कुमार कान्छा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुमार शाह (वि.सं. २०१४–वि.सं. २०६७) उनको लोकप्रिय नाम कुमार कान्छाले चिनिन्छ।[१] उनको जन्म वि.सं. २०१४ सालमा कोलकातामा भएको थियो तर उनको पुर्ख्यौली घर दैलेखमा थियो ।[१][२] उनी नेपाली सङ्गीतका एक चर्चित सङ्गीतकार तथा गायक थिए।[१][३]उनका धेरै गीतहरू जस्तै "जिन्दगीको के भर छ र", "बतासले उडाइलग्यो माया मेरो", र "आमैले भन्थिन् धाराको पानी" चर्चित गीतहरूमा पर्छन्।[१][२] वि.सं. २०६७ माघ ३ मा उनको मृत्यु मुम्बईमा भएको थियो।[२][४] उनले मराठी, भोजपुरी, बङ्गाली, मैथिली, र नेपाली लगायत अन्य २५ भाषाहरूमा गीत गाएका थिए।[१] उनले आफ्नो करियरमा १२ सय भन्दा बढी गीतहरू गाएका थिए।[१][२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ "अस्ताए तीन तारा", हिमाल खबरपत्रिका, १६–२९ माघ २०६७, अन्तिम पहुँच २ जेठ २०७९ 
  2. २.० २.१ २.२ २.३ पौडेल, वीरेन्द्र (४ माघ २०६७), "गायक कुमार कान्छा रहेनन्", कान्तिपुर, अन्तिम पहुँच २ जेठ २०७९ 
  3. अधिकारी, दिनेश (२०७८ मंसिर ४), "कवि एवं गीतकार दिनेश अधिकारीको एल्बमबाट", नेपालखोज, अन्तिम पहुँच २ जेठ २०७९ 
  4. "कुमार कान्छा अब रहेनन्", बीबीसी नेपाली, १७ जनवरी २०११, अन्तिम पहुँच २ जेठ २०७९