कोङ्कणी लिपि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कोङ्कणी लिपिअन्तर्गत कोङ्कणी भाषा लेख्नका लागि प्रयोग गरिने पञ्चलिपि, अर्थात् देवनागरी, रोमन, कन्नड, मलयालमअरबी लिपिहरू पर्दछन्।

सन् १९८७ को कानुनअनुसार देवनागरी लिपिमा लेखिने पोण्डा भाषिकालाई मानक कोङ्कणीको दर्जा दिई गोवाको आधिकारिक भाषाको रूपमा प्रयोग गरिएको छ।[१][२] रोमी कोङ्कणीले भने कुनै आधिकारिक दर्जा प्राप्त नगरेपनि गोवा सरकारद्वारा पारित अध्यादेशको आधारमा सो भाषालाई आधिकारिक सम्पर्क भाषाको रूपमा प्रयोग गर्न सकिन्छ। उक्त अध्यादेशलाई विभिन्न मन्त्रालयले विभिन्न तरिकाले कार्यान्वयन गरेको छ। उदाहरणका लागि, सन् १९९६ मा पारित गोवा पञ्चायत नियमअनुसार निर्वाचनमा प्रयोग गरिने फारम दुवै देवनागरी र रोमन लिपिमा छापिएको हुनुपर्छ।

प्राचीनकाल[सम्पादन गर्नुहोस्]

गोयकानडी लिपिमा लिखित गोवा राज्यको अरवालेममा भेट्टाइएको कोङ्कणी भाषाको पहिलो अभिलेख अनुमानतः दोस्रो शताब्दीमा गुप्त कालको बेलाको हो। त्यसमा लेखिएको छ, "शाचिपुराचे शिरसि" (अनुवाद: शाचिपुरको शिखरमा)। गोमटेश्वर बाहुबली नामक प्रकाण्ड जैन पाषाणस्तम्भको पदमा लेखिएको छ, "श्रीचामुण्डाराजें कर वियालें, श्रीगङ्गाराय सुत्ताले कर वियालें" (अनुवाद: श्री चामुण्डरायले गराए, पछि श्री गङ्गारायले पुनः गराए)।[३] श्रवणबेलगोलास्थित गोमटेश्वरको पदमा दुई अभिलेख छन् — दाहिनेपट्टि र देब्रेपट्टि। दाहिनेपट्टिको अभिलेख प्राचीन कन्नड लिपिमा लेखिएको छ भने देब्रेपट्टिको अभिलेख देवनागरीमा लेखिएको छ।

वर्तमानकाल[सम्पादन गर्नुहोस्]

देवनागरी लिपिमा कोङ्कणी लेख्नका लागि पालना गर्नुपर्ने नियमहरूलाई गोवा कोङ्कणी अकादमीद्वारा प्रकाशित कोंकणी शुद्धलेखनाचे नेम (अनुवाद:कोङ्कणी शुद्धलेखन हेतु नियमावली) नामक पुस्तकमा व्याख्या गरिएको छ। यसका साथै रोमन लिपिमा कोङ्कणी लेख्नका लागि पालना गर्नुपर्ने नियमहरूलाई कोङ्कणी गायक उल्लास बुयांवद्वारा दालगादो कोङ्कणी अकादमीमार्फत प्रकाशित प्रताप नाइकद्वारा लिखित थोमस स्टिवन्स कोङ्कणी केन्द्र रोमी लिपि (देवनागरी कोङ्कणी: तॉमास स्टीवन्स कोंकणी केंद्र रोमी लिपी) र रोमी लिपिएन्त कोङ्कणी कोर्स (देवनागरी कोङ्कणी:रोमी लिपिएंत कोंकणी कोर्स, रोमी कोङ्कणी: Romi Lipient Konknni Kors) व्याख्या गरिएको छ।[४]

स्वरवर्ण[सम्पादन गर्नुहोस्]

आइएएसटी देवनागरी रोमन कन्नड मलयालम अरबी आइपिए
a o ا،ع /ɐ/
ā a آ /ɑː/
i i /i/
ī i ي /iː/
u u /u/
ū u و /uː/
ru /ɹ̩/
/ɹ̩ː/
/ɹ̩ː/
/l̩/
/l̩ː/
e e /æ/
e ê वा e اے /e/
ē ê वा e اے /eː/
o ô वा o او /o/
ō ô वा o او /oː/
ô o /ɔ/
ai oi اے /ʌj/
au ov او /ʌʋ/

