गाईघाट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गाइघाटबाट अनुप्रेषित)
गाईघाट
उत्तरी पहाडी क्षेत्रबाट गाईघाट बजारको दृश्य
उत्तरी पहाडी क्षेत्रबाट गाईघाट बजारको दृश्य
गाईघाट is located in कोशी प्रदेश
गाईघाट
गाईघाट
नक्सामा त्रियुगा नगरपालिका
गाईघाट is located in नेपाल
गाईघाट
गाईघाट
गाईघाट (नेपाल)
निर्देशाङ्क: २६°४७′२६″उ॰ ८६°४२′०७″पू॰ / २६.७९०५६°N ८६.७०१९४°E / 26.79056; 86.70194निर्देशाङ्कहरू: २६°४७′२६″उ॰ ८६°४२′०७″पू॰ / २६.७९०५६°N ८६.७०१९४°E / 26.79056; 86.70194
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाउदयपुर जिल्ला
नगरपालिकात्रियुगा नगरपालिका
वडा११ र १२
नगरपालिकाको भागवि.सं. २०५३ चैत्र १४[१]
सदरमुकाम घोषितवि.सं. २०२७ फाल्गुन १७[२]
सरकार
 • वडाध्यक्ष (वडा ११)विश्वराज भट्टराई
 • वडाध्यक्ष (वडा १२)जयविक्रम राई
क्षेत्रफल
 • जम्मा१६.११ किमी (६.२२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४२४३
 • घनत्व८८०/किमी (२३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
५६३००
क्षेत्रीय सङ्केत०३५

गाईघाट नेपालको कोशी प्रदेशमा पर्ने उदयपुर जिल्लाको सदरमुकाम तथा त्रियुगा नगरपालिकाको प्रशासनिक केन्द्र हो। गाईघाटलाई दुई वटा वडामा विभाजित गरिएको छ जसलाई गाईघाट बजार र पुरानो गाईघाट भन्ने गरिन्छ। गाईघाट त्रियुगा नगरपालिकाको वडा नं. ११ र वडा नं. १२ मा पर्दछ। गाईघाट बजार वडा नं. ११ मा र पुरानो गाईघाट वडा नं. १२ मा पर्दछ। दुवै वडाको जम्मा क्षेत्रफल १६.११ वर्ग किलोमिटर (६.२२ वर्ग माइल) रहेको छ भने २,८३२ घरधुरीको बसोबास रहेको यस नगरको जनसङ्ख्या १४,२४३ रहेको छ।[३]

विभाजन[सम्पादन गर्नुहोस्]

त्रियुगा नगरपालिका
वडा नं. प्रशासनिक केन्द्र क्षेत्रफल (किमी) जन. २०६८ घरधुरीहरू
११ गाईघाट बजार १२.३ ७,९३२ १५४७
१२ पुरानो गाईघाट ३.८१ ६,३११ १२८५

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

तत्कालिन श्री ५ को सरकारद्वारा नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्ने वि.सं. २०१९ मङ्सिर ५ गतेको निर्णय र वि.सं. २०१९ पौष २ गते नेपाल गजेटमा प्रकाशित सूचना अनुसार उदयपुर जिल्ला गठन गरि उदयपुरगढीलाई सदरमुकाम तोकिएको थियो।[४] वि.सं. २०२७ माघ २ गते तत्कालिन श्री ५ को सरकार गृह पञ्चायत मन्त्रालयद्वारा गरिएको निर्णय र वि.सं. २०२७ फाल्गुन १७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सदरमुकाम गाईघाट बजार बोकसे क्षेत्र कायम गरिएको थियो।[२][५] वि.सं. २०५३ चैत्र १३ गतेसम्म गाउँ विकास समितिको रूपमा रहेको गाईघाटलाई नेपाल सरकारको निर्णय बमोजिम वि.सं. २०५३ चैत्र १४ गते यसलाई त्रियुगा नगरपालिकाको भाग बनाइएको थियो।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२ 
  2. २.० २.१ "केही जिल्लाको सदरमुकाम तोकेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच फेब्रुअरी २०२२ 
  3. "वडा प्रोफाइल", त्रियुगा नगरपालिका वेबसाइट, त्रियुगा नगरपालिका, अन्तिम पहुँच सन् २०२२ फेब्रुअरी ४ 
  4. "नेपाल अधिराज्यलाई १४ अंचल ७५ जिल्लामा विभाजित", नेपाल गजेट, नेपाल सरकार, अन्तिम पहुँच फेब्रुअरी २०२२ 
  5. "उदयपुरको पुरानो सदमुकाम उदयपुरगढीको यस्तो छ ऐतिहासिक तथ्य", थाहाखबर (नेपालीमा), २५ अप्रिल २०१७, अन्तिम पहुँच सन् २०२२ फेब्रुअरी ४, "वि.स. २०२८ सालभन्दा अगाडि उदयपुर जिल्लाको सदरमुकाम हालको पञ्चावती गाविसमा पर्ने त्यही उदयपुरगढीमा थियो। पछि सदरमुकाम गाईघाटमा सारिएको हो।" 
  6. "परिचय", त्रियुगा नगरपालिका वेबसाइट, अन्तिम पहुँच सन् २०२२ फेब्रुअरी ४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]