट प्रकाशक विजयी

सङ्गीत तालिका प्रस्तुति[सम्पादन गर्नुहोस्]

"एभ्रिथिङ ह्याज चेञ्ज्ड" गीत संयुक्त राज्य अमेरिकाको बिलबोर्ड हट १०० सङ्गीत तालिकामा ३२ अौँ स्थानमा रहन सफल भएको थियो। यो गीत वयस्क पप सङ्गीतको सङ्गीत तालिकामा शीर्ष ११, वयस्क समकालीन सङ्गीत तालिकामा १४ र मुख्यधारा शीर्ष ४० मा शीर्ष १४अौँ स्थानमा पर्न सफल भएको थियो। सन् २०१७ नोभेम्बरमा संयुक्त राज्य भरि यस गीतका ११ लाख प्रतिलिपीहरू बिक्री भएका थिए। क्यानडाको सङ्गीत तालिका क्यानडेली हट १०० मा यो गीत २८अौँ स्थानमा परेको थियो। "एभ्रिथिङ ह्याज चेञ्ज्ड" गीत धेरै युरोपेली क्षेत्रहरूमा व्यावसायीक रूपमा बढी सफल भएको थियो।[१०] यो गीत आयरल्यान्ड मा पाँचौं स्थानमा, संयुक्त अधिराज्यमा सातौँ सस्थानमा र बेल्जियममा आठौँ स्थानमा पर्न सफल भएको थियो। यस गीतले रेकर्डेड म्युजिक एनजेड र अमेरिकी रेकर्डिङ उद्योग सङ्घद्वारा गोल्ड प्रमाणपत्र र अष्ट्रेलियाली रेकर्डिङ उद्योग सङ्घद्वारा दुई प्लेटिन प्रमाणपत्र प्राप्त गरेको थियो।

सङ्गीत श्रव्य दृश्य[सम्पादन गर्नुहोस्]

"एभ्रिथिङ ह्याज चेञ्ज्ड" गीतको आधिकारिक श्रव्य दृश्य सन् २०१३ जुन ६ का दिन स्विफ्टको आधिकारिक भिभो र युट्युब खाता मार्फत सार्वजनिक गरिएको थियो।[११] यस गीतको आधिकारिक सङ्गीत श्रव्य दृश्य फिलिप एण्डलमेनद्वारा निर्देशित गरिएको थियो जसले स्विफ्ट र सिरनसँग दृश्यको अवधारणा विकास गरेका थिए भने यो गीतका श्रव्य दृश्य सेन एण्टोनियो क्यालिफोर्नियाको ओक पार्कमा छायाङ्कन गरिएको थियो।[१२] श्रव्य दृश्यको शुरूवातमा एक केटा र एक केटीको देख्न सकिन्छ जसलाई स्विफ्ट र सिरनको रूपमा श्रव्य दृश्यमा देखाइन्छ। उनीहरूले एक अर्कालाई विद्यालयको सवारीसाधनमा भेट्छन्।[१३] श्रव्य दृश्य ती दुई बच्चाहरूको "युवा खेल" खेलिरहेका देख्न सकिन्छ जसमा उनीहरूको अनुहार एकअर्काको अनुसारमा रङ्गीन सिसाकलमद्वारा चित्र बनाउँछन्। [१४] यसको अन्त्यमा स्विफ्ट र सिरन देखा पर्छन् भने ती दुई बालबालिकाहरू सिरन र स्विफ्टका बहिना र भाइ हुन्छन् र उनीहरूले ती दुई बालबालिकालाई विद्यालय छुट्टि भएपछि लिन आएका हुन्छन्। [१५] सन् २०१८ डिसेम्बरका अनुसार यस गीतलाई युट्युबमा २८७ मिलियन दर्शकहरूले हेरेका छन्।[१६]

प्रत्यक्ष प्रस्तुति[सम्पादन गर्नुहोस्]

सन् २०१३ जुन ८ का दिन स्विफ्टले एभ्रिथिङ ह्याज चेञ्ज्ड गीत एड सिरनको साथ ब्रिटिस गट ट्यालेण्टमा पहिलोपटक प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्।[१७] स्विफ्टले यस गीतको प्रत्यक्ष प्रस्तुति रेड एल्बमको विश्व भ्रमणमा पनि प्रस्तुति दिएकी थिइन्।[१८]

सङ्गीत तालिका[सम्पादन गर्नुहोस्]

साप्ताहिक तालिका[सम्पादन गर्नुहोस्]

