केमु पाकिस्तान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केमु डटपिके
केमुको गृह पृष्ठ
साइटको प्रकार
निजी
उपलब्ध भाषाअङ्ग्रेजी
संस्थापितसनेपालीका २०१३
सेवा क्षेत्र पाकिस्तान
मुख्य व्यक्तिहरू
  • निरोसान बालासब्रामनिएम (प्रवन्ध निर्देशक - एसिया)* अलि जेइन शेख (राष्ट्र प्रवन्धक - पाकिस्तान)
उद्योगखुद्रा, इ-वाणिज्य, अनलाइन बजार
सेवाहरूअनलाइन किनमेल
कर्मचारीहरू३००
युआरएलkaymu.pk (निष्क्रिय)
वर्तमान स्थितिदराजमा समायोजन

केमु पाकिस्तान पाकिस्तानमा आधारित ई-वाणिज्य पोर्टल थियो। जुलाई २०१६ मा रकेट इण्टरनेट ई-वाणिज्य साइट केमुलाई दराजमा समायोजन गरेको थियो।[१] केमुले ५ जुलाई २०१७ मा आधिकारिक रूपमा पाकिस्तानमा यसको सञ्चालन बन्द गरेको थियो।[२][३][४] यसको आधिकारिक वेबसाइट अङ्ग्रेजी भाषामा मात्र उपलब्ध थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

यसलाई जनवरी २०१३ मा अज्मालो डट पिकेको रूपमा सुरू गरिएको थियो।[५] सेप्टेम्बर २०१२ मा रकेट इण्टरनेटले यसलाई केमु डट पिकेको रूपमा पुन: स्थापना गरेको थियो[६] र यसको अभिभावक कम्पनी रकेट इण्टरनेटले एसिया, अफ्रिकायुरोपमा गरी तीनवटा महादेश सेवा सञ्चालन गर्दछ।[७] केमु पाकिस्तानको सुरुवातमा एसियाका लागि व्यवस्थापकीय निर्देशक अहमद एच खानले प्रवन्ध गरेका थिए।[८][९] केमु पाकिस्तानको लागि अनलाइन किनमेल कार्यहरू अगष्ट २०१४ देखि जनवरी २०१६ सम्ममा प्रवन्धकको रूपमा आदम दाउडले[१०] नेतृत्व गरेका थिए र पछि अली जेइन शेख मार्च २०१७ सम्ममा कार्यभार सम्हालेका थिए।[११][१२]

पाकिस्तानमा केमुको स्थापनाको पछि यसले एकल मञ्च मार्फत अनलाइन खरीद र बिक्रीको सुविधा प्रदान गरेको थियो। पाकिस्तानमा केमुको सुरूवातको समयमा, ओएलएक्स पहिला देखिनै देशमा अनलाइन वर्गीकृत वेबसाइटको रूपमा कार्यरत थियो।[१] केमु पाकिस्तानले हाल केमु पाकिस्तानले हाल एक मञ्चको रूपमा सेवा प्रदान गर्दछ जसले उपभोक्ता देखि उपभोक्ता साथै व्यापार देखि उपभोक्ता सेवाहरू प्रदान गर्दछ।[१३][१४]

केमुले यसको आधिकारिक अनुप्रयोग एन्ड्रोइड, आइओएस र ब्ल्याकबेरीको लागि सन् २०१४ र २०१५ मा गरी सार्वजनिक गरेको थियो।[१५][१६] केमु पाकिस्तान सन् २०१७ मा दराज समूहसँग समायोजन भएको थियो र यसको मूल डोमेन नाम दराज डट पिके राखिएको थियो।

कोष[सम्पादन गर्नुहोस्]

अप्रिल २०१४ मा, कतारमा आधारित एक दूरसञ्चार कम्पनी ओरिदु (पूर्व क्युटेल)ले रकेट इण्टरनेटसँग हात मिलाएको थियो।[१७] एसिया प्रशान्त इण्टरनेट समूह स्थापनाले ओरिडुबाट थप रकम प्राप्त गरेको थियो।[१८]

