कीचकबध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कीचकवध झापा जिल्लाको पृथ्वीनगर गा. वि. स. मा मेची र देउनियाँ खोलाको संगममा छ । यस ठाउँलाई ऐतिहासिक – धार्मिकस्थलको रूपमा लिइन्छ । महाभारतको कथाअनुसार पाण्डवहरु मत्स्यदेशका राजा विराटको दरवारमा गुप्तबास बसेको अवस्थामा विराटका साला एवं मत्स्यदेशको सेनापति कीचकले पाण्डवहरूकी धर्म पत्नी द्रौपदीमाथि कुदृष्टि दियो । भीमसेनले यो कुरा चाल पाए र कीचकको वध गरे । त्यही भीमसेनले कीचकको वध गरेको ठाउँलाई कीचकवध भनिएको हो भन्ने भनाइ छ । विराटपोखर: अनारमनी विर्ताबजार दक्षिण सैनिकमोडदेखि चारपाने गा. वि. स. क्षेत्रको माथिल्लो भागसम्ममा रहेका करिब सातवटा पोखरी रहेको क्षेत्रलाई महाभारतकालीन कथासँग जोडेर स्थानीय बासिन्दाहरु विराटपोखर भन्ने गर्दछन ।[१]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]