टीका-टिप्पणी[सम्पादन गर्नुहोस्]

  • कोङ्कणीमा "ॠ", "ऌ" र "ॡ" केवल तत्सम शब्दमा प्रयोग गरिन्छ। उदाहरणका लागि, संस्कृतबाट आएको "कॣप्त" शब्दमा "ॡ" स्वरवर्णको प्रयोग गरिन्छ।
  • "अ", "ओ" र "ऒ" को रोमन लिप्यन्तरका लागि "o" अक्षरको प्रयोग गरिन्छ। पोर्तगाली राजमा कोङ्कणीलाई रोमन लिपि तथा वर्णमाला पद्धतिसँग मेल खाने किसिमले परिवर्तन गरिएको थियो। फलस्वरूप, पोर्तगाली वर्णविन्यासले मौलिक कोङ्कणी स्वरलाई केही हदसम्म विकृत गरेको छ।[५] उदाहरणका लागि,
    • "करता" शब्दलाई रोमी कोङ्कणीमा "korta" वा "corta" लेखिन्छ। कहिलेकाहीँ अन्तिम स्वरको अनुनासिकीकरणले गर्दा "cortam" लेख्ने चलन पनि चलेको छ।
    • "दोन" लाई "don" लेखिन्छ।
    • "पॊरनॆं" लाई "pornem" लेखिन्छ।
    • "आ" र "ऍ" लाई क्रमशः "a" र "ê" लेखिन्छ।
    • "हांव" लाई "hanv" वा "anv" लेखिन्छ।
    • "कॅनरा" लाई "Kanara" वा "Canara" लेखिन्छ।
  • विशेष स्थितिहरूमा नासिक्य स्वरका लागि रोमी कोङ्कणीमा स्वरवर्ण अक्षरको माथि टिल्ड (~) चिह्नको प्रयोग गरिन्छ। उदाहरणका लागि, "पांय" लाई रोमी कोङ्कणीमा "pãy" लेखिन्छ।[४]
  • स्पष्ट विभेदनका लागि भने बन्द स्वर (ए र ओ) का लागि सर्कमफ्लेक्स चिह्न (ê र ô) को प्रयोग गरिन्छ भने खुला स्वर (ऍ र ऑ) का लागि कुनै विशिष्ट चिह्न (e र o) को प्रयोग गरिँदैन।[४] यद्यपि, पाठकलाई स्वरवर्णको सही उच्चारण आउने अपेक्षा गरिएको छ भने सर्कमफ्लेक्सको प्रयोग गर्नु आवश्यक छैन।

व्यञ्जनवर्ण[सम्पादन गर्नुहोस्]

स्पर्शी अनुनासिक अन्तःस्थ सङ्घर्षी असङ्घर्षी
घोष अघोष सघोष अघोष सघोष अघोष सघोष
प्राण अल्पप्राण महाप्राण अल्पप्राण महाप्राण अल्पप्राण महाप्राण अल्पप्राण महाप्राण
कण्ठ्य ka Ka ک /k/ kha Kha كھ /kʰ/ ga Ga گ /g/ gha Gha گھ /ɡʱ/ ṅa Nga /ŋ/ ha Ha ہ،ح /ɦ/
तालव्य ca Cha چ /c/ cha Chha چھ /cʰ/ ja Ja ج /ɟ,/ jha Jha جھ /ɟʱ/ ña Nja /ɲ/ ya Ya ي /j/ śa Sha, Xa ش /ɕ, ʃ/
मूर्धन्य ṭa Tta ٹ /ʈ/ ṭha Ttha ٹھ /ʈʰ/ ḍa Dda ڈ /ɖ/ ḍha Ddha ڈھ /ɖʱ/ ṇa Nna /ɳ/ ra Ra ر /r/ ḷa Lla /ɭ̆/ ṣa Xa /ʂ/
दन्त्य ta Ta ط،ت /t̪/ tha Tha تھ /t̪ʰ/ da Da د /d̪/ dha Dha دھ /d̪ʱ/ na Na ن /n/ la La ل /l/ sa Sa ص،س /s/
ओष्ठ्य pa Pa پ /p/ pha Pha پھ /pʰ/ ba Ba ب /b/ bha Bha بھ /bʱ/ ma Ma م /m/ va Va و /ʋ/
वर्त्स्य ca च़ Cha /t͡ʃ/ za ज़ Za ز،ظ،ذ /d͡ʒ/
दन्तोष्ठ्य fa फ़ Fa ಫ಼ ف /f/