पाकिस्तानमा रकेट इण्टरनेट[सम्पादन गर्नुहोस्]

जर्मनेली इण्टरनेट कम्पनी रकेट इण्टरनेटले सन् २०१२ को जुलाईमा दाराज डट पिकेको स्थापनासँगै पाकिस्तानको ई-वाणिज्य क्षेत्रमा प्रवेश गरेको थियो।[१९] रकेट इण्टरनेटले सन् २०१५ मा पाकिस्तानमा आफ्नो सञ्चालन ३० भन्दा बढी सक्रिय वेबसाइटहरूमा विस्तार गरेको थियो जसमा सबैभन्दा विस्तृत रूपमा केमु डटपिके, फुडपाण्डा डटपिके र दाराज डटपिके हो।[२०] पाकिस्तानमा रकेट इण्टरनेटको एक कार्य अलिबाबा समूहले अधिग्रहण गरेको थियो।[२१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Kaymu.pk is another venture for Rocket Internet", डेलीटाइम्स डटकम 
  2. https://tribune.com.pk/story/1129314/rocket-internet-merges-ecommerce-sites-daraz-kaymu-across-asia/
  3. हुसेन, ओस्मान (२४ जुन २०१६), "Tech in Asia - Connecting Asia's startup ecosystem", टेक इन एसिया, अन्तिम पहुँच २२ अक्टोबर २०१७ 
  4. "Daraz, Kaymu join hands to get ‘360 degree ownership’ of e-commerce market | Pakistan Today", पाकिस्तान टुडे डटकम, अन्तिम पहुँच २०१९-०८-३१ 
  5. "Azmalo.pk joins the online shopping trend in Pakistan", डेलीटाइम्स डटकम, मूलबाट ९ सेप्टेम्बर २०१६-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण १५ मार्च २०१४ मिति
  6. "Kaymu.pk first launched under the name Azmalo before it rebranded to Kaymu", टेक इन एसिया 
  7. "Kaymu Global on Rocket Internet Website", रकेट इन्टरनेट, Rocket Internet। 
  8. "Ahmed H Khan, MD, Rocket Internet", indiatimes.com 
  9. बिजनेस रेकर्डर, "Pakistan is the hub of Kaymu's Asia operations: MD Kaymu.com, Asia region", brecorder.com  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०९ मिति
  10. "Adam Dawood speaks to The News", दन्युज डटकम डटपिके 
  11. "Kaymu.pk celebrates three years of operations in Pakistan, with Ali Zain Sheikh", दन्युज डटकम डटपिके 
  12. "Kaymu.pk – A name for the masses!", आइबिइएक्स (अङ्ग्रेजीमा), २०१६-०४-२६, अन्तिम पहुँच २०१९-०८-३१  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-३१ मिति
  13. "Cash-on-Delivery (COD) payment methods account for more than 95 percent of online purchases in Pakistan.", डेलिटाइम्स 
  14. "Kaymu, a C2C (consumer-to-consumer) and B2C (business-to-consumer) online marketplace", डाउन डटकम 
  15. "Kaymu.pk launched mobile apps for Android, iOS and Blackberry", ब्रिकर्डर  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-२४ मिति
  16. "Kaymu.pk Launched its Android App", डेलिटाइम्स 
  17. "Rocket Internet partnered with Ooredoo Q.S.C a Qatar-based telecom", नेसन डटकम 
  18. Daily Times, "Ooredoo and Rocket Internet Partner to Develop Online Businesses in Asia", डेलिटाइम्स 
  19. "Rocket Internet Fashion E-Store daraz gets 1000 orders per day", टेक इन एसिया, अन्तिम पहुँच १५ जुन २०१५ 
  20. "Rocket Internet in Pakistan", नेसन डटकम डटपिके 
  21. "Alibaba Acquired Daraz", डिएनडि