कालीकण्ठे सारस
कालीकण्ठे सारस | |
---|---|
![]() | |
अमेरिकाको ब्रोन्क्स चिडियाघरमा पाइएको कालीकण्ठे सार | |
संरक्षण स्थिति | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | हाड भएका |
वर्ग: | पंक्षी |
गण: | Gruiformes |
परिवार: | Gruidae |
वंश: | Grus |
प्रजाति: | G. nigricollis |
वैज्ञानिक नाम | |
Grus nigricollis Przhevalsky, 1876 | |
![]() |
कालीकण्ठे सारस (Grus nigricollis) नेपाललगायत तिब्बती पठार देखि भारत तथा भुटानसम्म पाइने सरसको एक प्रजाति हो। यसको उचाई १३९ सेमी (५५ इन्च) तथा तौल ५०५ किलोग्राम हुन्छ। यसको अङ्ग्रेजीमा ब्ल्याक नेक्ड क्रेन (Black-necked Crane) भनिन्छ ।
विषयसूची
विबरण[सम्पादन गर्ने]
कालीकण्ठे सारसको वयस्क फिक्का फुस्रो हुन्छ जसको कालो टाउको, घाँटीको माथिल्लो भाग र झुप्प परको भित्री पखेटासँग सपष्ट फरक देखिन्छ। कालो उडानपङ्ख र फिक्का फुस्रो ढकनीहरू बीचको भागले यसलाई लक्ष्मण सारससँग स्पष्ट रुपले फरक देखाउँछ। यसको पुच्छरपेटी कालो हुन्छ। अल्पवयस्कको टाउको, घाँटी र पिठ्यु साथै पङ्खढनकीको टाटापाटा मैला वा खैरा हुन्छन। सामान्यतया यसको उचाई १३९ सेमी (५५ इन्च), पंखेटा फिजाउंदा २३५ सेन्टिमिटर (७०८ फिट), तथा तौल ५०५ किलोग्राम (१२ पाउण्ड) हुन्छ।
वितरण तथा वासस्थान[सम्पादन गर्ने]
विश्वमा भुटान, चीन र भारतमा पाइने यो प्रजाति नेपालका लागि फिरन्ते प्रजातिका रूपमा चिनिन्छ। यिनीहरू २१०० मी. देखी ४९०० मी. सम्मको उँचाइमा पाइन्छन्। नेपालमा हुम्लाको लिमी उपतयकामा चल्ला कोरल्ने गरेको रेकर्ड गरिएको छ। कालीकण्ठ सारस बाँझा खेतबारी र कक्ष भूमिहरूमा देखिन्छ। ठूला पानीका पोखरीहरूमा ३० मी. जतिको गहिराइमा गुँड लगाउने गर्छ जसले गर्दा आफ्ना शत्रुबाट जोगिन सघाउ पुर्याखउँछ। हिँउदको समयमा खोला उपत्यकाका, जौ र गहुँ बाली भएका छेउछाउको क्षेत्रमा बस्न मन पराउँछ। जबकी प्रजननका लागि, ताल तथा साना धापीला भूमिहरू प्रयोग गर्दछ।
खतरा तथा संरक्षण अवस्था[सम्पादन गर्ने]
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यो प्रजातिलाइ आफ्नो रातो सूचीमा संरक्षणका हिसाबले संवेदनशील अवस्थामा रहेको भनी सुचिकृत गरेको छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ १.० १.१ "Grus nigricollis", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, २०१२, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा Grus nigricollis सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
![]() |
विकिमिडिया कमन्समा Grus nigricollis सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
- BirdLife Species Factsheet
- Black-necked Crane (Grus nigricollis) from Cranes of the World (1983) by Paul Johnsgard