तालिका (२०१३) शीर्ष
स्थान
 अस्ट्रेलिया (एरिया तालिका)[१९] २८
बेल्जियम बेल्जियम (अल्ट्राटिप भ्लान्दरेन)[२०]
 क्यानडा (क्यानडेली हट १००)[२१] २८
 क्यानडा (क्यानडा एसी) बिलबोर्ड[२२] ३७
 क्यानडा (क्यानडा सिएचआर/शीर्ष ४०)[२३] ४२
 क्यानडा (क्यानडा हट एसी)[२४] ३४
युरोप (युरो डिजिटल सङ)[२५]
 आयरल्यान्ड (आयरल्यान्डेेेली एकल तालिका)[२६]
 न्युजिल्यान्ड (रेकर्डेड म्युजिक एनजेट)[२७] २२
स्कटल्यान्ड स्कटल्यान्ड (आधिकारिक साङ्गीतिक तालिका कम्पनी)[२८]
संयुक्त अधिराज्ययुके एकल चार्ट (आधिकारिक चार्ट कम्पनी)[२९]
 संयुक्त राज्य अमेरिका बिलबोर्ड हट १००[३०] ३२
 संयुक्त राज्य अमेरिका वयस्क समकालीन (बिलबोर्ड)[३१] ११
 संयुक्त राज्य अमेरिका एडल्ट टप ४० (बिलबोर्ड)[३२]
 संयुक्त राज्य अमेरिका मेनस्ट्रिम टप ४० (बिलबोर्ड)[३३] १४

वर्ष-समाप्ति तालिका[सम्पादन गर्नुहोस्]

तालिका (२०१३) स्थान
 संयुक्त अधिराज्य (आधिकारिक चार्ट कम्पनी)[३४] ६१
 संयुक्त राज्य अमेरिका वयस्क समकालीन (बिलबोर्ड)[३५] ४४
 संयुक्त राज्य अमेरिका वयस्क शीर्ष ४० (बिलबोर्ड)[३६] २९
तालिका (२०१४) स्थान
 संयुक्त राज्य अमेरिका वयस्क समकालीन (बिलबोर्ड)[३७] ३६

सार्वजनिक इतिहास[सम्पादन गर्नुहोस्]

देश मिति ढाँचा लेबल
 संयुक्त राज्य अमेरिका[३८] १६ जुलाई २०१३ समकालीन शीर्ष रेडियो
 संयुक्त राज्य अमेरिका[३९] २३ जुलाई २०१३ म्युजिक डाउनलोड बिग मेसिन
 संयुक्त अधिराज्य[४०] ३० जुलाई २०१३