टीका-टिप्पणी[सम्पादन गर्नुहोस्]

  • एउटै वर्णलाई चिनाउन प्रयोग गरिएपनि कन्नड लिपिको "ಚ" र मलयालम लिपिको "ച" ले भिन्न ध्वनिको प्रतिनिधित्व गर्छन्।
  • त्यसैगरी, एउटै वर्णलाई चिनाउन प्रयोग गरिएपनि कन्नड लिपिको "ಜ" र मलयालम लिपिको "ജ" ले भिन्न ध्वनिको प्रतिनिधित्व गर्छन्।
  • रोमन लिपिमा दन्त्य व्यञ्जनलाई दोहोर्‍याएर​ सो वर्णलाई मूर्धन्य बनाउन सकिन्छ। उदाहरणका लागि, "ta" ले "त" को प्रतिनिधित्व गर्छ भने "tta" ले "ट" को प्रतिनिधित्व गर्छ।
  • रोमी कोङ्कणीमा "श" र "ष" दुवैलाई "sha" वा "xa" लेखिन्छ र "श" उच्चारण गरिन्छ।
  • रोमी कोङ्कणीमा "फ" र "फ़" दुवैलाई "fa" लेखिन्छ र दुवैलाई "फ़" उच्चारण गरिन्छ।
  • नवयती कोङ्कणीमा "ن" व्यञ्जनवर्ण त हो नै तर यसले स्थितिअनुसार अनुस्वारको पनि काम गर्छ। उदाहरणका लागि, नवयती कोङ्कणीमा "रङ" लाई "رنگ " र "अण्डो" लाई "انڈو" लेखिन्छ।
  • नवयती कोङ्कणीमा फारसी तथा अरबी आगन्तुक शब्दका लागि "ع", "غ" र "ح" वर्णहरूको प्रयोग गरिन्छ।
  • रोमी कोङ्कणीमा उद्धरण चिह्न (') लगाई दुई अक्षरलाई जोडिएको छ भने उक्त अक्षर अनुस्वार नभई स्वतन्त्र अक्षर हो भन्ने बुझ्नुपर्छ।[४]

अनुनासिक वर्ण तथा अनुनासिकीकरण[सम्पादन गर्नुहोस्]

कोङ्कणीमा नाकेबोलीमा "ङ्", "ञ्", "ण्", "न्" र "म्" को ध्वनि उच्चारण गर्दा अक्षरका थाप्लामा अनुस्वार (ं) दिइन्छ। अनुस्वारको सही उच्चारण त्यसको पछाडि आउने व्यञ्जनवर्णमा भर पर्छ।[६] स्वरवर्णको थाप्लामा अनुस्वार दिइएको छ भने सो स्वरको अनुनासिकीकरण भएको बुझ्नुपर्छ। उदाहरणका लागि, "बांयी" (अनुवाद: इनार) मा "आ" स्वरलाई नाके उच्चारण गरिन्छ। "मांस" जस्ता तद्भव शब्दहरूमा कहिलेकाहीँ अनुनासिक वर्णको लोप भई सामान्य तरिकाले नाके स्वरबिना नै उच्चारण गरिन्छ।

अवग्रह (ऽ)[सम्पादन गर्नुहोस्]

बोल्ने क्रममा मनमा उब्जने आश्चर्य, खुसी, दुःख, घृणा, प्रशंसा आदि भावलाई लम्ब्याउनका लागि बाहेक अवग्रहको प्रयोग गर्ने थोरै हिन्द-आर्य भाषाहरूमध्ये कोङ्कणी पनि एक हो। मानक कोङ्कणीमा अवग्रहको प्रयोग नगरिएपनि सामान्यतया कन्नड सरस्वत जनसमूहले हिन्द-आर्य भाषाहरूमा श्वा विलोपनका नियमको अनुकूल अपूर्ण कालका क्रियापदहरूमा अवग्रहको प्रयोग गर्ने गर्छन्।[७]

वाक्य देवनागरी कोङ्कणी
उसले गर्दै थियो तॊ करतलॊऽशिलॊ
उसले गर्दैछ तॊ करतऽसा
उसले गर्दै हुनेछ तॊ करतलॊऽसतलॊ

शब्दको अन्त्यमा प्रयोग गर्दा अवग्रहले श्वा विलोपन नहुने अवस्थालाई सङ्केत गर्छ।

श्वा विलोपन[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमालामा प्रयोग गरिने श्वाको प्रतिनिधि चिह्न

अन्य हिन्द-आर्य भाषाहरूमा झैँ कोङ्कणी भाषाको उच्चारणमा श्वा विलोपनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। [८][९] शुद्ध उच्चारण तथा उचित बोधका लागि श्वा विलोपन अत्यावश्यक हुन्छ। यद्यपि, श्वा विलोपनका लागि उचित नियमावली नभएका हुनाले दोस्रो भाषाको रूपमा कोङ्कणी सिक्ने धेरै मानिसहरूले श्वाको प्रयोग कहिले गर्ने र कहिले नगर्ने भनेर थाहा पाउन सक्दैनन्।[१०]

संस्कृत उच्चारणको विपरीत शब्दको अन्तिम व्यञ्जनवर्ण वा विशेष स्थितिमा शब्दको बिचमा रहेको श्वा (ə) लाई अनिवार्य रूपमा उच्चारण गरिँदैन। कोङ्कणी उच्चारणमा हुने यस घटनालाई "श्वा विलोपन नियम" भनिन्छ। तसर्थ, स्वरवर्णको पछाडि रहेको व्यञ्जनवर्णलाई स्वरवर्णको अगाडि रहेको व्यञ्जनवर्ण सँगै आए भने पहिलो व्यञ्जनवर्णमा रहेको श्वालाई अनिवार्य रूपमा हटाइन्छ।[११] यद्यपि, यो सामान्यकरण अपूर्ण छ र यसकारण उच्चारणमा त्रुटि हुने अवसर पनि धेरै हुन्छन्। अर्थात्, यो सामान्यकरणअनुसार कहिलेकाहीँ आवश्यक श्वाको पनि विलोपन गरिन्छ। श्वा विलोपनको ढाँचालाई राम्ररी बुझ्नु विशेषतः कोङ्कणी भाषामा वाक् संश्लेषणका लागि आवश्यक पर्छ।[११] उपयुक्त श्वा विलोपन र श्वा परिवर्धनको अभावमा संश्लेषित वाक् कृत्रिम सुन्छन्।

श्वा विलोपनका कारण कोङ्कणीका धेरै शब्दहरू मूल संस्कृत उच्चारणभन्दा फरक हुन्छन्। उदाहरणका लागि शुद्ध कोङ्कणी उच्चारणमा "आपयता" लाई "आपय्ता", "करता" लाई "कर्ता", "मिरसांग" लाई "मिर्साङ्" र "वेद" लाई "वेद्" उच्चारण गरिन्छ।

स्पष्टिकरणका लागि, "ळब" वर्णानुक्रमलाई "मळब" (अनुवाद: आकास) मा "मळब्" उच्चारण गरिन्छ भने "मळबार" (अनुवाद: आकासमा) मा "मळ्बार्" उच्चारण गरिन्छ। मातृभाषाको रूपमा कोङ्कणी बोल्ने व्यक्तिहरूले त शुद्ध उच्चारण गर्न सक्छन् तर वाक् संश्लेषण अनुप्रयोग तथा दोस्रो भाषाको रूपमा कोङ्कणी बोल्ने व्यक्तिहरूले श्वा विलोपनमा ध्यान नदिँदा शब्द वा वाक्यांशको उद्दिष्ट अर्थ बुझ्न गाह्रो हुन सक्छ।

स्वरवर्णको अनुनासिकीकरण[सम्पादन गर्नुहोस्]

शब्दको अन्तिममा अनुस्वारको प्रयोग गरिएको छ भने सामान्यतया त्यो शब्दको अन्तिम स्वरलाई नाके तरिकाले उच्चारण गरिन्छ। उदाहरणका लागि "जेंवण" लाई श्वा विलोपनले गर्दा कहिलेकाहीँ "जेंवों" उच्चारण गरिन्छ।

श्वा विलोपनको नियमावली[सम्पादन गर्नुहोस्]