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Copsey, Robert (जुन ११, २०१३), "Taylor Swift ft. Ed Sheeran: 'Everything Has Changed' – Single review", Digital Spy, अन्तिम पहुँच फेब्रुअरी २, २०१४ 
  2. Rowe, Sian (जुलाई १२, २०१३), "Everything Has Changed: Review", NME, अन्तिम पहुँच फेब्रुअरी ३, २०१४ 
  3. "Taylor Swift and Ed Sheeran Everything Has Changed duet leaks", Metro, अक्टोबर १८, २०१२, अन्तिम पहुँच फेब्रुअरी ३, २०१४ 
  4. "Taylor Swift "Everything Has Changed" Sheet Music", Sony/ATV Music Publishing, अन्तिम पहुँच फेब्रुअरी ३, २०१४ 
  5. "Taylor Swift, 'Red': Track-By-Track Review", बिलबोर्ड, अक्टोबर १९, २०१२, मूलबाट जनवरी १, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ३, २०१४ 
  6. "Stevie Nicks and Top Songwriters Honored at 62nd Annual BMI Pop Awards", Broadcast Music, Inc., मूलबाट मार्च ५, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २५, २०१५ 
  7. "2014 MMVA Nominees", Much Music Video Awards, मूलबाट जुन २३, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ५, २०१५ 
  8. Hochman, David (अप्रिल २७, २०१४), "Radio Disney Music Awards 2014: Full List Of Winners", Forbes, मूलबाट जुन ३०, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन २२, २०१५ 
  9. "P!nk Receives President’s Award at 63rd Annual BMI Pop Awards", Broadcast Music, Inc., मे १३, २०१५, मूलबाट अप्रिल ८, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ११, २०१६ 
  10. Trust, Gary (नोभेम्बर २६, २०१७), "Ask Billboard: Taylor Swift's Career Album & Song Sales", अन्तिम पहुँच नोभेम्बर २६, २०१७ 
  11. Cospey, Robert (जुन ६, २०१३), "Taylor Swift, Ed Sheeran debut 'Everything Has Changed' video", Digital Spy, अन्तिम पहुँच फेब्रुअरी ३, २०१४ 
  12. Rahman, Ray (जुन ६, २०१३), "Tiny versions of Taylor Swift and Ed Sheeran flirt in their new video for 'Everything Has Changed': Watch it here", Entertainment Weekly, अन्तिम पहुँच फेब्रुअरी ३, २०१४ 
  13. "Ava Ames" 
  14. Rivera, Zayda (जुन ६, २०१३), "Taylor Swift, Ed Sheeran go back to elementary school in new music video ‘Everything Has Changed’", New York Daily News, अन्तिम पहुँच फेब्रुअरी ३, २०१४ 
  15. Lipshutz, Jason (जुन ६, २०१३), "Taylor Swift, Ed Sheeran Return To Childhood in 'Everything Has Changed' Video: Watch", Billboard, अन्तिम पहुँच फेब्रुअरी ३, २०१४ 
  16. TaylorSwiftVEVO (जुन ५, २०१३), "Taylor Swift - Everything Has Changed ft. Ed Sheeran" – YouTubeद्वारा। 
  17. Dodge, Shyam (जुन ९, २०१३), "Young love! Taylor Swift and Ed Sheeran perform flirty duet about childhood romance on Britain's Got Talent season finale", Daily Mail, अन्तिम पहुँच फेब्रुअरी ३, २०१४ 
  18. Ford, Rebecca (अगस्ट २०, २०१३), "Taylor Swift Finds Love in Los Angeles: Concert Review", The Hollywood Reporter, अन्तिम पहुँच फेब्रुअरी ३, २०१४ 
  19. "Australian-charts.com – Taylor Swift feat. Ed Sheeran – Everything Has Changed" एरिया शीर्ष ५० एकल अन्तिम पहुँच मिति- February 3, 2014.
  20. "Ultratop.be – Taylor Swift feat. Ed Sheeran – Everything Has Changed" (नेदरल्यान्डेेेेेली भाषामा) अल्ट्राटिप अन्तिम पहुँच मिति- February 3, 2014.
  21. "Taylor Swift – चार्ट इतिहास" क्यानडेली हट १०० Taylor Swift. अन्तिम पहुँच मिति February 3, 2014.
  22. "Taylor Swift – चार्ट इतिहास" Billboard Canada AC for Taylor Swift. अन्तिम पहुँच मितिFebruary 3, 2014.
  23. "Taylor Swift – चार्ट इतिहास" बिलबोर्ड क्यानडा Taylor Swift. अन्तिम पहुँच मिति February 3, 2014.
  24. "Taylor Swift – चार्ट इतिहास" बिलबोर्ड क्यानडा हट एसी Taylor Swift. अन्तिम पहुँच मिति February 3, 2014.
  25. Euro Digital Songs : Jun 29, 2013. Billboard biz. Retrieved February 26, 2014.
  26. "Chart Track: Week 25, 2013". Irish Singles Chart. अन्तिम पहुँच मिति February 3, 2014.
  27. "Charts.org.nz – Taylor Swift feat. Ed Sheeran – Everything Has Changed" शीर्ष ४० एकल अन्तिम पहुँच मिति February 3, 2014.
  28. "Archive Chart: 2013-06-22" स्कटिस सिङ्गल टप ४० अन्तिम पहुँच मिति February 3, 2014.
  29. "Archive Chart: 2013-06-22" बेलायती एकल तालिका अन्तिम पहुँच मिति February 3, 2014.
  30. "Taylor Swift – चार्ट इतिहास" बिलबोर्ड हट १०० for Taylor Swift. अन्तिम पहुँच मिति February 3, 2014.
  31. "Taylor Swift – चार्ट इतिहास" Billboard Adult Contemporary for Taylor Swift. अन्तिम पहुँच मिति February 3, 2014.
  32. "Taylor Swift – चार्ट इतिहास" Billboard Adult Pop Songs for Taylor Swift. अन्तिम पहुँच मिति February 3, 2014.
  33. "Taylor Swift – चार्ट इतिहास" Billboard Pop Songs for Taylor Swift. अन्तिम पहुँच मिति February 3, 2014.
  34. "End of Year Singles Chart Top 100 – 2013", Official Charts Company, अन्तिम पहुँच अगस्ट ३१, २०१९ 
  35. "Adult Contemporary Songs - Year End 2013", Billboard, अन्तिम पहुँच अगस्ट ३१, २०१९ 
  36. "Adult Pop Songs - Year End 2013", Billboard, अन्तिम पहुँच अगस्ट ३१, २०१९ 
  37. "Adult Contemporary Songs - Year End 2014", Billboard, अन्तिम पहुँच अगस्ट ३१, २०१९ 
  38. "Airplay Archive", FMQB, मूलबाट जुन २, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ३, २०१४  वेब्याक मेसिन अभिलेखिकरण मे ७, २०१४ मिति
  39. "Everything Has Changed (Remix)", iTunes Store (US), अन्तिम पहुँच फेब्रुअरी ३, २०१४ 
  40. "Everything Has Changed (Remix)", Amazon.com (UK), अन्तिम पहुँच फेब्रुअरी ३, २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]