  • सामान्यतया शब्दको अन्तिम "अ" लाई उच्चारण गरिँदैन। उदाहरणका लागि, "देव" लाई "देव्" उच्चारण गरिन्छ।
  • दुईभन्दा बढी अक्षर रहेको र अन्तिममा "अ" बाहेक अन्य कुनै स्वरवर्णको प्रयोग गरिएको शब्दमा बिचको श्वाको उच्चारण गरिँदैन। उदाहरणका लागि "चॆरकॊ" लाई "चेर्को" उच्चारण गरिन्छ।
  • दुईभन्दा बढी अक्षर रहेको र अन्तिममा "अ" रहेको शब्दमा अन्तिम श्वाका साथै बिचको श्वाको पनि विलोपन हुन्छ। उदाहरणका लागि, "उपकार" लाई "उप्कार्" उच्चारण गरिन्छ।
  • क्रियाको धातुको विकार भएपनि धातुको अन्त्यमा जहिले पनि व्यञ्जनवर्णको प्रयोग गरिन्छ र सो वर्णमा श्वा विलोपन हुन्छ। उदाहरणका लागि, "आपय" धातुमा "ता" प्रत्यय जोडी बनेको "आपयता" लाई "आपय्ता" उच्चारण गरिन्छ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Goa, Daman and Diu Act, 1987 section 1 subsection 2 clause (c) defines "Konkani language" as Konkani in Devanagari script, and section 3 subsection 1 promulgates Konkani to be the official language of the Union Territory.
  2. On 20.8.1992 Parliament of India by effecting the 78th amendment to the Constitution of India, Konkani in Devanagari script has been included in VIIIth Schedule of Constitution of India.
  3. Chavundaraya was the military chief of the Ganga dynasty King Gangaraya. This inscription on the Bahubali statue draws attention to a Basadi (Jain temple) initially built by him and then modified by Gangaraya in the 12th century CE Ref: S. Settar in Adiga (2006), p 256
  4. ४.० ४.१ ४.२ ४.३ आलमेइदा, एस. जे., म्याथ्यु, Romi Lipient Konknni Kors, थोमस स्टिवेन्स कोङ्कणी केन्द्र। 
  5. A history of Konkani literature: from 1500 to 1992 By Manohararāya Saradesāya (pg. 22)
  6. Varma, Siddheshwar (1929), Critical studies in the phonetic observations of Indian grammarians
  7. परिजननाश्रम तृतीय (सन् २००८), Hā̃va āmmi (१ संस्करण), मुम्बई: शरवरी आर्ट्स, पृ: ५–७। 
  8. ल्यारी एम. हाइमन; भिक्टोरिया फ्रम्किन; चार्ल्स एन. ली (सन् १९८८), Language, speech, and mind १९८८ (२), टेलर एन्ड फ्रान्सिस, आइएसबिएन 0-415-00311-3, "... The implicit /a/ is not read when the symbol appears in word-final position or in certain other contexts where it is obligatorily deleted (via the so-called schwa-deletion rule which plays a crucial role in Konkani word phonology ..." 
  9. Indian linguistics, Volume 37, लिङ्ग्विस्टिक सोसाइटी अफ इन्डिया, "... the history of the schwa deletion rule in Gujarati has been examined. The historical perspective brings out the fact that schwa deletion is not an isolated phenomenon; the loss of final -a has preceded the loss of medial -a-; ..." 
  10. तेज के. भाटिया (सन् १९८७), A history of the Hindi grammatical tradition: Hindi-Hindustani grammar, grammarians, history and problems, ब्रिल, आइएसबिएन 90-04-07924-6, "... Hindi literature fails as a reliable indicator of the actual pronunciation because it is written in the Devanagari script ... the schwa syncope rule which operates in Hindi ..." 
  11. ११.० ११.१ मनजित चौधरी; अनुपम बासु; सुदेश्ना सरकार (जुलाई २००४), "A Diachronic Approach for Schwa Deletion in Indo Aryan Languages", प्रोसिडिङ्ग्स अफ द वर्कसप अफ दी एसिएल स्पेसल इन्ट्रेस्ट ग्रुप अन कम्प्युटेसनल फोनोलोजी (असोसिएसन फर कम्प्युटेसन्स लिङ्ग्विस्टिक्स), "... schwa deletion is an important issue for grapheme-to-phoneme conversion of IAL, which in turn is required for a good Text-to-Speech synthesizer ..."